Janakpur: ‘परित्यक्त’ शहरमा एउटा ‘राजकीय’ यात्रा

"King" and "Queen" in their hearts. The man on the left, resident of Dhanusha district of which Janakpur is headquarter, camped at the hotel Manaki, Janakuur, for two days to get a glimpse of former king Gyanendra who was in town that has the famed Janaki temple as part of his religious tour in the some districts in southern Nepal. This man had worn daura suruwal yesterday.
‘King’ and ‘Queen’ in their hearts. The man on the left, resident of Dhanusha district of which Janakpur is headquarter, camped at the hotel Manaki, Janakpur, for two days to get a glimpse of former king Gyanendra who was in town that has the famed Janaki temple as part of his religious tour of some districts in southern Nepal. Photo taken on 20 June.

१९/२० जून, २०१३:  हामी जानकी मन्दिरमा पुगेका के थियौं ‘राजा’ अर्को ढोकाबाट निस्किहाले । हराउदै गएको साइरनको अावाजबाट मन्दिर परिसरमा उभिएका हामी पक्का भयौं ज्ञानेन्द्र होटल फर्किए । मन्दिर लगभग खाली थियो । तर संयोगै भनुम् हामी त्यही होटलमा बसेका थियौं जहाँ पूर्व राजाले रात विताउनेवाला थिए । सानो भिड थियो होटल मानकीमा । केही समर्थकहरू जम्मा भएका थिए । उनीहरू बडो उत्सुक थिए । ती समर्थकहरूका एकजना नेताले सफा सेतो कुर्ता सुरूवाल लगाएका थिए । उनी त्यो रात त्यही होटलमा बसेको हुनुपर्छ किनकी अवेरसम्म उनी त्यहीको रेष्टुरेन्टमा हाम्रोसँगैको टेबुलमा खाइरहेका थिए । िवहानै मैले उनलाई होटल परिसरमा माला हातमा लिएर उभिएको देखेको िथएँ ।

Janaki temple is a 102-year-old Rajput architecture around which identity of Janakpur revolves. Very colorful piece of art but not well maintained. Former king Gyanendra had just left the temple when we reached there. There were not many devotees at the time in the temple complex. Photo taken on June 19.
Janaki temple is a 102-year-old Rajput architecture around which identity of Janakpur revolves. Very colorful piece of art but not well maintained. Former king Gyanendra had just left the temple when we reached there. There were not many devotees at the time in the temple complex. Photo taken on June 19.
A small group of supporters of Gyanendra passed through the Janaki temple shouting slogan "hamro raja hamro desh, pran bhanda pyaro chha" just after the ex-king left the temple compound. They followed Gyanendra to the hotel where he was staying.
A small group of supporters of Gyanendra passed through the Janaki temple shouting slogan “hamro raja hamro desh, pran bhanda pyaro chha” soon after the ex-king had left the temple compound. They followed their king to the hotel where he was staying.

एकैछिनमा ती नेता अर्का एकजनासँग खुव जंगीए । त्यतिबेला मैले टिपेको त हैन तर मैले सम्झन सकेअनुसार उनले यसो भने, “(मेरो) गृहजिल्लामा सरकार सवारी भएको बेला पनि हामीले दर्शन नपाउने ? त्यसो भए किन सचिवज्यूले हिजोदेखि दर्शन मिलाउछु भन्नुभएको ?” ज्ञानेन्द्र तल झरे, अर्को कोठामा छिरे, एकछिन बसे र बाहिर निस्केर गाडीमा छिरे । छिर्नुअघि गुनासो गर्ने ती नेता र अन्यका हातबाट माला स्विकारे । ज्ञानेन्द्रले ती नेतालाई धाप पनि मारे । अाफ्ना राजा भन्दै त्यतिलामो समयदेखि पर्खेका व्यक्तिलाई पनि सचिवले ज्ञानेन्द्रसँग भेट नगराइदिएको देख्दा हामीलाई समेत ती नेताप्रति सहानुभूती जाग्यो ।

त्यो सबै गतिविधी हेरेर बस्ने समय र रहर थिएन हामीलाई किनकी हामीलाई रौतहट जानुथियो । तर ज्ञानेन्द्रको सवारीमा सामेल गाडीहरूमध्ये ६ वटा पार्किङ लट छिर्ने/निस्कने बाटो छेकेर बसेका थिए जसले गर्दा हाम्रो गाडी पार्किङ लटमै अड्केको थियो । ती ६ वटा गाडी ज्ञानेन्द्र चढ्ने मुख्य गाडी, त्यो विग्रिएमा प्रयोग गरिने जस्तो देखिने बैकल्पिक गाडी र सुरक्षाकर्मीका गाडीहरू नहिडी त्यहाँबाट नहिड्ने भएकाले हामी पनि अड्किएका थियौं र ‘राजा’ अनि उनका समर्थकहरूको त्यो सानो जमघट हेर्न बाध्य भएका थियौं ।

Sweets on sale at a stall inside the Janaki temple compound.
Sweets on sale at a stall inside the Janaki temple compound.
A woman waited for her family members as she held her child in Janaki temple complex in Janakpurdham.
A woman waited for her family members as she held her child in Janaki temple complex in Janakpurdham.
Main entrance of the Janaki Temple
Main entrance of the Janaki Temple
Cadres of Shiva Sena (Shiva's Army) Nepal, a monarchist/Hindu outfit, waited outside the hotel in Janakpur where the visiting former king Gyanendra stayed.
Cadres of Shiva Sena (Shiva’s Army) Nepal, a monarchist/Hindu outfit, waited outside the hotel in Janakpur where the visiting former king Gyanendra stayed.

जनकपुरको अब अरू त के कुरा गरौं । धेरै पछि यो सानो शहर अाएँ । पछिल्लोपटक म यहाँ सन् २००४ मा अाएको थिएँ बाढीको प्रभाव रिपोर्ट गर्न । तर मन्दिर पुगेको थिइन । त्यसअघि १९९६ मा पुगेको थिए क्या हो । अनि त्यो भन्दा पनि अगाडी एक पटक यो मन्दिरमा पुग्या जस्तो लाग्छ तर त्यो कहिले हो सम्झन सक्दिन । १९८८ मा हो कि ।

त्यो बेला जनकपुर अाउदा यो मन्दिर भव्य संरचना र सहर रिक्साले भरिएको र जीवन्त  लाग्या’थ्यो । तर त्यहाँ बस्ने धेरैका अनुसार वितेका बर्षहरूमा यो सानो शहरको समग्र स्थिति खस्केको छ । सामाजिक, अार्थिक, राजनीतिक र भौतिकरूपमा । त्यसमा सबैको सहमति हुन्छ तर ‘किन’ भन्ने प्रश्नको जवाफमा धेरैको एकमत हुदैन किनकी त्यसमा राजनीित लुकेको छ । कोही यहाँ हुने चरम भ्रष्टाचारलाई दोष दिन्छन् । अरू भ्रष्टाचार हैन काठमान्डूको वेवास्तालाई जिम्मेवार ठान्छन् । अनि अझै अरू चाहिँ यसो भन्छन्, “डर त्रास देखाएर एकथरी वासिन्दालाई यो ठाउँ छाड्न बाध्य पारिएपछि शुरू भयो जनकपुरको अधोगति र अन्त्य भयो यो शहरको मिश्रित संस्कार अनि बहुपहिचान ।”

समग्रमा जनकपुर एउटा परित्यक्त र अभावले ग्रस्त शहर बनेको छ अहिले । हुनलाई नेपाल बाहिरका अलि ठूला र सम्पन्न शहरबाट अाउनेलाई काठमान्डू पनि त्यस्तै लाग्छ ।

यस्तो चरम अव्यवस्था र अभाव (उदाहरणका लागि यहाँ पीच भएको सडक देख्न मुस्किल पर्छ) मा बाँच्नु पर्दा जनतालाई राज्यप्रति रिस उठ्नु के अस्वभाविक भयो । अनि त्यो रिसलाई राजनीति गर्नेहरूले अाफ्नो स्वार्थ पुरा गर्न प्रयोग गर्नु पनि स्वभाविकै हुन्छ यो ठाउँमा ।

खैर, राजनीतिक कुरातिर गएर अहिले टाउको दुखाउनु छैन । तर पर्यटकीय कुरा गर्दा जानकी मन्दिर एउटा अाकर्षण हो तर त्यो बाहेक अरू केही देखिन्न ।

Here’s Peter’s take on Janakpur (in English).