Category Archives: नेपाली समाज

भलिराम र मनबहादुर

भलिराम थारू र मनबहादुर विश्वकर्मा

भलिराम थारू र मनबहादुर विश्वकर्मा

हालैको एक दिन म कपिलवस्तुको राजमार्ग बस्ती चन्द्रौटा पुगेको थिएँ । शिवराज नगरपालिकामा पर्ने त्यो सानो बजार त्यसदिन अबिरमा रंगिएको थियो । बिहानै स्थानीय चुनावको नतिजा घोषणा भएको थियो । जित्नेमा एक थिइन् २३ वर्षे शिवकुमारी थारू । शिवकुमारीलाई त्यो बिहानैदेखि सञ्चार माध्यमहरूले कान्छी उपमेयरको उपमा दिइसकेका थिए । परम्परागत थारू पहिरनमा सजिएकी उनको तस्बिर ट्विटरभरी फैलिसकेको थियो । त्यसैले म त्यो अपरान्ह शिवकुमारीलाई नै भेट्न चन्द्रौटा पुगेको थिएँ, लगभग ६० किलोमिटरको थप घुमाउरो यात्रा गरेर । तर फूलमालाले छोपिएर, कार्यकर्ताले घेरिएर र अाफ्नै पार्टी एमालेका विजयी मेयरसँगै सानो ट्रकमा उभिएर उत्सव जुलुशमा हिँडेकी नेतृलाई भन्नेवित्तिकै कसरी भेट्न सक्नु? फेरि विजेताहरूलाई कुर्नेमा मै मात्र कहाँ थिएँ र?

चन्द्रौटा अस्पतालको अाँगनमा टाँगिएको एउटा पालमुनि एमालेका केही कार्यकर्ता, समर्थक र सामान्य उत्सुकहरूमाझ हल बाँधेर उभिएका थिए मनबहादुर विश्वकर्मा र भलिराम थारू । खासखुस गफिदै गर्दा उनीहरू बेलाबेला हाँसिरहेका थिए । तर साह्रै ठुलो अावाज निकालेर हैन ।

उनीहरूसँग बातमारेको केही छिनमै मैले थाहा पाएँ, ७९ वर्षे मनबहादुर बाग्लुङबाट २०६२ सालमा चन्द्रौटा झरेका थिए । ६८ वर्षअघि दाङ देउखुरीमा जन्मेका भलिराम २०१२ सालमा छ वर्षको हुँदा यो ठाउँमा बसाइँ सरेका थिए । यो उमेराँ पनि हट्टाकट्टा भएकाले छरछिमेकका ठिटाहरूले मनबहादुरलाई “अजम्मरी बुढा” भन्दै “सय वर्ष त सज्जिलै बाँच्ने” अनुमान सुनाउँदा रहेछन् । एकजनाले मेरै अगाडी त्यसो गरिहाले । त्यसमा सहमतिमा टाउको हल्लाउदै पुलुक्क मनबहादुरलाई हेरेका भलिराम थुप्रै सेकेन्डसम्म मुस्कुराए ।

भलिराम थारू र मनबहादुर विश्वकर्मा

भलिराम थारू र मनबहादुर विश्वकर्मा

भलिराम र मनबहादुर दुवैका हातमा टन्नै मिहिनेत गरेको प्रमाणदिने निसानाहरू थिए । दुवैले डोरो बाँधेका थिए । दुवैले उस्तैखाले चप्पल लगाएका थिए । दुवैका खुट्ा फुटेका थिए । मनबहादुरले अाफूले “क पनि नपढेको” बताउँदै “असी पुग्न अाँटेको मान्छेलाई कति पढेको भनेर सोध्ने हो?” भनि मलाई झाँटे । तत्कालै फकाउने लवजमा थपे, “उहिले हाम्रा पालामा स्कुल भा’पो पढन्ु । नातिनातिनाले बीए पास गरेका छन् ।” कुरा सुनिरहेका भलिरामले फेरी अर्को एउटा लोभलाग्दो मुस्कान दिँदै मलाई हेरे । “स्कुल थिएन, पराइ भएन,” भलिरामले भने । “तर लेख्न अाउँछ । परन अाउँछ ।”

मनबहादुरले त्यो गर्मीमा पनि ढाका टोपी ढलक्क ढल्काएका थिए । भलिरामले पनि टाउकोमा टमक्क फेटा गुथेका थिए । एउटाले लुंगी, अर्कोले पाइन्ट लगाएका थिए । दुवैका नाडी र पाखुराको रंगमा खासै फरक देखिन्नथ्यो तर समग्रमा दुवै एकरंगी पनि थिएनन् । मनबहादुरले हातमा घडी बाँधेका थिए तर फरक नेपाली संस्कृति, जात र भूगोलमा जन्मेहुर्केका यी दुई जेष्ठ नागरिकहरू मध्ये एकले अर्को भन्दा अल्लि बढी सुख पाएको भन्ने मलाई लागेन ।

यो स्थानीय चुनावमा भलिराम र मनबहादुर दुवैले भोट हालेका थिए । केमा? त्यो पनि भन्ने कुरा हो र? वृद्दभत्ता दिने पार्टीप्रति विशेष लगाव छ भन्ने थाहा पाए पुगेन?

भलिराम थारू र मनबहादुर विश्वकर्मा

भलिराम थारू र मनबहादुर विश्वकर्मा

Advertisements

गाउँमा शान्तिको लामो सास (रुकुम-रोल्पा एक्स्प्रेस-२)

dev bahadur budhathoki

रुकुमका देवबहादुर बुढाथोकी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । 

shanti ko laamo saas

ठूलो पार्न क्लिके हुन्छ

लिबाङ (रोल्पा)- पाँच वर्षअघि देशमा शान्ति छाएपछि देवबहादुर बुढाथोकीले मनाएको खुसी अझै पनि उनले लगाएको पोसाकमा झल्किन्छ । कुनाको रुकुमेली गाउँ तकसेराको पनि कुनाको बस्ती दमचनमा अघिल्लो साता भेटिएका उनी सैनिकले लगाउने कम्ब्याट पोसाकमा ठाँटिएका थिए ।

‘अचेल यस्तो लगाउन पाइन्छ, है ?’ एक जना संवाददाताले उनलाई सोधे ।

बाटैको पसलमा किलिपाई ब्रान्डका चिनियाँ खेल-जुत्ता र सनसिल्क स्याम्पुका प्याकेट (स्यास्से) सम्याइरहेका बुढाथोकी मुस्काए । अनि उनले भने- ‘शान्ति आएपछि कसले रोक्छ (लगाउन) ?’ बढो आत्मविश्वासी र निडर पारामा त्यसो भन्दा उनले दाहिने हात उज्याउँदै त्यसका चोरी र बूढी औंला फैलाएका र बाँकी तीन औंला खुम्च्याएका थिए ।

रुकुमको पुरानो सदरमुकाम रुकुमकोटका स्थायी बासिन्दा उनी ढोरपाटन सिकार आरक्ष (बाग्लुङ) सँगको सीमावर्ती बस्तीको जनप्रिय निमाविका शिक्षक हुन् । धेरैलाई पुरानो लाग्न सक्छ तर २०५६ मंसिर २९ गते पुलिसले गाउँ सर्च गर्दा खुबै दुख्ने गरी पिटेको, तारिक बोकाएको र केही दिनपछि ‘माओवादी हैन रै’छ’ भनी छाडिदिएको घटना उनले बिर्सन सकेका छैनन् ।

त्यस्तै अविस्मरणीय बनेको छ ३२ वर्षे बुढाथोकीका लागि युद्धकालमा माओवादीलाई चन्दा दिँदाको हैरानी । ‘पहिले चौमासिक चन्दा खुब दिइयो,’ दसैंको टीकापछिको त्यो दिन एक जना ग्राहकसँग किलिपाई जुत्ताको मोलमोलाई टुंग्याएपछि बुढाथोकीले भने- ‘नदिए ‘(गाउँबाट) निस्केर जा’ भन्थे ।’ फेरि उनले त्यसैगरी हात उज्याए र थपे- ‘शान्ति आएपछि त कसले दिन्छ ?’

बुढाथोकीमा देखिएको त्यो आत्मविश्वास र निडरपना नै बितेका पाँच वर्षयता जारी शान्ति प्रक्रियाले देशैभरिका जनतालाई दिएको सबैभन्दा ठूलो उपहार हो । ‘अहिल्यै मरिन्छ या एकछिन पछि’ को त्रासमा रहेका जनताले, रुकुमकै मरवाङ गाउँका ४६ वर्षे बलप्रसाद सुनारका शब्दमा, ‘आफ्नो परिवारसँग दुःखसुख जे छ खान, बस्न’ पाएका छन् । द्वन्द्व सकिएपछिका पाँचै वर्षमा देशले आर्थिक फड्को मार्ने भनी गरिएका अपेक्षाको समीक्षा हुन बाँकी नै छ तर यो अवधिमा फोन र जनताकै सहभागितामा सडक सञ्जाल फैलाउनुबाहेक राज्यले पहाडै फेर्ने या कल्पनै नगरेको सुखसुविस्ता नदिएको थुप्रै मानिस बताउँछन् । राष्ट्रिय तथ्यांकैले बताउँछ, द्वन्द्व सकिएपछिका वर्षहरूमा पनि देशको अर्थतन्त्र द्वन्द्वकालकै जस्तो साढे तीनदेखि चार प्रतिशतभन्दा बढीले फैलिन सकेको छैन । निजी लगानी झन् घटेको छ । ०६४/०६५ मा कुल गार्हस्थ उत्पादनको १७ प्रतिशत पनि निजी लगानी अहिले झन्डै १४ मा झरेको छ । त्यसका लागि लोकतन्त्र पुनस्र्थापना लगत्तैका ‘भाँडतन्त्र’ र हडतालहरूको शृंखला जिम्मेवार होलान् तर यी पाँच वर्षमा रुकुम र रोल्पाजस्ता माओवादी हिंसाबाट अति प्रभावित जिल्लाका जनताले पनि स्वतन्त्र जिउन र आफूखुसी रोजीरोटी गर्न पाउँदा त्यसले जनतालाई गरिबीमा थप जाकिनबाट रोकेको छ ।

‘शान्ति स्थापना भएयताका पाँच वर्षमा स्थानीय अर्थतन्त्र चलायमान भएको छ,’ काठमाडौंमा आधारित अर्थशास्त्री चिरञ्जीवी नेपालले फोनमा कान्तिपुरसँग भने, ‘त्यसलाई टेवा दिन सरकारले साना/ठूला आयोजना र पूर्वाधारमा गर्नुपथ्र्यो जो हुन सकेन ।’ जनताले निर्धक्क गरिखान पाउँदा स्थानीयस्तरमा स्वरोजगारी बढेको, जनतासँग पैसा हुन थालेको र त्यो पैसा धेरैले अझ बढी कमाउने आशामा विदेश जान प्रयोग गरिरहेको अर्थशास्त्री नेपालको विश्लेषण छ । ‘द्वन्द्वकालमा दैनिक पाँच सयको हाराहारीमा जनता विदेशिन्थे,’ उनले भने- ‘उनीहरूसँग विदेश जान पैसै हुँदैनथ्यो । अहिले स्वदेशमै केही कमाएपछि त्यही पैसा प्रयोग गरेर दैनिक १२/१५ सयको हाराहारीमा मानिस विदेशिइरहेका छन् । यो आफैंमा रुचिपूर्ण विकासक्रम हो ।’

द्वन्द्वकालमा सुको नकमाउने तर शान्ति आएलगत्तै विदेशिएर अहिले महिनाको २० हजार बचाउने केही सफल नागरिकहरूमध्येका हुन् पृथ्वी बुढामगर । रोल्पाली सदरमुकाम नजिकैको सानो बस्ती सिमलबाङका उनी अघिल्लो महिना तीनमहिने बिदामा घर फर्किएका हुन् । युद्धको अन्तिम एक वर्ष एउटा एसएलआर बोकेर माओवादी सेनामा सामेल भएका उनले बिहीबार आफ्नै घरमा एक जना संवाददातासँग कुरा गर्दै ‘काभ्रेको पनौती र मकवानपुरको फापरबारीमा भएका आक्रमणमा सहभागी’ भएको बताए । (अहिले ‘स्वतन्त्र नागरिक’ र माओवादीको ‘शुभेच्छुकमात्रै’ रहेको बताउने बुढामगर त्यतिबेला स्वेच्छाले माओवादी सेनामा गएका थिएनन् । त्यस’boutको कथा गए शनिवारको कान्तिपुरको पृष्ठ ६ मा पढ्नुहोस् ।) ‘विदेश गएर हल्का पैसा कमाइयो,’ साउदी अरबमा आफू काम गर्ने कम्पनीको नाम लेखिएको सर्टमै भेटिएका बुढामगरले भने, ‘दुई अढाइ लाख ऋण तिरियो । अब केही जग्गा जोड्ने विचार छ ।’

शान्ति स्थापना भएयताका पाँचमध्येका चार वर्ष (जो फागुन २ मा पुग्दैछ) विदेशमै बिताए पनि रोल्पाका गाउँहरूमा सडक बन्न थालेको, मोबाइल फोनको संकेत घरैमा पुगेको र जनताले शान्तिमा आनन्दको सास फेर्न पाएको देख्दा आफूलाई निकै खुसी लागेको बुढामगरले बताए । ‘त्यतिबेला कतैबाट पैसा कमाउँला, घरपरिवारलाई सुखसँग राखौंला, कपडा किनिदिउँला भन्न कहाँ पाइन्थ्यो ?’ उनले भने । ‘कि मर्‍यो कि मारियो भन्ने थियो । अहिले विदेशमा जति गर्मी भए पनि तलब आइरहेको छ महिना-महिनामा । परिवार पाल्न पाइएको छ । यो त राम्रो भयो नि, हैन र सर ?’

रुकुम-रोल्पा एक्स्प्रेस- शान्तिकालमा गाउँले जनताको जीवनीका केही झलकहरू

Jeetman Gharti

जीतमान घर्ती

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । 

जीतमान घर्तीलाई सबैभन्दा चिन्ता आफ्ना गधाहरूको लाग्छ । पाँच वर्षअघि देश शान्ति प्रक्रियामा छिरेलगत्तै बन्दुक छाडेर खच्चरका पछाडि दौडिन थालेका यी रूकुमेली अधबैंसेको दैनिक गुजारा अहिले यिनै चौपायाले चलाएका छन् ।

‘मुख्यत पिसाब नै रोकिने डर हुन्छ,’ हालैको एक दिउँसो १० वटा खच्चरहरूको लस्करसँगै आफ्नो गाउँ काक्रीको लुकुमबाट पुरानो जिल्ला सदरमुकाम रूकुमकोट जाँदै गरेका घर्तीले भने, ‘अर्को, कतै भिरमा लडेर मर्ला कि भन्ने हो । एउटा लड्यो भने ५० हजार गयो । कमाइ गयो ।’

नेपालका अन्य थुप्रै पहाडी गाउँमा जस्तै कुनैबेला माओवादी अति प्रभावित रूकुम र रोल्पाका पहाडहरूमा हालैका केही वर्षमा पुगेको सडक सञ्जालले काम गरिनसकेको यो अवस्थामा सामान ओसारप्रसार गर्न खच्चरहरू नै प्रयोग गरिन्छन् । खच्चरहरूले सर्वसाधारण जनतालाई तुलनात्मक रूपमा सस्तैमा सहजै सामान उपलब्ध गराउनुबाहेक घर्तीजस्ता पूर्वगुरिल्लाहरूको जीवनयापनमा योगदान पुर्‍याएका छन् ।

पाँच वर्षअघि घरजग्गा बेचेर ४१ हजारमा ६ वटा खच्चर किनेका घर्तीले त्यही वर्ष दुईवटा चौपाया गुमाए । रहेका चारवटाले नपुगेजस्तो लागेपछि तिनैबाट कमाएको पैसा र त्यसलाई गाउँमा ९० दिने सयकडा १० को ब्याजमा लगाएर थपिएको रकम जोडेर उनले तीन महिनाअघि ५० हजार गोटामा थप ६ वटा खच्चर किने । ‘राम्रोसँग ढुवानी पाए महिनामा सबै खर्च कटाएर १२ हजार बच्छ,’ उनले भने ।

क्यान्टोनमेन्टमा रहेर महिनामा साढे छ हजार कमाउने पूर्वगुरिल्लाहरूका लागि घर्ती ईष्र्याका पात्र बन्न सक्छन् । क्यान्टोनमेन्टमा ‘सरकारको, अरूको खटनपटन’ मा रहनुभन्दा गाउँमा ‘स्वतन्त्रले काम गर्न पाए’ बाट सन्तुष्ट घर्ती जीवनमा आएको सानै सही तर महसुस गर्न सकिने परिवर्तनबाट सन्तुष्ट छन् । ‘पहिलाको भन्दा अहिले चिन्ता छैन,’ रूकुमकोट पुग्न डेढ घन्टा बाँकी रहँदा उडहर खोला किनारमा एकैछिन खच्चरहरू चराउन रोकिएका उनले भने, ‘पहिलाको भन्दा अहिले चिन्ता छैन । घरजहान पालिएको छ, खाइएको छ । त्यही नै हो हाम्रो सन्तुष्टि ।’

Prithvi Budhamagar

पृथ्वी बुढामगर छोरी संरचनासँग

त्यस्तै ‘सन्तुष्ट’ अवस्थामा थिए २४ वर्षे पृथ्वी बुढामगर रोल्पाली सदरमुकाम लिबाङ नजिकैको एउटा शान्त बस्ती सिमलबाङको खरले छाएको सानो घरमा । भुइँतले कोठामा पत्नी हस्तकुमारीसँगै जोडीकी चार वर्षे छोरी संरचना (‘यो नौलो नाम मैले नै छानेको,’ उनले भने) लाई खेलाइरहँदा छेवैको क्यासेटमा एउटा गीत बजिरहेको थियो-

कसले देख्यो मन्दिरमा देउतालाई
लाखौंमध्ये रोज्या छु एउटालाई
धर्ती उनको आकाश जूनकै हो ।

त्यो गीत उनले साउदी अरबबाट मेमोरी कार्डमा ल्याएका हुन् ।

२०५९ सालतिर एउटा असहज स्थितिमा उनी माओवादी सेनामा गएका थिए । ‘उताबाट पनि चाप थियो, सेनाले कुट्ने, रोल्पाबाहिर जान पनि नागरिकता माग्ने,’ उनले सम्झिए, ‘यता पनि माओवादीले चेप्ने ।’ त्यसैबीच उमेरै नपुगी विवाह गरेको आरोपमा माओवादीले पक्रेर ‘अभियानमा लगेपछि’ त्यतिबेला १५ वर्षका बुढामगरलाई दुईवटा छनोट दिइएको थियो- पार्टीको सेनामा लाग्ने या सजाय भोग्ने । ‘सजाय भोगेर खाना पकाएर बस्नुभन्दा सेनामै लागेर लड्ने विचार गरेँ,’ उनले भने, ‘त्यतबेला नाबालकै थिएँ म, कुरै बुझेको थिइनँ ।’ तर उनी आफ्नो भाग्य बलियो रहेको ठान्छन् । ‘देखेको होइन, लेखेकै पाइन्छ,’ उनी भन्छन्, ‘आफूभन्दा पछाडिका साथी ढले । आफू अगाडि गएर पनि केही भएन । सामान्य चोट मात्र लाग्यो ।’

दुई वर्षको छँदा आमा गुमाएका पृथ्वीका बाबु एक महिनाअघि उनी नेपाल फर्केको दोस्रो दिन बिते । बन्दुक समाएको एकै वर्षमा र तीनवटा मात्रै आक्रमणमा सहभागी भएपछि युद्ध रोकियो अनि उनी सेनाबाट उम्किए । ‘पार्टीले धेरै आग्रह गर्‍यो सेनैमा फर्किन,’ उनले सम्भिmए, ‘म घरैमा बसेँ । बिहे गरेँ । छोरी जन्मी । अनि विदेश गएँ ।’

उनका दाजु त्यतिबेला साउदीमै थिए । पासपोर्ट बनाउन र दलाल खर्चसहित झन्डै डेढ लाख ऋण लागेको थियो उनलाई २००८ फेब्रुअरी ७ मा काठमान्डुबाट उड्दा । केही महिनाअघि निर्माण कम्पनीमा टोली नेता भएपछि तलब बढेकाले, तास नखेल्ने र रक्सी नखाने भएकाले उनले महिनामा २० हजारसम्म जोगाउन सकेका छन् । फर्केपछि एक्स्काभेटर चलाउने कामतिर लागेर झन् बढी पैसा जोगाउने उनको योजना छ । ‘त्यसपछि धेरै विदेशमा बस्दिनँ,’ उनले भने, ‘पैसा जोगाएर स्वदेशमै फर्केर केही गर्ने विचार छ ।’

ठ्याक्कै त्यही विचारलाई प्रयोगमै ल्याएका छन् रूकुमको कोल गाउँका हेमराज पुनले । अघिल्लो साता दसैंको टीकाको भोलिपल्ट बागलुङको ढोरपाटन क्षेत्रबाट ओरालो लागेका एकजना संवाददाताले उनलाई कोल गाउँसँगै जोडिएको सानु भेरीमाथिको एउटा अक्करे भिरमा बलियो घोडा चढेर घर फकिर्ंदै गर्दाको अवस्थामा भेट्टाएका थिए ।

द्वन्द्वकालमा बाध्यतामा परेर ‘माओवादीका पक्षमा राजनीति गरेको’ बताउने पुन स्थितिबाट उकुसमुकस भए पनि ०६० मा मलेसिया उडेका थिए । ‘पढ्नेभन्दा पैसै नहुने, खेती किसान गरेर खाम भन्दा खानै नपाउने, हरेक पक्षबाट तनाव,’ उनले सम्भिmए, ‘अनि मैले विदेश जाने प्लान बनाएँ । नेपालमा शान्ति छायो नि, त्यो बेला म विदेशमा थिएँ । तर त्यहाँ पनि त्यस्तै खालको पीडा भोगियो । भन्याजस्तो स्यालरी नपाउने, मानसिक टेन्सन, पैसा नहुने । इलेक्ट्रोनिक काम गरेको, गाह्रो । ओभरटाइम यताउता गर्दा १०/१२ हजार रुपैयाँ हुन्थ्यो, महिनामा ६/७ हजार, ८/९ हजार त्यस्तै बच्थ्यो । तीन वर्ष पीडा सहेर आइयो । गएको रिन तिरियो सर । जाँदाखेरि डेढ लाखजति रिन थियो, पासपोर्ट काट्दा यताउति गर्दा ।’

नेपाल आएपछि उनी विदेश फर्केनन् । बरु व्यापार थाले सातवटा खच्चर किने, लुकुमका जीतमान घर्तीकै जस्तो । सबै खच्चर ‘पुराना भएकाले नयाँ किन्ने सोचले’ केही साताअघि पचास हजारको दरमा बेचेका पुनले घरमा सानो पसल पनि चलाएका छन् । ‘अनपढ मान्छे परियो,’ दाङको घोराहीमा दस कक्षासम्म पढेका उनले भने, ‘अर्को पेसा के गर्ने ? बाँच्ने आधार त गर्नुपर्‍यो ।’ खेतीकिसानीलाई आफ्नो ‘वास्तविक पेसा’ बताउने उनले ‘वैज्ञानिक तरिका नअपनाएकाले त्यसबाट मात्रै वर्षैभरि खान नपुग्ने’ बताए ।

शान्ति छाएयता गाउँठाउँमा जनताले जेनतेन परिश्रम गर्न र कमाउन पाएको र सडक बनेर विकास पनि भइरहेको पुनको ठम्याइ छ । ‘जे होस्, अहिले चाहिँ गाउँमा मान्छेहरूले कसरी पैसा कमाउने, कसरी विकास गर्ने सोच्न पाएका छन्,’ उनले भने, ‘र, चाहेको कुरा सजिलै गर्न सकेका छन् ।’ द्वन्द्व रहेकै भए आफूले अहिले पाएको सफलता असम्भव रहेको उनलाई थाहा छ । ‘कहाँ सक्थेँ सर, म द्वन्द्वमा यसरी काम गर्न र पैसा कमाउन,’ महिनामा २० हजारजति कमाउने र त्यसमध्ये पाँच/छ हजार खर्चेर १२ वर्षे छोरी र नौ वर्षे छोरालाई पोखरामा पढाइरहेका उनले भने । ‘गाउँले पाराले बुझ्दा एउटा छोरा भोलि तलमाथि भयो भने त्यो अवस्थामा कतै मलाई समस्या आइपर्छ कि भनेर छोराको माग गरेर -तेस्रो) बच्चा पाउने सोच बनाएका’ थिए पुनले । सात महिनाअघि दोस्री छोरी जन्मिइन् । ‘तर पनि म खुसी छु,’ उनले भने, ‘छोरी पनि छोरा नै हो सर । सबैलाई समान रूपमा शिक्षादीक्षा दिने सोच बनाएको छु ।’ कोलमा उनी श्रीमती र बच्चीसँग बस्छन् ।

Hemraj Pun

हेमराज पुन

शान्ति नछाएको भए आफू त जसोतसो संघर्ष गरेर बाँच्थेँ होला भन्ने पुन ‘छोराछोरीको भविष्य चाहिँ बिग्रन्थ्यो’ भन्ठान्छन् । ‘कसरी बाँच्ने गोलीबाट भन्ने अवस्थामा मेरो जिन्दगीलाई कसरी अगाडि बढाउने भन्ने सोच हुनै सक्दैनथ्यो,’ उनले भने । ‘कतिबेला माओवादी आएर थर्काउला, मार्ला, कुट्ला, धम्क्याउला, कतिबेला आर्मी आएर मार्ला, कुट्ला भन्ने मात्र त्रास हुन्थ्यो सर । व्यापार गर्ने, भविष्य’bout सोच्नै पाइँदैनथ्यो ।’

जनतलाई भविष्य’bout सोच्न मौका उपलब्ध गराउनुबाहेक शान्ति आउनाले देशमा मुख्यतः सञ्चार र सडकमा केही प्रगति भएको थुप्रै मानिसको बुझाइ छ । जस्तो, पुनकै गाउँ नजिकैको अर्को गाउँ काक्रीमा गत वर्ष गाडी पुग्दा उनी चकित भएका छन् ।

‘हाम्रो काक्री गाविसजस्तो ठाममा पनि गाडी आउनु भनेको धेरै ठूलो कुरा हो सर,’ उनले भने, ‘द्वन्द्व रहिरहेको भए अझै दस वर्ष लाग्थ्यो ।’

द्वन्द्वमा पिल्सिएका जनतामा सानो कुराले पनि कत्ति ठूलो आशा र उमङ्ग पैदा गर्छ भन्ने कुरा ३० वर्षे पुनका ती अभिव्यक्तिमा झल्किन्छ । उनले भनेको पोहोर खुलेको त्यो बाटो, काक्रीलाई रूकुमकोट जोड्ने सडकमा झन्डै पाँच घन्टा पैदल हिँडेर रूकुमकोट पुगेका एकजना संवाददाताले थुप्रै स्थानमा पहिरोले बाटो अवरुद्ध पारेको र कम्तीमा दुई ठाउँमा पुल नहुँदा बर्खा सकिएपछिका यी दिन पनि गाडी चलिहाल्ने अवस्था नभएको देखे । तर अबका केही सातामा त्यो खण्डलाई डोजर लगाएर सुधार्ने र चारैवटा पाङ्ग्रामा गियर भएका (फोर हि्वल ड्राइभ) गाडीहरूले जनतालाई सेवा दिने अपेक्षा गरिएको छ ।

द्वन्द्व नहुँदा जनताले आफूखुसी जीवनयापन गर्नेबाहेक पाएको फाइदा बस् यही हो । सानै स्तरमा भए पनि मुख्यतः सडक र अन्य केही विकासका काम हुन पाएका छन् जो युद्धकालमा रोकिएका थिए । ‘त्यो त सम्भवै छैन सर,’ हिंसा रहिरहेको भए काक्रीमा सडक आउँथ्यो होला भन्ने प्रश्नमा पुनले भने, ‘कसरी आउने ? विकास गर्नुपर्ने मान्छेहरूले द्वन्द्वमै सबै दिमाग, पावर लगाएका हुन्छन् ।’ गाउँमा जनतालाई चाहिएको मुख्य कुरा ‘गाडी नै’ भएको ठान्ने पुनले थपे, ‘बाँकी कुरा त गाडी आएपछि जे पनि गर्न सकिने भयो नि ।’

२०५९ सालतिर पुन घोराहीबाट कोल गाउँमा पुग्दा अवस्था सहज थिएन । झन् माओवादीका पक्षमा राजनीति गर्नु कहाँ सजिलो थियो ? ‘सजिलो कहाँ हुनु र सर,’ उनले भने, ‘तर पनि गर्नैपर्छ भन्नेखालको कुरा आयो । बाँच्नु त पर्‍यो नि सर ।’

त्यो अप्ठेरोबाट उम्किन उनी बिदेसिएका थिए । विदेशमा कम पैसा, बढी दुःख र मालिकको खटनपटन उनलाई मन परेन । कोलमा अहिले उनी आफ्नो मालिक आफैं भएका छन् जसले उनलाई सबैभन्दा बढी सन्तुष्टि दिएको प्रस्टै महसुस गर्न सकिन्छ । यहाँ उनी बढी कमाउँछन् र बढी बचाउँछन् परिवारसँगै बसेर । युद्ध रोकिएपछि राष्ट्रिय राजनीति राम्रो बन्न नसक्दा र निजी क्षेत्रले लगानीको सुरक्ष्ाित वातावरण पाउन नसक्दा राष्ट्रिय अर्थतन्त्र खासै उकालो चढ्न सकेको छैन । तर पनि शान्तिमा स्वतन्त्रतापूर्वक सास फेर्न बताउने जनता नेपालैभरि भेटिन्छन् । जनताले त्यसरी स्वतन्त्रतापूर्वक काम गरी खान पाउँदा र पैसा कमाउँदा स्थानीय अर्थतन्त्रमा कुनै न कुनै ढंगले सकारात्मक प्रभाव परेको हुन्छ, गरिबी घटाउन (कम्तीमा नबढाउन) भूमिका खेलेको अर्थशास्त्रीहरू बताउँछन् ।

हामी सबै रोल्पाली, रूकुमेली

माओवादीले ‘महान् जनयुद्ध’ र अन्यले ‘हिंसात्मक’ भन्ने सशस्त्र आन्दोलन सुरु भएका दुई जिल्ला रोल्पा र रूकुमले नेपाली मानसिकतामा त्यस्तो छवि बनाएका छन् जो अन्तर्राष्ट्रिय स्तरमा हालैका वर्षहरूमा युद्धको चपेटामा परेका अफगानिस्तान र इराकको जस्तै छ । द्वन्द्वताका सदरमुकाम लिबाङ बजारको तीन किलोमिटर क्षेत्रलाई तारबारले घेरिएको थियो जो गि्रन जोन (सुरक्षित हरित क्षेत्र) का नाममा काबुल र बग्दादमा पनि देखियो । रोल्पा या रूकुम कहिल्यै नआएका कतिपय नेपालीका लागि यी जिल्ला अझै पनि भत्किएका, टुटेफुटेका घरहरूमा खतरनाक, हिंस्रक र लडाइँ मात्र गर्ने मान्छेहरू बस्ने ठाउँ हुन् । वास्तवमा अघिल्लो साता बागलुङको ढोरपाटन क्षेत्र हुँदै पहिलोपटक रूकुम छिर्दा र त्यसपछि रोल्पा आउँदा मलाई पनि अनौठो लागेको थियो जो बितेको ढेड दशकमा यी जिल्लाहरूको देशैभरि फैलिएको हिंसासँग जोडिएको सम्बन्धबाट उब्जेकोमा दुई मत छैन । पक्कै, धेरै नेपालीमा रोल्पा र रूकुमको नाम सुन्दा जेजस्तो प्रतिक्रया उत्पन्न हुन्छ त्यो उदाहरणका लागि, पर्वत या कैलालीको नाम सुन्दा उत्पन्न हुँदैन । थुप्रै रोल्पाली र रूकुमेलीहरू अझै पनि बाँकी नेपाली समाजले आफूहरूलाई शंकाले हेर्ने, माओवादी ठान्ने र नराम्रो दृष्टिले हेर्ने गरेको गुनासो गर्छन् ।

तर रोल्पाली सदरमुकाम लिबाङ र नजिकैको व्यापारिक केन्द्र (हो, रोल्पामा व्यापारिक केन्द्र पनि छ) सुलिचौरका सात/आठ तले पक्की घरहरू, ती दुवै ठाउँमा जिन्स र टिसर्ट लगाएर मोबाइलमा फेसबुक चलाइरहेका तन्नेरी र विदेशबाट फर्किएका प्रौढ पुरुषहरूको दृश्यले कतिपयलाई चकित तुल्याउन सक्छ । पक्कै, युद्धको चपेटामा परेको भनिएको लिबाङमा साततले घर र त्यसमाथि मोबाइलका टावरहरू देख्दा सुरुमा को अचम्मित हुँदैन ? विशेषगरी त्यस्ता मान्छेहरू जो पहिलोपटक रोल्पाली भेट्दा ‘रोल्पाआआ?’ भनी प्रश्न गर्छन् ।

मिलन पुनले काठमान्डु जाँदा त्यस्ता आश्चर्यबोधक प्रश्नहरूको थुप्र्रै सामना गर्नुपर्‍यो ।

‘मैले घर रोल्पा भन्नेबित्तिकै मान्छेहरू ‘रोल्पाआआआ?’ भन्दै अचम्म मान्दै मलाई हेर्थे टाउकादेखि खुट्टासम्म,’ लिबाङ बजारको सडकछेउ एउटा सानो झुपडीअगाडि बिहीबार बिहान घाम ताप्दै अक्सफोर्ड एडभान्स्ड लर्नर्स डिक्सनेरी, आठौं संस्करण ‘पढिरहेका’ २० वर्षे पुनले भने । करातेमा ब्ल्याक बेल्ट, सेकेन्ड डन उनी राष्ट्रिय खेलकुदमा भाग लिन ०६५ मा काठमान्डु जाँदा त्यो अनुभव बटुल्न पाएका हुन् ।

मुख्यतः आँखा (साना तर चिटिक्क परेका) र अलिअलि नाक(हल्का थेप्चो र अनुहारमा ठ्याक्क मिलेको) बाटै खाट्टी मगर(पुन मगर) देखिने यी युवा परेमा दुईचार जनालाई सहजै ढाल्न सक्छन् । के रोल्पाली छवि भनेको सबैलाई कुट्दै हिँड्ने या विद्रोह गरिहाल्ने हो ? हो भने के पुन रिस उठ्नासाथ मान्छे कुटिहाल्छन् त ? त्यो कराते सीप र क्षमता प्रयोग गर्दा आफू हरदम सचेत हुने उनले बताए । ‘त्यसै कुट्दै हिँड्ने कुरा भएन क्यारे,’ आँखै बन्द हुनेगरी तर स्वादिलो हाँसो निकाल्दै ठिटाले भने, ‘तर आक्रमण भएमा चुप लागेर, सहेर बसिन्न । सशक्त प्रतिकार चाहिं गरिन्छ ।’

धेरैजसो रोल्पाली र रूकुमेलीको कुरा सुन्दा यस्तो लाग्छ, द्वन्द्वकालमा उनीहरूले बाध्य भएर सकेका बेला त्यस्तै प्रतिकार गर्नुपरेको र नसकेका बेला भागेर जंगल पस्नुपरेको थियो । या, रूकुमको स्यालापाखाका ३८ वर्षे गणेश पौडेलका सन्दर्भमा खोला पस्नुपरेको थियो ।

मलेसियामा केही समय बिताएर भनेजस्तो पैसा कमाउन नसकेपछि फर्केका उनले द्वन्द्व सकिएपछि बस र त्यसपछि ट्याक्टर किनेर व्यवसाय थालेका थिए । अहिले उनका तीनवटा ट्याक्टर छन् जसबाट सन्तोषजनक आम्दानी मिलेको उनी बताउँछन् । ‘द्वन्द्व जारी रहेको भए म कसरी यसरी काम गरेर पैसा कमाउन सक्थेँ ?’ उनले भने, ‘धन्न द्वन्द्वकालमा पनि मलाई त्यस्तो ठूलो असर परेन ।’

Jeetman and his donkeys

जीतमान र उनका गधाहरू

तर एक दिन गाउँमा सेना आएको हल्ला चलेपछि सबै गाउँलेमा भागाभाग परेको थियो तर पौडेल पनि खुरुर्र दौडेर नजिकैको सानीभेरीमा फाल हालेका थिए । ‘दुइटा ढुङ्गाको चेपमा पुगेर यतियति पानी आउन्जेल डुबेर बसियो,’ उनले भने र दाहिने हत्केलो घाँटीसम्म पुर्‍याए । ‘धन्न पानी तातै थियो ।’

रोल्पालीहरूलाई ‘बितेका पाँच वर्षमा गाउँ र जिल्लामा त्यस्तो के परिवर्तन आयो ?’ भनेर कसैले सोध्यो भने उनीहरू सदरमुकामका मोबाइल फोन टावर र गत वर्ष कालोपत्रे भएको सडकलाई देखाउँछन् अनि कसैकसैले लिबाङबाट देखिने डाँडाहरूमा बगेका कच्ची सडक पनि औँल्याउँछन् अनि कोही चाहिँ आफूहरूलाई दस वर्षपछि धकेलेको गुनासो पनि गर्छन् ।

‘द्वन्द्वकालमा रोल्पाका गाउँहरूमा बजेट जान पाएन,’ एमाले समर्थित गैरसरकारी मानवअधिकारवादी संस्था इन्सेकसँग लामो समय काम गरेर दुई वर्षअघि छाडेका रोल्पाली घनश्याम आचार्यले भने, ‘गए पनि कागजमा गयो, काम केही भएन जब कि प्यूठानमा त्यस्तो अवस्था रहेन, पैसै गयो गाउँमा र सुरक्षित ठाउँमा केही न केही काम भयो ।’ संविधानसभामा (विभिन्न निर्वाचन क्षेत्रबाट) १३ जना रोल्पाली सभासद पठाउने जिल्लाले चुनावयता पनि केन्द्रीय योजनाहरू पाउन नसकेको केही रोल्पालीहरू गुनासो गर्छन् । रोल्पाका माओवादीहरू पैसा कमाउनतिर लागेको, अहिले गाउँमा टिनले छाएका र सोलार भएका घर शंकै नगरी माओवादीका हुन् भन्न सकिने अवस्था सिर्जना भएको पनि आचार्यले बताए । सिद्धान्तका ठूला गफ छाडेर युद्ध गरेका माओवादीहरू अहिले ‘ठेक्कापट्टा, डोजर आदि मार्फत धन कमाउन लागेको’ आचार्यले बताए ।

मगर र क्षत्रीहरूको प्रतिस्पर्धात्मक जनसंख्या भएको रोल्पामा आचार्यजस्ता बाहुनहरू निकै कम छन् । उनीहरू लिबाङमै केन्दि्रत छन् । तर बाहुनै भए पनि रोल्पाली भनेपछि बाँकी नेपाली समाजले ‘अर्कै दृष्टिले हेर्ने गरेको अनुभव’ आचार्यसँग पनि छ । द्वन्द्वकालमा दाह्री पालेका उनी एकपटक नेपालगन्जबाट काठमान्डु जाँदै थिए । सँगैको सिटमा बसेका सहयात्रीले सोधेको एउटा प्रश्नको जवाफ दिएपछि उताबाट जवाफ आएको थियो, ‘रोल्पाआआआ?’

‘त्यसपछि ती सहयात्रीको मुखको रंग उड्यो, उनी त्रसित जस्ता देखिए,’ आचार्यले सम्झिए, ‘अनि मैले मेरो परिचयपत्र देखाएर उनलाई आश्वस्त पार्नुपर्‍यो ।’ रोल्पाली भएकैले एकपटक प्रहरीले पक्रिएको पनि उनले बताए । ‘त्यतिबेलाको कुरै छाडौँ, म अहिले पनि माओवादी होइन,’ उनले भने, ‘तर पुलिसलाई र अन्य मानिसलाई पनि लाग्दोरहेछ, सबै रोल्पाली माओवादी हुन् ।’

हुन त संविधानसभा चुनावमा रोल्पाका दुवै क्षेत्रबाट माओवादी उम्मेदवारहरूले (पुष्पकमल दाहाल र जयपुरी घर्ती) आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै बढी मत ल्याएर जितेका थिए -क्रमशः २८ हजार र २१ हजार अन्तर थियो) ।

‘युद्ध यहाँबाट सुरु भयो भन्दैमा सबै माओवादी कहाँ हुन्छन् र ?’ रूकुमका काक्री गाउँका २७ वर्षे जगत विकले गाउँमास्तिरको जंगल सँगैको आफ्नो घरमा अघिल्लो साताको एक साँझ बास माग्न आएका एकजना संवाददातालाई भनेका थिए । भिनाजुसँगै ज्यामी गर्न रसुवाको धुन्चेस्थित चिलिमे जलविद्युत् आयोजनामा काम गर्न भनी २०५७ मा काम गर्न जाँदा ‘यो रूकुमका मान्छे यहाँ कसरी’ भन्दै नुवाकोटमा सेनाले उनलाई पक्रेको थियो । ‘लास्टै चुट्यो,’ आठ कक्षासम्म पढेका उनले सम्झिए, ‘तेरो बाउ माओवादी कमान्डर हो भन्दै ।’ केही महिना चिलिमेमा काम गरेपछि २०५९ मा बिहा गरेर २०६१ मा विक कतार उडेका थिए । भनेजस्तो तलबै नमिलेपछि र बिरामी पनि भएपछि फर्किएका उनी अहिले घरै माथिबाट गएको निर्माणाधीन सडकमा ज्यामी गर्छन् ।

खासमा उनी माओवादीले ‘हिँड सेनामा’ भनेर वाक्क पारेपछि त्यसबाट बच्न जागिरको खोजीमा भौतारिँदै नुवाकोट पुगेका थिए । ‘पछि पनि कार्यक्रम, अभियानतिर जानुपर्छ एक घरको एकजना भन्दै च्याप्न थालेपछि उम्किन विदेश गइयो,’ श्रीमतीसँग स्थानीय खाम मगर भाषा फरर्र बोल्ने तर त्यो नबुझ्ने पाहुनासँग नेपालीको प्रयोग गरेका उनले पुराना दिन सम्भिmए । उनका दाइ अफगानिस्तानमा छन्, भाउजू पोखरामा । आफूले माओवादी द्वन्द्वका कारण स्कुल छाड्नुपर्दा पढ्न नसके पनि छोरालाई राम्रो शिक्षा दिन चाहना राखेका विकले बच्चालाई भाउजूसँगै कास्केली नगरमा पठाएका छन् । ‘अहिले त कहाँ हो कहाँ राम्रो छ,’ बितेका पाँच वर्षको अवस्था’bout सोध्दा उनले भने, ‘द्वन्द्व बेला आएको भए तपाईंलाई यसरी बास दिन म कहाँ सक्थेँ । कम्तीमा श्रम गरेर छोरा पढाउन पाएको छु, त्यो पनि म कहाँ गर्न सक्थेँ द्वन्द्वकालमा ?’

बिचरा सभासद !

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

माओवादी सभासद ज्वालाकुमारी साहसँग शुक्रवार कलैयामा सम्बिधान माग्दै उनकै पार्टीका कार्यकर्ताहरू । तस्बिर- पवन यादव/कान्तिपुर

काठमाडौ, वैशाख १६- हालैको एक साँझ ज्वालाकुमारी साह भीमसेनगोला, काठमान्डुस्थित डेरामा थकित अवस्थामा पुगेकी थिइन् ।

पाहुना कोठामा ‘सहारा वान’ च्यानलमार्फत हिन्दी फिल्म ‘औलाद’ देखाइरहेको टिभी बन्द गरेपछि उनले साढे चार वर्षे जुम्ल्याहामध्येका एकलाई सोधिन्- ‘बेटा, होमवर्क गर्‍यौ ?’

छोराको जबाफ त्यही आयो जो ज्वालाले बितेका तीन वर्षयता जनतालाई दिइरहेकी छन्- ‘छैन ।’

‘सभासद हुँ भन्न लाज लागिसक्यो,’ उनले त्यहाँ उपस्थित एकजना संवाददातासँग भनिन्, ‘कतिन्जेल सभासदको परिचय दिइरहनु ? तीन वर्ष भइसक्यो, संविधान बनाउन सकेको छैन ।’

पाहुना कोठाको पहेंलो भित्तैभरि लगभग तीन फिट उचाइसम्म ज्वालाका छोराहरूले रंगीन सिसाकलमहरूबाट निकै मिहिनेतपूर्वक कोरकार गरेका छन् । बच्चाहरू उफ्रेर पनि पुग्न नसक्ने उचाइमा चाहिं दुई तस्बिर झुन्डेका छन् जसमा ज्वाला र उनका गमक्क परेका श्रीमान् देखिन्छन् । ‘जनयुद्धमै छँदा भेटेको,’ उनले पतिका ’bout भनिन्, ‘अहिले उहाँ जिल्लामै पार्टीको काम गर्नुहुन्छ । म यता संविधानसभामा ।’

सभासदः ‘चोर’ कि बिचरा ?

त्यही संविधानसभा जसले चुनिनुअघि र पछि नेपाली जनतामा उपलब्धि, आशा, निराशा र झोकजस्ता अनेकांै भावना सिर्जना गराएको छ । युद्धपीडित नेपालीलाई दीर्घकालीन शान्तिको आशा देखाएर आएको सभाले निर्धारित दुई वर्षे पदावधिमा काम नसक्दा देश थप अस्थिरता तथा अनिश्चिततामा धकेलिएको कतिपयको निष्कर्ष छ । सभालाई दिइएको थप एक वर्ष सकिन अब २९ दिन बाँकी छ । तर देशले एउटा काम लाग्ने संविधान पाउनुअघि अझै थुप्रै ‘नेपाल बन्द’ राजनीतिक मोलमोलाइ र दलीय सहमति देख्नुपर्ने लगभग पक्का भएको छ । त्यो अनिश्चितता तथा बिजुली, इन्धन र रोजगारी अभावको संयोजनले जनतामा निराशा छाएको छ । त्यो निराशा बारम्बार देशका प्रख्यात ‘६ सय १’ हरूप्रति असन्तुष्टि र गालीमार्फत प्रकट हुन्छ । यो अवधिमा छ सभासदको कालगति तथा दुर्घटनाबाट मृत्यु भएको छ तर असन्तुष्ट ‘जनता’ ले बाँकीलाई पनि मरेकै ठहर्दै तिनको काजकिरिया गरिसकेका छन् ।

‘त्यो गर्न हुने काम हो ?’ एक बिहान नयाँ बानेश्वरस्थित भाडाको कोठामा एकजना संवाददातासँग चिया खाँदै कांग्रेसी सभासद उषा गुरुङले भनिन् । ‘हिन्दू परम्पराअनुसारै हो भने पनि के जिउँदा मान्छेको किरिया गरिन्छ ?’

प्ाोखराका राकेशकुमार शर्माले सम्भवतः त्यो प्रश्नलाई परम्पराभन्दा बढी राजनीतिक अभिव्यक्तिको चस्मा लगाएर हेर्नेछन् । त्यसैले उनले केही महिनायता बर्दिया, नेपालगन्ज र चितवनमा सभासदहरूको किरिया गरिरहेका छन् । अघिल्लो महिना पोखरामा त्यस्तै गर्दा उनी पक्रिइए तर सभासदहरूप्रतिको राकेशको रिसमा सहमति जनाउने नेपाली सडकमा थुप्रै भेट्टाइन्छन् । ‘जनताको करबाट टन्न तलब मात्र खाने, संविधान कहिल्यै नबनाउने’ भनी सभासदहरूलाई के संविधान नआउनुमा पूरै ६ सय १ -त्यो संख्या सांकेतिक हो, खासमा अहिले पाँच सय ९६ छन्) सभासद जिम्मेवार छन् ? ‘छन्’ भनेर कुनै पनि सभासद आफ्नो महत्त्व अप्राकृतिक रूपमा बढाउने धृष्टता गर्न चाहँदैन । थुप्रै सभासदलाई आफ्नो सीमितता थाहा छ । आफूहरू मुख्यतः तीन दलका केही प्रमुख नेताहरूका निर्णयमा चुपचाप ल्याप्चे लगाउने -रब्बर स्ट्याम्प) ‘मूर्ति’ भएको उनीहरूलाई थाहा छ । उनीहरूले भन्नै पर्दैन, २०/२५ जनाबाहेक सबै सभासद वास्तवमा ‘बिचरा’ छन् । तिनको भनाइ न सभामा सुनिन्छ न तिनका पार्टीहरूमा ।

फाइलका गोठाला

‘सबै सभासदलाई एउटै घानमा हालेर मान्छे गाली गर्छन्,’ सिंहदरबारको दक्षिण गेटमा भेटिएपछि पुल्चोकस्थित स्थानीय विकाश मन्त्रालयको क्यान्टिनमा पुगेर रुघाखोकीको औषधि खानुअघि संवाददातासँग पुरी, तरकारी र चिया खाँदै गफिएकी टसी स्याङ्मो बाह्रगाउँलेले भनिन्, ‘संविधानसभा र मन्त्रालयमा हाम्रै नेताले सुन्दैनन् हाम्रा कुरा । नेतालाई मोसो लगाऊ न, हामीलाई किन गाली ? हामी पीडामा छौं । नाम तोकेर भन, यसले चोर्‍यो भनेर । सबैलाई किन चोर भन्ने ? नरमाइलो लाग्छ, त्यस्तो सुन्दा । हाम्रो केही भूमिका छैन (जारी गतिरोधमा) । तीन/चार जना नेताले इच्छा देखाए कुरा टुंगिन्छ, बाँकी पाँच सयले टेबुल ठटाउँदा पनि केही हुँदैन । पार्टीको ह्विप लाग्ने (अवसरमा) त झन् ‘बस्’ भने बस्यो, ‘उठ्’ भने उठ्यो ।’

एमालेबाट सभामा मुस्ताङको प्रतिनिधित्व गर्ने टसी संयोगले त्यहाँका कुनै पनि समितिमा छैनन् । लागेका कुरा बेलाबखत सभाका मूल बैठकहरूमै उठाउने उनी बाँकी समय मन्त्रालयहरूमा आफ्नो जिल्लाका पक्षमा लबी (प्रभाव) गरेर बिताउँछिन् । लबी ! यसले हामीलाई सभासदहरूको तीनमध्येको सम्भवतः पहिलो महत्त्वपूर्ण जिम्मेवारीमा ल्याउँछ । (दोस्रो र तेस्रो : सभा र व्यवस्थापिका संसद्मा उनीहरूको भूमिका ।) आफ्ना निर्वाचन क्षेत्र र जिल्लामा योजनाहरू लैजान केन्द्रमा पहल गर्नु सांसद (विधायक)/सभासदहरूको प्राथमिकता सूचीमा पहिलो नम्बरमा पर्नु अस्वाभाविक किन पनि होइन भने आगामी चुनावमा उनीहरू तिनै योजनासँग मत साट्न खोज्नेछन् । त्यसैले काठमान्डुमा रहँदा उनी गाउँलेहरूको लस्कर (डेलिगेसन) लिएर या एक्लै पनि मन्त्रालयका अँध्यारा कोठा पूरै चहार्छन् ।

आज टसी स्याङमो क्यान्टिनमा गफिदै गर्दा भयंकर पानी परिरहेको छ । त्यसैले उनी झोलाबाट निकालेको स्विटर लगाएर संवाददातालाई पनि छाता ओढाउँदै मन्त्रालय छिर्छिन् । ‘गाडी यहीं छ,’ उनी भन्छिन्, ‘मन्त्रीज्यू भित्रै हुनुपर्छ ।’

भर्‍याङ चढ्दै गर्दा उनी विचार बदल्छिन् र पहिला आफूले मुस्ताङमा लान चाहेको योजना (सडक) का लागि लेखा शाखाका उपसचिव देवीप्रसाद ज्ञवालीको कोठामा छिर्छिन् ।

‘ओहो कस्तो अँध्यारो,’ उनी भन्छिन् ।

‘ए, लु आउनुस्,’ चार जना कर्मचारीबाट घेरिएका देवीप्रसाद भन्छन्, ‘माननीयज्यू, सभासदज्यू हैन त ?’

वर्षाले गर्दा चार बजेतिरै अँध्यारो बनेको एउटा झ्याल भएको कोठालाई उज्यालो पार्न बत्ती छैन । त्यसैले देवीप्रसादले कम्प्युटर खोल्न पाएका छैनन् । अर्का कर्मचारीले मन्त्रालयकै अर्को कोठामा फोन गरे र मुस्ताङको सडकसँग सम्बन्धित कागजात’bout सोधे । अघिल्लो साता टसी स्याङमोले दिएको निवेदन फेला परेन । ‘सचिवज्यूकहाँ छ कि ?’ सभासद जान्न चाहन्छिन् । उनी आफ्नै झोला खोतल्छिन् र निवेदनको अर्को प्रति निकाल्छिन् । त्यसलाई झ्यालतिर तेस्र्याउँदै घोरिएर हेरेपछि देवीप्रसाद भन्छन्, ‘लु, यसले हुँदैन ।’ उनी त्यसमा केही प्राविधिक त्रुटि (रकमको स्रोत) औंल्याउँछन् । भोलिपल्ट मुस्ताङ जाने तरखरमा रहेकी सभासद त्यहाँ पुगेर स्थानीय विकास अधिकारी (एलडीओ) लाई निवेदन सच्याएर फ्याक्स गर्न लगाउने र त्यतिन्जेलसम्ममा यता देवीप्रसादको शाखाले गर्नुपर्ने सबै काम गरिसक्न अह्राउँछिन् ।

‘हैन यी एलडीओले पनि काम गरेनन् क्या हो ?’ देवीप्रसाद सोध्छन्, ‘अघिल्लालाई पनि मन परेन भनेर सरुवा गराउनुभयो ।’

‘अँ, मैले सरुवा गराएँ ?’ कोठामा छिरेको लगभग चार मिनेटसम्म उभिएकी सभासद कड्किन्छिन्, ‘म मन नपरेको कुरा सिधै भन्छु, सरुवा गराउनेतिर लाग्दिनँ ।’ मुस्ताङकै अर्का सभासदले ती एलडीओलाई सारेकामा सभासद र उपसचिव सहमत भए ।

‘काम गरेनन् भने चाहिं म फेरि बाँकी राख्दिनँ,’ उनले भनिन्, ‘अहिले फेरि हाम्रै मन्त्री छन् । त्यसैले मेरो काम गर्नुस् ।’

‘मेरो पनि एउटा काम गरिदिनुस् माननीयज्यू,’ उपसचिवले ठट्यौली गरे, ‘मुस्ताङतिरै सरुवा गरिदिनुस् । स्याउ खान पाइन्थ्यो कि !’

यो प्रसंगमा कर्मचारीहरूले ढिलाइको कारण निवेदन नभेटिएको उल्लेख गरे पनि लबी गर्दै मन्त्रालय डुल्ने सभासदहरू कर्मचारीतन्त्रमै खोट देख्छन् । सत्तारूढ र त्यसमा पनि मन्त्री या शक्तिशाली नेताहरूसँग पहुँच भएका सभासदको कुरा मात्र ध्यानपूर्वक कर्मचारीले सुन्नेगरेको कतिपय सभासद ठान्छन् । ‘उत्तरदायित्व पन्साउने प्रवृत्ति पाएँ,’ उदयपुर-३ बाट माओवादी टिकटमा सभासद भएका मोहनबहादुर खत्रीले भने, ‘मन्त्रीबाट तोक लगाएर लग्यौ भने पनि त्यो फाइललाई अरूतिर पन्साउन खोज्ने । त्यो सभासदको कति पहुँच छ, त्यो हेर्ने ।’

संविधानसभा विशेष गरी पहिलोपटक ‘चुनिने’ हरूका लागि थुप्रै कुरा सिक्ने स्कुलजस्तै भएको छ । केही वर्ष अघिसम्म हरेक कुरामा नाराबाजी गर्दै सडक तताउने या बन्दुक उजाउनेहरूले अहिले सभासद भएपछि राज्य कसरी चल्दोरहेछ या कुनै पनि आयोजना लागू हुनुअगाडि त्यसले कर्मचारीतन्त्र र औपचारिकताका कति चरण पार गर्नुपर्दोरहेछ भन्ने बुझेका छन् । ‘योजना तर्जुमा प्रक्रिया विधि थाहा पाइयो,’ मोहनले भने । आफ्नामा योजना पार्न सम्बन्धित मन्त्रालयमा कतिबेला पुग्नुपर्ने र कस्तोखाले ‘हस्तक्षेप गर्नुपर्ने’ पनि थाहा भएको उनले बताए । ‘नीतिमा प्रभाव पार्न अब बजेट अधिवेशनमा (कराएर) हुदैन,’ उनले भने, ‘त्यसका लागि (हालै सकिएको) विधेयक अधिवेशनमै प्रयास गर्नु पर्थ्यो  ।’

सभासदहरूलाई आफ्नो निर्वाचन क्षेत्र (या समानुपातिकबाट आएकाहरूको हकमा छानेको जिल्ला) मा सरकारी संयन्त्रमार्फत विकास आयोजनामा खर्च गर्न राज्यले प्रत्येक वर्ष १० लाख उपलब्ध गराउँछ । त्यो पैसा पहिलेका सांसदहरूले जस्तै सभासदहरूले पनि मुख्यतः आफ्नो पार्टीको हितअनुकूल सांगठनिक र चुनावी स्वार्थलाई ध्यानमा राख्दै खर्च गर्छन् । कतिपयलाई त्यसले अप्ठेरो पनि पारेको छ । ‘भ्याट कटाएपछि नौ लाख ५० हजार हुन्छ,’ मोहनले भने, ‘त्यसलाई ५० हजारभन्दा कममा टुक््रयाउन पाइँदैन । मेरो क्षेत्रमा २०/२२ वटा गाउँ छन् । कतिलाई दिनु ? अनि नपाउने गाउँका पार्टीकै मान्छे रिसाउँछन् । यसले झगडा पो गराउने रहेछ ।’ पहिलो वर्ष धेरै विवाद आएपछि मोहनले योजना छान्ने जिम्मेवारी पन्साए । तीन/चारवटा गाविसहरू (इलाका) लाई सहमति गरेर योजना बनाएर एक, दुई, तीन गर्दै प्राथमिकतामा राखेर आफूकहाँ आउन अह्राए । ‘जति भए पनि जनता सन्तुष्ट छैनन्,’ उनले भने, ‘अभावैअभावमा जति भए पनि नपुग्ने ।’ उनले मुखै फोर्न त सकेनन् तर सभासदको १० लाख बजेटलाई भारतमा सांसदहरूले पाएझैं एक करोडसम्म पुर्‍याइनुपर्ने उनको चाहना थियो । ‘त्यसो भए मात्र जनप्रतिनिधिले ठूला र राष्ट्रिय समस्यामा ध्यान दिन सक्छ,’ उनले भने, ‘नभए उसले कतिन्जेल गाउँमा सानो कुलो, बाटोका फाइलको गोठालो गर्दै मन्त्रालयका कोठा चहारिरहने ?’ फाइलको गोठालो एकैछिन या एक दिन गरेर हुने हो र ? ‘निवेदन लेख्नेदेखि बजेट निकासासम्मका प्रक्रिया पूरा गर्न आफैंले कोठाकोठामा त्यो फाइल लैजानुपर्ने, नभए कर्मचारीले कामै नगरिदिने मोहनले बताए । (त्यो साँझ ज्वालाकुमारी पनि यसैगरी स्थानीय विकास मन्त्रालयमा फाइलको गोठालो गर्दा थाकेर डेरामा पुगेकी थिइन् ।)

मन्त्रीलाई निवेदन

फेरि सबै निवेदन मन्त्रीले स्विकार्छन् भन्ने छैन । फेरि एकपटक टसी स्याङमोलाई पछ्याऔं । उनी मन्त्री उर्मिला अर्यालको कोठामा छिरिन् । मन्त्री भित्री कोठामा बैठकमा व्यस्त छिन् । त्यसैबीच अर्का सभासद अर्घाखाँचीका नजिर मिया गाउँलेहरूको प्रमण्डल लिएर कोठामा छिरे । ‘ओहो माननीयज्यू,’ उनी टसीको अभिवादन फर्काउँदै भन्छन्, ‘तपाईं यहाँ पनि ?’ यसअघि त्यही दिन उनीहरूको भेट सिंहदरबारमा अर्थ मन्त्री भरतमोहन अधिकारीको कार्यकक्षमा भएको थियो । निकै भीड र थुप्रै सभासद देखेपछि मन्त्रीसँग आफ्नो राम्रो कुरा नहुने ठानेर टसी सिंहदरबारबाट बाहिर निस्केकी थिइन् । मन्त्रीहरूबाट योजना फुत्काउन सभासदहरूबीच पनि राम्रै प्रतिस्पर्धा हुने गर्छ ।

‘आउने बजेटका लागि (योजना लिन) आउनुभएको हो कि?’ टसीले नजिरलाई सोधिन् ।

‘सके आउने बजेटका लागि, नभए जहिले हुन्छ,’ उत्तर आयो ।

आफूहरूले चाहेका योजना’bout गफिदै दुई सभासद मन्त्री कुर्दै गर्दा नजिरसँग गएका सिमलपानी गाउँका बासिन्दा आयोजना माग्न निवेदन लेख्न थाल्छन् । ठ्याक्कै लेख्ने कामचाहिं काठमाडौंमा बसेर त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका गाउँकै एक युवाको हो । ‘खोलामा तटबन्ध बनाउने’bout,’ उनी निवेदनको विषय लेख्छन् ।

‘यो योजना चाहिन्छ कि संविधान,’ एकजना संवाददाता उनको कानैमा मुख लगेर सोध्छन् ।

‘संविधान नि,’ उनी भन्छन्, र निवेदनको बाँकी भाग लेख्न थाल्छन् ।

मन्त्री आउँछिन्, सबै उठ्छन् । महिला भएकाले टसीले प्राथमिकता पाउँछिन् कुरा गर्ने । अर्का कोठामा केही बात मारेर टसी पन्साएपछि मन्त्री प्रमण्डलका निवेदन माग्छिन् । ‘विदेशीसँग एउटा मिटिङ छ,’ उनी भन्छिन्, ‘छिटो गरौं ।’

लगभग १० वटा जति निवेदन हेरेपछि उनी भन्छिन्, ‘एउटै गाउँका लागि यति धेरै निवेदन ?’

सभासद नजिर अब प्रतिरक्षमा उत्रिन्छन् । ‘यो विकट गाउँ हो,’ उनी भन्छन् ।

‘सिंचाइको कुरा सिंचाइ (मन्त्रालय) मै भन्नुपर्छ,’ मन्त्री भन्छिन्, ‘स्थानीयमा एकदम थोरै र तोकिएका सिंचाइ योजनाका लागि मात्र अधिकार छ ।’

‘होइन, सिंचाइमा गएको, यतैबाट हुन्छ भन्ने कुरा भयो,’ सभासदले भने ।

‘हैन, ढाँटे तपाईंलाई । उतैबाट हुन्छ,’ मन्त्रीले भनिन्, ‘अहिले सजिलो छ नि । सिंचाइ पनि हाम्रै (एमालेकै) हो ।’

मन्त्रीले सबै निवदेन सरसर्ती हेरिन् र तीमध्ये एउटै पनि स्वीकृत भएन । धेरैजसो निवेदन लेखेकै मिलेन या दोहोरियो । ‘सर्वदलीय नै हो भने पनि एउटैमा उल्लेख गरेर ल्याउनुपर्‍यो,’ उनले भनिन् ।

प्रमण्डल चुप भयो । तर गाउँलेहरूलाई मन्त्रीसम्मै लगिदिन सकेकामै भए पनि सभासद सन्तुष्ट देखिन्थे, गाउँले योजना नपाएकामा निराश थिए तर मन्त्रीकै कोठामा पुगेर कुरा राख्न पाएकामा उनीहरूमा एकखालको सन्तुष्टि पनि देखिन्थ्यो ।

सभासदको पहुँच

मन्त्रीकै कोठामा पुग्नु सर्वसाधारणका लागि सानो कुरा होइन । कुनै पनि सर्वसाधारणलाई सभासद हुनासाथ त्यो पहुँच मिल्छ जसले सो व्यक्तिलाई असाधारण ढंगले सशक्त तुल्याउँछ । अस्तिसम्म जंगलमा लुकामारी खेल्ने या सडकमा र्‍याली गर्ने या सिंहदरबारको ढोका अघिल्तिरबाट हिँड्दा ‘यहाँ कहिले सजिलै छिर्न पाइएला’ भन्ठान्ने कतिपय अहिले सभासदका रूपमा खुलेआम र सहजै, लाइनमा नलागी सिंहदरबार या मन्त्रीका कोठाहरू छिर्छन् ।

मुस्ताङकी एमाले सभासद टसी स्याङ्मो बाह्रगाउँले

‘पहिले म छिर्न सक्थ्यें यति सजिलै यो सिंहदरबारमा ?’ टसीले भनिन्, ‘लाइन लाग्नुपर्थ्यो, नागरिकता देखाउनुपर्थ्यो । कत्रो झन्झट । अहिले खुरुर्र छिर्छु । तैपनि बेलाबेला हेपाइ बेहोर्छु ।’ एकपटक बख्खु लगाएर संसदीय बैठकमा भाग लिएपछि अर्की बख्खु लगाएकी सभासदसँगै सिंहदरबारको पश्चिम गेटबाट निस्कन लाग्दा टसीलाई सुरक्षाकर्मीले टाढैबाट फर्किन भनेका थिए । साथीले ‘फर्किऔं’ भन्दा टसीले ‘किन फर्किने ? हामी सभासदलाई यहाँबाट निस्कने अधिकार छ’ भन्दै सुरक्षाकर्मीलाई ‘कुरै नबुझी फर्की भन्ने ? हामी सभासद’ भनेकी थिइन् । तर सुरक्षाकर्मीले उनलाई पत्याएनन् र उनीसँग परिचयपत्र मागे । देखाएपछि मात्रै निस्कन दिए ।

‘साँच्चै भन्ने हो भने यो हाम्रो बख्खुलाई विश्वास नगरेको हो,’ टसीले संवाददातासँग भनिन्, ‘सभासद नहुँदा बख्खु लाएर आउँदा छिर्न कस्तो गाह्रो हुन्थ्यो । हाम्रा कुरा पनि कसैले राम्रोसँग सुन्दैनथे । यिनीहरूसँग पैसा हुन्छ, बुद्धि हँुदैन भन्ठान्ने । त्यसैले म मन्त्रालयहरूमा जाँदा पाइन्ट या कुर्ता लगाएर जान्थँे । अहिले सभासद भएपछि कति सजिलो भएको छ । सभासद भनेपछि मान्छेहरूले पनि गम्भीरतापूर्वक कुरा सुन्ने रैछन् ।’

पहिचानको लडाइँ

कुरा सुन्लान् तर त्यसैबाट पहिचान स्थापित भइहाल्छ भन्ने चाहिं होइन । त्यसैले नागरिकतादेखि संविधानसभाको सूचीसम्ममा टसीको थर गुरुङसेनी छ । ‘म गुरुङ नै होइन, सेनीको के कुरा,’ मन्त्रालयमा कुरा सिध्याएर जावलाखेल लाग्ने एउटा माइक्रोबसमा कोच्चिइनु केहीअगाडि टसीले भनिन्, ‘हामी बाह्रगाउँले हो ।’

(टसीको निजी गाडी छ तर त्यो दिन चालक उपलब्ध नभएकाले उनले ट्याक्सी र माइक्रोको यात्रा गरेकी थिइन् । स्वयम्भूस्थित उनको डेरामा उनीसँग दुई छोरा बस्छन् ।)

मुस्ताङमा पाँच हजारजति संख्यामा रहेका बाह्रगाउँलेका ’boutमा काठमान्डु विश्वविद्यालयमा एमफिल गरिरहेका लोकबहादुर पुनले एउटा शोधपत्र तयार गरेका छन् । जावलाखेलस्थित सरकारी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्य कुराबाहेक देशका विभिन्न जातिका परिचयात्मक पुस्तक प्रकाशित गर्छ । पुनको त्यही शोधलाई पुस्तकका रूपमा प्रकाशित गराउन टसी लागिपरेकी छन् ।

‘तपाईंहरूलाई राज्यले दिने (एक महिनाको) तलब पनि पूरै लाग्दैन,’ टसी र पुनसँगको एउटा बैठकमा प्रतिष्ठानका प्रमुख अनुसन्धान अधिकृत लाल-श्याकारेलु रापचाले टसीलाई भने, ‘अहिलेको अनुमानमा (यो शोधपत्र छाप्न) ४३ हजार लाग्छ ।’ लाल-श्याकारेलुले शोधपत्रलाई आवश्यक तस्बिरहरू, मुस्ताङमा रहेका बाह्रगाउँलेहरूको संस्थाको भनाइ र लेखकको छोटो परिचयसहित पुस्तकका रूपमा डिजाइन गरेर ल्याएपछि आफूले पढ्ने र छाप्ने प्रक्रिया अगाडि बढाउने बताए । अरू केही जातिका परिचयात्मक किताब लाइनमा रहेको र छिट्टै काम सके पनि बाह्रगाउँले’boutको किताब यो आर्थिक वर्षमा छाप्न नभ्याइने’bout पनि उनले टसी र एलबीलाई सचेत गराए ।

‘किताब आयो भने हाम्रो जाति यस्तो छ भनेर भन्न सजिलो हुन्छ,’ लाल-श्याकारेलुसँगको बैठकपछि टसी स्याङमो बाह्रगाउँलेले संवाददातासँग भनिन्, ‘नभए हामीलाई कसैले नचिन्ने भए । पहिचानै नभएपछि हाम्रो अरू के कुरा गर्नु ? मलाई गुरुङसेनी भनेर नलेखिदिनुस् है ।’

प्रकाशित मिति: २०६८ वैशाख १७

विशेष रिपोर्ट»
स्कुल जस्तै
हालैको एक बिहान सल्यानका एकराज भण्डारी सर्ट, पाइन्ट र कोट लगाएर सिंहदरबारको दक्षिणढोका पुगेका थिए । सभासदको परिचायक लोगो उनका छातीमा थिएन । सत्य निरुपण आयोग विधेयक, २०६६ माथि प्रस्तावित संशोधनहरु’bout छलफल गर्न व्यवस्थापिकातर्फको विधायन समितिको बैठकमा सहभागी हुन पुगेका एकराजले भने, ‘औपचारिक कार्यक्रमहरुमा बाहेक म लोगो लगाउँदिनँ ।’

समयमै संविधान दिन नसकेकामा आफूहरुप्रति जननिराशा बढ्दै जाँदा कतिपय सभासदले लोगो लुकाउन थालेको टिप्पणी गरिएका छन् । यो स्टोरीका क्रममा संवाददाताले भेटेका या कुरा गरेका धेरैजसो सभासदहरुले आफूहरुप्रति जनताको भावना उति सकारात्मक नरहेको तर त्यसैकारण लोगै लुकाइहाल्नुपर्ने अवस्था आइनसकेको बताए ।

‘औपचारिक कार्यक्रमम लगाएर जान्छु,’ माओवादी सभासद मोहनबहादुर खत्रीले भने, ‘देशको सुरक्षास्थिति बिग्रेको र सभासदप्रतिको एकखाले रिस, ‘यसलाई केही गर्दा प्रचारमा आइन्छ’ भन्ने हिसाबले सभासदलाई निसाना बनाइएको अवस्थामा लोगो लगाउँदा आफ्नै सुरक्षालाई प्रभाव पार्छ कि भनेर अरु बेला म लगाउँदिनँ ।’

जनताले संविधान बनाउन नसकेको दोष सभासदलाई दिए पनि सभासदहरुचाहिं लगभग एकैस्वरमा त्यो दोष देशका केही उच्च नेताहरुलाई दिन्छन् । पहिलोपटक संसद् सदस्य (सभासद) र ‘ठूला नेताहरु बस्न नचाहेको’ सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिकी सदस्य उषा गुरुङले भनिन्, ‘सुरूमा समितिहरुको बाँडफाँड हुँदा कतिपय सभासदहरु ‘मेरो समितिमा यो नेता, त्यो नेता’ भन्दै धाक लगाउँथे । मेरो समितिमा सबैभन्दा ठूला भनेको केन्द्रीय सदस्य अर्जुन जोशी दाइ । अनि राज्य (को) पुनर्संरचना (र शक्तिको बाँडफाँड समिति) आदिमा सबै दलका प्रमुख नेताहरु छन् । तर खै वरिष्ठ नेताहरुले वरिष्ठ दिमाग प्रयोग गरेर समस्या समाधान गरेको ?’ कनिष्ठ नेताहरुको बाहुल्य रहेको आफ्नो समितिले बरू चर्को विवाद, बहस गरेर प्रतिवेदन समयमै बुझाएको उषाले बताइन् ।

‘काम नगरेको’ र ‘पैसा मात्रै खाएको’ भनी गाली गरिने सभासदहरु संविधानसभामा पूरै हात बाँधेर बसेका चाहिं होइनन् । लामा प्रक्रियामार्फत चल्ने समावेशी बहस कतिपय अवस्थामा पट्यारलाग्दा हुन्छन् । केही बहसमा फरक राजनीति ध्रुवहरुको प्रतिनिधित्व गर्ने सभासदहरुबीच चर्काचर्की पनि पर्छ । आफ्ना भावना र सिद्धान्तमा कतिपयले सम्झौता गरेका पनि छन् सबैको सहमतिको बिन्दुमा पुग्ने प्रयासमा । तर राज्यको पुनसर्ंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, व्यवस्थापिकाको स्वरुपजस्ता मुख्य विषयमा उनीहरु सहमतिमा पुग्न सकेका छैनन् जसले संविधान निर्माणमा बाधा पुर्‍याएको छ ।

संविधान लेखनमा ढिलाइ हुँदै गर्दा जनतामा जीवनका सबै समस्याको समाधान त्यही कानुनी दस्तावेजबाटै पो हुन्छ कि भन्ने भ्रम फैलिएको छ जसले अवस्थालाई थप जटिल पारेको छ । अवस्था त्यस्तो जटिल पार्न नेपालका सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनका नेपाली एजेन्टहरुको पनि भूमिका रहेको ठान्छन् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक गणेशदत्त भट्ट । ‘आइएनजीओहरुमार्फत आएको अनियन्त्रित पैसाले संविधान बनाउने राष्ट्रिय अभियानलाई पूरै ध्वस्त बनाइदिएको छ,’ गणेदत्तले भने, ‘हिजोसम्म खानेपानी या त्यस्तै अन्य क्षेत्रमा काम गर्नेहरु अहिले आइएनजीओको पैसामा संविधान निर्माणको बहस गराइरहेका छन् । उनीहरुलाई जनतालाई महत्वाकांक्षी बनाइदिएका छन् ।’

तर सभासदहरुमाझ सबैभन्दा बढी लबी कसैले गरेको छ भने त्यो अगैससहरुले नै हो । उनीहरुले सभासदलाई आकर्षक भत्ता (भट्टका अनुसार दैनिक पाँच सय डलरसम्म) दिएर इथियोपियादेखि स्विजरल्यान्ड र नर्वेदेखि दक्षिण अफ्रिकासम्म घुमाएका छन् । कतिपय चालु र गैससकृत सभासदहरुले गैससहरुको कार्यक्रममा सहभागिता जनाउनुलाई लगभग पूर्णकालीन र आकर्षक जागिर बनाएका छन् । त्यो सबै प्रक्रियाकाबाट चलाख सभासदहरुले आर्थिक आम्दानी गर्नुबाहेक मुद्दाहरु’bout जानकारी हासिल नगरेका होइनन् । कतिपय (अ)गैससहरुले विदेशमा संविधान निर्माणका प्रक्रिया र अन्य उपयोगी कागजातहरु सभासदहरुलाई उपलब्ध गराएर संविधानसभा आफैंले गर्न नसकेको योगदान पनि दिएका छन् । तर तिनको योगदानलाई तिनले सिर्जना गरेको महत्वाकाक्षा तथा अनियन्त्रित रुपमा गरेको अनुत्पादनक खर्चले छायामा पारेको छ । अगैससहरुले ‘विषय उठाइदिने, मान्छेहरुलाई उत्तेजित बनाइदिने तर समाधानका उपाय नदिने’ हुनाले तिनको भूमिकामा प्रश्न उठेको माओवादी सभासद मोहनबहादुर खत्रीले बताए ।

(अ)गैससका सेमिनार ट्युसन सेन्टर हुन् भने संविधानसभाचाहिं सभासदहरुका लागि स्कुल भएको छ । त्यहाँ पुगेर उनीहरुले संविधान निर्माण प्रक्रियाबाहेक राज्यसञ्चालनका विधि’bout पनि सिकेका छन् । संविधान निर्माणका क्रममा महिला, जनजाति, युवाजस्ता स्वार्थगत समूहले ‘सभामा पुग्नुपर्ने हाम्रा कुरा यी हुन् है’ भन्दै दिने कागजात पढ्नु उनीहरुका लागि गृहकार्य गरेसरह हुनेगरेको छ । त्यसैले त टेम्पुका खलासीहरु यदाकदा सभासदहरुलाई विद्यार्थी ठान्दै झुक्किन्छन् ।

‘किताब र झोला देखेपछि भाडा तिर्ने बेला कार्ड देखाउनुस् भन्छन् खलासीहरु,’ प्रायः बाहिर निस्कँदा संविधानसभा समितिहरुका प्रतिवेदन झोलामा बोक्ने बाराकी माओवादी सभासद ज्वालाकुमारी साह भन्छिन्, ‘अनि म ‘म अर्कै हुँ, विद्यार्थी होइन, छुट चाहिँदैन’ भन्छु ।’

यात्रा गर्दा आफूलाई विद्यार्थी नबताए पनि ज्वाला डेरामा आएपछि लगनशील विद्यार्थीजस्तै हुन खोज्छिन् । एकपटक एउटा संसदीय समितिको प्रतिवेदन कोठामा त्यत्तिकै छोडेर बाहिर गएकी उनी फर्किंदा त्यसलाई छोराले च्यातेर रकेट बनाएर उडाउँदै गरेको अवस्थामा फेला पारिन् । त्यो घटनायता उनले समितिका प्रतिवेदन र संविधान निर्माणसम्बन्धी सबै कागजातलाई सुत्ने कोठाको स्टिल दराजमा सुरक्षित राख्ने गरेकी छन् अनि केही प्रयोगमा आइरहने प्रतिवेदनमा प्लास्टिकको गाता पनि हालेकी छन् । ‘यी मेरो जिन्दगीका सबैभन्दा महत्वपूर्ण किताब हुन्,’ जनयुद्धमा लागेकाले एसएलसीभन्दा बढी पढ्न नभ्याएकी ज्वालाले भनिन्, ‘मेरो राजनीतिक जीवनका सबैभन्दा महत्वपूर्ण सम्पत्ति ।’

यो लेख पहिलो पटक आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

नेतालाई घृणा किन ?

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

काठमाडौ- ‘नेताले बिगारे,’ उनले ‘रे’ लगत्तै आउने ‘ए’ को उच्चारण लामो समयसम्म गर्दै चिन्ता व्यक्त गरे, ‘चोरहरूले देश बिगारे ।’ हालै काठमान्डुको एउटा सार्वजनिक बसमा आपसमा अपरिचित अधबैंसेहरूबीच कुराकानी भइरहेको थियो । बसलाई कोटेश्वर ट्राफिक चौकीअगाडि रोक्दै एक जना यातायात प्रहरीले चालकसँग अनुमतिपत्र मागिरहेका थिए । त्यो दृश्यमाथि टिप्पणी, (‘यो ट्राफिकले कमाउन खोज्यो’) गर्दै सुरु भएको उनीहरूको स्वफूर्त वार्ता ‘नकमाएर के गर्नु, उसका पनि परिवार छन् होला’ र ‘हेर्नुस् देशकै अवस्था यस्तो छ’ हुँदै नेताहरूसम्म पुगेको थियो । ‘सबै भाँडभैलो गर्ने यी नेता हुन्,’ एक जनाले त्यसो भनेपछि अर्काले त्यसमा सहमति जनाउँदै नेताले देश बिगारेको निष्कर्ष निकालेका थिए ।

रेस्टुरेन्टहरूमा पाइने खाना सूची (मेनु) लाई संसारमै सबैभन्दा बढी पढिने ‘साहित्य’ मानिएजस्तै नेपालमा सबैभन्दा सुनिने वाक्य यसलाई मान्दा हुन्छ, ‘नेताले देश बिगारे ।’ कार्यालय समय सुरु हुनै लाग्दा त्यतैतिर जान लागेका जस्ता देखिने ती दुई सज्जनहरूले कोटेश्वर चोकमा गरेजस्तो लयको गफ र निष्कर्ष देशका जुनै भागका नेपालीमाझ कुनै बेला पनि सुन्न सकिन्छ । किन जनता नेताहरूलाई यस्तो विधि घृणा गर्छन् ?

त्यो प्रश्न नेपालमा मात्र सान्दर्भिक छैन । र, इटालीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई पनि त्यसको उत्तर थाहा छैन । १३ डिसेम्बर २००९ मा एउटा चुनावी सभामा एक जना असन्तुष्ट व्यक्तिले दाँतै भाँचिने र ओठै काटिने गरी अनुहारमा प्रहार गर्दा अस्पताल भर्ना भएका बर्लुस्कोनीले जान्न चाहेका थिए, ‘मान्छे किन मलाई यति धेरै घृणा गर्छन् ?’

त्यसको चार महिनाअघि टर्कीका प्रधानमन्त्री रिकेप तायिप एर्डोगनको पेटमा एक जना मानिसले मुड्की हानेका थिए । त्यसको पनि छ महिनाअघि न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीलाई केही मानिसले लछारपछार गरेका थिए । टाढाको कुरा के गर्नु, नेपालमै जनवरी २०१० मा सुनसरीमा अन्तक्रिर्या गरिरहँदा एक जना उच्च नेतालाई उनकै पार्टीका एक जना पूर्वकार्यकर्ताले गालामा झापड हानेका थिए । ती नेता अहिले देशका प्रधानमन्त्री छन् । ‘झलेझाप्पड’ नामले क्षणभरमै देश र विदेशमा पनि चर्चित त्यो थप्पड हान्ने देवीप्रसाद रेग्मीले पनि कारणका रूपमा त्यही वाक्य उल्लेख गरेका थिए, ‘नेताले देश बिगारे । मैले त्यो सहन सकिन । त्यसैले हानेँ ।’ नेताहरूले (त्यतिबेला) सरकार र (अहिले पनि) संविधान बनाउन तथा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्दा उठेको रिसलाई रेग्मीले झलनाथ खनालको गालामा पोखेका थिए ।

‘नेताहरूलाई घृणा गर्नेहरूले दुई तहमा गर्छन्,’ मानव बानी बेहोरा र उसको सामाजिक, सांस्कृतिक विकासक्रम’boutको बैज्ञानिक अध्ययन गर्ने (मावनशास्त्री) डम्बर चेम्जोङ भन्छन्, ‘एक, व्यक्तिगत रूपमा यो या त्यो नेतालाई घृणा गर्ने । दुई,  समग्रमा राजनीतिलाई नै मन नपराउने ।’ समग्र राजनीतिलाई घृणा गर्नेहरूको संख्या नेपालमा ठूलै भएको ठान्ने चेम्जोङ कतिपय अवसरमा राजनीतिबाटै फाइदा लिनेहरूले त्यस्तो नकारात्मक विचार राख्ने गरेको पाएको बताउँछन् । ‘व्यापारी जन्मजात नाफामुखी र डाक्टरले सधैं महँगो शुल्क लिने भन्ने समाजले बुझेको छ,’ उनी भन्छन्, ‘त्यसैले व्यापारीले जति नाफा खाए पनि र डाक्टरले चर्को शुल्क लिँदा हामी सहन्छौं । तर राजनीति निःस्वार्थ, निःशुल्क र सेवामुखी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’ त्यो मान्यतालाई नेताहरूले व्यवहारमा नउतारिदिँदा, उनीहरू भ्रष्टाचारमा फस्दा समग्र राजनीतिप्रति घृणा उत्पन्न हुने उनी ठान्छन् ।

उसो नेताहरू सर्वप्रिय भएको इतिहासै छैन भन्दा हुन्छ । पछिल्लो एक सय वर्षमा नेपालले पाएका सर्वाधिक करिस्मायुक्त नेतामध्येका एक बीपी कोइराला जीवित छँदा उनका आलोचकहरू कम थिएनन्, आफ्नै पार्टीभित्र र बाहिर पनि । समकालीन राजनीतिका सर्वाधिक करिस्मायुक्त नेतामध्येका एक पुष्पकमल दाहाल पनि, एक जना टि्वट्टर प्रयोगकर्ता नेपालीका अनुसार ‘कार्यकर्ता खुसी पार्न एकथोक, जनतासँग अर्कोथोक’ बोल्ने, ढुलमुले अनिर्णायक’ बोली/बेहोराका कारण आलोचित छन् । खासमा शान्ति प्रक्रिया बढ्न नसक्दा उत्पन्न अहिलेको निराशाका स्रोत दाहाल भएका छन् किन कि देशको सबैभन्दा ठूलो र प्रभावशाली पार्टीका प्रभावशाली नेताका रूपमा उनीसँग जनताले ठूलो अपेक्षा गरेका छन् । जनताले नेता विशेषबाट देशका ठूला समस्या समाधानको अपेक्षा गर्छ जो पूरा नहुँदा या त्यसतर्फ इमानदार प्रयास नहुँदा उनीहरूमा निराशा छाउँछ । त्यो निराशा उनीहरू ‘चोर नेताले देश बिगारे’ भन्ने अभिव्यक्तिमार्फत प्रकट गर्छन् ।

गए साता काठमान्डुको राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोली उत्तर कोरियाली टिमसँग भिड्यो । गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा खेलेका केही खेलाडी सामेल उक्त समूहसँग नेपाल हार्‍यो । तैपनि रंगशाला र टिभीमा त्यो खेल हेर्ने दर्शकहरू र भोलिपल्टका पत्रिकाले नेपाली टोलीको प्रशंसा गरे, विशेषगरी तिनै गोलकिपरको जसले एउटा सजिलो गोल नरोकी नेपाललाई ०-१ ले हार्न योगदान गरेका थिए ।

तिनै किपर किरण चेम्जोङको बढी प्रशंसा किन भयो भने उनले जोडदार ढंगले नखेलेको भए त्यो दिन नेपालले कम्तीमा ४ गोल खान सक्थ्यो । अनि पूरै टिमले किन दर्शकहरूको गाली खाएन भने खेलाडीहरूले सकेको गरेर/खेलेर देखाएको कुरो दर्शकहरूले प्रस्ट देख्न पाएका थिए । ‘धन्न एक गोलमात्र खायो,’ रंगशालामा पुगेका कतिपय दर्शकले खेल सकिएलगत्तै भने, ‘केटाहरूले जमेर खेले । मान्नुपर्छ (उनीहरूको) प्रयासलाई ।’

तर नेपाली राजनीतिका ‘खेलाडीहरू’ ले फुटबलरहरूले झैं मन दिएर, भित्रैदेखि चाहेर, प्रयास गरेको नेपाली जनताले महसुस गर्न सकेका छैनन् । राम्रो नतिजा झन् आएकै छैन । दुवै कुराको अभावले जनतालाई निराश तुल्याएको छ र त्यो निराशा उनीहरू सबै राजनीतिकर्मीहरूमाथि पोखिरहेका छन् ‘चोर नेताले देश बिगारे’ भन्दै ।

अघिल्लो साता भारतमा भ्रष्टाचारको विराधमा एउटा कानुन माग्दै अगुवा कार्यकर्ता अन्ना हजारे अनशन बसेका थिए । त्यसैको सेरोफेरोमा विरोध चर्किंदै जाँदा लोकपि्रय भारतीय लेखक चेतन भगतले ‘मेरा नेता चोर है’ वाक्य टि्वटेका थिए । ‘त्यो वाक्य पूरै विरोध कार्यक्रमको गुदी बन्यो,’ त्यसै वाक्यमा आधारित भएर गत साता फेसबुकमा ‘मेरा नेता चोर हुन्, मेरा नेता ठग हुन्’ अभियान नेपालमा पनि आवश्यक भएको तर्क गर्दै एउटा लेख लेखेका निर्भय सुवेदी भन्छन्, ‘संविधान लेख्न राजनीतिज्ञहरूले गरेको ढिलाइ हामी सहजै देख्न सक्छौं । तानाशाहलाई हटाउन हामीमध्ये थुप्रै सडक गयौं । अनि भोट हाल्यौं  ताकि यी राजनीतिज्ञहरूलाई एउटा काम लाग्ने संविधान बनाउन मौका मिलोस् । तर बितेका पाँच वर्षमा केही भएन । अब हामीले सोध्नैपर्छ, अहिलेसम्म यिनीहरूले के गरे ? भन्नै पर्दैन यी नेताहरू फटाहा र चोर भएका छन् ।’

निर्भयको निराशा र रोषलाई धेरै नेपालीले साझेदारी गर्छन् । तर नेताहरूप्रतिको त्यस्तो रोष कुनै निश्चित कारणका लागिभन्दा बढी होलसेलमा कुनै कुराग रिस उठ्यो कि नेतैलाई गाली गरिहाल्ने बानीसँग सम्बन्धित छ । गाली गर्न नेताहरू सहज लक्ष्य हुन, फेरि उनीहरू मलाई किन गाली गरिस् भन्दै निहुँ खोज्न पनि आउँदैनन् । अर्को कुरा, एउटा समूहले गाली गरेपछि एउटा नेतालाई अर्कोले माया गरेकै हुन्छ, मन पराएकै हुन्छ । तब त चुनावमा हार्ने उम्मेदवारले पनि प्रशस्तै भोट पाउँछन् ।

त्यसो भए नेतालाई गाली गरिनु लोकतन्त्रकै एउटा भाग हो ? हुनसक्छ, किन कि आफूले भोट दिएका र भोट दिएकालाई हराउने नेतालाई सल्लाह दिने र गाली गर्ने अधिकारै छ मतदातालाई । बढीभन्दा बढी जनताको मतको कदर होस् भनेर बेला-बेला चुनावी प्रक्रियाहरू सुधारिन्छन् । संविधान सभाको चुनावमा समानुपातिकको व्यवस्था भएजस्तै । त्यस्तै सबैभन्दा शक्तिशाली लोकतन्त्र अमेरिकामा पनि अहिले देशभरिबाट सर्वाधिक मत पाउनेलाई राष्ट्रपति बनाउने कानुन पारित हुनेक्रममा छ । ‘नेसनल पपुलर भोट’ नामको त्यो कानुनलाई केही अमेरिकी राज्यहरूले पारित गरेका छन्, बाँकीलाई त्यो स्वीकार्न लगाउन दबाब अभियान चलिरहेको छ ।

सबै नेतालाई असफलताको दोषी ठहर्‍याइनु सामान्यीकरण हुन्छ । जस्तो संविधान लेख्न या सरकार बनाउन एक जना नेताले या एउटा पार्टीले मात्र चाहेर हुँदैन । पार्टीभित्रै थुप्रैका कुरा मिल्न समय लाग्छ या नमिल्न सक्छन् । ‘अमेरिकीहरू (र, धेरैजसो पश्चिमाहरू) को हाम्रा नेताहरूसँग प्रेम सम्बन्ध हुन्छ,’ मनोवैज्ञानिक डाक्टर रोनाल्ड ई. रिग्गियो लेख्छन्, ‘हामी उनीहरूलाई ठूलो सम्मान दिन्छौं र उनीहरूका हरेक कदम’bout चाख राख्छौं । तर हरेक प्रेम सम्बन्ध जस्तै भावनाहरू छिट्टै अमिल्लिन सक्छन् जब हामी नेताले हामीलाई असफल तुल्याएको ठान्छौं । सेप्टेम्बर ११ का आक्रमणलगत्तै जर्जडब्लू बुसको लोकपि्रयता सर्वाधिक उच्च थियो तर इराक युद्ध र कटि्रना पछि त्यो सबैभन्दा तल गयो ।’

त्यस्तै प्रेम र घृणाको सम्बन्ध हाम्रो पनि नेताहरूसँग नहुने होइन । २०४६ सालमा ‘वीरे चोर देश छोड’ भन्ने र गिरिजाप्रसाद कोइरालाको हाई-हाई गर्ने जनता (पक्कै, यो पनि सामान्यीकरण हो) वीरेन्द्रको शवयात्रामा टाउका मुडेर सहभागी भए र तिनै कोइरालाको गाडीमा ढुंगा हाने । ‘जनयुद्ध’ बन्द गरेर शान्ति प्रक्रियामा सहभागी हुन भूमिमाथि आउँदाताका दाहालको लोकपि्रयता जति थियो त्यो बितेका चार वर्षमा घटेको कुरा उनी आफैंले एउटा अन्तर्वार्तामा महसुस गरेका छन् ।

फेरि ‘चोर नेताले देश बिगारे’ भन्ने जनता आफैं पनि विभाजित र दोषी छन् । एउटाले ‘चोर’ भन्दै घृणा गर्ने नेतालाई अर्कोले बडो लगनका साथ मन पराएको र पछ्याएको हुन्छ । नारायणमान बिजुक्छेले भनेका थिए, ‘मौका नपाएर चोखो भएका हामी पनि (मौका पाए) भ्रष्टै हुन्थ्यौं,’ मानवशास्त्री चम्जोङले भने, ‘नेता (भ्रष्ट/चोर) हुँदाहुँदै पनि हामी उनीहरूलाई सम्मान दिन्छौं । (‘चोर नेता’ भन्नेमध्ये) कसैले भ्रष्टलाई सामाजिक बहिष्कार गरेको छ ? हाम्रो समाज कस्तो छ भने ‘काका मन्त्री हुँदा पनि यसले केही गर्न सकेन’ भनेर पदीय दुरुपयोग नगर्नेहरूलाई होच्याउन थाल्छौं ।’

यो लेख आज वैशाख ३ को कान्तिपुरमा प्रकाशित भएको हो ।

एउटा साइकले ठिटो

Saurab Dahal World Cyclist

सौरभ दाहाल । विश्व साइकल यात्री । भारतको नयाँ दिल्लीमा । ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

‘बुझ्नुभो दाइ’, उनले फोनमा भने- ‘नेपाली दूतावासले मलाई सहयोग गरेन भनेर मैले ‘हिन्दुस्तान टाइम्स’लाई इन्टभ्र्यु दिएँ ।’

‘दूतावासले बडो ठीक गरेछ’, मैले भनेँ- ‘तिमीजस्तो घुमन्तेलाई सिङ्गापुर जान दूतावासले किन प्लेन टिकट किनिदिनुपर्ने ?’

‘हैन, एकरात पनि राखेन मलाई’, उनले भने ।

‘एकरात पनि राख्न हुँदैन तिमीलाई’, मैले भनेँ- ‘तिमी आफ्नै रहरले साइकल चढेर विश्वयात्रामा निस्केको । फेरि तिमीले नै भन्यौ, तिमीलाई थुप्रैले चन्दा दिएका छन् । बस्न होटलमा आफ्नै पैसा खर्चेर ।’

‘नेपालीलाई सहयोग नगर्ने दूतावासको के काम ?’ उनले भने ।

‘दिल्लीका बस्तीमा रातभरि लड्ठी ठट्टाउँदै र सिठ्ठी बजाउँदै मजदुरी गर्ने गरिब नेपालीलाई सहयोग गर्नसकेको छैन नेपाल सरकारले’, मैले भनेँ- ‘त्यसैले तिमीलाई दूतावासले सहयोग नगरेकोमा मेरो कुनै सहानुभूति छैन ।’

‘तर म त विश्वभरि सन्देश फैलाउन हिँडेको’, उनले भने ।

आठ वर्षअघि साइकल यात्रा थाल्दा सौरभ दाहाल १४ वर्षका थिए । कोटेश्वर, काठमाडौंको स्कुल जाँदा ‘बाटोमा ग्लु सुँघ्दै माग्ने बच्चा देखेपछि’ विरक्तिएका उनले त्यस्ता बच्चाले स्कुल जानुपर्ने सन्देश दिन साइकलबाट विश्व भ्रमण गर्ने निधो गरे । नौ कक्षाको पढाइ स्कुलमै छाडेर उनले एउटा साइकल समाते र नेपालका विभिन्न जिल्लाको यात्रा थाले । उनले आफ्नो यात्रालाई थप उद्देश्यमूलक तुल्याउन त्यसमा केही बिकाउ सन्देश पनि जोडेका छन्- वातावरण बचाउँ र विश्व शान्ति । नेपाल र भारतसहित २१ देश घुमिसकेका सौरभले मान्छेलाई कसरी प्रभाव पार्नुपर्छ सिकेका छन् । ‘म पत्रिकालाई इन्टभ्र्यु दिँदा खारिइसकेको छु’, उनले मेरा प्रतिकूल प्रश्नहरूमा भने । मैले सोधेको थिएँ- नौ कक्षा पास नगरी स्कुल छाडेको डुलुवाले बच्चालाई स्कुल पठाउनुपर्‍यो भन्नु हास्यास्पद होइन ? पसिना बगाएर काम गर्नु र समाजमा योगदान दिनुको साटो पैसा माग्दै विदेशमा हिँड्दा नेपालका ‘बाटोमा ग्लु सुँघ्दै माग्ने बच्चा’को हित कसरी हुन्छ ? स्कुल जाँदैमा शिक्षा पाइन्छ भन्नु गलत भएको सौरभले बताए । ‘नेपालको शिक्षा प्रणाली गलत छ, धनीले मात्र पढ्न सक्छन्’, उनले भने- ‘यात्रामा मैले स्कुलमा पाउनेभन्दा बढी कुरा सिकेको छु ।’ उनले बितेका केही वर्षमा आफूले जम्मा गरेको सात लाख पैसा नेपालका मध्य र सुदूर पश्चिमका स्कुललाई चन्दा दिएको दाबी गरे । ‘त्यसैले म डुलेको मात्र छैन, सहयोग पनि गरिरहेको छु’, उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्

फुटबल फेसबुकको भित्तोमा

facebook football_hello_friday

हेल्लो शुक्रबार: ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

एक्लै फुटबल हेर्नुको नमज्जा के भने ‘गोओओओओ….ल’ भनेर चिच्याउन नपाइने । सुन्ने कोही नभएपछि त्यसको के अर्थ ? आइभोरी कोस्ट र ब्राजिल भिड्दै थिए । फ्यावियानो र इलानोले तीन गोल ठोकेपछि खेल पूरै एकपक्षीय बनेकाले अरुचि जाग्दै थियो । रोमान्च थप्न अफ्रिकी टोलीले गोल फर्काउनैपर्छ भन्ने चाहना थियो । ड्रोग्बाले पनि एक हानिहाले । अनि ब्राजिलको परम्परागत समर्थक मैले टाइप गरेँ ट्विट्टरमा-GOOOOOOAAAAAAALLLLLLLL!!!!’ (इन्टरनेटमा ठूला रोमन अक्षरले चिच्याएको बुझाउँछ ।) त्यो ‘चिच्याहट’ तत्कालै ट्विट्टर र त्यसमार्फत फेसबुकका भँगालाहरूमा बग्दै सिद्धान्ततः लाखौं मानिसहरूका कम्प्युटर स्क्रृनमा देखापर्‍यो ।

फुटबल इतिहासमा हरेक विश्वकप कोशेढुङ्गा हुन्छ । करोडौं दर्शक उच्चाल्ने प्रदर्शन गर्ने खेलाडीहरूले एकअर्कालाई छक्याउँदै गोल गरेको या पेनाल्टी नछिराएको दृश्य’bout मानिसहरूले वर्षौं कुरा गर्छन् । यसपालीको विश्वकपचाहिँ ती सबै कुराबाहेक भुभुजेलाबाट चिनिने हो कि फेसबुक/ट्विट्टरबाट, म निश्चित भइसकेको छैन । भुभुजेला बजाउने दर्शकले पूरै रंगशालालाई एउटा ठूलो घार बनाइदिएका छन्, मानौं ती रिसाएका मौरी हुन् । उनीहरूको त्यो भुनभुनाहटले संसारभरिका थुप्रै दर्शकलाई दिक्क पारेको छ भने कतिपयले ‘त्यो अफ्रिकी फुटबल उत्साहको परम्परा’ भन्दै समर्थन गरेका छन् । रंगशालामा भुभुजेला प्रतिबन्ध गर्न फिफालाई अनुरोध गर्दै प्रतियोगिताको तेस्रो दिन मैले ट्विटेपछि बेलायतको योर्कमा बसेर वातावरण तथा राजनीतिमा पीएचडी भर्खरै सिध्याएका ललितपुरका महेश पौड्याल (twitter.com/mpoudyal)ले ट्विटे- ‘ओहो, मलाई भुभुजेला खुब मनपर्छ । खेल हेर्दा पृष्ठभूमिमा त्यो रमाइलो भुनभुनाहट ।’

football the facebook wall Kantipur

कान्तिपुर विचार पृष्ठ: ठुलो पार्न क्लिके हुन्छ

धन्यवाद ट्विट्टर र फेसबुकजस्ता सामाजिक सञ्जाल साइट (साससा) हरूलाई जसले संसारलाई खुम्च्याएर यति सानो पारिदिएका छन्, मानौं योर्क, दिल्ली र काठमाडौंका वासिन्दा एउटै कोठामा गफिँदै विश्वकप हेरिरहेका छन् । तिनले एकै समयमा एउटै बल (एडिडास कम्पनीले बनाएको ‘जाबुलानी’), एउटै खेलाडी (मानौं मेस्सी) र एउटै आवाज (भुभुजेला) देखिरहेका/सुनिरहेका हुन्छन् । तिनका प्रतिक्रियाहरू एउटै ठाउँ (ट्विट्टर र फेसबुकका भँगालो) मा आइरहेका हुन्छन् ।

‘नेपालेइडियट’ (twitter.com/nepaleeidiot) उपनामका नेपाली युवक भारतको कुनै सहरमा काम गर्छन्, विश्वकपका हरेकजसो म्याच हेर्छन् र तत्क्षण लागेको कुरा ट्विट्छन् । ‘नेपालबाट टाढा आफ्नो कोठामा एक्लै (फुटबल हेर्दा लागेका कुरा साझेदारी गर्न पाएकोमा) ट्विट्टरलाई धन्यवाद’, उनले एकदिन ट्विटे ।

वेब २.० भनिने अन्तरक्रियात्मक इन्टरनेटको जमानामा भएको यो पहिलो विश्वकप हो । १९९० को दशकको अन्त्यतिर चित्रसहितको इन्टरनेट ब्राउजिङ आए पनि २००० सम्म काठमाडौंमा त्यो केही अफिस या साइबर क्याफेमै सीमित भयो । २००२ को विश्वकप’bout नेपालीहरूले इमेलमा आफ्ना भावना साटे । २००६ मा फेसबुक अमेरिकामै सीमित थियो- कलेजमा । ट्विट्टर सुरु भएकै थिएन । धेरैजसो नेपाली तन्नेरी माइस्पेस र हाइफाइभमा हुन्थ्ये, तर अहिलेजस्तो विश्वव्यापी चाप साससाहरूमा थिएन ।

अहिले सबैजसो साससाले फुटबल केन्दि्रत पृष्ठ बनाएका छन्, प्रशंसकहरूलाई आफूमा बाँधिराख्न । ट्विट्टरको चित्ताकर्षक विश्वकप पेजमा खेल हुँदै गर्दा दर्शकले तत्क्षण गरेका ट्विटहरू त्यहाँ सलल बग्छन् । ट्विटहरूको त्यो बहावमा खेलप्रति संसारको प्रतिक्रिया झल्किन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

KFC को लाईन

kfc ko line kantipur hello friday

ठुलो पार्न क्लिक गरे हुन्छ ।

दिनेश वाग्ले

काठमान्डूको दरवारमार्गमा अचेल कुखुराप्रेमीहरुको लाईन देख्न छाडिएको छ। तीन महिना अघि राजधानीका कतिपय मानिहरुमा उत्साह भर्दै खुलेका केन्टकी फ्राइड चिकेन (केफएसी) र पिज्जा हटका कक्षहरुमा अहिले पनि भिड कायमै छ तर, धन्य भगवान, छिर्नैका लागि मानिसहरु आधाघन्टासम्म लाईनमा उभिएको चाहि देख्नु पदैन।

शायद त्यो खुशीको कुरो हो तर त्यो लाईनले त्यहाँ उभीनेहरु भोेका छन् मात्रै भन्दैनथ्यो। उनीहरुका लागि त्यो इज्जतको सवाल थियो। त्यहाँ त्यसरी उभिनु या भित्र गएर चिकेन या पिज्जा खानु उनीहरुका लागि ‘वाह्, हामीले पनि विदेशीकै जस्तो गर्‍यौं’ भन्नु जस्तै थियो। यहाँ विदेशी भन्नाले अमेरिकी, युरोपेली र अन्य अतिविकशित मुलुक भन्ने बुझ्नु पर्छ। लाईनमा उभिने या अहिले पनि केएफसीमै भिड सिर्जना गर्दै खान चाहने नेपालीले मात्रै त्यस्तो सोच्दैनन्। भारतमा पनि कुरा त्यस्तै हो।

दिल्लीमा केएफसी र पिज्जा हटका थुप्रै रेष्टुरेन्ट छन्। त्यस्तै अर्को बहुराष्ट्रिय अमेरिकी सञ्जाल म्याक्डोनाल्ड्सका हाँगाहरु पनि प्रसस्तै छन्। यी सबै ठाउमा जानेहरु मुख्यत तन्नेरी र युवा व्यवसायी हुन्छन्। ती दुबैबीच एउटा मुख्य समानता हुन्छ- सम्पन्नता । खर्चगर्ने पैसा ’emसँग टन्न हुन्छ र ती खानेठाउँका बर्गर, पिज्जा जस्ता खान्कीको मुल्य अरु पसल या विक्रिस्थलमा भन्दा महगै हुन्छ।

केएफसी र भारतका शहरी तन्नेरीहरुले छोटकरीमा म्याक्डी भन्ने म्याक्डोनल्डस् ख्यातिप्राप्त पश्चिमा चिन्ह हुन् जसले त्यताको सम्पन्नता र विपन्नताको एकैपटक प्रतिनिधित्व गर्छन्। ती संसारभरी फैलिएको अमेरिकी (सामान्यत पश्चिमा) सांस्कृतिक, आर्थिक र राजनीतक प्रभावका प्रमाण हुन्। कोक र पेप्सी पनि त्यही प्रमाणको अर्को पाटो हुन्। लिभाईज र एडिडास पनि त्यस्तै हुन्। तर अमेरिकामै चाहि केएफसी र म्याक्डीको छवि नेपाल र भारतमा भन्दा उल्टो छ। त्यहाँ यी खान्की कम्पनीलाई गरिवहरुका अखडा ठानिन्छ। कम शिक्षित, कम सम्पन्न र कामदार बर्गले मुख्यत तिनका पसलमा गएर सस्ता खानेकुरा खान्छन्। जङ्क भनिने त्यस्ता खानेकुराले थोरैपैसामा पेट टन्न हुन्छ तर स्वास्थ्यलाई उति राम्राे गर्दैन। त्यस’bout सचेत र पैसा हुनेहरुले अमेरिका जस्ता विकशित मुलुकमा तुलनात्मकरुपमा अलि महगो पर्ने तर स्वस्थ जैविक खान्की खान्छन्। हो, बर्गरले आमरुपमा अमेरिकी जीवनशैलीको प्रतिनिधित्व गर्छ तर त्यहा केफसी र म्याक्डीमा जानुलाई ‘वाह्, क्या कुल’कारुपमा लिइदैन। कतिपय मानिसका लागि त्यहा जानु बाध्यता हो किनकी जैविक खानाका लागि उनीहरुसँग पर्याप्त पैसा हुदैन या पकाएर खाने राम्रो व्यवस्था हुदैन। पढ्नेक्रम जारी राख्नुहोस्

बनारसी संस्कृत

varanasi sanskrit students of nepal

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

ह्वाईट फिल्ड र मल्पी जस्ता नाम भएका काठमान्डूका अंग्रेजी स्कुलबाट एसएलसी र ए लेभल गर्ने, नेपाली अप्ठेरो ठान्ने र खुला सफ्वटेयर आन्दोलनमा रुचिहुने एउटा युवकमा अचेल संस्कृत पढ्ने भुत सवार भएको छ । इन्टरनेट खोतल्दै गर्दा एकदिन ‘कृत्तिम बौद्धिकता’ र संस्कृत भाषा’bout अमेरिकी अन्तरिक्ष संस्था नासाका एक अनुसन्धाताको रिपोर्ट पढेपछि उज्ज्वल लामिछानेको मन संस्कृतमय भएको थियो । संस्कृत सिक्न उपत्यकामा ठाउ फेला पार्न नसकेपछि एकदिन उसले इन्टरेनट गफमा मसँग भन्यो– ‘विश्वभाषा क्याम्पस गए, त्यहा पनि नेपालीलाई चाहि संस्कृत नसिकाउने रे । नेपालमै संस्कृत पढ्न किन यति गाह्रो ?’

उत्तर शायद माओवादीसँग छ कि ? जनताका लागि रात दिन खटिरेहका विचरा कमरेडहरुले ठ्याक्कै राणाहरुकै जस्तो ‘जनताले पढे हामीभन्दा जान्ने हुन्छन्’ शैलीमा नेपालीलाई सामान्यतः शिक्षा विशेषतः संस्कृतबाट बन्चित गराएका हुन् । धन्न उनीहरुले नेपाललाई पुरै तालिवानीकृत गराइसकेका छैनन्, त्यसैले नेपालमा सरकारी विद्यालयहरुमा संस्कृत हटाइएपनि त्यही सिकाउन भनि केही गुरुकुल र अन्य शिक्षालयहरु चलिरहेका छन् । तैपनि संस्कृतको ज्ञान लिन भारतको बनारस पुग्ने नेपालीहरुको संख्या घटेको छैन ।

‘देश समाज छाडेर यहा“ पढ्न आउदा महान दुख लाग्छ,’ राजु घिमिरेले भने– ‘देशमा परिवर्तन भइरहेको छ, साथ दिन सकिएको छैन ।  देशमा (शिक्षाका लागि) वातावरण भएन । शिक्षाकै लागि विदेशिनु नपरोस ।’ बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा आचार्य (स्नातकोत्तर) का यी २४ बर्षे विद्यार्थीलाई मैले हालै विश्वविद्यँलय परिसरकै अन्र्तराष्ट्रिय होस्टलको छतमा भेट्टाएको थिए । उनीसँगै नेपालका विभिन्न भागका केही युवक थिए जो विश्वविद्यालयमै उत्तर मध्यमा (प्लस टू) र शास्त्री (स्नातक) देखि विद्यँवारीधी सम्मका तहमा पढ्छन् । उनीहरुका लागि काशीमा संस्कृत अध्ययन ज्ञान पहिल्याउने माध्यम र आत्मसन्तुष्टिको कारक भएको छ ।

‘यहाँ जानेर नेपालमा केही काम गर्न सकिन्छ कि भन्ने आश छ,’ शास्त्रीका विद्यार्थी सुदर्शन अधिकारी, २१, ले भने । संस्कृतमा सबै ज्ञान छ– भौतिक, आधुनिक देखि आध्यात्मिक,’ शास्त्रीकै लक्ष्मीप्रसाद गौत्तम, २०, ले थपे– ‘दाईहरु पनि बनारस पढेर गएकोले म यहाँ आएँ ।’

फोहोरी, होहल्लापूर्ण र अव्यवस्थित सहर बनारस पढ्नका लागि विद्यार्थीको अन्तिम छनोट हुनुपर्ने हो । यहा“का विख्यात गंगा घाट, हराइने गल्लीहरु र जोगिहरुसहितका धार्मिक गतिविधि विश्वभरका पर्यटकका लागि आकर्षण बनिरहेका छन् । तर जति साधु महन्त छन् त्यो भन्दा बढी यहा“ फटाहाहरु भएको संकेत कुनै पनि क्षण पाउन सकिन्छ । विद्यार्थीहरुलाई त्यसको परवाह छैन । उनीहरु ठान्छन्, देख्दा जस्तो देखिएपनि बनारस अपरम्पार छ । ‘बनारसको महिमा वाणीको विषय होइन अनुभव गर्ने कुरा हो,’ सिक्किमका केशव पोखरेलले भने– ‘हामी दिल्ली, मुम्बई किन गएनौं ? शिक्षा का कुनै पनि क्षेत्रमा बनारस अगाडी छ । मान्छे यहाँ पुरै विश्वको अनुभव गर्न आउछ । गंगा घाटतिर हजारौ विदेशी देखिन्छन्, गल्लीमा प्रत्येक मान्छे आफैमा मस्त भेटिन्छन्, कुनै घाटमा दिनभरी मान्छे जलिरहेका हुन्छन् । बर्षामा बनारस झन् खत्तम, गन्धकी देखिन्छ तर बाहिरी सुन्दरताले केही हुदैन ।’

नेपाली लगायत नेपालका थुप्रै भाषाहरुको जननी हो संस्कृत जसको प्रभाव हाम्रो समाजमा, केशवका अनुसार, मान्छे जन्मेदेखि मरेसम्म (‘नामाकरणदेखि अन्त्येष्ठी’) रहन्छ । पूर्वीय ज्ञानको भन्डार यही भाषामा लेखिएको छ जसप्रति हालैका केही दशकहरुमा भौतिकताबाट आजित भएको पश्चिमा समाजको चासो बढीरहेको छ । तर जनताको चेतनास्तर शुन्यमै राखेर आफ्ना बच्चालाई मात्र विदेशी विश्वविद्यालयमा पढाउन रुचाउने क्रान्तिकारी कमरेडहरुले संस्कृतलाई कर्मकान्डस“ग जोड्दै त्यो विरुद्ध आन्दोलन छेडेपछि संस्कृतले नेपालमा चुनौती खेपेको हो । ‘दुःख लाग्छ वास्तवमा,’ सम्पूर्णनन्दमै ‘न्याय दर्शन’मा पीएचडी गरिरहेका विश्वनाथ धिताल, २९, ले भने– ‘प्राय बाहुनले मात्र पढ्ने भएकाले त्यसो भनिएको हुनसक्छ तर संस्कृत कर्मकान्ड मात्र होइन । यो भाषा मात्र नभएर व्यक्तित्व विकाशका सहयोगी पनि हो । यसले (मान्छेलाई) आध्यात्मिकता तर्फ लैजान्छ । हुन त, खान लाउन समश्या हुनेलाई आध्यात्मिकता के काम । पेट भरिएपछि मात्र विचार गर्ने न हो । संस्कृत विचार गर्ने भाषा हो, दृष्टिकोण बनाउने भाषा । तर देशको गरिवी र राजनीतिकरणको मारमा पर्यो यो ।’

आधुनिकताका नाममा सामाजिक परम्परा भत्किइरहेको र पश्चिमाकरण बढीरहेको अहिलेको अवस्थामा संस्कृतलाई ‘पुरातनवादी’ प्रबृत्तीसँग पनि जोडिने गरेको छ जसलाई विद्यार्थीहरु अस्विकार गर्छन् । अहिलेको प्रतिस्पर्धी जमानामा संस्कृत पढ्दा बेरोजगार हुनसकिने अनुमानलाई पनि दरिलो ठान्दैनन् । ‘संस्कृतको राम्रो ज्ञान भएको मान्छे बिनाकाम बसेको रेकर्ड छैन,’ केशवले ठोकुवा गरे । ‘राम्रो पढे पैसा कमाउन जसरी पनि सकिन्छ,’ राजुले भने । आचार्य तहका भास्कर शर्मा, २२, ले चाहि संस्कृतसँगै कम्प्युटर हार्डवेयर मर्मतको काम पनि सिकिरहेका छन् जसले, उनको आशा छ, जीविकोपार्जनमा दोहोरो सहयोग पुर्याउने छ । पक्कै, संस्कृत र कम्प्युटरको संयोजन भास्करले मात्र गराएका होइनन्, लाग्छ, यो संसारभरी फैलिरहेको छ ।

‘संस्कृत’bout स्कुलमै पनि सुनेको हुनसक्छु तर इन्टरनेटमा कम्प्युटर चलाउनका लागि संस्कृत नै सबैभन्दा उत्कृष्ट भाषा हुनसक्ने पढेपछि त्यो जान्ने रहर पलायो,’ उज्जवलले जीटकमा मसँग भने । ‘नेपाली त पढ्न र लेख्न नरुचाउने मेरालागि संस्कृत एउटा कठिन छनोट भएको छ तर यसको सम्पूर्णताले मलाई तान्यो,’ १९ बर्षेले थपे । कम्प्युटर प्रोग्रामिक भाषाको व्याकरण मानिने ‘बाकस–नौर फर्म’ जत्तिकै शक्तिशाली संस्कृत पाणिनी व्याकरण भएको र पछिल्लोमा अघिल्लका जटिलता पनि नभएकोले आफू संस्कृतप्रति आकर्षित भएको उनले बताए । पाणिनी व्याकरणले जटिल गणितीय समश्याहरुलाई पनि सम्बोधन गर्ने क्षमता राखेको कतिपय पश्चिमा गणितिज्ञहरुले उल्लेख गरेका छन् । दुखको कुरा माओले आफ्नो रातो कितावमा त्यो संस्कृतको बैज्ञानिक पक्ष’bout उल्लेख गर्न विर्सिए ।

अहिले कम्प्युटिङ् जगतमा चुनौतीको विषय बनेको छ, ‘स्पिच रिकग्नीसन’ । अङ्ग्रेजी उच्चारणलाई जति प्रयास गर्दा पनि कम्प्युटरले शतप्रतिसत चिन्न सकेको छैन तर देवनागरी लिपीको र कम्प्युटरका लागि सहिजो व्याकरण भएको संस्कृतलाई अग्रेजीभन्दा सजिलै चिन्न सक्ने सम्भावनाले पनि आफूलाई आकर्षित गरेको उज्ज्वलले बताए । विश्वभाषामा विदेशीलाई मात्र पढाईने बताइएपछि उनी नीजि शिक्षक खोज्न थाले जो मिलिछाड्यो । अहिले उनी हरेक शनिवार काठमान्डूमा एकजना शिक्षकले अनौपचारिकरुपमा चलाएको ‘श्वाध्याशाला’मा संस्कृत सिकिरहेका छन् । ‘म अहिले संस्कृतको शुरुवाती तहमै छु,’ उनले भने– ‘तर मलाई लाग्छ यो बर्ष म संस्कृतलाई मेरो दैनिक गफगाफको भाषा बनाउने छु र संस्कृत सिक्ने तरिका र अनुभव मेरो ब्लगमा राख्ने छु ।’

हेर्दा लाग्छ, सबैकुरा ठिकै छ अर्थात ‘अल इल वेल ।’ वा, उज्वलको ट्विट सापटी लिउँ जसले अहिलेको हिट हिन्दी फिल्म ‘थ्रि इडियट्स’को त्यो प्रख्यात वाक्यलाई संस्कृतमा भनेको छ– ‘सर्वमस्ति सुष्ठु ।’

यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्बिरमा क्लिक गरौ‌ ।

अफगानिस्तानमा जो बाँचे

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ
afghanistan helicoptor crash survivor

नयाँदिल्ली- अभिषेक अधिकारी आफूलाई कम्ती भाग्यमानी ठान्दैनन् । अफगानिस्तानमा अघिल्लो साता जल्दै गरेको हेलिकप्टरबाट उम्किएका उनी केही दिन दिल्लीको एपोलो अस्पतालमा बिताएपछि लगभग ठीक भएका छन् । पासपोर्ट हेलिकप्टरसँगै जलेकाले उडेर नेपाल फर्किन दिल्ली विमानस्थलमा केही समस्या होला । तर यो क्षण उनको चित्त सहयात्री साथीको मृत्युले बढी दुखाएको छ ।

अढाई महिनाअघि दुबईका लागि काठमाडौं छाड्दा उडानमा सम्भवतः सबैभन्दा खुसी व्यक्ति थिए विष्णु मल्ल । खासै भरपर्दो जागिर नभएका यी तन्नेरीले लामो समयदेखि कल्पेको डलरमा तलब पाइने काम पाउनै आँटेका थिए । दुबईबाट लगत्तै अफगानिस्तान गइहाल्नुपर्नेमा आबुधावीमा दुई महिना बस्दा उनी केही चिन्तित भएका थिए तर हरेस खाएका थिएनन् । दुबईमा रहँदा भविष्यका योजना’bout अभिषेकसँग खुबै कुरा गरेका विष्णुले अफगानिस्तानसम्मको उडानमा ‘अब काम पाइयो, राम्रोसँग गर्नुपर्छ’ भन्दै सुखद जीवनको कल्पना गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्