Category Archives: कोसेली

स्लमडग नेपाली

slumdog_nepali_koseli_march14

ठूलो पार्न क्लिक गरे हुन्छ

स्लमडग मिलिनायरको हविगतमा दिल्लीका झुपडबस् तीमा बस् ने नेपालीको कथा-व्यथा पनि कम्ती दुःखदायी छैन ।

‘धेरै वर्स्ट छ,’ ‘खराब’ अर्थ दिने अंग्रेजी शब्द प्रयोग गर्दै हिन्दी लवजमा सुरज रानाले भने, ‘मैले सोचेको यो झुकी टुटोस, यहाँबाट फटाफट निस् कम । यहीँ खाने, यहीँ बस्ने, त कहिल्यै अगाडि बढ्दैन ।’

सोच्ने क्षमता विकास भएदेखि सुरजले मनमा त्यस्तो कुरा खेलाउन थालेका हुन् । अहिले उनी १५ वर्षका भए । दिल्लीको यही झुप्रेबस्तीमा उनी जन्मिए, यहीँ हुर्किए, यहीँ खेले, यहीँबाट स्कुल गए र यसपालि १० औं कक्षाको परीक्षा दिँदैछन् । ठ्याक्कै उनी जन्मेकै झुप्रो चाहिँ १० वर्ष अघि नष्ट गरएिको थियो । औद्योगिक क्षेत्र ओख्लाको फेज-२ अन्तर्गतको त्यो ठाउँमा अहिले एउटा बहुतल्ले अफिस भवन छ । त्यसैको कम्पाउन्डसँग जोडिएको खँदिलो, नाला तथा फोहोर व्यवस्थापन नभएको र मुख्यत झ्याल विहीन सयौं साना झुप्रा छन् । तिनैमध्येको एउटामा सुरज आफ्ना दुई दिदी र बाबुआमासँग बस्छन् ।

व्यापकरूपमा ‘स्लम’ भनिने यी झुप्रेबस्ती खासमा भारतीय गरबिीका प्रतीक हुन् । कतिपय भारतीयले ‘झुग्गी झोपडी’ भन्ने यी बस्तीमा मुख्यतः गाउँबाट कामको खोजीमा सहर पुगेका मानिस बस्छन् जो न्यून तलबमा निम्नस्तरको काम गर्छन् । (‘झुग्गी’ लाई प्राय सुरजले जस्तो ‘झुकी’ पनि उच्चारण गरिन्छ ।) भारतमा एसियाको सबैभन्दा ठूलो स्लम छ जहाँ झन्डै १० लाख मानिस बस्छन् । धारावी नामको मुम्बईको त्यो स्लममा यसपालि ओस्कार जितेको फिल्म ‘स्लमडग मिलेनियर’ को छायाङ्कन गरएिको थियो जसले स्लमको जिन्दगीलाई यसअघि कहिल्यै नमिलेको प्रचार र ‘ख्याति’ दिलायो । मुम्बईमै अरू थुप्रै स् लम छन् जहाँ अरू लाखौं बस्छन् । -विश्वकै सबैभन्दा ठूलो स्लम किबेरा चाहिँ केन्याको नाइरोबीमा छ । त्यहाँ २२ लाख मानिस बस्छन् ।) झन्डै डेढ करोड जनसंख्या भएको दिल्लीमा छरएिका स्लमहरूमा ३० देखि ३२ लाखसम्म मानिसहरू बस् ने तथ्याङ्क छ । गाउँको गरबिीबाट पिल्सिएर भारतमा रोजगारीका लागि आउने कतिपय नेपाली यिनै स्लममा बस्छन् । तीनैमध्येका एक हुन् सुरजका बाबु दिलबहादुर राहुँ जो बितेका २२ वर्षदेखि ‘जनता-जीवन क्याम्प’ भनिने यो स्लममा बसिरहेका छन् ।
‘अब उही भनौ न,’ ४१ वर्षे दिलबहादुरले आफू कसरी झुग्गीमा आइपुगे भनी बताए- ‘मेरो त आफ्नो समस्या थियो तर कुल मिलाएर हेर्ने हो भने रोजीको समस्याले आइयो ।’ Continue reading

थाप्लोमा मसुरी

३० बर्षे राज खत्री (बायाँ) र ३६ बर्षे आइत खत्री

३० बर्षे राज खत्री (बायाँ) र ३६ बर्षे आइत खत्री

एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ ।

दिनेश वाग्ले
तस्बिर– विदुर खतिवडा

भागी ती भागीका छोरा पिलेन घुइक्याउदा छन्
अभागी गरिवका छोरा भारी चुइक्याउदा छन्

मसुरी डाँडोमा भारतभरीका र संसारकै मान्छे पुग्छन् । तिनीहरु कुन देश या भारतीय राज्यका हुन् खुट्टयाउन हत्तपत्त सकिन्न । तर खुम्चिएको ढाका टोपी लगाएका, काँधमा नाम्लो भिरेका र यहाँका साघुरा गल्लीमा भारी बोकेर या त्यसै भौतारिइरहेका जुनै पनि मलिन अनुहारलाई सहजै चिन्न सकिन्छ । परिचय विनाकै पहिलो प्रश्न (‘कताबाट हो दाजू ?’) ले तत्कालै उत्तर पाइ हाल्छ– ‘कालिकोट’ ।

एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ ।

केही मिनेट असिना बर्सिएपछि चिसिएको हालैको एक साँझ एक हुल कालीकोटेहरु मसुरीको केन्द्रमा रहेको घन्टाघर नजिकै सडक किनारमा आगो तापिरहेका थिए । दिउसो एकपटकमा डेढ क्विन्टलसम्म बोक्दाको थकान मेटाउन केहीले मदिराको सहयोग लिएका थिए जो गफमा प्रष्ट झल्किन्थ्यो ।

‘लौ लेख्नुस्, हामी कालिकोटका,’ ५९ बर्षे धनु विकले लरबरिएको लवजमा भने– ‘आफ्नो देशमा काम नपाएर अर्काकोमा कुकुरको जिन्दगी विताइरहेका छौं । यही हो हाम्रो खवर ।’

‘झ्याप भएर लाजमर्दो कुरा गर्ने हो ?’ ४९ बर्षे रति विकले धनुलाई सम्झाए– ‘राम्रो राम्रो कुरा गर्नुपर्छ पत्रकार सरसँग ।’ Continue reading

अडिगाको अँध्यारो भारत

अडिगाको ह्वाइट टाइगर

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

अडिगा

अग्रणी भारतीय समाजशास्त्री एन्ड्रे बेटेलीले गत साताको ‘तहल्का’ म्यागेजिनसँगको अन्तर्वार्तामा हालैको मुम्बई आतंकवादी हमला परेको एउटा होटलको नाम लिँदै भनेका छन्, ‘ताजमहल होटल पक्कै एक प्रतीक हो तर कसको ?’

धनाढ्यहरूको । गत साताकै ‘आउटलुक’ म्यागेजिनको ‘चिठी’ स् तम्भमा दिल्लीका पाठक एन कुन्जुले त्यसलाई यसरी प्रस्ट्याएका छन् ।

‘बम्बे आक्रमणबारेको यो सबै असमानुपातिक होहल्लाका कारण त्यसमा प्रभावितहरूमा मुख्यतः ठूलाठालूहरू पर्नु नै हो,’ कुन्जु लेख्छन्, ‘-तिनीहरू) जसले कोठाको १० हजार तिर्न र एक छाकमै केही हजार खर्चिन सक्थे । बनारस र अजमेरजस्ता धार्मिक स्थलमा धेरै मान्छे मर्ने आतंकवादी हमला भएको भए त्यो पूरै घटनालाई (अहिले कोकोहोलो मच्चाउने मिडियाले) एक/दुई कोलममै सिध्याइदिने थियो ।’

फरक पत्रिकाका फरक पन्नामा छापिएका ती टिप्पणीमा एउटा गम्भीर विवाद र विभेदको झल्को पाइन्छ जसलाई उजिल्याएका छन् अरविन्द अडिगाले आफ्नो उपन्यास ‘द ह्वाईट टाइगर’ मा । भारत अझै विपन्न र पिछडिएको छ । हालैका वर्षहरूमा केहीले दाबी गर्ने गरेजस्तो पूरै चम्किएको छैन र जति चम्किएको छ, त्यसको प्रकाश गरबिहरूसम्म पुगेको छैन । सन्तोषजनक आर्थिक वृद्धि र सूचना प्रविधिको क्षेत्र मा केही हदसम्मको सफलताका कारण सहरी मानिसहरूको क्रय क्षमतामा सुधार आउँदा मिडिया र राजनीतिको एउटा पक्षले त्यसलाई भारतीय उदयको संज्ञा दिँदै आएको छ । तर त्यो उदयमा सहरकै थुप्रै र गाउँका प्रायः सबै समेटिन सकेका छैनन् । उनीहरू अझै अडिगाको किताबमा व्यापक रूपमा प्रयोग भएको शब्द ‘अन्धकार’ मा छन् । Continue reading

अक्करे भीरका डाइवर दाई

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Tales of a Highway Driver in Karnali ]

पहरो छिचोलेर कटेको कालीकोटे कच्ची सडकमा सदरमुकाम मान्मलाई पछि पार्दै एउटा ट्रयाक्टर जुम्लातिर बढीरहेको थियो । सामानले भरिएको त्यो गाडीलाई केही मिटरसम्म चार साना, काठे पाङ्ग्रे र घाँसले सिगारिएका ‘मिनी ट्रक’ र ‘ट्रयाक्टर’ले पछ्याए । लामो डन्डीवाल स्टेरिङ् भएका ती खेलौना-गाडी चलाउने मध्येका एक थिए- प्रवलराज बम । बर्ष१३, कक्षा ८ ।

‘र्डाईवर बन्ने !’ एउटा ठट्यौलीपूर्ण प्रश्नमा प्रवलले भने ।

‘ड्राइभर बन्ने ?’ मैले भने ।

‘यो देशमा बैज्ञानिक नभएका होइनन्,’ प्रवलले यसरी जवाफ दिए मानौ कक्षा कोठामा गुरुले प्रश्न गरेका छन् जसको उत्तरले परिक्षामा नम्बर आउछ- ‘गेहेन्द्र शमसेर थिए । पोखराका युवाले प्लेन बनाएको समाचार सुनेका छौं । हामी पनि गाडी बनाउन चाहन्छौं ।’

‘गाडी बनाउने बन्नेकी कि चलाउने ?’

‘पढ्न सके इन्जिनियर बन्ने,’ हाइनेकमाथि स्कुलको पोशाक जस्तो लाग्ने र्सट र स्वेटर लगाएका फुच्चेले भने- ‘सकिएन, फेल भइयो भने जसरी पनि डाइवर बन्ने ।’

ह्याट लगाएकी व्रिट्नी स्पेयर्सको तस्बिर छातिमा छापिएको टीर्सट, त्यसमाथि खुकुलो ज्याकेट र ‘डीकेएनवाई जिन्स’ लेखिएको पाइन्ट लगाएका नविन शाहीले कुरा सुनिरहेका थिए ।

मैले तस्बिर लिदा प्रत्येक पटक देब्रे कुर्कुच्चो उचाल्दै कम्मर हल्का बंग्याएर हिपहप गायकले झै औलाहरु फैलिएको दाहीने हातले आफ्नो अनुहार छोपेका केटाको देब्रे हात फुच्चे मिनी ट्रकको स्टेरिङ्मा थियो । ‘गरिव ठाउँमा जन्मिइयो,’ ८ कक्षामा पढ्ने १२ बर्षोले निर्देशकको ‘एक्सन’ आदेशपछि स्क्रृप्टमा लेखिएको डायलग भन्ने अभिनेतालेझैं भने- ‘हाम्रो ठाउँमा सडक भर्खर आएको छ । गाडी भर्खर चल्न थालेका छन् । राम्रो पढ्न पाए आफ्नै गाडी चलाउने । नभए हिम्मत हारेर आत्महत्या गरिदैन । -अरुको गाडीको) डाइवर बनेरै ज्यान पालिन्छ ।’

ज्यान पाल्ने, तिलक नेपालीले जस्तो । टोपी र ज्याकेट लगाएको उसलाई पछाडीबाट हेर्दा कसैलाई ‘फर्मुला वान’ ड्राइभर माइकल सुमाकरको झल्को मिलेमा त्यो अनुचित नहोला तर वास्तवमा तिलक र जर्मनीका विश्वप्रसिद्ध चालकबीच त्यति नै फरक छ जति बोलेरो र फरारीमा छ ।

यूरोपेली फुटबल क्लव ‘एफसी बार्सलोना’को विज्ञापन कुदिएको क्याप लगाएको ठिटोको मैलो ज्याकेटमा ठूला अक्षरमा ‘यामाहा’, ‘क्यास्ट्रोल’ र ‘रियाल्म’ बाहेक ‘च्याम्पियन’ ‘नास्कार विन्स्टन कप’ लेखिएका छन् । नौ कक्षासम्म पढेर सरकारी स्कुल छाडेको केटोलाई ‘नास्कार’बारे के थाहा होस् तर ऊ पक्कै च्याम्पियन हो- जुम्लाबाट सुर्खेत र सुर्खेतबाट जुम्ला सकुसल गाडी चलाउनु फर्मुला वान नै जितेभन्दा कम हुन सक्दैन । डेढबर्षअघि गाडी चलाउन थालेको १९ बर्षो जुम्ली ठिटोले फागुनको दोस्रो साता त्यो उपलब्धी हासिल गर्यो ।

Tilak Nepal (also in the photo below) with his Mahendra Bolero

Tilak Nepali (and his friends in the photo below) removing boulders on the road.

फरक सडक, फरक चुनौती तर कठिनाई उस्तै । सुमाकर मान्छे चिप्लिएला जस्तो कालोपत्रे सडकमा सकेजतिको तीब्र गतीमा गाडी चलाउछन् । तीलकले ‘सबै कच्ची बाटोहरुकी आमा’ मानिने त्यो धुलो बाटोमा अलि तीव्र हुइकाउन खोजे गाडी कयौ मिटर तलको तीला या कर्णालीमा पुग्ने लगभग निश्चित हुन्छ ।

‘माटोक्ने, कहिलेकाही त मुटु चल्लो भएर बाहिर आउछ यार,’ पिलि पुग्नैलाग्दाको एउटा झोलुङ्गे पुल माथिको अप्ठेरो कटेपछि तिलकले फोर ह्विल गाडीको सहयोगीसँग भनेको थियो । सहयोगी अर्थात हेल्पर -गाडी सहायक) जसलाई परम्परागत बोलीमा ‘खलासी’ भनिन्थ्यो जो अहिले बर्जित जस्तै छ । तिलकले चाहि ‘केटो’ शब्द प्रयोग गर्छ- ‘मेरो केटो तगडा छ’, ‘मेरो केटोले खायो ?’ ‘मेरो केटोलाई पठाइदिउला ।’

अप्ठेरो विन्दुबाट केही मिटर पर्तिरको सम्म बाटोबाट केही महिनाअघि एउटा ट्रयाक्टर खसेको थियो जसको अवषेश अझै भीरमा देख्न पाइन्छ । ‘यस्तो राम्रो बाटोमा कसरी गाडी फालेको !’ गाडी सहायक अर्थात हेल्पर मुस्कान शाहीले ठिप्पणी गर्यो ।

‘गाडी चलाएर हेर, त्यसपछि थाहा पाउछौं,’ तिलकले भन्यो- ‘कस्तो बाटोमा कस्तो संघर्ष गर्नुपर्छ भन्ने ।’ एकैछिन रोकिएपछि उसले थप्यो- ‘बेरेक फयल भएर पनि हुनसक्छ ।’

फयल अर्थात बेकामे यो बाटोमा जे पनि हुनसक्छ । टायर, पट्टा र नविग्रने के पो छ ? जुम्ला छाडेको आधा घन्टामै तिलकको गाडीको एउटा पाङ्ग्रा पङ्चर भा’थ्यो । साझ एउटा खोलो तर्दा ढुङ्गामा ठोक्किएर गेयर तेल चुहिन थाल्यो । भोलिपल्ट विहान अर्को टायर वेकामे भएपछि गाडी दिनभर त्यही रोकियो ।

दशकौंको राजनीतिक आवश्वासन र प्रतिक्षापछि १० महिना अघि औपचारिक उद्घाटन भएको कर्णाली राजमार्गले क्षेत्रका बासिन्दालाई तुलनात्मकरुपमा सस्तोमा खाद्यान्न उपलब्ध गराएको छ तर ४० गाडी दुघटनामार्फ २० को ज्यान लिएको छ । अर्को दिन दैलेखको खिट्की ज्युलाबाट कालिकोट हानिदा अप्ठेरो मोडमा तिलकले एउटा ट्रक भेटेको थियो जसको पछाडी हुटमा दुइ दिन अघिको दुर्घटनामा मृत्युभएको हेल्परको शव थियो । सडक किनारको खुकुलो पर्खाल भत्किदा पाङ्ग्रो चिप्लिएपछि खसेको मिनी ट्रकमा १२ जना मान्छे थिए । ८ घाइते भए, ४ मरे ।

‘नराम्रो लाग्यो, हेल्पर मरेछ,’ उसले मेरो प्रश्नमा भन्यो- ‘आफ्नै कोही मरेजस्तो लाग्यो । तर के गर्नु यो पेशै त्यस्तो, डराएर हुदैन । काम गर्नै पर्छ ।’ केही घन्टापछि उसले तीला किनारमा केही मान्छे देख्यो जो त्यही दुर्घटनामा परेकी एउटी बच्चीको अन्त्येस्टी गर्न जम्मा भएका थिए । ‘यो बाटोमा आउने प्रत्येक डाइवरले घरमा (आफ्नो) काजक्रिया गरेर आउनुपर्छ,’ तिलकले टिप्पणी गर्यो- ‘कुनबेला कहा के हुन्छ, पत्तो हुन्न ।’

तर त्यसको अर्थ, तिलकले अघि भन्यो नि, यात्राभरी डराउने भन्ने होइन । ‘एफसी बार्सेलोना’ क्याप फुकालेको बेला छोटो कपाल भएको टाउको केट विन्स्लेट र लियोनार्र्डो डिक्याप्रियोले टाइटानिक जहाजको किनारमा गएर हात फैलाएको तस्बिर छापिएको रुमालले बाध्ने तिलक बारम्बार गुनगुनाई रहन्छ ।

मेरो माया लाग्छ लाग्दैन ?
सुनको बाला नभएनि
चाँदी बाला दिउला हातैमा
सुख दुख जे भएनि
हाँसी हाँसी दिउँला साथैमा

गीत र रात्रीकालिन हँकाई यो मार्गका चालकका अभिन्न मित्र हुन् । ‘गीत नसुने गाडी चलाएजस्तै हुदैन’ भन्ने तिलकले यस्तो अप्ठेरो बाटोमा हाक्न ‘दिउसो भन्दा राती सजिलो’ भन्दा अचम्म लाग्न सक्छ । ‘दिउसो आखा यताउता हुन्छन्, दायाँवायाँ डिलबाट हेर्दा कहाली लाग्दो हुन्छ,’ उसले भन्यो- ‘राती केही देखिदैन । हेडलाईटबाट गाडीहिड्ने बाटा मात्र देखिन्छ । गीत घन्काइन्छ, बाटो कटेको पत्तो हुदैन ।’ तिलकको त्यो विश्लेषणसँग बाटोमा भेटिएका थुप्रै ड्राइभरले सहमती जनाए । तर एक रात नौ बज्दैगर्दा घन्किरहेको गीतसुन्दै ओर्लिरहेको तीलकको गाडीले झन्डै कर्णालीमा नुहाएको थियो- कसोकसो पाङ्ग्रो चिप्लिदा गाडीलाई नियन्त्रणमा लिन तिलकलाई हम्मे परेको थियो र झयाप्पै ब्रेक लागेर गाडी रोकिदा अगाडीपट्टी दुई इन्च पनि ठाउ थिएन । ‘बाचियो,’ तिलकले भन्यो- ‘भाग्य दह्रो रैछ ।’ सबैका मुटु चल्ला भएर निस्कए ।

देब्रे हातको चोरी औलामा पित्तलको औठी लगाएको तिलकका मोटा औलाहरु, खिइएका र फोहोर अडिकएका नङ् तथा फुलेका नसा देखिने बलिया पाखुरामा अप्ठेरो बाटोमा स्टेरिङ् घुमाउन पर्ने परिश्रम झल्किन्छ । यो गाडीको फोर ह्विल गेयर जब्बर छ, भनेको बेला लगाउन सानोतिनो संघर्षौ गर्नुपर्छ । गाडी व्रिग्रीएमा या व्रिग्रेको शंका लागेमा धुलेसडकमा झ्याम्मै सुतेर त्यसमुनी छिर्नुपर्छ र अनगिन्ती पटक उत्तानो परेर निरिक्षण गर्नुपर्छ ।

सपना तिलकको पढेर ‘ठुलैमान्छे हुने’ थियो तर, उसले भन्यो, ‘पहाडी इलाका हो, पर्ढाई भन्दा बढी काम गर्नुपर्छ’, त्यसैले ऊ जुम्लाको चन्दननाथ उमावी छाडेर सडकतिर लागेको थियो । ‘स्कुल लाईन छाडेर गाडी लाईन लागेपछि बसमा खलासी गरे,’ उसले चार बर्षअघिको कुरा सम्झियो- ‘त्यसपछि आठ महिना ग्यारेजमा मिस्त्री गरे । यही बर्षेखि गाडी चलाउन थाले, अब हेरौ कति हुन्छ ।’

ड्राइभर हो तिलक, भविश्यवेत्ता होइन त्यसैले उसलाई मैले ‘अबका केही बर्षा तिमी आफूलाई कहा पाउछौं’ भनेर सोध्नु बेकारै थियो । तर रिपोर्टरहरुले प्रश्न सोध्नबाट आफूलाई कहाँ रोक्न सक्छन् ? ‘पछिको कुरो कसलाई थाहा हुन्छ ?’ गाडी कुनै अक्करे भिरमा उफ्रिदै गर्दा तिलकले भनेको थियो- ‘अहिले यहा छु, ऊ त्यो मोडमै के हुने हो के थाहा ? भाग्यमा के लेख्या छ ?’

भाग्यमा जे लेख्या भएपनि पुरै तस्बिरमा आइनसकेको उसको योजनामा आगामी छ/सात बर्षगाडी चलाउने, त्यसपछि ‘पैसा कमाएर विजनेश गर्न सकिएछ भने स्यानोतिनो विजनेस गर्ने, बस्ने सोच’ छ । ‘अनम्यारिड छु क्यारे,’ उसले भन्यो- ‘म्यारिज गरिसकेपछि के हुन्छ त्यो कुरो थाहा हुदैन ।’ निरन्तरको धुलोले फुटेका ओठहरु हल्का खोलेर ऊ मुस्कायो । गाला चाउरिदा दाँया आँखा नजिकैको खत छोपियो ।

‘अहिले ठिकै छ, एउटा पेशा सिकेपछि रमाइलै भन्नुपर्यो, पेटका लागि हो,’ मेरो अर्को प्रश्नमा तिलकले भन्यो । यो रुटमा उसले चलाउन थालेको भर्खरै हो, तलवको टुङ्गो पनि भइसकेको छैन । तर ‘यस्तो अप्ठेरो बाटोमा चलाउने’ भएकाले तर्राईतिर दिइने ‘चार हजार पैतालिस सय’ भन्दा बढी हुने आशा गरेको छ ।

रक्सी नपिउने तर चुरोट सल्काउन धक नमान्ने तिलकले त्यो तलव ५३ बर्षो बाबु धनबहादुरका हातमा थमाउने छ जो ४६ बर्षो पत्नी बिजुका साथ महत गाउको मिचा टोलमा बस्छन् । सडकबाट २५ मिनेट उक्लेपछि त्यहा पुगिन्छ । ‘चिन्ता लाग्छ,’ अप्ठेरो बाटोमा छोरोलाई गाडी चलाउन पठाउदा कस्तो लाग्छ भन्ने मेरो प्रश्नमा बिजुले भनिन्- ‘गाडी पल्टेको सुन्दा तरङ् हुन्छु । तर जागिर हो ।’

हो, जागिरै हो, त्यसैले तिलकले जुम्ला पुगेको एकदिन पछि सुर्खेत जानुपर्ने भएको थियो- दोस्रोपटक । नेपालगन्ज हुदै काठमान्डू उडेर आएको साझ मैले अर्को एउटा ड्राइभरबाट सुने- जुृम्ला हिडेको तिलकको गाडी त्यही ठाउनेर फसेको छ जहाँ केहीदिन अघि फसेको मिनिट्रकले सडक अवरुद्ध पार्दा हामी चार घन्टा अड्केका थियौं । एकहप्तापछि फोन आयो, उतापट्टी तिलक थियो । ‘दाई जुम्ला आइपुगे,’ उसले भन्यो । मलाई लाग्यो, च्याम्पियन तिलकले त्यतिबेला चलिरहेको फर्मुला वान अस्ट्रेलियन ग्य्रान्ड प्रिँ जितेको छ ।

कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै

उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा

दिनेश वाग्ले


कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु

‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा उनका भाई गोविन्द र अरु पाचजना अनौठो सोचाई लिएर बसेका छन् । ‘कच्ची बाटोहरुकी आमा’मा उफ्रिएको गाडीभित्र ठोक्किनबाट बच्न सबै डन्डीमा झुन्डेका छन्- एउटा हागोबाट अर्कोमा उफिन लागेको बादरजस्तै ।

उद्देश्य फरक भएपनि सडक यात्रा छनोटमा सबैको कारण एउटै थियो- जुम्लामा प्लेन ओर्लेन, मौसम विग्य्रा छ, टिकटको आश छैन । लक्ष्यमा पुग्न हतारो, बसिरहदा बेखर्ची होइने डर । एसएसली पास भएपछि क्याम्पस पढ्न नेपालगन्ज हानिएका, पत्रिकामा सिम्बोल नम्बर नदेखेपछि बुझ्न सानो ठिमी दौडिएका, आइएड परिक्षामा पहिलो विषय छुटेपछि दोस्रो भ्याउन सुर्खेत ओर्लिएका, दाजू भेट्न दार्जिलिङ् हिडेका र विदामा घर र्फकेएका प्रहरी जवानले जीवनकै अविस्मरणीय यात्रा थालेका छन् । अगाडीपट्टी दाङ्का गुरुजीले स्टेरिङ्मा छन् भने तीनका वायापट्टी एकजोडी केटाकेटी चुपचाप छन् । Continue reading