Tag Archives: काठमाडौ‌

रोमान्सका दिन राजधानीमा हिउँ

दिनेश वाग्ले
अंग्रेजीमा यहाँ छ ।

काठमाडौं- ६२ वर्षछि राजधानीमा बुधबार हिउँ बर्सिंदा चकित हुनेमध्ये थिए- कृष्णभक्त मानन्धर । विज्ञान तथा प्रविधि मन्त्रालयको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ अधिकारीलाई उपत्यकामा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने जानकारी थियो तर हिउँको सुइकोसम्म थिएन । ‘योचाहिँ आर्श्चर्य भयो,’ कठांग्रिरदो जाडोको अनुभव गराउँदै अधिकांशलाई घरैभित्र बस्न बाध्य पार्ने प्राकृतिक विकासबारे मानन्धरले भने- ‘काठमाडौंमै हिउँ झर्ला भन्ने (अनुमान) थिएन ।’ महाशाखाको उपकरण भएको अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४५ मिनेटसम्म हिउँ परेको थियो भने सहरका अन्य भागमा केही मिनेट । मानन्धरको कार्यालयको इतिहास ४० वर्षन्दा पुरानो छैन तर उनलाई थाहा भएअनुसार यसअघि काठमाडौंमा २००१ साल पुस २१ गते हिउँ परेको थियो ।

पाटनमा हिउँ तस्बिर राजेश केशी

बितेका केही वर्षा फुसफुसे हिउँ झर्दै गरेको दृश्य वर्णन गरिएको नेपथ्यको ‘आकाशैबाट के उडी आयो भेडाको ऊनजस्तो’ गीत सुनेका र भ्यालेन्टाइन डे (प्रेम दिवस) मनाउने योजनासाथ उठेका सहरी तन्नेरीहरूलाई बिहानैको झमझमी पानीले रोमान्टिक हुने एउटा कारण दिएको भए पनि दिउँसोको हिउँबारे कुनै संकेत गरेको थिएन । हिउँ पर्नासाथ तन्नेरीहरूका मोबाइल बज्न थाले, एसएमएस पाउने र पठाउने लहर ह्वात्तै बढ्यो र झट्ट बढेको प्रयोगका कारण मोबाइल कम्पनीको नेर्टवर्कले बढी भार सहेझैं र्सर्किट व्यस्त भएको सूचना दियो । जाडाको असरझैं लाग्ने गरी बेतारे फोनमा आवाजसमेत भाँच्चिएको आउन थाल्यो ।

‘र्स्वर्ग गएजस्तै आनन्द आइरहेको छ,’ एउटी युवतीले हिउँ परिरहँदा पठाएको एसएमएस सन्देशमा उल्लेख थियो- ‘म अहिले छतमा छु ।’ त्यसपछिको एउटा अन्तर्वार्तामा उनले जिन्दगीमै पहिलोपल्ट हिउँ परेको प्रत्यक्ष महसुस गरेको बताउँदै त्यसलाई आकाशबाट ताराहरू खसेको दृश्यसँग तुलना गरिन् । ‘रोमान्स सधैँ प्रकृतिसँग सम्बन्धित हुन्छ,’ भ्यालेन्टाइनको साँझ अंग्रेजी उपन्यास ‘स्नो फलिङ अन सेर्डार्स’ को प्रसंग निस्कनु केही अघि उनले भनिन्- ‘(बुधबार) एकै दिनमा प्रकृतिका तीन स्वरूप महसुस गरियो ।’ बिहानको वर्षा र दिउँसोको हिउँपछि साँझ पर्नै लाग्दा काठमाडौका कतिपय स्थानमा झलमल्ल घाम लागेको थियो । सोही मौकामा तन्नेरीहरू सडकमा निस्केका थिए भने कैयौंचाहिँ विशेष रूपमा सजाइएका रेस्टुरेन्ट पुगेका थिए ।

एउटा क्यान्डल लाइट डिनरले नपुग्नेहरूचाहिँ सम्भवतः नगरकोटतिर हान्निएका थिए जहाँ बितेका आठ वर्षा तेस्रोपटक परेको हिउँ डेढ फिटसम्मको थियो । ‘बिहान सबेरै एकदम चिसो थियो,’ डाँडामा अवस्थित होटल क्लब हिमालयका आवासीय प्रबन्धक विकास शाक्यले भने- ‘अनि पानी पर्न थालेपछि चिसो कम भयो । १२ बजेतिर सेतो पानी आउन थाल्यो । त्यसको आधा घन्टामा कपासै र्झन थालेजस्तो भइहाल्यो ।’ भ्यालेन्टाइनका दिन युगल जोडीले नगरकोटका ८० प्रतिशत होटल बुक गरेको तर हिउँ परेलगत्तै शतप्रतिशत बुकिङ भएको शाक्यले बताए । अनपेक्षित व्यापार यसरी बढ्यो, शाक्यले भ्यालेन्टाइनका दिन पत्नीसँग रोमान्टिक डिनर खान त के, जन्मदिनको उल्लास पनि सँगै बसेर मनाउन पाएनन् । ‘बिहानै इमेल पठाए,’ विशेष कार्यक्रम रद्द गर्नुपरेकोमा दुःख मान्दै शाक्यले फोनमा सुनाए- ‘फोन गरेर ह्याप्पी बर्थडे र ह्याप्पी भ्यालेन्टाइन डे भने । एसएमएस पनि पठाए ।’ सात हजार एक सय तेत्तीस फिट उचाइको सुन्दर पर्यटकीय डाँडामा हिउँ आउँदा दर्ुइ-तीन दिनसम्म रहने आशा गरेका शाक्यले भ्यालेन्टाइन डेमै हिउँ पर्नु प्रेम जोडी र होटल व्यवसायी सबैका लागि सुखद संयोग भएको बताए । ‘नगरकोटमा कुनै क्रियाकलाप हुन सकेको थिएन,’ उनले भने- ‘भ्यालेन्टाइन र हिउँको संयोगले पाहुना बढेका छन् ।’

दामन

दशकौंपछि चार हजार पाँच सय फिटमा अवस्थित काठमाडौंसम्म हिउँ आइपुगेको घटना टेलिभिजनहरूका लागि ‘ब्रेकिङ समाचार’ हुन योग्य भए पनि यस अगाडि ठ्याक्कै कहिले त्यस्तो भएको थियो भन्नेमा एकमत नहुन सक्छ । मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा यसअघि एक साल हिउँ परेको उल्लेख छ जुन मितिसँग महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यकार श्यामदास वैष्णव सहमत नहुन सक्छन् । २०५९ माघमा प्रकाशित महाकविको खण्डकाव्य ‘तुसार वर्णन’ मा कहिल्यै ‘नपरेको हिउँ २००३ साल पुसमा पर्यो’ लेखिएको छ । ‘त्यो दिन महाकविले श्यामदासलाई मासु किन्न पठाउनुभएको रहेछ,’ ३२ पृष्ठ र २ सय २४ श्लोकको खण्डकाव्यबारे महाकविका छोरा डा. पद्मप्रसादले कान्तिपुरसँग भने- ‘त्यहीसाँझ लेख्न थालेर राति नै सिध्याउनुभएको रहेछ ।’ ‘बिम्बै बिम्बले भरिएको पुस्तकमा सांस्कृतिक र राजनीतिक पक्ष समेटिएका छन् जो कुनै न कुनै रूपमा हिउँसँग सम्बन्धित छन् ।

बोक्छे कलश वर्षाले, साथ बाजा बजाउँछ ।
सुखा पात त्यसै नाच्छ, काल भूषा सजाउँछ ।
लावा भुट्दछ हावाले च्याता च्यात गरिकन ।
झगडा गर्दछन् दोटा दिशा-वस्त्र लिनाकन ।

फुसफुसे हिउँ नगरकोटमा जस्तो जम्नचाहिँ पाएन काठमाडौंमा, चार डिग्री तातो जमिनमा पर्नासाथ बिलायो । बादलको चिस्याई, पानी पराइको तीव्रता र वर्षा अवधिजस्ता कुरामा हिउँ जमिनमा ठोक्किएपछि जम्ने-नजम्ने भर पर्ने बताउँदै मानन्धरले भने- ‘केही दुःख भए पनि मानिसहरूलाई रोमान्टिक हुन त्यति नै काफी भयो ।’