Tag Archives: काठमाडौं

रुखमुनी रत्नपार्क

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

ratna park under a tree
डडुवा-६, रामेछापका हिमबहादुर रानामगरलाई अगाडी राखेर जोशिदै र हात फैलाउँदै गफिएका कमल थापा

‘अब सम्बिधान बनाउन…’ उनले भने ।

‘उनीहरुकै बहुमत चाहियो..,’ अर्काले बीचैमा थपे ।

‘अँ, उनीहरुकै बहुमत चाहियो..,’ उनले त्यसलाई स्विकार्दै आफूलाई निरन्तरता दिए- ‘अब संविधान बनाउन (पार्टीका) एजेन्डा चाहि उस्तै छन् । सबै कुरा मिल्छन्, विचार मिल्छन्, तर जाने बेलामा चाहि यहाँ लर्डाई ? सम्बिधानका धारा पास गर्न दुइ तिहाई चाहिन्छ भनेको छ क्यारे, यो हिसावले हो भने भोली पासै गर्न गाह्रो हुन्छ । अर्ढाई बर्षा के नौ बर्षा पनि हुदैन । हो कि होइन भन्नु त ?’ Continue reading

ओ ए बेबी, ओ ए मामा

लस एन्जलस, अमेरिकाको ब्यान्डले काठमान्डू थर्काउदा

दिनेश वाग्ले
[यो लेखको अंग्रेजी संस्करण र थप तस्बिरहरुका लागि यहा क्लिक गर्नुहोला ।]

काठमाडौं- ‘म्युजिक मेक्स यू लुज कन्ट्रोल (संगीतले तपाईंलाई नियन्त्रण हटाउन सघाउछ)’ तीखो संगीतसँगै आएका ती शब्दले मञ्चमा ‘ओजोम्याट्ली’ आएको संकेत गरे । पश्चिम अमेरिकी सहर लस एन्जलसमा आधारित ब्यान्डको स्टेज आगमनलाई शनिबार मध्याह्न खुलामञ्चमा पर्खेर बसेका राजधानीका तन्नेरीबाट एकैसाथ ठूलो स्वरमा ‘होई’ को आवाज आयो । बुट्टेदार ढाका टोपीलाई हल्का च्यातेर घुम्रिएको कपालवाला टाउकामा राखेका र्‍याप भोकलिस्ट जस्टिन पोरीले माइक समाएर ‘सिटी अफ एन्जल्स’ गाउन थाले । ‘आर यू एन्जोइङ क्याट-म्यान-डु (रमाइलो भइरहेको छ काठमान्डु) ?’ निश्चयै, सुरक्षाकर्मीहरूलाई अप्ठेरो पारुँलाझैं बाँसको बार ठेल्दै नाचिरहेका ठिटाठिटीले ठूलो स्वरमा फर्काए- ‘ए….स्’ । एकदुइटा गीतमार्फ श्रोताहरूलाई नचाएपछि विल-डग र्एबर्सले अघिल्लो दिन नेपाली राजधानी ओर्लिएलगत्तै एक संवाददाताबाट सिकेको भाषा सम्भिmए । ‘हामी ओजोम्याट्ली लस एन्जलसबाट,’ फ्रेन्च कट दाह्रीवालले ब्यान्डको परिचय दिए नेपालीमा । भीडले हात हल्लाई स्वागत गर्‍यो ।

‘नमरी बाँचे कालले साँचे यी आँखाले केके देखिन्छ हो’ त्यसै कहाँ भनिएको हो र ? टुँडिखेलको सौभाग्य, के मात्र अनुभव गरेको छैन यो चौरले ! पुराना कुरा के कोट्याउनु, यसैपालिको भ्यालेन्टाइनको ठ्याक्कै अघिल्लो दिन गत वर्षम्मका ‘आतंककारी’ ले आफ्ना सर्वोच्च नेतालाई ‘नयाँ नेपालका भविष्य’ का रूपमा २५ वर्षा पहिलोपटक त्यही चौरमा र्सार्वजनिक गरे । त्यो आमसभाको प्रचार गर्ने माओवादी पोस्टर टुँडिखेलमा छ्यापछ्यापती थिए र त्यसका नायक कमरेड प्रचण्डले आफूलाई अझै ‘आतंककारी’ भन्ने मुलुकको नियोगद्वारा आयोजित कर्न्र्सट मज्जाले नियाले । यस अतिरिक्त गत साताको ‘विशाल’ माओवादी आमसभामा अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत र जनवादी संगीत सुनेको खुलामञ्चले तीन दिनपछि अमेरिकी सेन्टरले गरेको कार्यक्रममा र्‍याप, ज्याज र रेगेका अनेकौं मिश्रण अनुभव गर्‍यो । अघिल्लो दिनको भीडले निकै प्रभावित हुँदा आफूलाई ताली बजाउनमा सीमित गरेको थियो भने पछिल्लोका सहभागीले तालीमात्रै हैन, एउटाको काँधमाथि अर्को चढ्दै, पूरै शरीर हल्लाउँदै र बेलाबेला गायकलाई स्वरले साथ दिँदै टुँडिखेल गुञ्जायमान पारे ।

अमेरिकी केन्द्रले आफ्नो इज्जतको सवालका रूपमा लिँदै बडो ध्यानपर्ूवक गरेको कार्यक्रमलाई सबैभन्दा बढी साथ दियो मौसमले । अघिल्लो दिनसम्म हिउँ या सिमसिम पानी बर्सिएको सहर शनिबार पूरैजस्तो घमाइलो थियो । जिन्स र क्याप लगाएर ‘काउब्वाई’ स्वरूपमा टुँडिखेल पुगेका सेन्टरका निर्देशक रोबर्ट ह्युगिन्स मख्ख पर्दै आफ्ना तन्नेरी दिन सम्झिरहेका थिए । ‘ठिटो हुँदा खुब जान्थें (यस्ता खुला कर्न्र्सटमा),’ ५२ वर्षो गोराले हतारको अन्तर्वार्तामा भने- ‘साथीहरूसँग ह्याङ्गआउट गर्न । म्युजिक मन पर्छ भने आफ्नो मनपर्ने ब्यान्डको प्रस्तुति हेर्न कसलाई मन लाग्दैन ?’ हाल यस्ता कर्न्र्सटमा जान नपाएको खुलाउँदै रोबर्टले दुई वर्ष जति अगाडि अमेरिकामै एउटा सांगीतिक कार्यक्रममा आफ्नो भतिजो लिएर गएको सम्झिए । संक्रमणकालीन नेपालमा एकताको सन्देश फैलाउने उद्देश्यले गरिएको कन्सर्टका लागि ‘विविधतामा एकता’ को प्रतीकका रूपमा उदाएको बहुभाषी र बहुजातीय अमेरिकी ब्यान्डलाई सुरुमा नेपाली समूह ‘रविन एन्ड द न्यू रिभोलुसन’ ले साथ दिएको थियो । कार्यक्रमको मुख्य नारा ‘सय थरी बाजा एउटै ताल, मिलेर बनाऔं सुनौलो नेपाल’ थियो ।

दर्शक त्यस्तो नाचेपछि आयोजक अमेरिकीहरू ननाच्ने कुरै भएन । उनीहरूलाई साथ दिएका थिए कर्न्र्सटको रिपोर्ट गर्न पुगेका एमएम र टीभीका केटीहरूले । भनिरहनै पर्दैन, पत्रकार केटाहरू पनि कम्मर हल्लाइरहेका थिए । सुरक्षार्थ खटिएका प्रहरीले समेत ल्याटिन अमेरिकी धुनमा खुट्टा थपथपाएको देखियो । प्रायः कर्न्र्सटमा देखिने ध्वनिको समस्या र दर्शकतिरबाट बोटल स्टेजतिर हानिने दृश्य देखिएन । गायकहरूले सांगीतिक लवजमा ‘एभ्री बडी पुट योर ह्यान्ड्स अप’ (सबैजना हात उचाल्नोस्) भन्दा नाचिरहेका दर्शकले भगवान्कै आदेशझैं त्यसलाई माने- टुँडिखेल हातैहातले छोपियो । अब पालो गायकले जे गायो, दर्शकले त्यही गाउने थियो । ‘लौ हामीसँगै गाउनुस्,’ स्टेजबाट अनुरोध आयो- ‘ओ ए बेबी… ।’ दर्शकले दोहोर्‍याए- ‘ओ ए बेबी… ।’ स्टेजले भन्यो- ‘ओ ए मामा… ।’ दर्शकले दोहोर्‍याए- ‘ओ ए मामा… ।’

के फुर्ती पारिरहनु, कतिपय अंग्रेजी गीतै बुझ्न अप्ठेरो परिरहेका बेला स्पेनी भाषाको र्‍याप बुझ्ने कुरै भएन । तर संगीतलाई किन भाषा चाहिन्थ्यो ? दर्शकहरूले कर्न्र्सट कम रोमाञ्चक मानेनन् । दह्रोसँग नाचिरहेको एउटा भीडमा २२ वर्षो अमीर बन्जारा २१ वर्षो प्रबोध पण्डितको काँधमा बसेर हल्लिरहेका थिए । रोटोर्‍याक्ट क्लब अफ डिल्लीबजारमा आबद्ध अन्य डेढ दर्जन साथीसँगै टुँडिखेल पुगेका तन्नेरीले ओजोम्याट्लीप्रति आभार प्रकट गरे । ‘ओजोम्याट्ली इज द बेस्ट,’ प्रबोधले उत्तेजित स्वरमा ब्यान्ड उत्कृष्ट भएको टिप्पणी गरे । ‘एकदम दामी,’ अमीरले कर्न्र्सटबारे चिच्याउँदै टिप्पणी गरे- ‘झकास ।’

नाचिरहेको भीडबाट एउटी युवतीले कार्यक्रमका लागि आयोजकले उपलब्ध गराएको पास तान्दै परिचय खोजिन् । उनी थिइन्, रोटोर्‍याक्ट समूहकै मन्दिरा, अस्मिता, सन्जु आदिमध्येकी एक । केही समयमै ती केटी र अरू केटाले एकअर्काका हात समाएर गोलाकार नृत्य गरे । केही बेरमै दुइजनाले एउटीका जुत्ता फुकालेर उचाले, ताकि उचालिनेलाई स्टेजको दृश्य अवलोकन गर्न सहज होस् । अस्कलमा आईएस्सी प्रथम वर्षा हेटौंडाका १७ वर्षो रवीन्द्र सापकोटा साथीसँग त्यहाँ पुगेका रहेछन् । ‘राम्रो,’ उनले हतारमा भने- ‘एकदम नाचियो ।’

डेढ दर्जनजति गीत गाएपछि लस एन्जलसका ‘बाँदर’ हरू (‘ओजोम्याट्ली’ को अर्थ झन्डै त्यस्तै हुन्छ, के गर्नु) स्टेजबाट ओर्लिए । दर्शकले ‘वान्स मोर’ चिच्याइरहेका बेला युलिसेस बेलासँग सोधियो- नेपालको प्रस्तुति कस्तो रह्यो ? ‘असम,’ उनले भने- ‘इट वाज ग्रेट ।’ (उनलाई टुँडिखेलमा गाउँदा अचम्मकै रमाइलो लागेछ ।) असिनपसिन उनीहरू फेरि मञ्चमा चढे र केही गीत गाउन थाले । दर्शक नाच्न थाले । ‘भारतमा पनि प्रस्तुति गर्‍यौं तर काठमाडौंका दर्शक बढी सक्रिय,’ जिरो यामागुचीले टिप्पणी गरे । विल-डगले थपे- ‘हाम्रा लागि सबैभन्दा अविस्मरणीयमध्येको अनुभव ।’