कथा सुनाउन काठमाडौं

cassandra wye english storyteller arrives in kathmandu

दिनेश वाग्ले

हाउभाउ हेर्दा र कुरा सुन्दा कासान्द्रा वी आफैं कथाकी पात्र हुनसक्छिन् । छेउको तस्बिर हेर्ने भए ठीकै छ, नभए एउटा छवि कल्पिनुस्— चाउचाउजस्तो कपाल, अग्ली, ‘मोटी’ भन्दा नराम्रो लाग्ला, त्यसैले खाइलाग्दी भनौं । पहिरन बहुराष्ट्रिय छ— भारतीय सिल्क अनि सिंगापुरमा किनेको पस्मिना । पस्मिना कहाँको रैछ कुन्नि ! ‘लौ, नेपालमै पो बनेको रैछ,’ र्‍याडिसन होटलमा शुक्रबार चिया सेलाउँदै जाँदा आश्चर्य भावमा सलको ट्याग पढेपछि उनले भनिन्- ‘किनेको सिंगापुरमै हो ।’ कासान्द्राले सेतो चस्मा लगाएकी छन्, पावर उनैलाई थाहा छैन । घाँटीमा लकेट छ, जुन सेप्टेम्बरमा उनलाई ३९ औं जन्मोत्सवको उपहार हो परिवारबाट । ‘यसले घर खुब सम्झाउँछ,’ विश्वभरि आफूले कथा सुनाउने बालबालिकालाई आफ्नै सन्तान ठान्ने महिलाले भनिन्- ‘म पनि त्यही चाहन्छु ।’

यो कथा एकैछिन रोकौं, लागौं उनको पेसातिर । यी अंग्रेज कथावाचक हुन्, जो विशेष गरी बालबालिकालाई हाँस्दै, कराउँदै, हात हल्लाउँदै, मुख बंग्याउँदै, बुरुक्क उफ्रिदै, थचक्क बस्दै कथा सुनाउँछिन् । शारीरिक हाउभाउ प्रकट गर्दै कथा भन्नु उनको विशेषता हो । ‘१५ वर्षअघि मैले कथा भन्न थाल्दा,’ उनले सम्भिइन्- ‘बेलायतमा कथावाचकहरू बोल्थे मात्र । जब मैले उफ्रिदै भन्न थालें, ती चकित भए । खासमा कथा भन्ने मात्र होइन । अनि कथा भन्ने भाषा शब्द, गीत, नृत्य हुन् ।’

cassandra wye english storyteller arrives in kathmandu

बि्रटिस काउन्सिलको आयोजनामा अस्ट्रेलिया, भियतनामलगायत सात मुलुकमा कथा भनेकी क्यासान्द्रा अहिले नेपालमा छिन् र उनको खुबी शनिबार काठमाण्डू दरबार क्षेत्र र बुधबार ललितपुरको मंगलबजारमा सार्वजनिक हुनेछ । त्यसपछि उनले काउन्सिल, भक्तपुरको सैनिक स्कुल र ललितपुरकै जावलाखेलस्थित डीएभी स्कुलमा बालबालिकालाई कथा सुनाउनेछिन् तथा अभिभावक र शिक्षकनिम्ति कार्यशाला गर्नेछिन् ।

कथामा त्यस्तो के हुन्छ जसले बालबालिकालाई मुग्ध पार्छ ? ‘कस्तो अप्ठेरो प्रश्न सोधेको ?’ पक्का बेलायती लवजमा उनले भनिन्- मुस्काउँदै अनि तत्कालै ओठ, नाक र आँखा एकै ठाउँ ल्याउँलाजस्तो गरेर खुम्च्याउँदै ।

‘प्रायः कथा पुराना हुन्छन्,’ उनले भनिन्- ‘हुन त म विज्ञानप्रविधिका कथा पनि भन्छु । जे होस्, बालबालिकाले कथामा कल्पनाको संसार पाउँछन् जसले उनीहरूलाई आनन्दित पार्छ ।’

नयाँ ठाउँमा भिन्न पृष्ठभूमिका श्रोतालाई सुनाइरहनुपर्ने भएकाले उनले कथाहरूको सूची बनाएकी छन् र चाहिएका बेला झिकेर भन्न थाल्छिन् । ‘नेपालमा कथा भन्ने चलन मौलिक छ,’ उनको एउटा जिज्ञासा मेटाउने प्रयास गरियो । ‘खास गरी सुत्ने बेला हजुरबा, हजुरआमाले नातिनातिनालाई कथा भन्छन् । कथामा धर्म र नैैतिकतालाई जोड दिइन्छ । साँच्ची, तपाईं फरक संस्कृतिका श्रोतालाई धर्मबारे कथा सुनाउँदा कस्तो अनुभव गर्नुहुन्छ ?’

cassandra wye english storyteller arrives in kathmandu

‘धार्मिक कथा म भन्दिनँ,’ उनले सुनाइन्- ‘मेरा कथामा मानवता छाउँछ । सामान्य मान्छेका कथा भन्छु, रथ चढ्ने राजकुमारका पनि होइन । कथामा अन्तर्राष्ट्रियपन हुन्छ । जनावरबारे हुन्छ । जस्तो— मूर्ख हात्ती र चलाख कमिला ।’

‘मूर्ख हात्ती र चलाख कमिला’ को पात्रचित्रण गर्न कासान्द्रालाई छाडी, हामी फर्कौं उनको आवरणतिर । वाचकको पात्रले चाहिँ कथाभनाइमा कस्तो प्रभाव पार्छ ? ‘पार्छ नि,’ उनले हात र ज्यान झन् हल्लाउँदै भनिन्- ‘अनि हाउभाउको बढी महत्त्व हुन्छ । गाईको प्रसंग आउँदा ‘बाँ’ गर्नुपर्‍यो, बिरालोको आउँदा ‘म्याउँ’ ।’ एकै छिन रोकिएपछि उनी निरन्तर भइन्- ‘सम्बद्ध आवाज निकाल्दा बच्चाले सजिलै बुझ्छन् । हाउभाउले पात्र बुझ्न सघाउँछ । ध्वनिले रोचकता थप्छ, नै अंग्रेजी बुझाउन सजिलो पार्छ ।’

यो कुरा यहीँ बन्द गरौं, क्यासान्द्रा त थाक्दिनन् गफिएर । उनै स्वीकार्छिन्- गफाडी र कथावाचकमा खासै भिन्नता हुँदैन !

क्यासान्द्राको भ्रमणबारे ब्रिटिश काउन्सिलले जारी गरेको बक्तव्य:

British Council briefing on the event:

British Council Nepal will be organising “Stories in Motion” with international storyteller and educationalist Cassandra Wye from the UK. These are stories that are seen as well as heard. The purpose of these events is to demonstrate the power of storytelling to motivate children to learn and the importance of stories in learning to read and enjoying reading.

Our aim is to persuade children and their parents and teachers that reading for pleasure is a means in itself and way to improve all-round academic performance.

Cassandra has been dancing stories around the world since1991. Her storytelling has taken her to Australia, Barbados, Hong Kong, Malaysia, Singapore, Thailand, and Vietnam. Now she’s in Nepal.

John Fry, Country Manager of British Council Nepal, says that this is part of our work to promote reading in Nepali and English, in particular the importance to child development of reading for pleasure. This is where story – telling comes in. Stories in Motion will excite children to read.

We are organising performances for primary school students and the general public, workshops for primary school teachers and parents in Bhaktapur, Kathmandu, Patan and Pokhara from 2 December to 10 December 2006.