Tag Archives: दसैं

त्यो दसैंमा…

the happy kids of dadeldhura dashain day

कति राम्रो पोज केटाहरूको । डडेल्धुरा । दसै‌ २०१०

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । 

 ठ्याक्कै दस वर्षअघि सन् २००१ को दसैंमा म पूर्वी नेपालको संखुवासभामा थिएँ । लक्ष्य थियो, नेपालको सबैभन्दा सानो गाउँ, चीनसँगको सिमानाको, किमाथाङ्का । दशमीमा सदरमुकाम खाँदबारीमा क्याम्पसका सहपाठी र पत्रकारितामा सहकर्मी किरण चापागाईंका बाबुआमाबाट टीका लगाएपछि (‘छोरो आएन, बाबुलाई टीका लाइदिँदा खुसी लाग्यो,’ दम्पतीले भनेका थिए) लगातार ६ दिन हिँडेर म सिमानामा पुगेको थिएँ । मैत्री पुलभन्दा अलि माथिको एउटा सानो घरमा त्यो साँझ दुई जना दाजुभाइ छिन्डुम नावा र रिन्जिन नावाकी साझा पत्नी रिसे च्यावाले सहयात्री पत्रकार श्याम निरौला र मलाई सम्मानपूर्वक दिएको एक/एक गिलास चौंरीको दूधको स्वाद अझै बिर्सन सकेको छैन । अनि रिसेको त्यो उत्तर पनि । अझ भनौं प्रश्नहरू । Continue reading

Advertisements

पदयात्राका पात्रहरू

दिनेश वाग्ले/सुरज कुँवर
(यो लेख पहिलोपटक आज शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।)

हेलम्बु (सिन्धुपाल्चोक)- ‘उसो त सात सालसम्म राणा शासन थियो,’ होटल अगाडिको खाली जग्गामा बाइक पार्क गरिरहँदा उनले भने- ‘मर्नु अगाडिसम्म मेरा हजुरबा सास फेर्दै थिए । (दुवै खुसुक्कै गए) त्यसैले मेरैपालादेखि हरायो भने हराई गो’ नि ।’ काभ्रे, कुन्ता बेसीको आफ्नो लजमा बास बस्न आएका पाहुनालाई नन्दप्रसाद सापकोटाले ‘अहिलेसम्म कसैको बाइक हराएको छैन’ भनी आस्वस्त पार्दैगर्दा पाहुनाले ठट्टा गर्दै त्यस्तो जवाफ फर्काएका थिए । हेलम्बु घुम्न निस्केका उनी साँझ छिप्पिएकाले बास बस्ने भएका थिए । ‘म पोलिटिकल एक्टिभिस्ट,’ बाइक थन्काएर ढुक्क भएपछि डाइनिङ हलमा खसीको मासुसँग चिसो वियर पिउँदै गर्दा उनले परिचय दिए- ‘यूएमएलको ।’ Continue reading