साझा बस र त्यसका कन्डक्टर*

Sajha bus chairman Kanak Mani Dixit, standing, sees off chief secretary Lilamani Poudel who traveled in an inauguratory service.

सानो (माइक्रो) बस चढेर ठूलो साझा बसको फेरी थालिएको सेवाको गाडी चढेर उद्घाटन गर्न पुगेका मुख्य सचिव लिलामणी पौडेलसँग हात मिलाउदै बसका अध्यक्ष कनकमणी दीक्षित । तस्बिर राजेश केसी ।

उनन्सत्तरीमा सबैभन्दा जनपयोगी काम काठमान्डूमा बर्षको अन्तिम दिनमा भए जस्तो लाग्यो । शहरमा सार्वजनिक बस सेवा साझा यातायातको पुन थालियो । अहिलेलाइ १६ वटा बसले दुइवटा रूटमा सेवा दिने भनिएको छ । तर आशा गर्न सकिन्छ सेवाको विस्तार हुन्छ- शहरभरी, देशैभरी र विदेशसम्म पनि । सञ्चालकहरूले पनि त्यो सबै प्रतिज्ञा गरेका छन् । साझा यातायातको सेवा विस्तारबाट भन्दा ठूलो आशा मैले यो प्रयासले नेपालमा रही आएको नीजि यातायात सेवालाई ‘राम्रो हुन’ प्रेरणा र दवाव दिने छ भन्ने हो । एनसेलको आगमनले एनटीसीलाई कसरी प्रेरणा र सकारात्मक दवाव मिलेको छ भन्नेकुरा शहरमा हालै खुलेका एनटीसीका सेवा केन्द्रहरूले प्रष्ट्रयाउछन् ।

काठमान्डूमा सार्वजनिक यातायातको दुर्दशाको चित्रण/बर्णन गरी के साध्ये । निकै अगाडीको एउटा लेख र केही अगिको एउटा ब्लग इन्ट्रीमा मैले त्यो प्रयास गरिसकेकोले अहिले दोहोर्याउदिन । त्यो दुर्दशाबाट अलिकति भएपनि मुक्ति पाइएला भन्ने आशा भएकैले अहिले यति लेख्न जागर चलेको हो ।

हाम्रो देशमा अहिले सबैभन्दा ठूलो समस्या भनेको प्रबन्धनको हो । स्रोत, साधन, जनशक्ति र ज्ञान नभएको हैन । तर उचित प्रबन्धनको क्षमता अलि कम भएको देखिएको छ । माइतीघर-तीनकुने सडक विस्तार हुनथालेको महिनौं भइसक्यो । पैसा नभएर काममा ढिलाइ भएको हो ? कि बेरोजगारीहरूले िभत्ता रंगाएको यो सहरमा त्यो सडकखण्डमा काम गर्ने मानिसको कमी भएर ? यसअघिका प्रमले प्राथमिकतामा राखेको सडक विस्तार कार्यको सबैभन्दा सुरूवाती प्रयास यति धीमा गतिमा चल्नुमा प्रबन्धन क्षमतामा कमजोरी देख्छु ।

अपेक्षा के हो भने साझाको व्यवस्थापन र प्रबन्धन कुशल र चुस्त छ अनि त्यसले साझा बसमात्र चलाउदैन नेपाली सार्वजनिक यातायातको सुधारमा प्रेरणा, दवाव र योगदान दिने छ । हिजोको कान्तिपुर को लेखमा साझा सहकारी यातायातका अध्यक्ष कनकमणी दीक्षितले पनि त्यस्तै गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

दीक्षितको प्रसंग आइहाल्यो अबको भाग उनकै बारेमा । Continue reading

About these ads

जहाँबाट “जनयुद्ध” शुरुभएको थियो…

jeetman gharti

जीतमान घर्ती

मेरो मध्य पहाड यात्रा जर्नलका कतिपय पन्नाहरू यहाँ प्रकाशित हुनै बाँकी छन् । तिनमा तस्बिरहरू पनि थप्न बाँकी छ । तर जीवन अगाडी बढीरहेको छ । यसैबीच मैले त्यही यात्राबाट संश्लेसित दुइ जर्नलहरू पत्रिकामा प्रकाशन गरिसकेको छु । एउटा “रुकुम-रोल्पा एक्स्प्रेस“ शीर्षकमा अघिल्लो साता र अर्को “शान्तिको लामो सास“ शीर्षकमा यो साता । ती दुबै टुक्रा मैले रोल्पाको लिबाङस्थित एउटा साइबर क्याफेमा बसेर लेखेको हुँ जसमा मुख्यत शान्तिकालमा गाउँले जनताको “परिवर्तित” जीवनीका केही झलकहरू प्रस्तुत छन् ।

तस्बिरमा देखिएका यी जीतमान कमरेडसँगको त्यो दिनको यात्रा रमाइलो भएको थियो । मैले चाहि दिनभर खुट्टा खोच्याउदै हिड्नु परेको थियो देब्रे घुँडाले धोका दिएपछि । यिनको एउटा गधाले मेरो सात किलो जतिको झोला बोकिदिएको थियो । अन्यमा मैले उनको गधाले भारी बोक्ने दर अनुसारको पैसा दिन खोज्दा जीतमानले लिएनन् । यिनी कुनै जमानामा माओवादी “पीएलए”मा भर्ती भएर केही आक्रमणमा सामेल भएका थिए ।

“उतिबेला पार्टीका पछाडी दौडीइयो, अहिले गधाको,” एउटा सन्दर्भमा उनले भनेका थिए । दसैंमा गाउँ लुकुममा मेला आयोजना गर्न उनले वाइसीएललाई १२ सय रुपैया चन्दा दिएको बताए । युद्ध सकिएपछि पनि पार्टिले सेनामै रहन दिएको दबाव नकारेर खच्चडमार्फतको व्यवसाय थालेका उनले पार्टीप्रति अझै सहानुभूति भएकाले त्यो चन्दा दिएको बताए । “काङ्ग्रेस, एमालेले मागेभने पनि दिनुहुन्छ त ?” मैले सोधे ।

“दिनुछु,” उनले भने । “१२ सयै त दिन्न तर दुइचार सय दिन्छु किनकी गाउकै मान्छेहरुले केही गर्ने खोजेर माग्न आए दिन्न भन्न कसरी मिल्छ ?”

जीतमानको थप कथा (र तस्बिर) यहाँ छ । अनि त्यो दिनको मेरो पीडादायी हिडाईबारेको विवरण (अ‍ंग्रेजीमा) चाहि यहाँ छ- Limping all day long with a Donkey caravan to reach Rukumkot

खुस्सी छु !

happiness

दिनेश वाग्ले

हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि खुसी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुसी हुनुहुन्छ ?’

कतिबेल कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुस्सी छु बा ।’ उनी मुस्काए । Continue reading

Khabardaar! 19 days to go… for the Constitution (that may not come by the deadline)

image

One of the two western entrances of the Constituent Assembly building in New Baneshwar, Kathmandu. Political class has given strong signals that the constitution may not come by Jestha 14, 2068 (28 May).

And there was: Khabardar! 74 Days to Draft Constitution in Nepal

Posted from WordPress for Android

Nepali Journalists’ Convention and New Leadership (tweets)

The Federation of Nepali Journalists (FNJ) held its two-day general convention that ended today with the election of a new Central Committee. Here are my tweets from (and about) the convention and poll results.

Today’s Tweets

Yesterday’s Tweets