माघ १९ (१ फेब्रुअरी २००५)

[Remembering the day 10 years ago when king Gyanendra staged a bloodless coup. Newspapers reacted very strangely. Follow the link at the end.]

तत्कालीन राजा ज्ञानेन्द्रले कू गरेको १० वर्ष पुगेको अवसरमा आज माघ १९ मा कतिले त्यो दिन अनि त्यो बेलाको सम्झना गरेको देखें । कान्तिपुरका समाचार सम्पादक हरिबहादुर थापा अनि सोहि पत्रिकामा माघ १९ ताकाका समाचार सम्पादक गुणराज लुइटेलका दुइ संस्मरणात्मक लेखहरू क्रमसः कान्तिपुरसेतोपाटीमा पढें । उल्लेखित दुवैजना माघ १९ को दिन र त्यसताकाका मेरा अग्रज सहकर्मी हुन्, कान्तिपुर दैनिकमा । अनि मलाई पनि त्यसैगरी माघ १९ सम्झिन मनलाग्यो । र, तत्कालै केही ट्वीटहरू लेखें । तव पो झल्यास्य सम्झिएँ, २०६१ माघ १९ (१ फेब्रुअरी २००५) को दिन अनि त्यसपछिका घटनाहरूलाई लिएर मैले उतिबेलै अर्थात् १२ फेब्रुअरी २००५ मै लेख्न भ्याईसकेको रहेछु, “न्यू काइन्ड अफ् जर्नालिज्म इन नेपाल” (भाग १) शिर्षकमा। त्यो लेखमा मैले कसरी माघ २० को कान्तिपुरको सम्पादकीय लेख्ने जिम्मा आइलागेको लगायतका कुरा उल्लेख गरेको थिएँ । कूको भोलिपल्ट चारुमती नृत्यमाथि सामान्य दिनको भन्दा दोब्बर लामो सम्पादकीय सार्है अनपेक्षित थियो। उसो त त्यो दिन सामान्य कहाँ थियो !

आजका ट्वीटहरू:

=+=Happy to have written that Chaarumati editorial for 20 Magh edition of Kantipur. Was based on my report on same issue published on Magh 19 [Feb 1, 2005]

=+=To be honest, I hadn’t expected to write an editorial that day– let alone on Charumati, that too double the length of the usual piece

=+=Soon after I reached office on Magh 19 knowing King had taken over, the then editor @narayanwagle asked me to write editorial on Charumati.

=+=It wasn’t difficult at all to write the Chaarumati editorial on Magh 19 BUT maintaining the extended length to fill the space was challenging

=+=About those ‘strange’ editorials (this entry was written a week after Magh 19 royal takeover) http://t.co/1vLz8GJJDl