
हुम्ला जिल्लाको सदरमुकाम र सबैभन्दा ठुलो जस्तो देखिने बस्ती सिमकोटदेखि त्यो अडिएको अक्करे भीर हुँदै तल कर्णाली नदीसम्म ८ किलोमीटर लामो सडक बनेको छ। यो सडक खण्डमा गुड्ने भारतमा एसेम्बल गरिएका केही फोर व्हिल ड्राइभ गाडी यहाँ कि हेलिकप्टरबाट झारिएका हुन् कि काठमान्डूबाट (ट्रकमा राखेर) तिब्बत हुँदै ल्याइएका हुन् । यी गाडीलाई चाहिने डिजेल खच्चरहरूले ल्याउँछन्, भरिएका जर्किनलाई ढाडमा राखेर । अग्ला पहाडहरूबीचको खोँचबाट बग्ने कर्णालीको तिरैतिरको बाटो काट्न उनीहरूलाई तीन–चार दिन लाग्छ। राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी अन्तिम जिल्लाको पदवीका लागि डोल्पासँग प्रतिस्पर्धारत् हुम्लाको सदरमुकामलाई नेपालतिरको सडकले छुन कर्णाली तीरका भयानक पहराहरूले अझै एकाध वर्ष नदेलान् जस्तो देखिन्छ। अचम्मै लाग्छ, सन् २०१९ को अन्त्यमा पनि थुप्रै हुम्लीहरूले आफ्ना कागजातहरूमा सरकारी अधिकारीहरूको हस्ताक्षर गराउने जस्तो जाबो कामकालागि समेत तीन दिनसम्म हिड्नु पर्छ । जीवनको महत्वपूर्ण समय बेफ्वाँकमा हिंडेरै बित्ने ।


डिजिटल युग माँ पनि सुदूर नेपाली पहाड़ी भेग (जुमला, हुमला, दुललु दैलेख……..) लौरी टेकेर हिड्न्न, कहिले सकिने हो त्याहका नागरिक हरु संघर्ष माय जीवन यात्रा…….. धन्यवाद दिनेश जी
LikeLike
Thank you for showing beauty if our country. I love Nepal very much.
LikeLike