Category Archives: वाग्ले जर्नल

शहरिया: बानी हाम्रो नराम्रो

traffic awareness harding board tinkune

सडक स्तरीय छ, तर हाम्रो बानी ? तस्बिर- कान्तिपुर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सुनामी र भुकम्पले गराएको क्षती र आणविक सन्त्रासलाई टाढाबाट हेरेका हामी मध्ये कतिले ट्वीट्टरमा #prayforjapan भन्दै जापनका लागि प्रार्थना गरेका हुनुपर्छ । ठिकै छ, सबै ‘जनता’ले नगरेपनि हाम्रो कुरा बुझ्ने (कस्तो खोकी लाग्यो) सरकारले जापानलाई सुख्खा विस्कुट र कम्बल सहयोगार्थ पठाएको छ । त्यस’boutको समाचार जापानकै क्योडो न्यूजले पनि लेखेपछि भ्वाइस अफ अमेरिकाका पत्रकार स्टिभ हर्म्यानले यस्तो ट्वीटे– ४ सय ५० डलर बाषिर्क प्रतिव्यक्ति आम्दानी भएको नेपालले ३० हजार डलर वाषिर्क प्रतिव्यक्ति आम्दानी भएको जापानलाई विस्कुट सहयोग पठाउदै छ रे ।’

दुइवटा प्रतिक्रिया मनमा आए । ओहो, हामीले जापानलाई सहयोग पठाउदै छौ ! पहिलो प्रतिक्रियालाई बगाउने सुनामी चाहि मनमा त्यो ट्वीटमा भएका अंङकहरुबीचको खाडलले ल्यायो । हामी कति गरिव छौ है ? त्यति धनी देशले हाम्रो सहयोग लिइदिएर कतै हामीलाई आत्मसन्तुष्टिको कारण दिएको छैन ? यस्तै प्रश्न मनमा उठ्छन् जव म तीनकुने-सूर्यविनायक खन्डको तीनकुने-जडिबुटी सडकमा दिनको दुईपटक हिड्छु । अनि मनमनै जापानलाई धन्यवाद दिन्छु- यति राम्रो सडक बनाइदिएकोमा ।

तर फेरी हाम्रो गरिवी जसले हामीलाई ती सुन्दर संरचना राम्ररी प्रयोग गर्नबाट रोक्छ । आर्थिक मात्र होइन, मानसिक पनि । चेतनाको अभाव । सडक कहाबाट तर्नुपर्छ ? कुन बत्ति बल्दा कार रोक्नुपर्छ ? के ती कुरा हामीलाई, जतिसुकै गरिव भएपनि, थाहा छैन ? तर हामी नियमअनुसार गर्छौ ? गत शुक्रबार सकिनेगरी जापानीहरुले नै तीनकुने-कोटेश्वर-जडिबुटीमा स्थापना गरेका ट्राफिक बत्तिहरुलाई गाडीहरुको भेलसँग सहजै समायोजन गर्न साताव्यापी चेतना अभियान चलाए । सूचना टासे (तस्बिरमा) । नेपाली स्वयंसेवकहरुले रातो बल्दा पनि दौडिने हामीलाई रोके र हरियो बलेपछि मात्र बाटो तर्न सिकाए । रातो बल्दा आफूलाई राजा ठान्दै गाडी बढाउने हामीहरुलाई स्वयंसेवकले बीचैमा रोकेर लाजमर्दो पारे । लाजमर्दो ? हामीलाई लाज हुन्छ र?

‘पख्नुस, पख्नुस,’ रातो बत्ति बलिरहेको बेला सडक तर्न खोज्ने एकजना अधर्य पुरुषलाई पाखुरामा अठ्याउदै स्वयंसेवकले भने- ‘तपाईलाई मात्र हतार छ ?’

त्यतिन्जेलमै अर्की महिला सडकमो बीचमा पुगिसकेकी थिइन् जुसलाई गुडिरहेको मीनिबसले हान्ला जस्तो भइरहेको थियो ।

गाडीहरुका लागि रातो बत्ति बलेसँगै पैदलयात्रुका लागि हरियो बल्यो । तर लगनखेलतिरबाट आइरहेको बा १ ख ७१३५ को मिनिबसका चालकलाई पर्खिने धैर्यता भएन । स्वयंसेवक दौडिएर बसैअगाडी उभिनुपर्‍यो- ‘लु, मैमाथि भएर जाउ’ भन्ने फिल्मी शैलीमा । रातो बत्ति बलिरहेको छ, गाडीले रोकिनुपर्छ- तर बा ८ च ६०१५ को कारका चालकले चाहि आफूलाई शायद नियम मान्नु नपर्ने छोटे राजा ठाने । उनी जवर्रजस्ती जान खोजिरहेपछि ट्राफिक प्रहरीले सिठ्ठी बजाएर रोक्नुपर्‍यो र उनको सिसामा लगाएको स्टिकर -जो नियम विपरित थियो) उप्काइदिनु पर्‍यो । ‘रातो बलेपछि गाडी राक्नुपर्छ, थाहा छैन ?’ ट्राफिकले उनलाई हपारे । लाचार उनी रातो अनुहार बनाउदै ‘थाहै भएन’ भन्न थाले ।

हो, विश्वका शहरहरुको तुलनामा काठमान्डू एउटा ठूलो गाउँ जस्तै छ- झन्डै स्लम या झुपडपट्टी जस्तो । तर शहरलाई ‘सुन्दर देशको राजधानी’ पगरी गुताएपछि हामी ‘शहरिया’को त्यति पनि कर्तव्य हुदैन कि हामी विस्कुट खाएपछि खोल फ्यात्त सडकमा नफालौं ? या, अरुका कानै फुट्ने गरी चिच्याइचिच्याई मोवाईलमा कुरा नगरौं ?

‘सबैभन्दा ठूलो समश्या त्यही छ,’ शहरी योजना’bout जानकार इन्स्टिच्युट अफ इन्जिनियरिङ्, पुल्चोककी सहायक प्राध्यापक संगीता सिंहले भनिन्- ‘बानीव्यहोरा छैन मान्छेहरुमा ।’ थाहा भएर पनि मानिसहरुले नियम नपछ्याउने गरेको उनले बताइन् । ‘सजायको व्यवस्था नभएर त्यस्तो भएको,’ संगीताले भनिन्- ‘सिंगापुरमा सजायको व्यवस्था भएकाले मान्छे सडकमा फोहोर फाल्न डराउछन् ।’

शायद संगीताको त्यो सुत्र प्रभावी हुनसक्छ हामीलाई नियममा बाध्न । नभए जापान या अन्य मुलुकले जे जस्ता पूर्वाधार बनाइदिएपनि तिनलाई हामी बादरले झै विगार्छौ -ट्रलि, साझा बस आदि) । तीनकुने-सुर्यविनायक खन्डमा ढिलो/छिटो गुड्नेलाई त्यहीअनुसारको लेनको व्यवस्था गरियो तर त्यसलाई नबुझी दौडिदा मानिसहरु दुर्घटनामा परे । माल छ, तर त्यो उपयोग गर्ने ‘चाल’ छैन । स्कुलमा पढाएर पनि नहुने रहेछ यस्तो कुरा । कोटेश्वरमा ट्राफिक व्यवस्थापन गरिरहेका स्वयंसेवकले भने- ‘स्कुले बच्चा सबैभन्दा बढी नियम मिच्ने ।’ के भएको शहरमा ?

हामीले कोरियामा किनेर पठाएको सुख्खा विस्कुट टोक्दै गर्दा जापानीले भन्लान्- धन्यवाद नेपाल ! तर हामीलाई सबैभन्दा खुशी त्यति बेला हुने छ जव नेपालीहरु हामीले बनाइदिएको सडकमा नियमपूवर्क हिड्न जान्दछन् ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

Advertisements

हलो अड्काएर गोरु कुट्ने

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

कृषिप्रधान मुलुकमा खेतबारीका कुरा राजनीतिक दाउपेचमा प्रशंगवश प्रयोग हुनु के नौलो भयो? त्यसैले केही वर्षअघि एकजना नेताले आफ्नो पार्टीलाई अप्ठेरोमा पारेर पेल्न खोजिएको अवस्था चित्रण गर्न ‘हलो अड्काएर गोरु कुट्ने’ उखान प्रयोग गर्दा सायद कमै मानिसको ध्यान राजनीतिबाट हटेर गोरुमा पुगेको थियो। सोच्दा महसुस गर्न सकिन्छ, जोत्दा थाकेको त्यो गोरु जसले तानेको हलो कुनै एउटा दरिलो ढुंगोमा अड्केको छ र त्यो थाहा नपाएको विचरो हली– जो आफैंमा कम थाकेको छैन र त्यसैले खुबै रिसाएको पनि छ– लगातार गोरु चुटिरहेको छ। त्यो एउटा विडम्बनात्मक अवस्था हो, किनकि हलो अड्केको कुरा हलीले थाहा पाएको छैन, तर जानी–जानी हलो अड्काएर गोरु कुट्ने हलीलाई के भन्ने?

अनि सडक किनारमा सुतिरहेको फुच्चे बाछोको घाँटीमै किल्चेर त्यसलाई रगताम्य अवस्थामा छाडेर भाग्ने ट्याक्सी चालकलाई? तपाईंले आफ्नो छोरालाई म्याग्निफाइङ ग्लास प्रयोग गर्दै कमिला जलाइरहेको देख्नुभयो भने के त्यसले तपाईंलाई उसले फलामे डन्डीले मुसालाई तड्पाइरहेको घटना देख्दाभन्दा कम चिन्तित तुल्याउला? सर्पलाई त्यसैगरी यातना दिएको देख्दा? या उसकी दिदीलाई? पढ्नेक्रम जारी राख्नुहोस्

बाई बाई बिल गेट्स

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

नेपाल र अमेरिकामा गत सप्ताहन्त अवकाशका दुइवटा प्रख्यात घोषणा भए । काठमाडौंमा बिहीबार संविधानसभाको खचाखच बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामाको घोषणा गरेर हलुका महसुस गरे भने एक दिनपछि रेडमन्ड, वासिङटनमा विश्वको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले अफिसको दैनिक कामकाजबाट विदा लिएको घोषणा गरे ।
लामो राजनीतिक करिअर भएका ८५ वर्षो नेपाली नेता र विश्वचकित तुल्याउने व्यापारिक सफलता हासिल गरेका ५२ वर्षो अमेरिकी ढनाढ्य दुवै अब आ-आफ्नो क्षेत्रमा लगभग ‘सेरेमोनियल’ भूमिकामा हुनेछन् । कोइराला नेपालको पहिलो राष्ट्रपति हुने सम्भावना टरिसकेको छैन । उता गेट्स घोषित रूपमै कम्पनीको ‘सेरेमोनियल’ अध्यक्ष रहिरहनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

छातामुनी पिसकोर

दुबै जना मज्जाले भिजेको चाल पाएर उसले हतारमै आफूलाई सम्हाल्दै छाता ओडाएकी थिइ मलाई । ‘म तिम्रालागि एउटा गीत गाउछु,’ उसले भनि- ‘छाताकै ’bout हो । अम्ब्रेला । रिहानालाई तिमीले चिनेका छौं, बार्बाडोसकी त्यो काली कति सुन्दर छे । त्यसको गीत हो ।’

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

under umbrella painting
चित्र स्रोत

पातला तर ठूला थोप्ला सहितको पानी क्या अपर्झ पर्यो भने बानेश्वर पुग्नै पाइएन । जेरी स्वारी खाइहालौन भन्दै तीनकुनेबाट दौडिएको, मीनभवनको त्यो बस विसौनीमा ओत लाग्नैपर्ने भो । छाता प्रायः मेरो व्याकप्याकमै हुन्थ्यो तर आज व्याकप्याकै छैन । क्यामेरा मैले जिन्सको पेटीघरमा झुन्डाएको छु, डायरी व्याकपकेटमा । विसौनीमा म जस्तै छाताविहीनहरु अरुपनि छन् जसमध्ये केही बाईक अगाडी राखेर, हेलमेट हातमा झुन्डाएर ‘कहिले पानी रोकिएला’ भनि पर्खिइरहेका छन् ।

‘बोक्ने चलन छैन,’ हिरो होन्डा सीडी वान हन्ड्रेडका अधबैसे बाईकरले छाता’boutको मेरो प्रश्नमा भने- ‘किन बोक्नु ?’ हुन त बाईक चलाउनेले छाता किन बोकिरहनु, रेनकोट चाहिने हो । तर उनका कुरा सुन्दा लाग्थ्यो, छाता आवश्यक कुरा होइन, झन्झट हो । पढ्नेक्रम जारी राख्नुहोस्

गुगल, गाई र रिक्सा

google cow and rickshaw

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो

झनक्क रिस उठ्छ, यो सहरको ताल देखेर । काठमान्डूका राम्रा कुरा गर्ने मनै छैन अहिले ।

‘ह्वाट्स अप ड्युड ?’ गुगल टकमा कसैले क्यालिफोर्नियाबाट सन्देश पठाइरहेको छ । स्क्रिनको दायाँपट्टी कुनामा निकैबेर बेसारे रङमा त्यसले पिलिकपिलिक गरेपछि मैले त्यसमा क्लिक गरेको थिएँ । मेरो नामसँगैको सांकेतिक थोप्लो ‘हरियो’ छ, अर्थात म च्याटका लागि उपलब्ध छु । मैले त्यसको रिप्लाई नगर्ने हो भने त्यो थोप्लाको रङ रातोमा बदल्नुपर्छ । तर म व्यस्त भए पो । व्यस्तै छु भने पनि त्यो इन्स्ट्यान्ट मेसेन्जरमै सीमित छ- थोप्लो मुनि ‘स्ट्याटस’ वर्णनरू लगातार बदलिइरहेका छन् । पछिल्लोले म ‘फ्रिक्ड आउट’ भएको जनाएको छ । क्यालिफोर्नियाले बितेका सात मिनेटदेखि त्यसको निरीक्षण गरिरहे जस्तो छ । पढ्नेक्रम जारी राख्नुहोस्

हाम्रो चाहना

शान्ती सम्झौताको दुइ बर्षपछि पनि मानिसहरु चाहनाको सूचीमा सबैभन्दा माथि ‘शान्ती’लाई राख्न चाहन्छन् तर उनीहरु आफ्ना व्यक्तिगत चाहनालाई हत्तपत्त र्सार्वजनिक गर्न चाहदैनन् ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

Happiness and Nepalis
रचना, लक्ष्मी, शिवानी र सुमिरा । तस्बिरहरु प्रतिक्षा सोडारी

हालैको एक साँझ हल्का चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किइरहेको थिए । लाग्यो म निकै फुरुंग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरहेका अरु पनि खुशी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुशी हुनुहुन्छ ?’

कतिबेला कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुश्श्श्शी छु बा ।’ उनी मुस्काए ।

ओखलढुंगाको टोक्सेल गाविसका ६५ बर्षो मिनभवनमा ‘छोरा बुहारी नातीनातिनासँग डेरामा’ बस्छन् र अहिले ‘खुट्टा तान्न’ बानेश्वर चोक पुगेर फर्केका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

अघि-अघि ओबामा

Barack Obama

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

[यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । अमेरिकी चुनाव’bout युनाइटेड वी ब्लग ।]

अमेरिकामा इतिहास बनाउने दौडमा हिलारी क्लिन्टनलाई बराक ओबामाले पछि पार्दै डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारी उम्काउने अन्तिम अवस्थामा पुगेका छन् । अर्को मुख्य पार्टीरिपब्लिकन’बाट जोन मक्केन उम्मेदवार घोषित हुने अवस्थामा छन् ।

मंगलबारको प्राइमरीमा ओरेगन राज्यमा जितेपछि ओबामासँग उम्मेदवारीका लागि आवश्यक २०२६ मध्ये १९५९ प्रतिनिधि संख्या छन् । समाचार संस्था एपीअनुसार क्लिन्टनले १७७८ प्रतिनिधि जितेकी छिन् । तीनवटा राज्य पुर्टो रिको, मोन्टाना र साउथ डेकोटाले दुइ साताभित्र प्रतिनिधि चुनेपछि प्रतिस्पर्धा सकिनेछ । तर उम्मेदवारीको अन्तिम टुङ्गो लगाउन सुपर डेलिगेट्स भनिने पार्टी तर्फाट सिनेट/कंग्रेसमा चुनिएका अधिकारी तथा पार्टीदवालाहरूको भूमिका रहने निश्चित भएको छ । ७९५ सुपर डेलिगेट्समध्ये ३०६ ले ओबामालाई र्समर्थन गर्ने बताएका छन् भने २७९ ले हिलारीलाई । बाँकीले र्समर्थन र्सार्वजनिक गरेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

पुस्तक मेला क्या माहोल

राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

kathmandu book fair
पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया । उनीहरुको झोलामा शंकर लामिछानेका किताब र ‘मार्क्सवादको रुपरेखा’ थिए । सबै तस्बिर दिनेश वाग्ले

त्यो क्षण म चकलेट आइसक्रिम खाँदै एउटा पिल्लरसँगै उभिएर भीड नियालिरहेको थिएँ । भृकुटीमण्डपको ठूलो प्रदर्शनी हलको पुस्तक-स्टलमा मानिसहरू चलायमान थिए । ‘शैक्षिक’ स्टलबाट ह्वारह्वार्ती निस्केका तन्नेरी, पौढ र बच्चाहरू झन्डै-झन्डै ठेलामठेल गर्दै ‘किताब’ स्टलतिर बढिरहेका थिए । साथीको फोन आयो (जस’bout पेज दुइमा पढ्नुहोला) ।

भीड के, खासमा म मानिसहरू नियालिरहको थिएँ । किताब एउटा बहाना मात्र हो, म यहाँ आज मान्छे हेर्न आएको हुँ । यी मान्छेलाई हटाइदिनुस, यहाँका पुस्तक स्टलमा तिनका पसलेमात्र राखिदिनुस् । के उस्तै मजा पाइन्छ ? पढ्नेक्रम जारी राख्नुहोस्

समर स्यान्डल फ्लिप-फ्लप

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । यसलाई पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ क्लिक गरेहुन्छ ।
थप तस्बिरहरु फ्लिकरमा छन् ।.


[यो लेख लेख्नु केही दिन अघि मैले चप्पल’bout डब्लुएसजेमा पोष्ट गरेको इन्ट्री यहाँ छ ।] सबै तस्बिर सुरज कुँवर

यो गृष्मयाममा मानिसहरूजत्तिकै अरू कोही व्यस्त छन् भने ती हुन्, तिनका चप्पल । फ्लिप-फ्लप, फ्लिप-फ्लप, फ्लिप-फ्लप । हालैको चुनावमा माओवादीको विजय भएपछि नेपाली राजनीति जति ‘लाल’ भा’छ, गर्मी चढ्दै जाँदा नेपाली खुट्टाहरू त्योभन्दा बढी ‘चप्पलमय’ भा’छन् । चुनावी नतिजाले देशमा दिगो शान्ति र गणतन्त्र संस्थागत गर्ने अपेक्षा छ जो, आशा गरौं, आउने सयौं वर्षम्म कायमै रहनेछन् । तर चप्पलहरूको यो राज छोटो हो, जाडो आओस्, फेरि जुत्ताहरूको राजआउँछ ।

‘समर (गृष्म) का तीन महिना हो दाइ चप्पल बिक्ने’, काठमाडौं मलस्थित ‘बैम्बिनो सुज’का एक पसलेले केही दिनअघि एकजोर ‘स्यान्डल’को पूरै पैसा तिरेपछि अचानक रिपोर्टरमा बदलिएको ग्राहकलाई भने, ‘गर्मीमा सबैले चप्पल लाउन खोज्छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

रुखमुनी रत्नपार्क

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

ratna park under a tree
डडुवा-६, रामेछापका हिमबहादुर रानामगरलाई अगाडी राखेर जोशिदै र हात फैलाउँदै गफिएका कमल थापा

‘अब सम्बिधान बनाउन…’ उनले भने ।

‘उनीहरुकै बहुमत चाहियो..,’ अर्काले बीचैमा थपे ।

‘अँ, उनीहरुकै बहुमत चाहियो..,’ उनले त्यसलाई स्विकार्दै आफूलाई निरन्तरता दिए- ‘अब संविधान बनाउन (पार्टीका) एजेन्डा चाहि उस्तै छन् । सबै कुरा मिल्छन्, विचार मिल्छन्, तर जाने बेलामा चाहि यहाँ लर्डाई ? सम्बिधानका धारा पास गर्न दुइ तिहाई चाहिन्छ भनेको छ क्यारे, यो हिसावले हो भने भोली पासै गर्न गाह्रो हुन्छ । अर्ढाई बर्षा के नौ बर्षा पनि हुदैन । हो कि होइन भन्नु त ?’ पढ्नेक्रम जारी राख्नुहोस्