Category Archives: ब्लगमान्डू

जिन्दगीलाई जिताउने किताबी कुरा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिएको स्वरुपमा हेर्नेभए यहाँ क्लिक गर्नुस् ।

१६ औं शताब्दीका अंग्रेज लेखक तथा दार्शनिक सर फ्रान्सिस वेकनको ‘अफ स्टडिज’ निबन्धको एउटा वाक्य चाखेर या निलेर मात्र पुग्दैन चपाएर पचाउनुपर्ने खालको छ । ‘कुनै किताब चाख्नका लागि हुन्, अरू निल्नका लागि र थोरै केही चपाएर पचाउनका लागि,’ वेकन लेख्छन्- ‘अर्थात् केही किताब आंशिक मात्र पढे पुग्छ, अरू पढे हुन्छ तर चाखपूर्वक होइन र थोरै केहीचाहिँ पूरै तथा लगाव र ध्यानपूर्वक पढ्नुपर्छ ।’

वेकनको वर्गीकरणको तेस्रो बुँदाको झल्को दिनेगरी शिव खेराले आफ्नो बेस्ट सेलिङ पुस्तक ‘यू क्यान विन’ को सुरुमै ‘यो किताब कसरी पढ्ने’ शीर्षकमा पाठकलाई यस्तो सल्लाह दिएका छन्- ‘सरर पल्टाउँदै पढेर या एकै बसाइमा पूरै किताब निलेर यो किताबका अवधारणा बुझ्न सकिँदैन । यसलाई बिस्तारै र होसियारीपूर्वक पढिनुपर्छ, एकपटकमा एउटा पाठ । …यसलाई कार्य पुस्तकका रूपमा प्रयोग गर्नुस् । मार्जिनमा नोट लेख्नुस् । पढ्दै जाँदा हाइलाइटर प्रयोग गर्दै महत्त्वपूर्ण र विशेषगरी आफूलाई उपयोगी हुने शब्दहरू वा वाक्यहरू वा अनुच्छेदहरू चिन्ह लगाउनुस् । पढ्दै जाँदा प्रत्येक पाठकको अवधारणा आफ्नो पति/पत्नी वा पार्टनर वा नजिकको साथीसँग छलफल गर्नुस् ।’ Continue reading

Advertisements

मिलाउॅ हाम्रा हातहरू

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नन
यो लेख आज शनिवारको कान्तिपुर दैनिकमा प्रकाशित छ । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।

काठमाडौं- लिफ्टबाट निस्केर म तीव्रगतिमा अगाडि हुत्तिइरहेको थिएँ एकजना सहकर्मीले मुसुक्क मुस्काउँदै दाहिने हात अगाडि फैलाए । देब्रे हात गोजीमा थियो, दाहिनेमा मोबाइल तर उनीसँग हात नमिलाई, हेन्डसेक या गुड नगरी अघि बढ्नु उनलाई इन्कार गर्नचाहेको जस्तो हुने पक्का थियो । त्यसैले म झ्याप्प रोकीएँ, भुईंको मार्बलमा खुट्टा झन्डै चिप्लिनेगरी, देब्रे हात निकालें, त्यसमा फोन थमाएँ र समय धेरै नभएकाले एउटा कृत्रिम हासो तत्कालै निकालेर उनको हात समाएँ ।

Koirala and Prachanda शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्ड हात मिलाउँदै । राम्रो हात मिलाइ उभिएर, एकअर्कालाई आँखैमा हेरेर, हल्का मुस्काएर गरिन्छ । तर सबै हात मिलाइ त्यति राम्रा र आशाबर्द्धक हुँदैनन्। तस्वीर : गोपाल चित्रकार/कान्तिपुर

शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्ड हात मिलाउँदै । राम्रो हात मिलाइ उभिएर, एकअर्कालाई आँखैमा हेरेर, हल्का मुस्काएर गरिन्छ । तर सबै हात मिलाइ त्यति राम्रा र आशाबर्द्धक हुँदैनन्। तस्वीर : गोपाल चित्रकार/कान्तिपुर

‘हेल्लो’ मैले भनें । ‘हेल्लो’ उनले पनि भने । चाहेको होइन, तर उनका हात महसुस नगरी रहनै सकिन । तातो । अलि कस्तो-कस्तो । हल्का खस्रोजस्तो । मेरोभन्दा केही ठूलो र मोटो । उनलाई मेरो हात चिसो लाग्यो होला, किनकि म भर्खरै किबोर्डमा टाइप गरेर झरेको थिएँ । सायद हामीले त्यो कर्मका लागि तीन सेकेन्डजति बितायौं होला, तर हुनेजति भइसकेको थियो, लिफ्ट माथि गइसकेको थियो, उनले बेकारमा त्यहा उभिनुपर्ने भयो । कतै हानिएको मेरो गतिमा अवरोध आयो । लाग्यो- किन उनलाई हात फैलाउनुपरेको होला – आँखैमा हेरेर हासेकै थियौं, हेल्लो भनेकै थियौं र त्यतिले हामीबीच एकखाले ‘व्यावसायिक अभिवादन’ भएकै थियो । के गर्नु संसार त्यस्तो ठान्दैन- नमस्तेलाई गुडबाई, हात मिलाई र्सवाधिक चल्तीको नेपाली अभिवादन भइरहेको छ ।

Continue reading

सवारीमा सहरका कुरा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलोपटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ

काठमाडौं- ‘यस्तै हो पत्रकारको काम ?’ केही बेरअघिसम्म मेरा प्रश्नको जबाफ दिइरहेकी अधबैंसे महिला हल्का झर्किन्- ‘चिन्नु न जान्नुका मान्छेसँग कुरा गर्दै हिँड्ने ?’

पाठ्यपुस्तकमा पत्रकारिताको ठ्याक्कै त्यस्तो परिभाषा दिइँदैन तर चिनेकै मान्छे पर्खिइँदो हो त यो लेख तयार हुने थिएन । ‘त्यति मात्रै पक्कै होइन,’ बालाजु-रत्नपार्क माइक्रोमा हिँडेकी नेपाल टेलिकम त्रिपुरेश्वर (टेलेक्स) की कर्मचारीलाई मैले भनें- ‘तर आज मेरो कामै त्यही भएको छ ।’ मुख्य सहरलाई घेर्ने २७ किलोमिटरको चक्रपथमा डेढ फन्को लगाएर थुप्रै ‘चिन्नु न जान्नुका मान्छे’ को कथा सुनेपछि म फर्किंदो थिएँ ।

निश्चयै, यो कुनै पहाडी जिल्लाको सानो गाउँ होइन जहाँ एउटा बासिन्दालाई टोलका सबैको नाम, नातागोता थाहा होस् । थुप्रै विकासोन्मुख मुलुकहरू (विशेष गरी चीन र भारत) मा जस्तै नेपालमा पनि गाउँबाट सहर ओइरिनेहरूको संख्या बढ्दो छ जसले गर्दा काठमाडौंमा आपसमा अपरिचितहरू दिनहुँ बढिरहेका छन् । अबका ४३ वर्षा एउटा भारतीय सहरमा प्रतिमिनेट ३१ गाउँले आउने प्रक्षेपण अन्तर्राष्ट्रिय ब्यांक ‘गोल्डम्यान साच्स’ ले गरेको छ । त्यस्तो आगमनकै कारण यो वर्षपहिलोपटक पृथ्वीको सहरी जनसंख्या गाउँमा बस्नेको भन्दा बढी भएको छ । Continue reading

जमेको जोडी: सुसन गोल्डमार्क र काई बर्ड

दिनेश वाग्ले
यो लेख आइतबारको कान्तिपुरमा प्रकाशित भएको हो ।

काठमाडौं- ‘ती उहाँका पवित्र दार्‍ही,’ सुसन गोल्डमार्कले भनिन् ।

मख्ख उनका पति काई बर्डले सेताम्मे गाला सुमसुम्याए । ‘दसैंताका छोरासँग मुक्तिनाथ ट्रेकिङ गा’थेँ, त्यसयता काट्या छैन,’ उनले भने- ‘मिस्टर (बिग) बीको जस्तो बनाउने ।’

अमिताभ बच्चनको जस्तै ‘गोटी’ (फ्रेन्च कट) पाल्न इच्छुक काईले सुसनलाई हेरे- ‘तर उनलाई मन पर्दैन ।

”हैन, मन पर्छ,’ सुसनले भनिन्- ‘काई दार्‍ही पाल्दा’नि राम्रो, नपाल्दा’नि राम्रो ।’

‘कूटनीतिक भइन्,’ काईले भने- ‘खासमा उनलाई मैले दार्‍ही पालेको मन पर्दैन ।’

दार्‍हीमा फरक मत हुन सक्छन् तर योचाहिँ तथ्य हो- ३५ वर्षघि भेटेयता उनीहरूले एक-अर्कालाई मन पराइरहेका छन् र २७ वर्षे वैवाहिक सम्बन्धमा छन् । सम्बन्ध धेरैको भन्दा अलि फरक छ जसबारे यदाकदा लोकप्रिय अमेरिकी मिडियाहरू (सीबीएस टीभीदेखि वासिंटन पोस्टसम्ममा) चर्चा गरिएको छ । पत्नी लाखौं कमाउँदै देश/विदेशका अफिसमा दिनभर व्यस्त हुन्छिन्, पति घरमा छोरो हुर्काउँदै किताब लेखेर पुलित्जर पुरस्कार जित्छन् । कामकाजी आमा र बच्चा हुर्काउने बाका उदाहरण हुन् सुसन गोल्डमार्क र काई बर्ड जो करिब ३४ वर्षछि फेरि नेपाल आएका छन् । सुसन विश्व ब्याङ्क -नेपाल की प्रमुख हुन् र हालैको एक मध्याह्न कान्तिपुरसँग संयुक्त अन्तर्वार्ताका लागि काई याक एन्ड यती होटलस्थित पत्नीको कार्यालयमा आएका छन् । Continue reading

सडकका सुपरस्टार

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख शुक्रवारको कान्तिपुरमा प्रकाशित भएको हो ।

भक्तपुर- न्यातपोल परिसरमा विहिवार मध्याह्न सकिँदै गर्दा दुई सुन्दरी धूले पेटीमा बसेर खासखुस गरिरहेका थिए । सामु एउटी विदेशी ट्राइपोडमा अड्याइएको क्यामेराले वरिपरिका आकर्षक मन्दिर वास्तै नगरी ती युवतीहरूलाई खिचिरहेकी थिइन् । यो समाचारका पात्र यिनै दुई हुन् जो अब छलफल गरिने सडकनाटकका पनि मुख्य पात्र हुन् ।

अहिलेलाई पत्रिकाको पन्नामै भेट्नुस् हँसिला/मिजासिला सुषमा कोइराला र (रातो सलवाली) सुलोचना गोपालीलाई जो विश्वविद्यालयका नृत्य र अभिनयका कक्षामा सहपाठी हुन् भने व्यक्तिगत जीवनमा ‘बेस्ट फ्रेन्ड’ । एकैछिनमा उनीहरू गाजल पुछी अगाडिको खाली भागमा उत्रिएर अभिनयमा डुब्नेछन् । २५ वर्ष पुरानो रंगकर्मी संस्था सर्वनामको पछिल्लो प्रस्तुति ‘नयाँ अध्याय’ यहाँ सुरु हुँदैछ । क्याफे न्यातपोलको पेटीमा साँझका व्यापारीहरूले सेतो बोरा ओछ्याएर लसुन, मुला र हरिया खुर्सानी फैलाउँदै गर्दा केही मिटर परको ‘मञ्च’ मा एक युवकले झ्याम्टा बजाउँदै दर्शक बोलाउँदै छन् । Continue reading

पुस्तक मेलाका पार्टी तन्नेरी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख मंगलवारको कान्तिपुर मा प्रकाशित भएको हो ।

काठमाडौं- ‘मैले धेरै ठाउँमा विश्राम खोजें तर एकान्त कुनामा बसेर पुस्तक पढ्नुबाहेक अन्त कहीँ भएन ।’

थमस एकेम्पिसको त्यो भनाइसँग अभिषेक लिम्बू ठ्याक्कै सहमत नहुन सक्छन् । हुन पनि सक्छन् जो यो लेखको मध्यसम्म थाहा हुनेछ तर उनी पक्का छन् राजधानीका ‘लेट नाइट’ डान्स पार्टीमा चाहिँ त्यो पाइँदैन । त्यसैले लामो कपाल पालेका, तन्दुरुस्त शरीर भएका यी लक्का जवान सोमबार व्यस्त दैनिकीबाट समय निकालेर जमलको पुस्तक प्रदर्शनीमा पुगेका थिए । हिपहप संस्कृतिसँग मिल्दोजुल्दो पोसाकमा सजिएका तन्नेरी एकेम्पिसको त्यो भनाइ कोरिएको भित्तामुनि दाइने हातले केही पुस्तक चलाइरहेका थिए- देब्रेमा बाइकको हेलमेट थियो ।
‘किताब हेर्न आएको नि,’ साइपाल एकेडेमीबाट ए लेभल सिध्याएका युवाले भने- ‘समटाइम लाइफमा फिलोसोफिकल हुनुपर्छ ।’ अर्थात्, जीवनमा यदाकदा दर्शनपूर्ण हुनुपर्छ भन्ने उनको मान्यता छ । त्यो भावना जाग्रत हुनुमा कलेजका सिनियर विद्यार्थीहरूको योगदान छ । Continue reading

हेलम्बुमुन्तिरकी माया

दिनेश वाग्ले/सुरज कुँवर
यो लेख पहिलोपटक आज शुक्रबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।

Maya Lama, a girl from Keyul village below Helambu

किउल (सिन्धुपाल्चोक)– हालैको घमाइलो दिन मेलम्ची आयोजनाले बनाइदिएको धुले सडकमा हेलम्बुलाई लक्ष्य गर्दै टिम्बुतिर हान्निएका दुई तन्नेरी संवाददातासामु एक हूल युवती देखापरेका थिए । झ्याप्प दाह्री पालेका एक र सिनित्तै काटेका अर्का पत्रकारले तत्कालै झिलिमिली पोसाकमा सजिएका र दसैंको माहोलमा रमेका ती युवतीको मन चोर्न चाहेका थिए । ‘कतातिर दौडिएका हो बहिनीहरू ?’ लटरम्म फलेका स्याउ र त्यस्तै गाला भएका सोल्टिनीहरूको कल्पना गर्दै उकालिएका संवाददाताले बाटैमा अन्तर्वार्ता गर्न थालेका थिए- ‘बिस्तारै हिँडौं न, हामी पनि उतै जाने हो ।’

‘सांस्कृतिक कार्यक्रममा,’ एउटीले नरोकिईकन जबाफ दिइन्- ‘सुरु भइसक्यो ।’

‘त्यसो भए हामी पनि त्यतै जाने,’ मूल गन्तव्य बिर्सिएका संवाददाताले भने- ‘बहिनीहरू कुन (उच्च माध्यमिक) स्कुलमा पढ्ने ?’

‘हामी घाँस काट्ने केटी हौं हो दाइ,’ अर्कीले भनिन्- ‘स्कुल पढ्दैनौं ।’

‘कति राम्रा घाँस काट्ने केटी हौ यो गाउँमा !’ संवदादाताले त्यति भन्दा केटीहरूबाट एकैपटक हाँसोको फोहोरा छुट्यो जसको प्रतिध्वनि मेलम्ची खोलापारिको पहराबाट आयो । रंगीचंगी कुर्ता-सुरुवाल लगाएका र सलले ज्यान बाँधेका केटीहरूको त्यो समूहमा एउटीले सेतो टिसर्ट र नीलो जिन्स लगाएकी थिइन् । हातमा फ्रेन्डसिप ब्यान्ड बाँधेकी थिइन्, कपाल रंगाएकी थिइन् र अलि ठूलो ज्यान भएकीले होला, सबैभन्दा पछि लम्किइरहेकी थिइन् । उनी हुन् सरस्वती लामा जसलाई घरमा माया गरेर ‘माया’ भनी बोलाइन्छ । उमेर २१, शिक्षा एसएलसी जो दुई पटकको लगनशील प्रयासमा पनि पूरा हुन सकेन । बिहे भएको छैन तर अरूका बच्चा खेलाएको अनुभव छ, पैसा उतिसारो कमाउने उनी होइनन् तर अन्तर्राष्ट्रिय उडान गरेकी छन् । अहिले उनी दौडिइरहेको स्थान समेट्ने गाविस किउलमा (नजिकैको) लामाटोलकी यी बासिन्दाका आँखामा आफूले गरेको संघर्ष देख्न सकिन्छ । Continue reading

यातनाको कालभैरव

दिनेश वाग्ले

काठमाडौं- भारतीय सूचना प्रविधि सेन्टरमा काम गर्ने युवतीहरूको रोचक जीवनी, जुँगे बंगालीहरूको हँसाउने विवरण तथा प्रेम, सहिष्णुता र मस्तीको शिक्षा दिने सुफी सन्तहरूको मस्त कलन्दर कथाले दक्षिण एसियाली वृत्तचित्र महोत्सवअन्तर्गत शनिबार दर्शकहरूलाई भावनाका उकाली-आरोली हिँडाए । तर एउटा नेपाली वृत्तचित्रले कुमारी हलबाहिर चियापसलसम्म परस्पर विरोधी तर्कयुक्त चर्चा बटुल्यो ।

वृत्तचित्र ‘क्षमा देऊ ! तर नबिर्स !’ मा तत्कालीन शाही नेपाली सेनाले थुनेर अमानवीय यातना दिएका एक पत्रकारले घटनाको बेलिविस्तार लाउँछन् । एक माओवादीसँग अन्तर्वार्ता गरेपछि मोटरसाइकलमा राखेर हिँडिरहेका ‘समदृष्टि’ साप्ताहिकका भाइकाजी घिमिरेलाई सेनाले छापामार शैलीमा पक्रिई १५ महिनासम्म भैरवनाथ गुल्म र शिवपुरी ब्यारेकका कालकोठरीमा थुनेको थियो । निर्दयी र दिमाग पूरै धोइएका जस्ता लाग्ने सैनिकले उनी र ब्यारेकमा थुनिएका अन्यलाई चरम यातना दिएका थिए । सत्य कथाको विषयवस्तु (हिरासतमा यातना) कम्ती महत्त्वपूर्ण र हृदयविदारक छैन तर प्रयोगवादी दाबी गरिएको वृत्तचित्र आफैमा चाहिँ धेरैलाई उति आकर्षक नलाग्न सक्छ । कथा कालोपट्टी लगाएका भाइकाजीको दृष्टिकोणबाट भनिएको छ र सहयोगी दृश्यहरू खोज्न वृत्तचित्रनिर्माता प्रणय लिम्बूले गर्नुसम्मको अल्छी गरेका छन् । केही दर्शकले त्यसबारे हलमै र बाहिर चियापसलसम्ममा कुरा उठाए भने बाँकीले भन्नैपर्ने यातनाको कथा भनेकामा निर्माता लिम्बूको सराहना गरे । Continue reading

डकुमेन्ट्री हिम्मत र वृत्तचित्र फेसन

दिनेश वाग्ले
(यो लेख पहिलो पल्ट शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।)

ट्राफिक व्यवस्था खलबल्याउनेगरी माओवादीले बिहीबार काठमाडौंको केन्द्रमा गरेको र्‍याली छल्दै दक्षिण एसियाली वृत्तचित्र महोत्सव हेर्न कुमारी हल पुग्दा पर्दाका दृश्यले तिनै बाहिरी खैलाबैला सम्झाउलान् भन्ने मैले सोचेको थिइन । भक्तपुरकी कुमारीको जीवनीमा आधारित ‘लिभिङ गडेस’ फिल्मले सडकमा गणतन्त्रको माग घन्किँदै जाँदा राजालाई शक्ति दिने भनिएकी जीवित देवीप्रति नेपाली समाजमा घटिरहेको विश्वासलाई चित्रण गरेको छ । कतिपय भक्तजनले सम्मानका साथ पूजा गर्ने फुच्ची सजनी शाक्यको जिन्दगीका विरल दृश्यहरू फिल्मका सबैभन्दा प्रभावी पक्ष भए पनि बेलायती इजावेल ह्विटकरले फिल्मको विषयवस्तुका लागिभन्दा विदेशीलाई मनमा राखेर वृत्तचित्र बनाएजस्तो लाग्छ ।
महोत्सवमा आइतबार प्रदर्शन गरिने फिल्मको समीक्षा गर्नेभन्दा अहिले मलाई नेपाली (सहरी) समाजमा लोकप्रिय भइरहेको वृत्तचित्र संस्कृति र फिल्म हेर्ने किताब पढ्ने सम्बन्धबारे कुरा गर्न मन छ । ‘फिल्म साउथ एसिया’लाई धन्यवाद दिनुपर्छ, यसले सहरी नेपाली समाज (कम्तीमा काठमाडौंमा) वृत्तचित्र हेर्न बानी बसालिदिएको छ, वृत्तचित्र हेन फेसनेबल भएको छ । काठमाडौंमा वर्षा अनेकौं खाले वृत्तचित्र महोत्सव हुन्छन्, जहाँ अनेकौं थिममा केन्द्रित गैरआख्यान फिल्महरू देखाइन्छन् । तीमध्ये दुइ-दुइ वर्षमा हुने यो र ‘काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल’ले बढी विषयवस्तु समेट्ने धेरै वृत्तचित्र प्रस्तुत गर्ने भएकाले बढी दर्शक आकषिर्त गर्छन् । यी महोत्सवको रमाइलो पक्षचाहिँ सुपरमार्केटसँग तुलना गर्न सकिन्छ- एउटै छानामुनि धेरैथोक । जस्तै- बिहीबार मैले कुमारीको भित्री कथाबाहेक लन्डनमा हुर्केका दुइ व्रिद्रोही बंगाली दिदी-बहिनीको बिहा व्यथासम्म हेरेँ । शुक्रबार एउटी बलात्कृत पाकिस्तानी महिला विश्वभरि संघर्षकी प्रतीक बनेको प्रेरणादायी कथा आँखा झिमिक्कै नगरी हेरेँ । दोलखाको एउटा विकट गाउँका थामी जातिले जिउनका लागि अक्करे पहरामा पुगेर घर छाउने ढुङ्गा निकालेको संघर्षपुर्ण कथाले ‘आम्मै हामी अझै अठारौं शताब्दीको दुःखदायी अवस्थामा छौं है’ भन्न बाध्य तुल्यायो ।
महोत्सवको माहोल कस्तो हुन्छ भने सिट नपाए भुइँमै बसेर हेर्न कत्ति असजिलो र नरमाइलो लाग्दैन । सिनेमा सकिएपछि दर्शकले महोत्सवमा उपस्थित फिल्म निर्माताहरूसँग प्रश्नोत्तर गर्न पाउनु अर्को रमाइलो हो । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ यस्ता महोत्सवमा सामेल वृत्तचित्रले हाम्रै या विदेशी समाजमा भइरहेका तर मूलधारको मिडियामा हत्तपत्त ठाउँ नपाएका, पाए पनि हाम्रो ध्यान नपुगेका विषयलाई खितित्त हँसाउने र तप्प आँसु झार्नेगरी भन्छन् । Continue reading

आलम्पुका थामीको जिन्दगानी

दिनेश वाग्ले

काठमाडौं- कुमारी हलको एउटा कुनामा शुक्रबार काखेबच्चासहितको अनपेक्षित जोडी देखेपछि संवाददाताहरूले टिप्पणी गरेका थिए- हैन, यी कुनाका मान्छे हुन् कि क्या हो ? दक्षिण एसियाली वृत्तचित्र महोत्सवअर्न्तर्गत रसुवाको विकट गाउँमा पुल निर्माणबारे केसाङ छेतेनको चलचित्र ‘हामी कुनाका मान्छे’ हेने सुरमा रहेका पत्रकारले तत्कालै थाहा पाए- ती कुनाकै रहेछन् तर अर्कै कुनाका । दोलखाको दुर्गम गाउँ आलम्पु-५ का वेदबहादुर थामी र उनकी पत्नी जालमाया महोत्सवमै देखाइने अर्को चलचित्र ‘अ लाइफ विथ स्लेट’ का मुख्य पात्र रहेछन् जसका लागि राजधानीमा यो दोस्रो र कुमारीमा पहिलो भ्रमण थियो ।

‘खानीमा जाने, ढुंगा निकाल्ने, बोकेर तल गाउँमा लगेर बेच्ने/घर छाउने, पैसा लिने र त्यसैले अन्नपात किनेर ल्याउने,’ गाउँमा के गर्नुहुन्छ भनी सोध्दा वेदबहादुरले नरोकिई त्यति भने । उनको त्यही भनाइले तन्नेरी वातावरण-इन्जिनियर दीपेश खरेलले बनाएको वृत्तचित्रको संक्षेपीकृत गर्छ । दोलखाबाट चार घन्टाको गाडी यात्रा र एक दिन पैदलमा पुगिने आलम्पुका थामीहरूले गुजाराका लागि गाग्रोफुटे डाँडाको अक्करे पहरामा निर्दयी चट्टान फोर्दै चिटिक्कका घर छाउने ढुङ्गा निकाल्नु पर्छ । त्यसपछि तिनलाई आफ्नै ढाडमा राखेर दिनभरी हिँड्दै अर्को गाउँमा पुर्‍याएर बेच्नु पर्छ । जिन्दगी कठिन छ तर त्यसले मिहिनेती थामीहरूलाई यदाकदा भैंसी ढालेर पकाइएको मासु र छ्याङमा झुम्मिँदै गाउन र नाच्न निरुत्साहित पारेको छैन । Continue reading