रिङ्ग रोडको रिँगटा

अघिल्लो महिना चिनियाँ अखबार ग्लोबल टाइम्स मा तिब्बत राजमार्गको शिगात्से विमानस्थलदेखि शिगात्से मध्य शहरसम्मको बहुलेन सडकखण्ड सर्वसाधारणकालागि अौपचारिकरूपमा खुला भएको जानकारी दिने एउटा विवरणिका अायो । राष्ट्रिय राजमार्गलाई नेपालको सीमासम्म जोड्ने भएकाले त्यो छोटो सडक भागले आर्थिक र रक्षाका हिसाबले पनि दक्षिण एसियासम्म पुग्ने बाटो खुलाउन चीनलाई सजिलो हुने विशेषज्ञहरूको भनाई रहेको रिपोर्टले जनायो । चिनियाँ राष्ट्रवादी धारणाको प्रतिनिधित्व गर्ने भनि परिचित पत्रिकामा “तिब्बतमा राजमार्गले चीनकालागि दक्षिण एसिया[को ढोका] खोल्यो” शीर्षकको त्यो समाचार पढेका एकजना नामी भारतीय रणनीतिक विश्लेषकले “[अब] भारतले नेपालसँगको सीमा खुलै राख्ला?” भन्दै ट्विटे

ब्रह्मा चेल्लानीको त्यो ट्विट देखेपछि मैले भारतीय पत्रिका ईपीडब्लू मा ४७ वर्षअगि छापिएको एउटा टिप्पणी सम्झिएँ :

“काठमान्डू, पाटन र भक्तपुर जोड्ने चक्रपथ बनाउन आफुहरुलाई दिन चिनियाँहरुले नेपाल सरकारलाई मनाएको भन्ने हल्ला अचेल [नेपाली राजधानी] मा व्याप्त छ । केही वर्षयता दुवै सरकारले यो योजना छलफल गरिरहेका थिए । चक्रपथ बनिसकेपछि सङ्कटको अवस्थामा चिनियाँ सेना कोदारी मार्ग हुँदै उपत्यकामा उत्रिन सक्षम हुनेछ र त्यसपछि तत्क्षणै काठमान्डू घेर्नेछ।”
-भारतीय पत्रिका इकनमिक एण्ड पोलिटिकल विक्ली, ५ (२१), पृ. ८३४। २३ मे १९७०।

img_2209-1

मनमनै सोधें, भारतीय माध्यमहरू र विश्लेषकहरूले नेपाल-चीन सम्बन्धलाई अतिरञ्जन र त्रासन ढंगमा प्रस्तुत गर् ले छाड्लान्?

थुप्रै वर्षअगि कान्तिपुर कालागि दिल्लीमा बस्दा मैले त्यस्ता थुप्रै गन्यमान्य भारतीय भेटेको थिएँ जो प्रश्नहरूको लस्करबाट गफ शुरू गर्थे- “अरे यार, मैले सुनें, चिनियाँहरूले ठमेलमा फेरि अर्को होटल बनाए ? यो के भएको हँ? नेपाल त पुरै चीनतिर ढल्किरहेको छ । भारतकालागि यो ठूलो सुरक्षा चुनौती हो । चिनियाँहरूले भारत घेर्न अाटेका त हैनन्?” छुट्टिनुअगि म उनीहरूलाई नेपाल र भारत कसरी अतुलनीयढंगमा निकट छन् भन्ने वर्णन गर्दै “१९६२ को त्रास”बाट उत्रिन सुझाउँथें ।

तर अतिरञ्जनात्मक टिप्पणीहरूको लहर रोकिएको छैन । १९५० मा उनीहरू त्यसै गर्थे, १९७० त्यस्तै, २०१० मा म दिल्लीमा हुँदा त्यसै गर्थे र २०१७ मा उनीहरू त्यसै गर्छन् । मित्रहरूलाई सम्झाएर नसकिने भैयो ।

रोचक त मलाई यी दुई कुरा लाग्छन्- आजका दिनमा चिनियाँहरूले नै त्यही चक्रपथ फराक र झन् सुदृढ बनाईरहेका छन् । कोदारी बन्द छ तर नेपाल र चीन इतिहासमै सबभन्दा धेरै सडकहरूमार्फत जोडिएका छन् । ट्याङ्क त त्यस्तै हो त्यो ट्रेन चाहिँ ढिलोचाँडो काठमान्डू नआउला भन्न म सक्दिन। आए पहिलो टिकट काटेर बेइजिङ्ग छोप्ने रहर छ । ♦