नेपालमा सूचना प्रविधि ह्वात्तै

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

गुगलमा नेपाल खोज्नुभयो भने १० करोड नतिजा भेट्नुहुनेछ । केही वर्षअघिसम्म इमेलमात्रै गर्ने या अरूका साइटमा दर्शकमै सीमित हुने नेपाली इन्टरनेट प्रयोगकर्ताहरू अहिले आफैं सामग्री निर्माण र तिनको नियन्त्रण गर्छन् ।

guns n roses nepali video

बितेका दुई वर्षमा नेपाली प्रयोगकर्ताले इन्टरनेट एउटा मीठो धक्का दिएका छन्, जसका कारण कम्प्युटरहरूको विश्वव्यापी सञ्जालमा नेपालको प्रतिनिधित्व ह्वात्तै बढेको छ । उत्सव पोखरेल या अर्चना श्रेष्ठ कुनै पत्रिका, टीभी या रेडियोका मालिक होइनन् । यी तन्नेरी ब्लगरले कोठामै बसेर लेखेका कुरालाई दैनिक थुप्रैले पढ्छन् । ‘यो ब्लगमात्रै होइन,’ ‘आफ्नो कुरा’ शीर्षकको वेबसाइटमा उत्सव लेख्छन्- ‘मेरो साथी पनि हो, जोसँग मैले आफ्ना मूर्ख कुरा र भावना साझेदारी गर्न सक्छु ।’ उनले ‘युनाइटेड बी ब्लग’ (ब्लग डटकम डटएनपी) मा प्रकाशित गरेको ‘नेपाली शान्ति प्रक्रियाका सम्भावित चुनौती‘ लेखले अरू ब्लगरहरूको ध्यान कतिसम्म खिच्यो भने एउटा गर्मागर्मी बहस कैयौं दिन चल्यो ।

कम्प्युटर साक्षर र इन्टरनेटमा पहुँच भएका नेपालीको संख्या बढिरहँदा अभिव्यक्ति, सूचनाको साझेदारी र द्रुत सञ्चारका क्षेत्रमा नेपालले यसअघि कहिल्यै अनुभव नगरेको रोमाञ्चकारी परिवर्तन भइरहेको छ । ‘हिजो कम्प्युटरलाई छुँदा ए नचलाऊ बिग्रन्छ भन्थे,’ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष विप्लवमान सिंह भन्छन्- ‘कम्प्युटरमा भाइरस लाग्ने डरमा जुत्ता खोलेर खुट्टा धोएर कोठामा पसिन्थ्यो । अहिले (सहरका) हरेक स्कुल र अफिसमा कम्प्युटर छन्, सहरका गल्लीमा साइबर क्याफेहरू छन् जहाँ मानिस भिडियो च्याट गर्छन् । समाजमा कम्प्युटर नयाँ र भयानक चिज होइन, बरु नभइनहुने साधन हो भन्ने महसुस भइरहेको छ ।’

त्यही महसुसलाई बर्सेनि ऊर्जा थप्दै आएको सूचना प्रविधि मेला मंगलबार राजधानीमा सुरु हुँदैछ । ‘क्यान इन्फोटेक २००७’ ले सूचना, मनोरन्जन र सञ्चारलाई आफ्नो नारा बनाएको छ । इमेलमार्फत हुने सञ्चारपछि सम्भवतः मनोरन्जनकै प्रभुत्व छ इन्टरनेटमा । प्रमाण ? लेग्रो तान्दै ‘आँखाभरि आँसु किन’ भन्ने एउटै गीतबाट सेलिबि्रटी भएका जविकलाई खोज्नुस्, त्यो गीतको तीनवटा भिडियो युट्युव डटकममा पाउनुहुने छ भने दर्जनभन्दा बढी साइटहरूमा उक्त गीतका एमपीथ्री, गायकका पोज पोजका तस्बिर, खुलस्त अन्तर्वार्ता, जानकारीमूलक प्रोफाइलहरू पाउनुहुनेछ । कुनै समयमा सीमित ट्रेकिङ व्यवसायीहरूले विदेशी पर्यटक आकषिर्त गर्न खोल्ने अल्छिलाग्दा साइटहरूको तुलनामा अहिलेका चमकधमकयुक्त साइटले दर्शकलाई कम्प्युटरभित्रै छिरौं जस्तो पारिदिन्छन् । साइबर संसार डटकममा मोडलका तस्बिर हेर्नुभएको छ ?

प्रविधि र कम्प्युटरप्रति नेपालीहरूको आकर्षण कतिसम्म बढेको छ भन्ने नाप्न क्यान इन्फोटेकमा गए हुन्छ । ‘पोहोरको भीड १२ वर्षे पनौती मेलाभन्दा (ठूलो) थियो,’ ‘फेरि क्यान इन्फोटेक’ शीर्षकको आफ्नो ब्लगमा आफू मुस्कुराईरहेको तस्बिर छाप्दै अर्चना श्रेष्ठले लेखेकी छन्- ‘केटाहरूको ध्यानचाहिँ स्टलका केटीहरूतिरै ।’

नेटमा रमाइला नेपाली दृश्य

अमेरिकी रक व्यान्ड ‘गन्स एन्ड रोजेज’को ‘नकिङ् अन हेभन्स डोर’को ठ्याक्कै नेपाली अनुवाद सोही लयमा गाइएको भीडियो (तस्बिरमा) काठमाडौंका टीभीमा नदेख्या भए नेपाली भिडियो साझेदारी वेब र्साईट नेपालीट्यूव डटकममा जानुस्, त्यो रोचक प्रस्तुतीको मज्जा लिन सक्नुहुन्छ ।

गीतमा भनिएझैं र्स्वर्गकै त होइन तर इन्टरनेटको ढोका ढकढकाउनु भयो भने गज्जवको एउटा नेपाली संसार पाउनुहुनेछ जहा मानिसहरु अक्षर कोर्छन्, तस्बिर खिच्छन्, भिडियो बनाउछन्, गीत गाउछन् र तीनलाई विश्वका करौडौले एकसाथ हेर्न र सुन्न सक्नेगरी र्सार्वजनिक गर्छन् । अनि तीबारे अनेकौ कोणबाट बहस गर्दै निस्कर्षनिकाल्छन् ।

राजधानीमा मंगलवार शुरुभएको क्यान इन्फोटेकको एउटा स्टलमा मर्कन्टाइल कम्युनिकेसन्सका दुइ कर्मचारी दर्शकहरुलाई एउटा वेब र्साईटबारे भन्दैथिए । ‘मज्जाको डटकम,’ राजिवमान कर्मचार्यले भने, ‘च्याट र भिडियो अपलोड गर्ने ।’ अर्काले र्साईटको पहिलो पन्ना औल्याउदै सोधे, (सांगीतिक व्यान्ड) एक्स मन्त्र चिन्या छ ?

‘चिनेको रे?’ दर्शकबाट जवाफ आयो, ‘गीतै सुन्या छु ।’

‘त्यसो भए यो र्साईटबाट उनीहरुसग भिडियो अर्न्तवार्ता लिन सक्नुहुन्छ,’ उनले भने- ‘डिजिटल क्यामेरा या मोवाइलबाट भिडियो खिच्नुस्, अपलोड गर्नुस् ।’ गुणस्तरबारे चिन्ता नगर्न सुझाउदै उनले भने, ‘जति झ्याउलाग्दो भएपनि हुन्छ ।’ आखिर मोवाईल या वेब क्यामबाट खिचिएको भिडियोको गुणस्तर कति राम्रो हुन्छ र ?

र्साईटमार्फ भिडियो साझेदारी गर्ने लहरले अघिल्लो बर्षविश्वमै तहल्का मच्चाईसकेको (युट्युव.कम मार्फत एकैबर्षमा दुइ २० चानचुनका ठिटाले डेढ अर्ब डलर भन्दा बढी कमाए) अवस्थामा नेपालीहरु पछिपर्ने कुरै भएन । रामबहादुर बमजमकै कुरा गरौं ।

बाराको एउटा रुखमुनी ध्यान गर्ने युवाले इन्टरनेटमा दरिलो उपस्थिती जनाएका छन् । यूट्यूवमा उनीबारेका दर्जन भन्दा बढी भिडियो छन् जसलाई हजारौले हेरेका छन् । मंगलवारसम्ममा १५ हजार तीन सय ७२ पटक हेरिएको छ मिनेट लामो एउटा भिडियो नियालेपछि एकजना दर्शकले यस्तो प्रतिक्रिया दिउका छन्, ‘(त्यसरी बस्नुपर्दा) म भए भोकै र फोहोरी भएको महशुस गरेरै मर्थ्थे ।’