Tag Archives: काठमान्डू

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

काठमान्डूको कैदी

थुप्रै महिनाअघि द प्रिजनर अफ काठमान्डू पढ्दा म भेटिने हरेकजसोसँग बडो उत्साहित र उत्तेजित हुँदै यो किताबको उल्लेख गर्थेँ । नेपाली इतिहासको एउटा महत्वपूर्ण पाटो यो पुस्तकले समेटेको छ । कतिपय धट्नाक्रम नेपाली पाठककालागि नौला छैनन् तर खुबै पठनीय छन् । सरल भाषामा सजीव वर्णन गरिएका छन् एेतिहासिक क्षणहरू । यो पोस्तक भन्दा पहिल्यै हड्सनकाबारेमा थाहा नभएको होइन । नेपालका कतिपय एेतिहासिक दस्ताबेज उनले संकलन गरेर बेलायत पुर्याएको कुरा सु्निदै अाएको हो । तर त्यो सबै कसरी गरे विस्तृतमा थाहा पाउँदा म रोमान्चित भएँ । किताबपछि टुङ्गोमा पुगेँ हड्सन नेपाली इतिहासको एउटा कालखन्डको महत्वपूर्ण पात्र रहेछन् । मलाई “प्रिजनर” को प्रस्तुतिकरण सजिलो र सहज लाग्यो ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂 

Enter your email address to follow this blog and receive notifications of new posts by email.

पुस्तकको समश्या, मलाई लागेको, यसमा अतीव कम नेपाली स्रोतहरू छन् । कथा पुरै ‘उता’बाट भनिएको छ । त्यो किन भयो, मैले अनुमान मात्र लगाउन सक्छु किनकी, अपसोच, मैले नेपालको इतिहास बताउने किताबहरू खासै पढेको छैन । त्यतिबेलाका घटनाको नेपाली इतिहासकारहरूले यथेष्ट अभिलेख नराखेर पो हो कि ? हड्सनले नेपालकाबारे जति सूचना र जानकारी बटुले त्यही ढङ्गमा नेपाली पक्षले उनकाबारे जानकारी नराखेकोले पो हो कि ? भीमसेन थापाकाबारे हड्सन र उनीभन्दा अघिल्ला ब्रिटिश रेजिडेन्ट एडवार्ड गार्डनरका टिप्पणी र दृष्टिकोणहरू मलाई रोचक र गजब लागे । पढ्दा साह्रै मज्जा अायो । Continue reading