
सानो (माइक्रो) बस चढेर ठूलो साझा बसको फेरी थालिएको सेवाको गाडी चढेर उद्घाटन गर्न पुगेका मुख्य सचिव लिलामणी पौडेलसँग हात मिलाउदै बसका अध्यक्ष कनकमणी दीक्षित । तस्बिर राजेश केसी ।
उनन्सत्तरीमा सबैभन्दा जनपयोगी काम काठमान्डूमा बर्षको अन्तिम दिनमा भए जस्तो लाग्यो । शहरमा सार्वजनिक बस सेवा साझा यातायातको पुन थालियो । अहिलेलाइ १६ वटा बसले दुइवटा रूटमा सेवा दिने भनिएको छ । तर आशा गर्न सकिन्छ सेवाको विस्तार हुन्छ- शहरभरी, देशैभरी र विदेशसम्म पनि । सञ्चालकहरूले पनि त्यो सबै प्रतिज्ञा गरेका छन् । साझा यातायातको सेवा विस्तारबाट भन्दा ठूलो आशा मैले यो प्रयासले नेपालमा रही आएको नीजि यातायात सेवालाई ‘राम्रो हुन’ प्रेरणा र दवाव दिने छ भन्ने हो । एनसेलको आगमनले एनटीसीलाई कसरी प्रेरणा र सकारात्मक दवाव मिलेको छ भन्नेकुरा शहरमा हालै खुलेका एनटीसीका सेवा केन्द्रहरूले प्रष्ट्रयाउछन् ।
काठमान्डूमा सार्वजनिक यातायातको दुर्दशाको चित्रण/बर्णन गरी के साध्ये । निकै अगाडीको एउटा लेख र केही अगिको एउटा ब्लग इन्ट्रीमा मैले त्यो प्रयास गरिसकेकोले अहिले दोहोर्याउदिन । त्यो दुर्दशाबाट अलिकति भएपनि मुक्ति पाइएला भन्ने आशा भएकैले अहिले यति लेख्न जागर चलेको हो ।
हाम्रो देशमा अहिले सबैभन्दा ठूलो समस्या भनेको प्रबन्धनको हो । स्रोत, साधन, जनशक्ति र ज्ञान नभएको हैन । तर उचित प्रबन्धनको क्षमता अलि कम भएको देखिएको छ । माइतीघर-तीनकुने सडक विस्तार हुनथालेको महिनौं भइसक्यो । पैसा नभएर काममा ढिलाइ भएको हो ? कि बेरोजगारीहरूले िभत्ता रंगाएको यो सहरमा त्यो सडकखण्डमा काम गर्ने मानिसको कमी भएर ? यसअघिका प्रमले प्राथमिकतामा राखेको सडक विस्तार कार्यको सबैभन्दा सुरूवाती प्रयास यति धीमा गतिमा चल्नुमा प्रबन्धन क्षमतामा कमजोरी देख्छु ।
अपेक्षा के हो भने साझाको व्यवस्थापन र प्रबन्धन कुशल र चुस्त छ अनि त्यसले साझा बसमात्र चलाउदैन नेपाली सार्वजनिक यातायातको सुधारमा प्रेरणा, दवाव र योगदान दिने छ । हिजोको कान्तिपुर को लेखमा साझा सहकारी यातायातका अध्यक्ष कनकमणी दीक्षितले पनि त्यस्तै गर्ने योजना रहेको उल्लेख गरेका छन् ।
दीक्षितको प्रसंग आइहाल्यो अबको भाग उनकै बारेमा । Continue reading


