मेरो इन्टरनेटसँगको भेट

my internet experience, by Dinesh Wagle

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

त्यति प्रस्टसँग होइन तर इन्टरनेटसँगको त्यो पहिलो जम्काभेट म अझै सम्झिन्छु । सन् १९९७ तिर कान्तिपथमा एउटा साइबर क्याफे थियो जहाँ म अन्य दुई साथीसँग पुगेको थिएँ । ब्राउजरमा खोलेको पहिलो साइट याहु.कम थियो र सर्च बाकसमा त्यतिबेला एउटा सिरियल खेलेर चर्चित हलिउड अभिनेत्रीको नाम टाइप गरेका थियौं ।

सामाजिक सञ्जाल अहिले फेसन बने पनि खासमा इन्टरनेट र वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) को सुरुवातै त्यही अवधारणाबाट भएको थियो- सूचनाको साझेदारी गर्ने र मानिसहरूलाई नजिक्याउने । अमेरिकी वैज्ञानिकहरूले तत्कालीन सोभियत संघसँगको प्रतिस्पर्धामा सन् १९५८ देखि थालेको प्रयासबाट इन्टरनेट मिल्यो जसलाई १९८५ मा बेलायती वैज्ञानिक टिम बर्नर्स लीले आविष्कार गरेको डब्लूडब्लूडब्लूले आम मानिसहरूमा पुर्‍याउन भूमिका खेल्यो । Continue reading

About these ads

खुस्सी छु !

happiness

दिनेश वाग्ले

हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि खुसी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुसी हुनुहुन्छ ?’

कतिबेल कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुस्सी छु बा ।’ उनी मुस्काए । Continue reading

भारतको लोकतन्त्र र नेपालसँगको सम्बन्ध

रामदेवसँगै विवादमा तानिएको छ, नेपाली राष्ट्रियता । सत्तासीन भारतीय राष्ट्रिय कंग्रेसका एकजना वरिष्ठ नेता दिग्विजय सिंहले ‘यो नेपालबाट अपराध गरेर आएको नेपाली हो’ भनिदिएपछि बालकृष्णले हतार-हतार बाबुआमा नेपाली भए पनि भारतमै जन्मेकाले आफू भारतीय भएको दाबी गरेका हुन् । केही सुखसयल र सम्पत्ति कमाउने मौका पाउँदा राष्ट्रियता नै त्याग्नेले ‘अपराधै’ गरेनन् होला भनी पत्याउन पनि अप्ठ्यारै पर्छ । तर सिंहको वक्तव्यमा भारतीयहरूले व्यापक रूपमा नेपालीप्रति राख्ने एउटा दृष्टिकोण झल्किन्छ ।


भारतको लोकतन्त्र र नेपालसँगको सम्बन्ध

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

योगी रामदेव दिल्ली पुग्दा अघिल्लो साता तीन केन्द्रीय मन्त्री विमानस्थलमै पठाएर राजकीय भ्रमणमा आएका विदेशी राष्ट्राध्यक्षलाई जस्तो व्यवहार गर्ने भारत सरकारले त्यसको तीन दिनपछि दिल्लीकै एउटा ठूलो मैदानमा आफ्ना समर्थकहरूमाझ अनशनमा बसेका तिनै रामदेवमाथि अश्रुग्यास हान्दै भगाएर बसमा एकदिन टाढाको अर्कै राज्य उत्तराखण्डको हरिद्वार पठाइदियो । ती घटनामा भारतीय लोकतन्त्रका दुई पाटा झल्किन्छन् ।

जनसंख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको निर्वाचित सरकारले रामदेवको प्रस्तावित अनशनअगावै उनका माग वार्ताबाटै सम्बोधन गर्न चाह्यो । भारतीयहरूले स्विट्जरल्यान्डलगायत विदेशी बैंकमा गैरकानुनी रूपमा जम्मा गरेको भनिएको कालोधन फिर्ता गराउनेलगायतका ती माग केही दिन या सातामै पूरा गर्न सकिने खालका थिएनन् । तर सरकारले माग सुन्यो र तिनलाई पूरा गर्ने प्रयासको वाचा गर्‍यो । त्यो भारतीय लोकतन्त्रको पहिलो पाटो । Continue reading

हामी सबै यात्री

Kathmandu Kakani Jhor Hiking (71)

काठमान्डूको ककनीदेखि घना शिवपुरी जङ्गलभित्र ऐसेलु र काफल खादै झोर महाङ्कालसम्मको गएसाता तीनजना सम्वादाताहरुले गरेको पदयात्राको अन्तिमतिर झोर गाउँ मास्तिरबाट देखिएको काठमान्डू उपत्यका ।

दिनेश वाग्ले
पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ

‘यत्तिकै’ मेरा सहयात्रीले भने ।

‘यत्तिकै नि कोही घुम्न हिड्छ ?’ अब पनि ‘सही’ कारण नपाए झोक्किने संकेत दिदै उनले सोधे ।

‘अहिले भ्रमण बर्ष हो नि दाजू,’ सहयात्रीले भने– ‘त्यसैले घुम्न निस्केको ।’

दाजूले टाउको तल–माथी हल्लाए, कुरो बुझेजस्तो गरे र आफ्नो ‘किन हिडेको ?’ प्रश्नले थालेको छोटो लहरोलाई टुङ्ग्याए ।

एउटा यस्तो समाज जहाँ दुई–चार दिनका उकाली ओराली हिडाई लाखौ मानिसका दैनिक जीवनका सामान्य बाध्यता हुन् त्यहाँ कोही हिड्नैका लागि हिड्छन् भने उनीहरुलाई केही साताअघि ललितपुर भट्टेडाडाका गंगा थापाले गरेजस्तो प्रश्न सोधिनु अनौठो हुदैहोइन । बाध्यताबस् गरिने हुन् या स्वेच्छाले, यात्राहरुमा निश्चित समानाता हुन्छन् । सामान्यतः ती रमाइला बाहेक चुनौतीपूर्ण पनि हुन्छन् । आनन्द बाहेक दुःख यात्राहरुको अभिन्न अंग हो । त्यसैले काठमान्डूको ककनीदेखि घना शिवपुरी जङ्गलभित्र ऐसेलु र काफल खादै झोर महाङ्कालसम्मको गएसाता तीनजना सम्वादाताहरुले गरेको पदयात्रा होस या जापानी नाओको यामाजाकीले अप्रिल २०१०मा गरेको अन्तरिक्ष यात्रा, दुबैमा केही निश्चित समानता छन् । Continue reading