चोयु महोत्सवमा पर्वतीय पर्यटन प्रबर्द्धनको चासो

दिनेश वाग्ले

काठमाडौं- चोयु स्वर्णमहोत्सव मनाउन राजधानीमा भेला भएका पर्वतारोहीमा विश्वकै छैटौं अग्लो शिखर पुगेको अनुवभ मात्रै छैन, पर्वतीय पर्यटनबाट नेपालले कसरी बढी फाइदा लिन सक्ला भन्ने चिन्ता पनि छ ।

त्यसैले महोत्सवका तीन दिनमा ८ हजार २ सय १ मिटर अग्लो हिमालमाथि मानव विजयको स्वर्णमहोत्सव मनाउँदा उनीहरूले नेपालले आफ्ना अलौकिक हिमालहरूको अझ व्यापक प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए ।

‘नेपालले अब ८ हजार मिटर बाहेकका हिमालको डटेर प्रबर्द्धन गर्नुपर्छ,’ २० वर्षघि चोयु चढेका विख्यात आरोही रेनहोल्ड मेस्नर भन्छन् । ८ हजार मिटर अग्ला सबै हिमालको टुप्पामा पुगेका यी इटालेली आरोहीले मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली हिमाल- दिगो नेपाली पर्यटनका स्रोत’ विषयक सम्मेलनमा भने ।

मेस्नर ८ हजार मिटरभन्दा होचा हिमालहरूको पर््रबर्द्धन गर्नुपर्नेमा जोड दिँदै गर्दा अर्को सर्न्दर्भ पनि छुटाउन चाहदैनन् । ‘हिमालमा जति धेरै मान्छे चढे, त्यसको छवि त्यति नै घट्छ,’ कृत्रिम अक्सिजनबिना सगरमाथा पुगेका मेस्नर सुझाउँछन् । ८ हजार मिटरको साटो होचा हिमालतिर आरोहीहरूलाई लोभ्याएमा आम्दानी बढाउन र छवि पनि जोगाइराख्न सकिने उनको सोचाइ छ । उनी भन्छन्- ‘हिमाली आरोहीहरूमात्रै आम्दानीका लागि पर्याप्त हुने छैनन् । पदयात्रीहरूको संख्या बढाउन अभियान चलाउनु पर्छ  ।’

तर धेरै पदयात्रीभन्दा एउटै पर्वतारोही फाइदाजनक देखिन्छ । त्यसैले थोरै लगानीमा धेरै प्रतिफल पाइने पर्वतीय पर्यटनले खस्कूदो अर्थतन्त्रलाई टेवा दिनेमा विदेशीहरू मात्रै विश्वस्त छैनन् । ‘एक जना पर्वतारोहीले औसतमा सामान्य पर्यटकले गर्ने खर्चको १६ गुणा बढी गर्छ,’ सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले भने- ‘गत दशकमा राष्ट्रिय पर्यटन आम्दानीमा हिमाली हिस्सा २ प्रतिशतबाट बढेर १० पुगेको छ । पर्वतारोहण उच्च आम्दानी गराउने पर्यटन हो । हामीले पनि यसलाई उच्च महत्व दिनर्ुपर्छ ।’

सम्भवत त्यही उच्च महत्व दिने क्रममै सरकारले ८ हजार मिटर अग्ला नेपाली हिमालहरूको सफल आरोहणको ५० आंै वर्षाई पर्वका रूपमा मनाउने निर्णय गरेको  हो । गत वर्षसगरमाथा स्वर्ण्र्ााहोत्सवको सफलताबाट त्यो इच्छालाई हौसला मिलेको प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा छ । मंगलबार साँझ चोयु विजेता विदेशीहरूलाई सम्मान गर्दै देउवाले बताए- ‘गत वर्षको सफलताले हामीलाई उत्साहित गरायो ।’ सगरमाथा महोत्सवले नेपाली हिमाल र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण प्रचार दिलाएको थियो ।

उत्साह र क्षणिक प्रचारले मात्रै पर्वतीय पर्यटनलाई दिगो आर्थिक स्रोतमा परिणत गर्न सक्दैन । त्यसका लागि केही कदमहरू तत्कालै चाल्नु आवश्यक छ । जस्तो, हिमाली क्षेत्रको कुशल प्रबन्धन । ‘चल्तीका हिमालबाट नचलेका हिमालतिर आरोहीहरूलाई आकषिर्त गर्ने उपाय अपनाउनर्ुपर्छ,’ प्रथम पर्यटनमन्त्री डा. हर्क गुरुङको राय छ । ढकालको कार्यपत्रमाथि टिप्पणी गर्दै पर्यटन तथा भूगोलविद् डा. गुरुङले भने- ‘अनि हिमालहरूबाट मिल्ने आम्दानी राज्यले स्थानीय जनतासूग बराबर बाूड्नर्ुपर्छ ।’ त्यसो हुँदा स्थानीयस्तरमा पर्यटन पर््रबर्द्धनप्रति थप चाहना उत्पन्न हुने डा. गुरुङको तर्क छ ।

सरकारले गत केही वर्षा नयाँ पर्वतहरू आरोहणका लागि खुला गरेपछि चढ्न पाइने हिमालको संख्या ३ सय २६ पुगेको छ । नेपाल पर्वतारोहण संघको जिम्मामा ३३ पर्वतहरू सुम्पिएको छ । तै पनि एउटा कमजोरी सुध्रन सकेको छैन । नेपाली पर्वतहरूमा तिब्बती भूमिबाट आरोहण गर्नेहरू बढिरहेका छन् ।

यसपालि स्वर्णमहोत्सव मनाएको चोयु नै उदाहरण हो ।

चोयुको प्रथम सफल आरोहण गर्नेहरू अस्ट्रियाबाट काठमाडौं हुँदै अक्टोबर १९, १९५४ मा त्यहाँ पुगे पनि विगत वर्षरूमा नेपाली भूमिबाट यस शिखरको आरोहण गर्नेहरूको संख्या न्यून छ । गत १० वर्षा नेपालतिरबाट चोयु जान सात जनाले मात्रै अनुमति लिएका थिए । तिब्बततिरको बाटो लामो भए पनि सजिलो छ र शुल्क पनि कम तिर्दा हुन्छ । त्यसैले अधिकांश उताबाट चढ्छन् । ‘आरोहीहरूलाई आकषिर्त गर्न यस्ता महोत्सवका अवसरमा पर्वतहरूको रोयल्टीमा छुट दिइनुपर्छ,’ ढकालको भनाइ छ- ‘पाकिस्तानले त्यसैगर्दा त्यहाँका हिमाल चढ्नेहरूको संख्या ह्वात्तै बढ्यो ।’

प्रकाशित मिति: २०६१ कार्तिक ४  कान्तिपुर दैनिक