Tag Archives: नारायणहिटी

घर हाम्रो दरवार

Baburam Khanal Pair
दोस्रो र तेस्रो तल्ला पुरा नबनेको मध्यपुर ठिमीको लोकन्थलीस्थित तीनतल्ले घरको दोस्रो तल्लामा रुक्मिणी र बाबुराम खनालको जोडी ।

दिनेश वाग्ले/सुरज कुँवर
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाज्यूबाट नारायणहिटी दरबारमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’

आइतबार, आषाढ १ गते नारायणहिटीको दक्षिण पटाङ्गिनीमा गरिएको उक्त कार्यक्रममा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको नामबाट जारी निमन्त्रणा ‘कार्ड साथमा लिई पाल्नुहुन’ करिब १३ सय निम्तालुहरूलाई अनुरोध गरिएको थियो । कार्ड हुनेहरू मख्ख पर्दै गाडीमा या हिँडेरै दक्षिण गेटभित्र छिरे भने नहुने सयौं उत्सुकहरूचाहिँ कम्तीमा तीन घन्टा नारायणहिटीअगाडि सडकमा होहल्ला गर्दै, छिर्न नपाएकोमा गुनासो गर्दै, चुपचाप अचम्म मान्दै र घाटी तन्काएर चासोपूर्वक चिहाउदै उभिए ।

तीनै ‘ननिम्त्याइएका पाहुना’ मध्येका हुन्- कृष्णहरि विश्वकर्मा र गंगाराम कार्की जो सडकपेटीमा एकअर्काको काधमा हातराख्दै उभिएर दक्षिणी पट्टाङ्गीनीमा भइरहेका घट्ना नियालीरहेका छन् । Continue reading