माओवादी शिविरमा देखिएका दृश्य

उजिर मगर

जनआन्दोनल पछिको सरकारसँगको शान्ती वार्तापछि माओवादी छापामारहरु देशभरी फैलिएका निश्चित शिविरहरुमा जम्मा हुन थालेका छन् । छोटो समयमा माओवादी सेना जम्मा हुनुपर्ने भएकाले सबैजसो सिविरहरुमा बसोबासको राम्रो व्यवस्था हुनसकेको छैन । विद्रोहीहरुले बस्ने स्थान बनाइरहेका छन् । हतियारको के कस्तो लेखाजोखा भइरहेको छ त्यो चाहि सार्बजनिक भएको छैन । के माओवादीहरुले देशभरी छरिएर रहेका सबै हतियार एकिकृतरुपमा भेला गरे त ? यो अहिलेकोलागि महत्वपूर्ण प्रश्न हो । देश चुनावमा होमिइरहेको छ, निर्वाचन प्रकृयालाई स्वच्छ तुल्याउन गाउमा हतियारहरु नछुटेको निश्चित गर्नु पर्छ । छुटेका हतियारबाट जो कसैले पनि चुनावलाई प्रभावित पार्न सक्छ जो शान्ति प्रकृयाका लागि दुर्भाग्यशाली ठहरिने छ । वार्तामा बसेको माओवादी नेतृत्वको छापामार तथा कार्यकर्तामा कत्तिको पकड छ भन्ने पनि यसैबाट थाहा हुने हो ।

हालै कान्तिपुरका पत्रकार उजिर मगरले सिन्धुलीको एउटा माओवादी छापामार सिविर भ्रमण गरेर यी तस्विर खिचेका हुन् । उनको निश्कर्ष छ- छापामारहरुको जीवनशैली खासै लोभलाग्दो छैन, उनीहरुका अचेल दुखले वितेका छन् । खानेकुराको टुंगो छैन, सुत्ने ठाउ राम्रो छैन ।

Maoists in a cantonment site

छापामार किशोरी सोचमग्न अवस्थामा । तर उनका ती तिक्ष्ण आखाले केही देखिरहेका छन् ।

Maoists in a cantonment site

उनका पछाडी उभिएका छन्, संगिनीहरु

Maoists in a cantonment site

बस्ने छाप्रो बनाउदै कमरेडहरु

Maoists in a cantonment site

बस्ने छाप्रो बनाउदै कमरेडहरु

Maoists in a cantonment site

Maoists in a cantonment site

दुई छापामार आफ्ना हतियार सहित

हतियारको व्यवस्थापन ? शिवरमा जम्मा हतियारको लेखाजोखा गर्दै एकजना माओवादी

Maoists in a cantonment site

पालमा हतियार राख्दै एक छापामार

Maoists in a cantonment site

माओवादी बाजे : गोलीहरु उनका लागि माला सरह ।

Maoists in a cantonment site

आमा, छोरा र बन्दुक : एउटी माओवादी छपामार आफ्नो बच्चा र हतियार लिदै

Maoists in a cantonment site

च्युराले चलाएको युद्ध ? पत्रकारसँग कुरा गर्दा च्युरा खादै एक माओवादी । तल्लो तस्विरमा छापामारहरु च्युरा नास्ता गर्दै ।

Maoists in a cantonment site