Tag Archives: अमेरिका

अमेरिकी राजदूतको फेसबुक कूटनीति

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिरमा क्लिके हुन्छ ।

facebook diplomacy front page kantipur

ठूलो पार्न क्लिके हुन्छ

सामान्यतः टाउकोभरि कपाल र सफा गाला मनपराउने केही नेपालीले अचेल तालु खाली भएका र झ्याप्प दाह्री पालेका एक अमेरिकीमा नायक भेट्टाएका छन् । देशको बिग्रँदो चालाबाट निराश सर्वसाधारणले दिनहुँजसो अमेरिकी राजदूतसँग गुनासो गरिरहेका छन् ।

अनि स्कट एच. डेलिसीले पनि लोकप्रिय भावनाअनुरूपका वक्तव्य सार्वजनिक गरेर इन्टरनेट प्रयोग गर्ने केही नेपालीहरूको वाहवाही पाएका छन् । तर फेसबुकमार्फत इन्टरनेटमा पहुँच भएका नेपालीहरूसँग भइरहेको अमेरिकी कूटनीतिज्ञको बढ्दो र कतिपय सन्दर्भमा खुलस्त अन्तक्रिर्या मूलधारका पत्रिकाहरूमार्फत बृहत् नेपाली समाजमा पोखिन थालेपछि त्यसले नेपालका केही शक्तिकेन्द्र र राजनीतिक दलहरूलाई अप्ठ्यारोमा पारेको छ ।

‘असन्तुलित विचार’

नेपाली कांग्रेसले पाँच वर्षपछि पहिलो पटक सोमबार देशैभर गरेको बन्दप्रति सार्वजनिक रूपमै असहमति राखेका डेलिसीले लोकतान्त्रिक मान्यता विपरीतको त्यस्तो हिंसात्मक विरोधले नेपाली अर्थतन्त्रलाई राम्रो नगर्ने आशय प्रकट गरे । तर डेलिसीको त्यो दबाबमूलक फेसबुक अभियानबारे जानकार तथा अमेरिका र अन्तर्राष्ट्रिय जगत्सँग राम्रो सम्बन्ध भएको पार्टी कांग्रेसका नेताहरूले शनिबारदेखि नै डेलिसीलाई टेढो आँखाले हेर्दै राजदूतको अभिव्यक्तिलाई ‘असान्दर्भिक’ र ‘राम्ररी सुसूचित नभएको’ भनी प्रतिवाद गरिरहे । हडतालको ‘कारक’ (चितवनस्थित जेलमा थुनिएका कांग्रेस कार्यकर्ताको हत्या) बारे ‘नबोलेका’ कूटनीतिज्ञले त्यसको विरोध कार्यक्रमप्रति ‘नकारात्मक टिप्पणी’ गर्नु ‘असन्तुलित’ भएको उनीहरूको तर्क छ । Continue reading

अमेरिकाले कसरी हेर्छ नेपाललाई भारतीय आँखाबाट

नेपालमा भारतको राजनीतिक, सांस्कृतिक र भौगोलिक प्रभाव नौलो होइन । महाशक्ति अमेरिकाले नेपाललाई हेर्दा भारतीय नजरबाटै हेर्ने कुरो पनि नौलो होइन । अघिल्लो साता सार्वजनिक अमेरिकी सरकारका दस्तावेजले त्यो ‘हेराइ’ कसरी हुन्छ भन्ने देखाउँछन् जो धेरैका लागि नौलो र रुचिपूर्ण हुनसक्छ

how uncle sam sees nepal through indian eyes
कसरी हेर्छ अमेरिका हामीलाई भारतीय आँखाबाट

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

०६२/०३ को जनआन्दोलन सुरु हुनु एक महिनाअघि सन् २००६ को मार्चमा भारत गएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले नयाँ दिल्लीको हैदराबाद हाउसस्थित मुगल बगैंचामा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग उभिँदै नेपालबारे बोलेका थिए । अङ्ग्रेजीका २५ शब्द, दुई अर्धविराम र एउटा पूर्णविरामयुक्त त्यो वाक्यमा बुसले भनेका थिए, ‘नेपालमा माओवादीले हिंसा त्याग्नुपर्छ र लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्न राजाले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्छ भन्नेमा हामी सहमत भयौं ।’

हामी अर्थात् बुस र सिंह, अमेरिका र भारत ।

ज्ञानेन्द्रको प्रत्यक्ष शासनअन्तर्गतको त्यतिबेलाको नेपालमा त्यो एउटा वाक्यले कम्पन उत्पन्न गराएको थियो । त्यसले तत्कालीन तानाशाहलाई थप दबाबमा पारेको थियो भने आन्दोलित पार्टीहरूलाई उत्साहित । अहिले अनुमान गर्न सजिलो भएको छ, त्यो वाक्य बुसले त्यतिबेला त्यत्तिकै बोलेका थिएनन् ।

‘आँखामा आँखा’

त्यसको चार दिनअघि काठमान्डुमा नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जी र तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले त्यसको आधार तयार पारेका थिए ।

बाँकी यहाँ छ ।

अघि-अघि ओबामा

Barack Obama

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

[यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । अमेरिकी चुनावबारे युनाइटेड वी ब्लग ।]

अमेरिकामा इतिहास बनाउने दौडमा हिलारी क्लिन्टनलाई बराक ओबामाले पछि पार्दै डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारी उम्काउने अन्तिम अवस्थामा पुगेका छन् । अर्को मुख्य पार्टीरिपब्लिकन’बाट जोन मक्केन उम्मेदवार घोषित हुने अवस्थामा छन् ।

मंगलबारको प्राइमरीमा ओरेगन राज्यमा जितेपछि ओबामासँग उम्मेदवारीका लागि आवश्यक २०२६ मध्ये १९५९ प्रतिनिधि संख्या छन् । समाचार संस्था एपीअनुसार क्लिन्टनले १७७८ प्रतिनिधि जितेकी छिन् । तीनवटा राज्य पुर्टो रिको, मोन्टाना र साउथ डेकोटाले दुइ साताभित्र प्रतिनिधि चुनेपछि प्रतिस्पर्धा सकिनेछ । तर उम्मेदवारीको अन्तिम टुङ्गो लगाउन सुपर डेलिगेट्स भनिने पार्टी तर्फाट सिनेट/कंग्रेसमा चुनिएका अधिकारी तथा पार्टीदवालाहरूको भूमिका रहने निश्चित भएको छ । ७९५ सुपर डेलिगेट्समध्ये ३०६ ले ओबामालाई र्समर्थन गर्ने बताएका छन् भने २७९ ले हिलारीलाई । बाँकीले र्समर्थन र्सार्वजनिक गरेका छैनन् । Continue reading