Tag Archives: नेपाली सेना

‘युद्ध छाडेका छैनौं…जनसेनाको स‌ख्या बढायौ‌‌’; प्रचन्ड

(माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सेनाको तेस्रो डिभिजनले २०६४ पुस १८ गते आयोजना गरेको भेलामा कमान्डरहरूलाई प्रशिक्षणका क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश । यो भाषणको भिडीयो अस्ती साँझ इमेज च्यानलमा पहिलो पटक प्रसारण भएको थियो । हिजो दिनभरी नै नेपाली टीभी च्यानलहरुले प्रसारित गरेको भिडियोलाई माओवादीले ‘पुरानो र अप्रासंगिक’ भनेको छ । ‘आन्तरिक पार्टी पंक्तिलाई संविधानसभा र शान्ति प्रक्रियामा आश्वस्त पार्न दिएको शान्तिवार्ता कालको पुरानो अप्रासंगिक फाइल टेपलाई विशेष भिडियो टेपको हवाला दिँदै प्रसारण गरेको कुराले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता दीनानाथ शर्माले हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ । शर्माले ‘नागरिक सर्वोच्चता नचाहने तत्त्वहरूले भिडियो वितरण गरेको’ दाबी गरेका छन् । ‘यो वर्तमान संकटपूर्ण राजनीतिक स्थितिलाई उत्तेजक र शान्ति प्रक्रियालाई समाप्त पार्ने षड्यन्त्रपूर्ण चालबाजी भएको कुरा स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । उनले शान्ति सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सेना समायोजन, जनमुखी संविधान लेखन, जनताप्रतिको प्रतिबद्धता र राजनीतिक मान्यतामा स्पष्ट भएको जनाएका छन् । ‘यस प्रकारका असान्दर्भिक, उत्तेजक, समग्र शान्ति प्रक्रिया र राजनीतिक प्रक्रियालाई समाप्त पार्ने प्रकारका प्रचारबाजीबाट भ्रमित नहुन आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।)

मैलै विविध (कालिबहादुर खाम) सँग किन यस बेला यो प्रशिक्षण राखेको केन्द्रीय कमिटीको बैठकपछि राखेको भए पनि हुने भनेर भनेको थिएँ । तर, तपाईंहरूको रिपोर्टिङ महत्त्वपूर्ण नै लाग्यो । हामी अहिले नेपाली क्रान्तिको मात्र होइन विश्व क्रान्तिकै महत्त्वपूर्ण नयाँ प्रयोगको चरणमा छौं । हामीले गर्न खोजेका प्रयोग पार्टी, जनमुक्ति सेना र देशसँग मात्र सीमित छैन । यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ । विश्वको सबैभन्दा अगाडि बढेको क्रान्तिकारी पार्टीको नाताले पनि हाम्रा प्रश्नहरू सार्वभौम हुँदै जान थालेका छन् ।

तपाइर्ंहरू एक वर्षदेखि शिविरमा केन्दि्रत भएर रहनुभएको छ । तर, विचार र सोचाइ एक ठाउँमा छैन । पाँचौ‌ विस्तारित बैठकको कार्यदिशा सशस्त्र विद्रोह थियो तर पार्टी सम्झौतातिर गयो भन्ने कुरा पनि आएको छ । हामी अझै पनि रणनीतिक प्रत्याक्रमणमा छौं । हामीले युद्ध छाडेका छैनौ । कूटनीतिक भाषामा दुश्मनसँग के के कुरा गर्‍यौं त्यो छाडिदिनुस् । हामी रणनीतिक रक्षा, सन्तुलन हुँदै प्रत्याक्रमणमा पुगिसकेका छौँ । त्यसैभित्र अहिले हामी घुमघुमाउ कार्यनीतिमा छौं । यसको उद्देश्य प्रत्याक्रमण नौलो तरिकाबाट सफल बनाउनु हो ।

साथीहरूले केन्द्रबाट योजना आएन, हतियार झिकेर आक्रमण गरौं कि भन्ने जस्ता कुरा गरिरहेका छन् । विद्रोह गर्ने भनेको थियो । मंसिरमा हुन्छ कि भनेको फेरि पार्टीले चुनावमा जाने कुरा पो गर्‍यो भन्ने पनि लाग्दो हो । यो हाम्रो समग्र सोचाइसँग सम्बन्धित छ । दीर्घकालीन जनयुद्धकै कार्यबाट जाने एउटा शैली हुन्छ । हामीले दीर्घकालीन जनयुद्धमा आम सशस्त्र विद्रोहको फ्युजन चाहेका हौं ।

सशस्त्र विद्रोहको कार्यदिशामा शान्तिपूर्ण संघर्ष पनि हुन्छ । अन्त्यमा आम विद्रोह हुन्छ । हामीले मौलिक फौजी कार्यदिशा बनाएका छौं । साथीहरू अहिलेको मात्र रूप हेरेर थाकेजस्तो खत्तम भयौं कि भन्ने गर्छन् । हामी तयारीमा छौं ।

लेनिनले सशस्त्र विद्रोहको रणनीतिअनुसार लामो समय शान्तिपूर्ण संघर्ष गरे र दोस्रो विश्वयुद्धका बेला जतासुकै संकट भएको बेलामा सशस्त्र विद्रोह गरेर सत्ता कब्जा गरेका थिए । लामो शान्तिपूर्ण संघर्ष र थोरै सशस्त्र विद्रोह गरेर सत्ता कब्जा गर्न सकिन्छ । संविधानसभा भनेर वार्तामा आउनुको कारण पनि यही हो ।

पार्टी कहिले अमेरिका, भारत, कांग्रेसको पछि लाग्यो भनिन्छ । यो नबुझेको मात्र हो । यो घुमघुमाउको बाटो हो । सीधा हिँड्छु भन्ने संसारभरिका कम्युनिस्ट पार्टी सकिए, क्रान्ति सकियो । करोडौं मरे । बलिदानी धेरै भयो, सिद्धियो ।

अहिले पनि हामी प्रत्याक्रमणको तयारी नै गरिरहेका छौं । अहिले पार्टीले अपनाएको कार्यनीति अति महान् छ । क्रान्तिलाई सफलतामा पुयाउनका लागि जोखिमयुक्त कार्यनीतिमा हामी छौं । शिविरमा तपाइर्ंहरू नभएको भए उनीहरूले कु गरिसक्थे । बीपीले पनि भनेका थिए । ५ सय मात्र मुक्ति सेना भएका भए, महेन्द्रले कु गर्न सक्दैनथ्यो । अहिले हामीसँग हजारौंका संख्यामा जनमुक्ति सेना छन् । त्यसैले कु गर्न सकेका छैनन् । तपाइहरूले तपस्या गरेर क्रान्तिका लागि बसिरहनुभएको छ । यो सधैँ हुनेवाला छैन । अलिकति लम्बिएको मात्र हो । अब केही महिनामात्र हो । या उता, या एता भइसक्छ ।

देशभित्र बाहिर वैचारिक रूपमा हामीले हमला गरेका छौं । तपाइर्ंहरू नभएको भए हस्तक्षेप ‘कौन पुछे खेसरीका दाल’ भने जस्तै हुन्थ्यो । कसैले मान्ने वाला थिएन । सेना छ भनेपछि सात्तो जान्छ । उनीहरूले नभनेका मात्र हुन् । उनीहरूमा आतंक छ । उताका (नेपाली) सेनाको पनि जनरलहरूसँग, मुख्य मुख्य भन्नेहरूसँग धेरैपटक कुरा गरेको छु । तपाइर्ंहरूको आतंक उनीहरूमा पनि छ ।

अहिले तपाइर्ंहरू हामी घट्यौं भन्नुहुन्छ । म त बढेको देख्छु । बढ्यो हाम्रो सेना । यही हो रणनीति र कार्यनीति भनेको नै । हामी कति थियौ‌ ? साँच्चै भन्ने हो भने ७ र ८ हजारको बीचमा थियौं । प्रमाणीकरण ७ हजार राखेको भए ४ हजार हुन्थ्यो । ३५ हजार राखिदिएपछि २० हजारमा आयो । यही हो साँचो कुरा अरूलाई पो भन्न भएन । हाम्रो नेतृत्वले बुद्धि पुर्‍याएर ७ हजारलाई २१ हजार बनायो । तपाइर्ंहरू नियमित सेना भइसक्नुभयो । बाहिर वाईसीएलको संरचना बनाएका छौं । त्यहाँ पनि हजारौं छन् ।

प्रमाणीकरण नभएकाहरूलाई बर्बाद हुन्छ कि भन्ने कुरा पनि छ । त्यसको व्यवस्था गरिन्छ । क्रान्ति पूरा भएको छैन । जताबाट पनि शक्ति सबै हाम्रो हातमा आयो भने सबै ठीक हुन्छ । आउँदै आएन भने फेरि क्रान्तिमा जान्छौं । सबै हाम्रो हातमा आयो भने उतापट्टकिो सेनामा लगेर फिट गर्ने हो । नत्र हाम्रो अर्को संरचनामा ल्याएर फिट गर्ने हो । फेरि तालिम दिएर अघि बढ्ने हो ।

गणतन्त्र पास भइसकेपछि मेरो अमेरिकाको एक बुद्धिजीबीसँग फोनमा कुरा भएको थिया । अमेरिकन बुद्धिजीबीमा, त्यहाँ सिनेटरहरूमा माओवादीले सबै नेपाल लगिसक्यो, अब नेपाललाई जोगाउन सकिँदैन भन्ने ठूलो चर्चा चलेको रहेछ किनभने, माओवादीकै कारण गणतन्त्र पनि पास भयो भनेर संसारभरि हल्ला भयो । त्यसको राजनीतिक फाइदा त माओवादीलाई नै भयो । यसलाई जित नै मान्नुपर्छ ।

सहिद परिवारलाई राहत नभएसम्म, बेपत्ता सार्वजनिक नभएसम्म, घाइतेको उपचार नभएसम्म र शिविरको तलब भत्ता सुविधा नभएसम्म हामी चुनावमा जाँदैनौ‌ भनेका थियौ‌ । विश्वभरि यो कुराचाहिँ मजाले स्थापित भएको छ । यो बडो मजा भएको छ । यो हामी माथि पर्ने तर्क भएको छ । प्याकेजमा माघ महिनाभरि सहिद परिवारलाई राहत दिने निर्णय भएको छ । क्षतिपूर्ति दस लाख नै हो, अहिले राहतस्वरूप एक लाख मात्र जाने हो । एक लाख दिँदा पनि सहिद परिवारलाई डेढदेखि दुई अर्ब जान्छ । एक लाख नगद गाउँका गरिब किसानलाई जानु भनेको ठूलो कुरा हो । साठी करोड शिविरमा जान्छ । यो पैसामात्र होइन राजनीति हो । सहिद परिवारलाई त्यो पैसा बाँड्ने क्रममै हामी माथिबाटै कार्यक्रम तय गरेर आमसभाहरू गर्छौर्ं ।

यसरी कार्यक्रम बनाएर जिल्लाजिल्लामा गयौं भने चुनावको होइन विद्रोहको तयारी हुन्छ । जनताको र हाम्रो बिग्रन लागेको सम्बन्ध यस्तोसँग सुदृढ हुन्छ । पार्टी आयो भन्ने हुन्छ । हाम्रै हो पार्टी भन्ने हुन्छ । हामी पनि यो एक लाखले पुग्दैन अर्को नौ लाख चाहिन्छ भन्छौं जनतामा गएर । अब नौ लाखका लागि लड्नुपर्छ भनेर गाउँगाउँमा भाषण गर्दै हिँड्छौं । सहिद नभएको त गाउँ नै छैन देशभरि । भनेपछि देशभरि झक्झकाउन सकिन्छ ।

यतापट्टी शिविरमा ६० करोड गयो भने, विद्रोहको तयारीका लागि हामीलाई पैसा चाहिन्छ । मैले तपाईंहरूलाई भन्छु नि ट्रकमा आउँछ है भनेर । त्यो (हतियार) ट्रकमा आउनलाई पैसा चाहिन्छ । कसैले सित्तैमा दिन्नन् । साठी करोड गयो भने तपाईंहरूले अलिकति लिए पनि बीस करोड त पार्टीलाई आयो । बीस करोडले तयारी गर्‍यो भने विद्रोहको ठूलो तयारी हुन्छ । पैसा टन्न छ भने राम्रो विद्रोहको योजना हुन्छ । रूपमा हेर्दा त पार्टी फेरि सम्झौतामा गयो भन्ने देखिएला तर गहिरो ढंगले हेर्दा पार्टी कति गम्भीर हिसाबले विद्रोहको तयारीमा लागेको रहेछ भनेर थाहा पाउनुहुन्छ ।

अहिले हामीले चुनाव चुनाव भनिरहेका छौ‌ । अस्तिसम्म चाहिँ हामी चुनाव भाँड्ने र अरू चुनावका पक्षधर देखिन्थे । जनतालाई भ्रम हुन्थ्यो । अहिले तपाइर्ंहरूसँग ढुक्कले कुरा गर्नुको पनि कारण छ । आजै कांग्रेसका एक नेताले चुनाव हुनसक्दैन भनेका रहेछन् । चुनाव नगर्ने तयारी अब कांग्रेसले गर्दै छ । अब हामीले अझ चुनाव भन्नुपर्छ । दुई तीन महिना हामी संविधानसभाबाहेक दायाँबायाँ हेर्दै नहेर्ने जस्तो देखिनुपर्‍यो । तपाईंहरू शिविरमा संविधान भन्ने, हामी बाहिर भन्ने । अब सहिद परिवारलाई पैसा बाँड्न पनि संविधानसभाका लागि बाहिर हिँड्ने कुरा आयो । राहत वितरणमा पनि संविधानसभा भन्नुपर्‍यो । संविधानसभा त यिनीहरूले गर्दैनन् । यता फेरि बाम तालमेल भयो भने झनै गर्दैनन् । हो, त्यही समय विद्रोहको बेला हुन्छ ।

विद्रोह गरौ‌ भनेर विद्रोह हुने होइन । जनताको मन जितेर अब त माओवादी नै सही हो र यसको पछि लागेमात्र पार भइन्छ भन्ने पारेर मात्र विद्रोह हुन्छ । चुनाव भन्नुको तात्पर्य हेर्दै जानुभयो भने चुनावभित्र कुनै सम्झौता होइन विद्रोह छ । रूपमा सम्झौता देखिन्छ, सारमा विद्रोह छ । अर्को कुरा चुनाव चैतमा हुँदैन, ढुक्क हुनुहोस् । फेरि यो कुरा बाहिर नभन्नु होला । चुनाव हुनैपर्छ भन्नुपर्छ । सबै कुरालाई चुनावभित्र हालेर सबै नेता जनताको बीचमा जानुपर्छ । तीन महिना धक्का दिन पाइयो भने पार्टीलाई बेग्लै बनाइन्छ । यसमा तपाईंहरू (लडाकु) लाई पनि सामेल गराइन्छ । उनीहरूसँग कुरा मिले सल्लाहमा नमिले पनि रोटेसनमा तपाईंहरूलाई बाहिर निकाल्ने हो । बाहिर चुनावी अभियानजस्तो देखिन्छ तर त्यो विद्रोहको अभियान हुन्छ । बाहिर भन्दै हिँड्ने होइन । भन्दै हिँड्यो भने फेरि कुरो बिग्रन्छ । बाहिर त संविधानसभाको चुनाव स्वच्छ र निस्पक्ष हुनैपर्छ भन्ने हो । नहुने थाहा पाइसकेपछि त झन् भन्नुपर्छ । जनतामा विद्रोह भनेको घुसेको छैन । संविधानसभा भनेको पार्टी किन टाढिँदैछ भन्ने परेको छ । संविधानसभा भन्दै हिँडेपछि विद्रोहको कुरा पनि घुस्छ । चुनाव भयो भने फेरि हामी भाग्ने भनेको पनि होइन । उनीहरूले नै हुन दिँदैनन् । हामीले जित्नेजस्तो देखे उनीहरू (अरू दलहरू) भारत अमेरिकासँग मिलेर चुनाव हुन दिँदैनन्, उनीहरूले जित्ने देखे हामी चुनाव हुन दिँदैनौं ।

एमालेले एकताका चुनाव चुनाव भन्दै लाखे नाच नाच्दै हिँडेको थियो । मैले एमालेका नेताहरूलाई यसरी नउफ्र तिम्रा खुट्टा भाँच्छौं भनेपछि थान्को लागेका छन् । खुट्टा भाँच्न त सकिन्छ नि सबै उम्मेदवारका । सुरक्षा त छैन नि । चुनाव भइहाल्यो भने पनि हामी जित्छौं । संविधानसभामा गएर फेरि लडाइँ लड्ने हो । हामी जितेर माथि परिसकेपछि त आफ्नै हिसाबमा लगेको लग्यै गरिन्छ । यो कार्यनीति पनि विद्रोहकै हो । हामीले चुनावभित्र सबै चिज जोड्न खोजेका छौं ।

सेना समायोजन संविधानसभा अगाडि हुँदैन । वाम गणतन्त्रवादी र राष्ट्रवादीको तालमेल भनेका छौ‌ नि, त्यत्तिकै भनेको होइन । अगतिलासँग पनि तालमेल गरेपछि हाम्रो बहुमत हुन्छ । हामी भाले भइसकेपछि (माफ गर्नुहोला हामीले जितिसकेपछि) र हाम्रो हात माथि परिसकेपछि त नियम फेरिदिन्छौं नि । अहिलेको प्रमाणीकरण पनि हामी मान्दैनौ‌ । उनी (नेपाली सेना) लाई एक लाखबाट पचास हजारमा झार्‍यौ‌ भने हाम्रो पनि बीसबाट दस हजार त राख्न सकिन्छ । अस्ति भर्खर कटवाल (नेपाली सेनाका प्रधानसेनापति) ले तीन हजारमात्र माओवादी सेना समायोजन गर्ने हो भने एक लाख सेना खत्तम हुन्छ भनेको छ । हाम्रो दस हजार सेना त्यहाँ पस्ने र अझ हामी माथि परेको बेला समायोजन गर्ने हो भने पूरै सेना माओवादीमय हुने मलाई विश्वास छ । अहिल्यै त नेपाली सेना झन्डैझन्डै माओवादीमय हुन खोजेको छ, अलिकति ताल मिल्यो भने अहिल्यै हुन्छ । हाम्रो सेना त राजनीतिक रूपले प्रशिक्षित छ । हाम्रो सेनामा त विचार, सोच, नीति छ, संसारलाई कता लाने भन्ने । त्यहाँ त छैन नि, बुट बजार्नेबाहेक केही हुन्न । बुट बजार्नेलाई त चेतना भएकाले खाइहाल्छ नि । संविधानसभा भयो भने पनि हामी जित्छौं र हाम्रो अनुकूलको समायोजन हुन्छ । संविधानसभा भएन भने हामी पहिला सत्ता कब्जा गर्छौ र समायोजन हुन्छ ।

हामीले एउटा, एउटा गरेर समायोजन गर्नुहुन्न भनेका छौं । यो कुरा स्पष्ट छ । हाम्रो छुट्टै एकाइ र कमान्ड हुन्छ । व्यावसायिक तालिमका लागि पनि हामी पाँच, सात वर्ष छुट्टै बस्नुपर्ने हुन्छ । उनीहरूलाई पनि राजनीतीकरण गर्नुपर्छ । त्यो लोकतान्त्रीकरण भनेको छ नि, त्यो भनेको राजनीतीकरण गर्ने भनेको हो । त्यसका लागि पनि पाँच, सात वर्ष लाग्छ । युनिटवाइज बस्ने भन्ने कुरा त बुझ्नुभएकै होला । यसरी बस्दा कसैले भोलि धोका दियो भने जे पनि गर्न सकिन्छ ।

जर्नेलको राजनीतिक बक्तव्य: नयाँ परिस्थितिमा नेपाल सेना-२

दिलिप शमसेर राणाको भाषणको दोस्रो भाग । भाषणको पहिलो भाग यहाँ छ ।

तर्राईको वर्तमान गतिविधिहरुमा सुधार हुन नसकेमा

२५) वर्तमान अवस्थामा तर्राई भेगमा सृजना भएको द्वन्द्वको परिस्थितिमा सुधार भई सामान्य अवस्था सृजना नभएको खण्डमा र राज्यपक्षबाट संचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमताबाट स्थिति बाहिर हुन गएमा स्थितिलाई सामान्यकरण गराउने सिलसिलामा नेपाली सेना पुनः संचालित हुन सक्ने सम्भावना रहेको पुर्वानुमान गर्न सकिन्छ । यसको निमित्त यस पृतना हेडक्वाटरबाट नेपाली सैनिक जंगी अड्डालाई नेपाल सरकार, संयुक्त राष्ट्रसंघ र ने.क.पा. (माओवादी) वीचमा एक सीमित अवधिको लागि नेपाली सेनालाई परिचालन गराउने तर्फएक अन्तरिम समझदारीको व्यवस्था गरिन पहलकदमी हुन पर्ने बारे अनुरोध गरी सकिएको व्यहोरा अवगत गराउन चाहान्छु । तर्सथ आगामी दिनहरुमा विशेषः २२ बाहिनी अड्डाले एड टु सिभिल अथोरिटीको अवधारणामा संचालित हुनको निमित्त आफ्ना अन्तरगतलाई मानसिक एवं भौतिक रुपमा तालिमरत रहेक तयारी गरेर बस्न हुन समेत निर्देशन दिन चाहान्छु ।

दीर्घकालीन शान्ति स्थापना भएमा

२६) आउँदा दिनहरुमा माओवादीहरु हतियार लिएर जंगल पस्ने सम्भावना झिनो मात्र रहेको हुँदा हाल अगाडि बढी रहेको शान्ति प्रक्रियाले मुर्तरुप लिने सम्भावना प्रबल रहेको मलाई लाग्दछ । तर्सथ भोलिका दिनमा हाम्रो मुख्य चुनौतिका रुपमा हालको संगठनात्मक संरचनामा रहेका फौजहरुको निमित्त बासस्थान तथा भौतिक पूर्वाधारहरुको यथोचित व्यवस्थापन पनि प्रमुख रुपमा रहेको छ । सधै लर्डाईकै परिस्थितिमा जस्तो फौजलाई बंकरहरुमा मात्रै राखि राख्न उपयुक्त नहुने साथै लामो समय सम्म बंकरमा बसी रहँदा अप्रिय अभिष्टहरु समेत उत्पन्न हुन जान सक्ने हुँदा त्यस तर्फसमेत विशेष ध्यान पुर्याई कुन कुन स्थानमा ब्यारेक लोकेशनहरु राख्न उपयुक्त हुन्छ, तपाई बाहिनीपतिहरुले समयमा नै छनौट गरी आवश्यक प्रकृया तथा कारवाही अगाडि बढाउने तर्फपनि तपाईहरुको ध्यानाकर्षा गराउन चाहान्छु ।

२७) साथै वर्तमान परिवर्तित तरल अवस्थाको पृष्ठभूमिमा हालै संयुक्तराष्ट्र संघको उपस्थितिमा नेपाल सरकार र माओवादीवीच सम्पन्न हतियार र सेना व्यवस्थापन तथा अनुगमन सम्झौता अनुसार माओवादी सेना र तिनका हतियारहरुलाई निर्धारित शिविरहरुमा कन्टेनरमा राख्ने र नेपाली सेनाका हकमा हालसम्म तैनाथ रहेका स्थानहरुमा नै राखेर कुनै पनि पक्ष विरुद्ध हात हतियार प्रयोग नभएको सुुनिश्चिता गर्ने सहमति अनुरुप कार्यान्वयनका लागि हालसम्म भएका निर्देशनहरु बमोजिम गर्नु गराउनु हुनेछ । साथै संयुक्त राष्ट्रसंघका अनुगमन कर्ताहरुको ब्यारेकहरुमा हुने भ्रमणमा समेत पूर्व निर्देशानुसार सहयोग पुर्याउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

तालिम

२८) कुनै पनि सेनाको मुख्य कर्तव्य भविष्यमा आइपर्ने चुनौतिहरुलाई सामना गर्न तयार रहनु हो । यसको लागि निरन्तर समय सापेक्ष तालिमको आवश्यकता पर्दछ । तर्सथः वर्तमान समयमा Cohesiveness सिर्जना गर्ने किसिमको तालिमहरुमा केन्द्रीत हुनुपर्ने आवश्यकतालाई बाहिनीपतिहरुले हृदयमग गरी तालिमको योजना तगा संचालन गराउनु हुनेछ ।

२९) विगतमा परिस्थितिवस अपरेशनको चापको कारण तालिमहरुको निरन्तरता दिने क्रममा केही बाधा परेको महशुस गरिएकोले सेनाको तालिम नीति अनुरुप समय समयमा पृतनाबाट दिएको निर्देशनहरुलाई मनन गरी एकातर्फबृत्तिविकासका तालिमहरु र साथसाथै आक्रामक क्षमताको विकासको लागि अपग्रेड तालिम एवं परिस्थिति जन्य अन्य तालिमहरु संचालन गराउनुपर्ने आवश्यकता रहेको व्यहोरा अवगत गराउन चाहान्छु ।

३०) हालको गतिविधिहरु एवं परिस्थितिलाई ध्यानमा राखि Cohesive सवयुनिटमा व्यवस्थित भएर अपग्रेड तालिम तथा शहरी प्रतिविद्रोह सम्बन्धि तालिममा विशेष जोड दिई तयारी एवं कारवाहीका लागि योजना गर्नुहुनेछ । साथै बृत्ति विकास सम्बन्धी तालिमहरुको योजना तथा कार्यान्वयन गराउने क्रममा पत्ति, से.मु., तथा गुल्म स्तरको तालिम र अभ्यास अधिकतम मात्रामा संचालन गरी जुनियर कमाण्डरमा पहलता लिन सक्ने गरी विश्वास बढाउने तालिमहरु संचालन गराउनु हुन म निर्देशन दिन चाहान्छु ।

मनोवैज्ञानिक तथा जनहितका कार्य

३१) जनता र सेनाको सम्बन्धको महत्वलाई ध्यानमा राखि जनताको नेपाली सेनाप्रतिको विश्वास एवं आत्मियतालाई अझ बृद्धि गर्न तथा जनताको मन मस्तिष्क जित्नका लागि बाहिनीहरुले प्रशासन, प्रहरी र स्थानीय बुद्धिजीवीसँग समन्वय गरी मनोवैज्ञानिक तथा सम्भव भए सम्म जनहितका लागि उपयुक्त र उचित कारवाहीहरु संचालन गर्नु हुनेछ ।

३२) साथै आफ्नो मातहतका सकलदर्जाहरुलाई सेना भित्र फुट ल्याउन संचालन हुन सक्ने अवाञ्छनीय तत्वहरुको मनोवैज्ञानिक कृयाकलाप सम्बन्धमा समेत सचेत र सजग गराउनु हुनेछ । देशमा हालसम्मको स्थिति र विगतमा भएका घटनाहरुलाई विश्लेषण गरि हेर्दा देशको राजनैतिक स्थिति अझै पनि सुनिश्चत हुने बाटो सम्म पुग्न नसकेको अवस्थामा नेपाली सेनाले प्रदर्शन गर्ने बलिदानी एक्यबद्धता तथा कर्तव्यपराणयता एवं राज्यप्रतिको बफादारीतालाई देखेर विचलित र हतास मानसिकता लिएका केही अवाञ्छित विखण्डनकारी तत्वहरुले नेपाली सेना भित्र नेतृत्व तह तथा तल्लो तहमा फुट ल्याउने र भइरहेको संस्थागत एकतामा खलल ल्याउने उद्देश्यले बेला बखत विभिन्न किसिमका अनरगल एवं भ्रामक अफवा वा हल्लाहरु पिर्टाई जनमानसमा तथा जवानहरुमा नकारात्मक सन्देश फैलाउने कुचेष्टाहरु प्रशस्त हुने गरेको अनुभव हामीे गर्दै आएका छौं । तर्सथ यस्ता भ्रामक, असत्य र तथ्यहिन हल्लाहरुबाट सजग रही अनरगत प्रचार प्रसारको असरबाट मातहतका फौजलाई हमेशा तटस्थ राख्न बाहिनीपतिहरुले पहल गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै माओवादी पक्षबाट जनयुद्धको शुरुवात देखि नै सेनाको सांङ्गठनिक संरचनालाई कमजोर गर्ने हेतुले हाम्रो संगठनमा Horizontal Split ल्याउँने प्रयासहरु बारेमा हामी सबै सचेत नै छौं । आउदा दिनहरुमा वर्तमान तरल राजनैतिक अवस्थाको फाईदा उर्ठाई विभिन्न हतकण्डाहरु मार्फ माओवादी तथा अन्य विखण्डनकारी सोच रहेका अवाञ्छित तत्वहरुबाट नेपाली सेनाको संरचनामा हुन सक्ने Vertical Split को प्रयासहरुमा समेत तपाई बाहिनीपतिहरु तथा अन्तरगतका नेतृत्वहरुले सफलता पाएमा देशको एक सवल सुरक्षा संयन्त्र तहस नहस हुन सक्ने हुँदा यी संरचनाहरुमा सदैव सचेत रहनु भई आफ्नो नेतृत्व वर्गलाई समेत गर्राई राख्नु वर्तमान अवस्थामा अत्यन्त आवश्यक भएको ठान्दछु ।

प्राकृतिक प्रकोप/उद्धार कार्य

३३. बाहिनीहरु अन्तरगत जिम्मेवारी क्षेत्रहरुमा प्राकृतिक प्रकोपको बेला तत्काल उद्धार गर्नको लागि फौजलाई जतिसक्दो चाँडो प्राकृतिक प्रकोप भएको स्थानमा फौज परिचालन गराउन बाहिनीहरु तथा मातहतका युनिट/सब युनिटमा समेत फौज तयारी राख्न लगाउनु हुनेछ ।

३४. प्राकृतिक प्रकोप उद्धार कार्यको लागि खटिदा सकलदर्जाहरुले स्थानीय बासिन्दा, कर्मचारी एवं अन्य संघ संस्थाबाट उद्धारकार्यमा सहयोग पुर्याउन खटिएका व्यक्तिहरुसँग मेलमिलाप एवं सहयोगी व्यवहार गर्दै थप धनजनको क्षति हुनबाट रोक्न आवश्यक फौज परिचालन गराउनु तपाईहरुको जिम्मेवारी हुनेछ ।

३५. प्राकृतिक प्रकोप सम्भावनाको मूल्याङ्कन गरी स्थान विशेषमा उपलब्ध आवश्यक श्रोत र साधनको समयमा नै व्यवस्था गर्नु गराउनु उपयुक्त हुनेछ ।

निजामति, नागरिक तथा संचार जगतसँगको सम्बन्ध

३६. स्थान विशेषमा निजामति निकायहरुसँग आवश्यकता अनुसार आपसी सद्भाव एवं विश्वासको वातावरणलाई बृद्धि गर्दै स्वस्थ समन्ययात्मक र उपयुक्त सम्बन्ध निर्माण गर्ने गराउने तर्फबाहिनीपतिहरुको ध्यानाकर्षा गराउन चाहान्छु ।

३७) नागरिक समाज, भद्रभलाद्मी, विशिष्ट व्यक्तिहरु, पत्रकार, मानवअधिकारवादी सबैसँग सम्बन्ध राखि प्रजातन्त्रप्रतिको प्रतिबद्धता, कार्यकुशलता आदि अभिबृद्धि गर्ने कार्य गर्नुहुनेछ ।

३८) विभिन्न दर्जा ब्यारेक बाहिर रहँदा होटेल, रेष्टुरेन्ट या अन्य र्सार्वजनिक स्थानहरुमा गई झगडा, बादविवादमा फस्दा या व्यक्ति विशेषले गल्ती गर्दा हालको परिस्थितिमा एक व्यक्तिको सानो गल्तीलाई समेत अतिरन्जित बनाई सम्पुर्ण नेपाली सेनाको संस्थामा नै आँच आउने गरी र्सार्वजनिक दबाब आउने अस्वस्थ अभ्यासहरु हुने गरेको देखिएकोले यस्तो स्थितिबाट अलग रहन बाहिनीपतिहरुले आवश्यक पहलकदमी गर्नुपर्ने अवस्था रहेको तथ्य पनि स्मरण गराउन चाहान्छु ।

मानवअधिकार

३९) मानव अधिकार हनन्को क्रियाकलापलाई नेपाली सेनाको जिरो टलरेन्सको नीतिलाई यस पश्चिम पृतनाले पनि पूर्णरुपमा आत्मसाथ गरेको व्यहोरा पृतनाको पूर्व निर्देशनहरुबाट तपाईहरु अवगत नै हुनुहुन्छ । तर्सथ मानवअधिकार हनन्को किसिमको कुनै पनि कारवाही गर्न नदिन बाहिनीपतिहरुले समय समयमा प्राप्त भएका नीति निर्देशनहरु तथा विगतमा घटेका घटनाहरु बारे मातहतका सकलदर्जालाई जानकारी गर्राई कर्तव्य पालनाको शिलसिलामा मानव अधिकारको सम्मान गर्नु सिपाहीको परम कर्तव्य हो भन्ने बारे सबैलाई बुझाउनु हुन निर्देशन दिन चाहान्छु ।

४०) एक अर्काप्रति वा आमजनतासँग व्यवहार गर्दा भाईचारा तथा मानवअधिकारको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय मूल्य र मान्यता अनुरुप मातहतका सकलदर्जाहरुलाई काम गर्न लगाउनु हुनेछ । मानवअधिकार हनन्का घटनाहरुलाई उच्च प्राथमिकताकासाथ छानवीन गरी दोषी उपर प्रचलित नियम कानून बमोजिम कारवाही हुने हुँदा मानवअधिकार तथा मानवीय कानून पनि सैनिक कानून सरह हो भन्ने ज्ञान सकल दर्जालाई दिलाउने तर्फविशेष जोड दिई रोलकल, दरबार कवाज तथा तालिममा समावेश गरि यस बारेमा पर्याप्त ज्ञान दिलाउन विशेष जोड दिनु हुन बाहिनीपतिहरुलाई म निर्देशन दिन्छु ।

व्यवस्थापन तथा अनुशासन

४१) नेपाली सेनाको शक्तिको दुरुपयोग भएमा सैनिक पेशा तथा संस्थाको अवमूल्यन हुनुको साथै जारी शान्ति प्रकृयालाई समेत नकारात्मक असर पर्न जाने हुँदा सकलदर्जाको उच्चस्तरको अनुशासन, हौसला, नेतृत्व तथा वर्तमान तर राजनैतिक वातावरणमा अधिकतम आत्मसंयमता प्रदर्शन गराउने तर्फबाहिनीपतिहरुले विशेष ध्यान दिनुहुनेछ । विद्यमान शान्ति प्रकृयालाई अवरोध पुर्याउने कुनै पनि कार्यहरु गर्नु गराउनु हुने छैन भनी म बाहिनीपतिहरुलाई विशेष निर्देशन दिन चाहन्छु ।

४२) सकलदर्जाको हौसला तथा मनोबल उच्च राख्नको लागि असल नेतृत्व, व्यवस्थापन तथा प्रेरणा अपरिहार्य हुने हुँदा सिपाहीमा सकारात्मक सोचाई, आक्रामक प्रबृत्ति र जित्ने अभिलाषालाई अभिबृद्धि गर्नको लागि बाहिनीपतिहरुले सकलदर्जाहरुलाई उच्चस्तरको तालिम, हातहतियारमा भरोसा, राम्रो बन्दोबस्ती कार्यहरु एवं पतिहरुको उच्च स्तरको नेतृत्वमा भरोसा पैदा गराउने विषयहरुमा महत्वका साथ व्यवहारमा उतारी फौजको हौसला एवं मनोबल सदैव उच्च राख्नुहुनेछ ।

बन्दोबस्ती

४३) बाहिनीपतिहरुले आ-आफ्नो मातहतमा रहेका जवानहरुले आत्मासम्मानमा अभिबृद्धि गराउने क्रियाकलापहरुको योजना र कार्यान्वयन गराउनमा विशेष जोड दिन निर्देशन दिन चाहान्छु । जवानहरुलाई विभिन्न समयमा काउन्सेलिङ्ग, दरबार कवाज, रोलकल आदिका माध्यमबाट उनीहरुको व्यक्तिगत तथ पेशा सम्बन्धी सिप विकास हुने साथै निजी शैक्षिक स्तरमा समेत अभिबृद्धि गराउन अन्तरगतका सबै युनिटहरुमा योजना तथा कार्यान्वयनका लागि निर्देशन दिन्छु । हालको परिवर्तित परिस्थितिमा कमाण्डरहरुले मातहतका सकलदर्जामा उत्कृष्ट नेतृत्वको उदाहरण प्रस्तुत गर्ने संस्कारलाई निरन्तरता दिने परम्परालाई कायम राख्न सदैब दत्तचित्त रही लोभानी पापानीमा लाग्ने पुरानो सोचाईलाई परिवर्तन गरी नयाँ सकारात्मक दिशामा लाग्न र मातहतका सकलदर्जालाई अभिप्रेरित गराउनु हुन बाहिनीपतिहरुलाई यसै अवसरमा निर्देशन दिन चाहान्छु ।

४४) साथै जवानहरुको खानपिन, बसोवास तथा अन्य आधारभूत भौतिक पूर्वाधारहरुको सुविधा मिलाउने तर्फनितान्त आवश्यक हुने हुँदा त्यसतर्फसमेत दृष्टि पुर्याउन आग्रह गर्दछु ।

४५) फौजको संचालन गर्न आवश्यक सामानहरुको निरन्तर र समयमा नै आपूर्तिको अतिरिक्त फौजको मोराल, मोटिभेसन, बेलफेयरमा बाहिनीपतिहरुले विशेष ध्यान दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

४६) सकलदर्जालाई आफ्नो जिम्मेवारी तथा डिउटीमा बाधा नपर्ने गरी बिदा छुट्टी छाड्ने प्रबन्धलाई व्यवस्थित गर्नु हुनको साथै मुलुकमा राजनैतिक स्थायित्व नआएसम्म सधै रोलकल, विफिङ्ग गरेर मात्रै छुट्टी बिदा छाड्ने व्यवस्था गर्नु हुन तथा अन्तरगतमा समेत सोही किसिमको व्यवस्था कार्यान्वयनका लागि स्मरण गराउन चाहन्छु ।

संक्षेप

४७) नेपाली जनतालाई केन्द्रविन्दु मानी नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, तथा र्सार्वभौमसत्ता जोगाउन प्रजातान्त्रिक पद्धतिमा पूर्ण प्रतिबद्ध रही नेपाली सेनाले नेपाल सरकारको आदेश बमोजिम काम कारवाही गरिरहेको परिप्रेक्षमा श्री पश्चिम पृतना अड्डा अन्तरगतका बाहिनीहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा यस “पृतना कन्फरेन्श-२०६३” ले निश्चय नै मार्ग निर्देश प्रशस्त गर्ने छ भन्ने तर्फविश्वास व्यक्त गर्दै मेरो यो मन्तव्य यही अन्त्य गर्दछु ।

धन्यवाद

भाषणको पहिलो भाग यहाँ छ ।

जर्नेलको राजनीतिक बक्तव्य: नयाँ परिस्थितिमा नेपाल सेना-1

दिलिप शमसेर राणाको भाषणाको पहिलो भाग । भाषणको दोस्रो भाग यहाँ छ

प्रस्तावना

१) आज यस पश्चिम पृतनाको “पृतना सम्मेलन-२०६३” मा भाग लिन पाल्नु भएका अन्तरगतका बाहिनीपतिज्यूहरु तथा वहाँका स्टाफ अधिकृतहरु, त्यस्तै आमन्त्रित प्रशासन एवं प्रहरी प्रमुखज्यहरु, विभिन्न राजनैतिक पार्टीका आदरणीय नेता ज्यूहरु, पत्रकार बन्धुहरु र यस पृतना हे.क्वा.अन्तरगतका वरिष्ठ स्टाफ अधिकृतहरु, गणपति, गुल्मपति तथा उपस्थित सबै सैनिक अधिकृतहरु,

२) आजको दिनमा यस रमणीय स्थल पोखरामा अवस्थित यस पश्चिम पृतना हे.क्या.परिसरमा सु-सम्पन्न हुन गइरहेको “पृतना सम्मेलन-२०६३” को आयोजना गर्न पाएकोमा मलाई ठूलो हर्षो अनुभूति भइरहेको छ । र्सवप्रथम त आफ्नो कार्य व्यस्तताको बाबजुद पनि यस सम्मेलनको समुद्घाटनको घडीमा हाम्रो निमन्त्रणालाई स्वीकार गर्नु भई पाल्नु भएर यस सम्मेलनको गरीमा बर्ढाई दिनु भएकोमा आज उपस्थित सबै निजामती प्रशासकज्यूहरु, प्रहरी प्रमुखज्यूहरु, राजनैतिक नेताज्यूहरु एवं पत्रकार बन्धुहरुमा आभार व्यक्त गर्न चाहन्छु ।

general dilip shumser rana

‘तर्राईमा सेना परिचालित हुनसक्छ’ पृतनापतिद्वारा राजनीतिक वक्तव्य

प्रेम नेपाली
कास्की, माघ २२ – तर्राईको हिंसात्मक गतिविधि नियन्त्रणमा सेना परिचालन हुन सक्ने राजनीतिक वक्तव्य दि“दै नेपाली सेनाको पश्चिम पृतनाका कायममुकायम पृतनापति दिलीपशमशेर जबराले मातहतका फौजहरूलाई उच्च तयारीमा रहन निर्देशन दिएका छन् । सरकार, राष्ट्रसंघ र माओवादी बीच सीमित अवधिका लागि सेना परिचालन गराउने समझदारी भएको उल्लेख गर्दै उनले अग्रगामी कदमका लागि आफूले सैनिक मुख्यालयलाई अनुरोध गरेको जानकारीसमेत दिएका छन् । पश्चिम पृतना सम्मेलन- २०६३ लाई सोमबार सम्बोधन गर्दै उनले भने- ‘२२ बाहिनी अड्डाले ‘एड टु सिभिल अथोरिटी’ अवधारणा अनुरूप सञ्चालित हुन मानसिक एवं भौतिक रूपमा तयार भएर बस्न निर्देशन दिन्छु ।’ (कान्तपुर दैनिकको थप समाचार यहाँ छ । )

३) मैले मिति २०६३ साल कार्तिक २७ गतेबाट यस पश्चिम पृतनाको कार्यभार समाल्ने मौका पाएदेखि नै मेरो प्राथमिकता तपाई बाहिनीपतिहरुको कार्य क्षेत्रहरुको भ्रमण गरी यस पश्चिमाञ्चल जिम्मेवारी क्षेत्रको बास्तविक बस्तुस्थितिको मूल्यांकन गर्ने र विद्यमान बदलिँदो एवं संक्रमणकालको अवस्थामा यस क्षेत्रका सेना सम्बन्धमा बास्तविक रुपमा ज्ञान हासिल गरी सुसुचित हुने कार्य भएको व्यहोरा तपाई सबै बाहिनीपतिज्यूहरु तथा धेरै जसो तपाईहरु अन्तरगतका गण/गुल्महरुलाई अवगत नै छ ।

४) मेरो त्यसै भ्रमणको अवसरमा मैले क्षेत्रगत रुपमा ज्ञान हासिल गर्नुको साथै विद्यमान बदलिँदो परिस्थितिमा सेनाका सकलदर्जाहरुमा हतोत्साहको मनस्थिति नआवस भन्ने हेतुले सकल दर्जाहरुले एक दशक भन्दा लामो अवधिसम्म निर्भिक एवं संकलित भएर निरन्तर रुपमा उहाँहरुले यस देश र जनताको लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गराउनुको साथै आज शान्तिको पहिलो घाम उदाउने क्रम शुरु गराउनुमा नेपाली सेनाका सकलदर्जाको भूमिका बारेमा अवगत गराएको तपाईहरुलाई अवगत नै छ ।

५) यसको साथै सो अवसरमा भविष्यमा झिनो नै रुपमा भएपनि आउन सक्ने संभावित खतरा र सेनालाई यथोचित एवं सुदृढ रुपमा यस पश्चिमाञ्चल क्षेत्रमा तैनाथ सेनाले कसरी सामना गर्दा उपयुक्त हुन्छ भनी अगाडि सारेको नयाँ कार्यशैलीको अवधारणा समेत सम्प्रेशण गरेको थियो । तपाई बाहिनीपतिहरुको सोच केन्द्रीत भएको पाउँदा मलाई ठूलो सन्तोषको अनुभूति भएको छ । सीमित रुपमा भएतापनि मंसिर महिनामा २२ बाहिनीपतिज्यूबाट सो अवधारणालाई कार्यान्वयन गराउने दिशामा भएको पुनर्तैनाथी (रिडिप्लोईमेन्ट) का प्रयासहरुलाई मैले ज्यादै सचेत र सकारात्मक रुपमा लिएको व्यहोरा यहाँ अवगत गराउन चाहान्छु ।

६) साथै तपाईहरुले आ-आफ्नो अन्तरगतका पतिहरुलाई सम्मिलित गर्राई सु-सम्पन्न गरिसक्नु भएको बाहिनीसम्मेलनहरुबाट पनि आ-आफ्नो आपसी तालमेल र समन्वयलाई यथोचित दिशाबोध प्रदान भईसकेको छ भन्नुमा अत्युक्ति नहोला र यसबाट तपाईहरुलाई यस पृतना सम्मेलनमा ठोस रुपमा योगदान पुर्याउनमा ठूलो मद्दत अवश्य नै पुगेको छ भन्ने सोच मैले लिएको छ ।

७) वर्तमान बदलिँदो परिस्थितिको घडीमा यस पश्चिमाञ्चल विकास क्षेत्रमा तैनाथ भएका नेपाली सेनालाई समयानुकूल अग्रगामी सोचसहित उच्च उमंगको साथमा यथोचित संस्थागत विकासको पहल गर्दै अगाडि बढ्ने क्रममा यस सम्मेलनको अवश्य नै नयाँ दिशा बोध एवं विचारका उर्जाहरु प्रदान गर्ने छ भन्ने कुरामा म विश्वस्त छु । साथै यस सम्मेलनबाट पृतना क्षेत्रमा समय अनुसारको एक मूलभूत अवधारणाको विकासको साथसाथै आपसी सहयोग एवं बृहत्तर समन्वयको साथमा अगाडि बढ्ने सकारात्मक सोच सहित हाम्रो सामूहिक लक्ष्य परिपूर्ति गर्न ठूलो टेवा पुग्ने छ भन्ने मैले ठानेको छु । यस पृतना सम्मेलनमा वर्तमान कालमा सुरक्षा निकायका जवानहरुलाई पर्न सक्ने नकारात्मक प्रभावहरुबाट समेत कसरी जोगाउने र निजहरुको आत्मबल तथा प्रोत्साहनलाई सदैब उच्च राख्न अपनाउनु पर्ने पहल कदमीहरुको विषयमा पनि हामी सबैको ध्यान आकषिर्त हुने छ भन्ने मैले विश्वास लिएको छु ।

८) यस “पृतना सम्मेलन-२०६३” को उद्देश्य देशमा विद्यमान परिवर्तित एवं तरल परिस्थितिमा नयाँ सकारात्मक सोच सहित आपसी सहयोग र समन्वयको साथ एकजुट भएर देश र जनतामा आउन सक्ने संभावित खतरालाई निराकरण गर्न पृतना र अन्तरगतका फौजहरुलाई सबल र सक्षम बनाउनु रहेको छ ।

वर्तमान परिस्थितिको पुनरावलोकन

९) यस उद्देश्य परिपूर्तिको निमित्त एक पटक हामी सबैले विगत एक दशक भन्दा लामो अवधिसम्म ने.क.पा. (माओवादी) बाट शुरु गरिएको तथाकथित “जनयुद्ध” बाट नेपाली जनताले भोग्नु परेको निरन्तर समस्याहरुको प्रभाव र सोलाई सामान्यकरण गर्ने हेतुले राज्यपक्षबाट भएका विभिन्न पहलहरु र ने.क.पा. (माओवादी) ले आजसम्मको दिनमा आएर शान्ति प्रकृयालाई अन्ततोगत्वा ठोस रुप दिने तर्फगरिरहेको पहलहरुको वर्तमान परिणामलाई सही रुपमा विश्लेषण गर्न सकिएमा नेपाली सेनाको सकलदर्जाले देश र जनताप्रति पुर्याएको अतुलनीय योगदानको स्मरणबाट सबै सकलदर्जाको मनोबल उच्च राख्ने ठूलो टेवा पुग्ने कुरामा कुनै दुइमत रहन सक्दैन ।

१०) ने.क.पा. (माओवादी) बाट एकदशक भन्दा लामो अवधिसम्म जारी गरिएको तथाकथित “जनयुद्ध” को वास्तविक मूलभूत उद्देश्य र सो अवधिमा तत्कालिन सरकारबाट अपनाईका राष्ट्रिय अवधारणा एवं सो अवधारणाको परिपूर्ति गराउन नेपाली सेनाले अबलम्बन गरेको सैनिक उद्देश्य आदिको वास्तविक विश्लेषणको साथै, सबै राष्ट्रिय पक्षहरुको पहलहरुबाट के कति उपलब्धिहरु भए सो विषयहरुमा तपाईहरु समक्ष एक विशेषणात्मक तर्क राख्न वर्तमान परिपेक्षमा ज्यादै सान्दर्भिक ठान्दछु ।

११) विगत १० वर्षेखि नै माओवादी विद्रोहको समस्यालाई सुल्झयाउनको निमित्त संयुक्त एवं समायोजित रुपमा राजनैतिक, आर्थिक, सूचना/संचार, विकास/निर्माण तथा सैनिक प्रयास जस्ता राज्यपक्षको ५ आधारभूत राष्ट्रिय शक्तिका संयन्त्रहरुलाई ठोस उद्देश्य प्राप्तिका लागि परिचालित गर्ने ग्रयाण्ड स्ट्रयाटेजि नेपाल सरकारले अपनाएको बारे तपाईहरु सबैलाई अवगत नै छ । यो अप्रोच कुनै पनिर् इन्सरजेन्सी प्रोन मुलुकको लागि ज्यादै फलदायी रहेको अन्तर्राष्ट्रिय मान्यता समेत रही आएको छ । तर्सथः हााम्रो देशमा पनि यो अप्रोचमा राज्य पक्षको ५ राज्य शक्तिका संयन्त्रहरुको समायोजित प्रयासहरु बारे छुट्टाछुट्टै विश्लेषण गरि यथार्थ तपाईहरु सामुन्ने राख्न जरुरी ठानेको छु ।

राजनैतिक पक्ष

१२) राज्य शक्तिको सवल संयन्त्रमा राजनैतिक पक्षलाई सही रुपले मूल्यांकन गर्ने हो भने २०४६ साल पश्चात्को राजनैतिक अवस्थामा ६/६ महिनाको अवधिमा नयाँ सरकारहरु गठन हुने तथा ढल्ने र छोटो अन्तरालमा नै १३ पटकसम्म नयाँ सरकारहरु गठन भएको तथ्य हामी सबैका सामुन्ने उजागर नै छ । यस अवधिमा जनताले सुशासनको अनुभूति गर्न पायो भन्ने सकिने आधार रहेको पाइन्न । यस अवधिमा सुशासनको अभाव त रही नै रह्यो, देशमा सृजित राष्ट्रिय आँचको अवस्थामा पनि सबै राजनैतिक दलहरु आआफ्नो दलगत राजनैतिक स्वार्थ भन्दा माथि उठेर बृहत्तर राष्ट्रिय स्वार्थलाई मनन गरी एकजुट हुनुको सट्टामा एक आपसको भर्त्सनामा व्यस्त रहँदै आफ्नै दलहरुसमेत निहित स्वार्थले गर्दा टुक्र्दै गएको तथ्यबाट हामी सबै परिचित नै छौं । यस अवस्थाले गर्दा हत्या र हिंसामा उत्रिएका ने.क.पा. (माओवादी) लाई आफ्नो क्रियाकलापहरुलाई बढाउने तर्फथप उर्जा मिल्नुको साथै आफ्नो प्रभाव बढाउन ठूलो मद्दत पुगेको कुरालाई स्वीकार्नु पर्ने नै हुन्छ । फलस्वरुप सरकारहरु असहाय एवं निरिह बन्दै गई सरकारी उपस्थिति सदरमुकामहरुमा मात्र सीमित रहनुपर्ने अवस्थाको सृजना भयो । तर्सथ राज्य पक्षको संयन्त्रमा राजनैतिक शक्तिको संयन्त्र खुम्चिन पुगि राज्यपक्षले विद्रोहीको दमनमा अपनाएको स्ट्राटेजिलाई कुनै ठोस मद्दत पुग्न गएको देखिदैन, बरु यस अवस्थाबाट नचिताएर पनि व्रिद्रोही पक्षलाई नै प्रचुर फाइदा पुग्न गएको देखिन्छ ।

आर्थिक पक्ष

१३) राजनीतिक अस्थितरा र कमजोर सरकारहरुबाट गठित सरकारले सुशासन दिन नसकेको अवस्थामा नेपाल जस्तो दातृ राष्ट्रहरुबाट आउने अनुदानको आधारमा आफ्नो आर्थिक स्थिति टिक्ने गरेको देशमा आर्थिक संयन्त्रमा नकारात्मक असर पर्न जानु स्वभाविकै हुन्छ र देशको आर्थिक स्थिति समेतमा केही हदसम्म संकट आएको महसुस गर्न सकिन्छ भने अर्को तर्फमाओवादीद्वारा हुने गरेको चन्दा आतंक, अपहरण, हत्या, कर, डर, त्रास तथा धम्की आदिका कारण स्वतन्त्र र निर्भिक रुपमा बन्द व्यवसाय चलाउन नपाउने स्थिति र निजी तथा विदेशी लगानी कर्ताहरुले समेत आफ्नो पुँजी लगानी डुब्ने भयबाट ग्रसित हुनु परेकोले मुलुकमा आर्थिक पक्षमा समयसापेक्ष विकास र विस्तार हुनबाट बंचित भई उद्योग धन्दा, कलकारखाना, होटल व्यवसाय, पर्यटन व्यवसाय आदि ठप्प प्रायः हुने गरेको स्थिति रह्यो ।

१४) सुशासनको अभावमा सबै तिरको स्थिति सरकारको नियन्त्रण बाहिर गई भ्रष्टचारले व्यापकता पाउनु, ठूलो ऋणीहरुले ऋण नतिर्ने गर्नु, ठूला कर दाताले कर नतिर्ने वा तिर्न आनाकानी गर्ने आदि प्रबृत्तिले व्यापकता पाउँदै गयो । यसले गर्दा पनि देशमा आर्थिक सुधार आउन सकेन र सरकार र अस्थायी प्रकृतिको हुने गरेको अवस्थामा विभिन्न प्रकारका अनैतिक एवं गैर बैधानिक कार्यहरुको नियन्त्रणमा सरकारको ध्यान केन्द्रीत हुन सकेन । यस स्थितिले गर्दा राज्यपक्षको दोस्रो शक्ति संयन्त्रमा रहेको आर्थिक पक्ष पनि खुम्चिन जाने अवस्थामा रही यथोचित रुपमा यसले प्रतिव्रिद्रोहको कारवाहीमा पुर्याउनु पर्ने योगदानबाट बंचित हुन पुगेको अवस्था रह्यो भन्नमा कुनै अतियुक्ति नहोला ।

सूचना/संचारको पक्ष

१५) राज्यको चौथो अंगको रुपमा रहेको सूचना र संचारको जगतले सरकारी पक्षलाई सघाउनुको सट्टा सुशासन कै अभावले गर्दा आर्थिक, राजनीतिक अस्थिरताको वातावरणमा जानी जानी वा नजानेर विद्रोही पक्षलाई नै बढी हित हुने गरी सूचना प्रसारण हुने गरेको कटु तथ्य पनि हामीले नकार्न मिल्दैन । अर्का तर्फप्रति विद्रोहको वातावरणमा खबर संकलन, विश्लेषण र वितरण गर्ने कार्यका लागि खडा भएको संस्था राष्ट्रिय अनुसन्धान विभागमा समेत दलगत राजनैतिक छाया नपरी रहन सकेन र फलस्वरुप विगत दशकको पूवार्धमा नै यस संस्थाको महत्व र आवश्यकतालाई नै बेवास्ता गरी विभिन्न राजनैतिक पार्टीले आफ्ना राजनैतिक कार्यकर्ताहरुको लागि भर्ती केन्द्रको रुपमा मात्र नलिई राष्ट्रिय अनुसन्धान विभागमा भर्ना गरिएकाहरुलाई जनपद प्रहरीतर्फसमेत कुनै छनौटको मापदण्ड बेगर नै स्थानान्तरण गर्राई राजनैतिक पार्टीले स्वार्थ पूरा गर्न उद्दृत भएको घटना आदिले पनि यस संस्थाको क्षमतामा ठूलो ह्रास ल्याई देशलाई परेको विषम अवस्थामा पनि यथोचित यसको हुनुपर्ने योगदानमा ठूलो कमी रहन गयो । तर्सथ प्रति विद्रोहको कारवाहीमा अति आवश्यक पर्ने सूचना तथा अन्य संचारको पक्ष समेत खुम्चिएर रहेको अवस्थाको श्रृजना भई प्रभावकारी कार्यदिशामा क्रियाशील हुनबाट बंचित रहन गएको हामी सबैले अनुभव गरेका नै हौं ।

विकास/निर्माणको पक्ष

१६) खुम्चिएको राजनैतिक एवं आर्थिक संयन्त्रको वातावरणमा सोही पक्षहरुसँग प्रत्यक्ष सरोकार राख्ने विकास/निर्माणको पक्ष गतिशिल हुन सक्नु सम्भव हुने कुरै भएन । सुशासनको अभाव र आर्थिक अपर्याप्तताको कारण समायोजित विकास/निर्माणको पक्षहरु पनि सीमित हुनुपर्ने बाध्यता रहन गएको हामी सबैले महसुस नै गरेका हौं । पहिलो पटक राज्यले विकासको अवधारणालाई ग्रामिण भेगसम्म पुर्याउने हेतुले ढिलो नै भएपनि परिक्षणको रुपमा २०५८ सालदेखि २०६१ सालसम्म गोरखा जिल्लामा आन्तरिक सुरक्षा र विकासको अवधारणा अनुरुप दुर्गम भेगका जनताहरुका आधारभूत आवश्यकताहरु परिपूर्ति हुने गरी विभिन्न भौतिक संरचनाहरुको निर्माणका प्रयासहरु गरेको भएतापनि प्रति विद्रोहको वातावरणमा एकजुट भई क्रियाशील हुनुपर्ने राज्यका ५ वटै संयन्त्रहरुबीच आपसी समन्वय कायम हुन नसकी माओवादीबाट अन्य जिल्लाहरुमा अवस्थित भौतिक संरचनालाई लक्षित गरि ध्वंसात्मक गतिविधि संचालन गर्न थालेपछ विकासका कार्यक्रमहरु समेत जिल्ला सदरमुकाममा नै सीमित रहनु पर्ने अवस्थाको सृजना भयो । विकास/निर्माणको राज्य संयन्त्र पनि अन्ततोगत्वा खुम्चिएको अवस्थामा पुगि अपेक्षित प्रति विद्रोहका कारवाहीमा लक्षित योगदान पुर्याउनबाट बंचित रहनु परेको तथ्य हामीले स्वीकार्नु पर्ने नै हुन्छ ।

सुरक्षा कारवाहीको पक्ष

१७) विद्रोह दमनको सर्न्दर्भमा परिलक्षित राष्ट्रिय शक्तिका ५ संयन्त्रहरुमा यसरी ४ वटा राष्ट्रिय संयन्त्रहरु खुम्चिएर गएको अवस्थामा पनि के कारणबाट हो त आजको दिनमा आफ्नो तथाकथित ‘जनयुद्ध’ को माध्यबाट हत्या, हिंसा र विध्वंसको हत्कण्डा अपनाएर राज्यसत्ता प्राप्त नगरी नछाड्ने अठोट लिएर अगाडि बढेका माओवादीलाई आफ्नो निर्धारित लक्ष्यलाई परित्याग गरी राज्यपक्षले चाहेको जस्तो बैधानिक राजनैतिक मूलधारमा आउन बाध्य गरायो भन्ने मूलभूत प्रश्नलाई कुनै पनि विकृत एवं पूर्वाग्रही सोचबाट तटस्थ रही सही रुपमा विश्लेषण गर्ने हो भने हामी एउटै वास्तविक निक्र्यौलमा पुग्न सक्दछौं । त्यो निक्र्यौल हो विषम, असमन्वयात्मक एवं श्रेयहिन वातावरणमा समेत नेपाल राज्य र नेपाली जनताप्रतिको आस्था एवं कर्तव्यपरायणतामा अलिकत्ति पनि निरुत्साहित नभई निरन्तर रुपमा एक ढिक्का भएर रगत, पसिना र परिआएको अवस्थामा आफ्नो प्राण समेतको आहुति दिन पछि नपरेको यस राष्ट्रका सुरक्षा अंगका बहादुर जवानहरुको निर्भिक र निरन्तर योगदान नै आजको अवस्था सृजना गर्नमा मुख्य कारक तत्व सिद्ध हुन गएको छ । आम नेपाली जनताले त्यस विषम परिस्थितिमा भोग्नुपरेको पीडा र उत्पीडन सुरक्षा निकायका सदस्यहरुलाई पनि त्यतिकै पीडादायक थियो । किनभने एकातर्फउनीहरुले माओवादीसँग निरन्तररुपमा संर्घष गरी नै रहनुपर्ने अवस्था थियो भने अर्कोतर्फगाउँघरमा उनीहरुका परिवारजन समेतले डर, त्रास, हत्या, हिंसाको परिस्थिति भोगी नै रहनुपर्ने बाध्यता समेत विद्यमान रहेको थियो ।

आफ्नो कार्य क्षेत्र छोडेर सदरमुकामको सुरक्षित वातावरणमा शरण लिन जाने जस्तो अन्य राजनैतिक दलका कार्यकर्ताहरुको बाध्यता यस विषम परिस्थिति भरमा कुनै पनि देशभक्त सुरक्षाकर्मीले भने अपनाएनन् । फलस्वरुप आज यो १०/११ वर्षो छोटो समयमा नै देशमा विद्रोह मच्चाई रहेको माओवादी समूह राजनैतिक मूलधारमा आउन बाध्य भएको कारणले आज स्थायी शान्तिको आशा परिपूर्ण हुने दिशातर्फउन्मूख छ । त्यसमा पनि यदि हामी सबैले पूर्वाग्रह रहित भएर सोच्ने हो भने सिपाहीले रात दिन खोलानाला, हुरी बतास, असिनापानी आदि विकट र विषम परिस्थिति र खतराबाट रक्तिभर विचलित नभई गरेको कर्तव्य परायणताको जस कसलाई दिने ?

माओवादीलाई मूलधारमा ल्याएको श्रेय कसले लिने ? यी प्रश्नहरुको जवाफ अवश्य नै बैधानिक राजनैतिक दलका नेताहरुलाई अवगत नै छ, तर मलाई लाग्दछ शान्तिको घाम उदाउने लक्षण देखिएको वर्तमान अवस्थामा केही राजनैतिक बाध्यताहरु होलान् जसले गर्दा मुक्त कण्ठले वर्तमान अवस्थामा केही राजनैतिक बाध्यताहरु होलान् जसले गर्दा मुक्त कण्ठले वर्तमान अवस्थामा योगदान दिने निकायहरुलाई श्रेय दिन नेपाल सरकारलाई बाधा अड्चन रहेको छ । देशभर शान्ति एकपटक ठोस रुपमा स्थापित भई सकेर देशको स्थिति वर्तमान तरल अवस्थाबाट स्थायित्वको दिशामा बढी सकेपछि मलाई लाग्दछ सबै नेपाली समाजका तप्काहरुबाट वास्तविकता स्वीकारिने नै छ । तर्सथ हामी सुरक्षा अंगका निकायहरुले यस विषयमा संयमित भई प्रतिक्षारत रहनुपर्ने आवश्यकता छ ।

१८) अन्तर्राष्ट्रिय जगतमा समेत आज सम्म छोटो समयमा समाधान भएको प्रतिविद्रोहको कारवाहीलाई अध्ययन गर्ने हो भने मलेशियामा भएको प्रतिव्रि्रोह कारवाहीलाई उदाहरणको रुपमा लिने गरिन्छ । तर, त्यो समस्या समाधान हुन करीब २० वर्षो अवधि लागेको तथ्य छ । संसारमा प्रतिविद्रोहको इतिहास अध्ययन गर्दा कुनै पनि देशमा यति छोटो समयमा राज्य र विद्रोही पक्षवीच सम्झौता भई शान्ति आएको कही कतै देखिँदैन । अत यस परिस्थितिलाई सही रुपमा विश्लेषण गर्ने हो भने यसको वास्तविक श्रेय तपाई हामी जस्ता देशभक्त राष्ट्र सेवकहरुले पाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

१९) तर्सथ, तपाई बाहिनीपतिहरुले आफ्नो अन्तरगतका युनिट/सब युनिट पतिहरुलाई यस महान कार्यको सारलाई मनन गर्न लगाई मातहतका सकलदर्जाहरुलाई उनीहरुको कार्यको उच्च मूल्यांकन र बलिदानी सेवाको खातिर सरहना गर्न लगाउनु हुन तथा समग्र श्रेय रोलकल, दरबार कवाज आदिबाट सकलदर्जाहरु समक्ष पुर्याई निजहरुको योगदानलाई स्मरण गर्राई फौजको मनोबल सदा उच्च राख्नु हुन म यसै मन्चबाट निर्देशन दिन चाहान्छु । साथै भावी चुनौती र यस पश्चिम पृतना अड्डाको अवधारणा तथा माथिल्लो निकायको निर्देशनमा विगतमा झै उत्कृष्ट बफादारिताका साथ जिम्मेवारी निर्वाह गर्न मातहतका फौजहरुलाई तयार राख्न हुन बाहिनीपतिहरुलाई म यसै मन्चबाट आग्रह समेत गर्दछु ।
भावी चुनौति र पश्चिम पृतना अड्डाको अवधारणा

२०) विगत ११ वर्षेखि सशस्त्र जनयुद्धको नाममा हिंसात्मक गतिविधिमा राजनीतिक गरिरहेका माओवादको हाल राजनैतिक मूलधारमा आई अन्तरिम संसदमा प्रवेशसँगै सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भएको होकी भन्ने लागेता पनि विगतको घटनाक्रमहरुलाई मनन गरी हेर्दा, साथै माओवादीबाट चोइटिएर रहेका मधेशी जनतान्त्रिक मुक्तिमोर्चा, तर्राई मुक्तिमोर्चा तथा मधेशी जनाधिकार फोरमका नामबाट यथावत जारी हिंसात्मक तथा ध्वंसात्मक गतिविधि तथा माओवादीबाट हुन सक्ने हिंसात्मक परिस्थितिलाई समेत मध्य नजर गरी हेर्दा भोलिका दिनमा विगतको झै परिस्थितिले एकपटक पुनः हिंसात्मक मोड नलेला भनेर एकिनको साथ बस्ने अझै पनि बेला नआईसकेको महसुस गरेको छु । तर्सथ भविष्यमा हुन सक्ने विषम परिस्थितिको पूवानुमान गरी सोही अनुसार योजना, तयारी र कार्यान्वयनका लागि आवश्यक र्सतर्कता अपनाई मातहतका फौजहरुलाई सदा उच्च तयारीमा राख्नु हुन म निर्देशन दिन चाहन्छु ।

२१) अन्तरिम संसदमा प्रवेश गरी सकेको माओवादी पार्टीले राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय परिवेशलाई बुझि सजिलै शान्ति सम्झौतालाई तोडी जंगल पस्ने सम्भावना भने कमै रहेको पाइन्छ । ता पनि आफ्नो देश र जनताप्रति समर्पित भएको कारण एवं राष्ट्रिय सेनाको हैसियतले देश भित्र उत्पन्न हुन सक्ने खराब परिस्थितिको परिकल्पना गरि त्यसलाई सक्षमताकासाथ समाधान गर्नको लागि सधै तत्पर रहनु नेपाली सेनाको प्रमुख कर्तव्य र जिम्मेवारी भएको हुँदा कुनै पनि किसिमको विषम परिस्थितिको सृजना भएमा यस पृतनाले आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने जस्तो सुकै अवाच्छित हर्कतलाई जस्तो सुकै परिस्थितिमा पनि विफल तुल्याउनको लागि तयार रहन म तपाईहरु सबैलाई स्मरण गराउन चाहान्छु ।

२२) हालैका दिनहरुमा भएका घटना क्रमलाई विश्लेषण गरी हेर्दा तोकिएको समयमा संविधान सभाको निर्वाचन भएन भने वा पर सरेमा वा संविधान सभाको नतिजाबाट चित्त नबुझि कुनै पनि बहानाबाजीमा माओवादीले हिंसात्मक गतिविधिको पुनराबृत्ति गर्न सक्ने तर्फपर्ूवानुमान गरि भविष्यमा हुन सक्ने कुनै पनि प्रकारको असहज परिस्थितिको परिकल्पनाको बिरुद्ध आवश्यक तयारी र कार्यान्वयनका निमित्त तयारी रहन समेत म आग्रह गर्दछु । सोही पर्रि्रेक्षमा खराब परिस्थितिको सामना गर्न यस पृतनाले हाल भएको फौजको तैनाथी र कार्यान्वयनमा पुनरावलोकन गरि योजना सम्पादन गर्ने सोच राखेको बारेमा तपाई सबै बाहिनीपतिहरुलाई अवगत नै छ ।

माओवादीद्वारा पुनः हिंसात्मक गतिविधि भएमा

२३) पृतनाको जिम्मेवारी क्षेत्रमा हाल भइरहेको फौज तैनाथीमा सुधार ल्याउने अभ्रिप्रायले आवश्यक परिमार्जन र समायोजन गरी पुनतैनाथी गर्न यस पृतनाले सोच बनाएको र्सर्न्दभमा विगतमा त्यस बाहिनीहरुको भ्रमणको सिलसिलामा मैल सम्प्रेषण गरेको २हृ गुल्महरुको एउटै बेशमा हुने तैनाथीलाई मुर्तरुप दिँदै जाने अवधारण रहेकोमा सबै बाहिनीहरुबाट यस अवधारणाको बारेमा सकारात्मक अभिव्यक्ति आएको पाइएकोले निकट भविष्यमा नै यस पृतना अड्डाले पुरानो फौज तैनाथीको संरचनालाई पुनरावलोकन गरी नयाँ अवधारणा अनुरुपको फौज तैनाथीको संरचना बारेमा माथिल्लो निकायको ध्यानाकर्षा गर्नेतर्फपृतना प्रयासरत छ । तर्सथ भविष्यमा माओवादी आफ्नो हातहतियार सहित पुनः जंगल पसेमा आफ्नो विद्यमान तैनाथीलाई समसामयिक सुधार गर्ने कार्य गरि सशक्त रुपमा प्रतिरक्षात्मक तथा आक्रामक कारवाहीमा अभिबृद्धि ल्याउने योजनाहरु तर्जुमा गर्न यस पृतना अड्डाले सोच बनाएको हुँदा आदेशमा तपाइ बाहिनीपतिहरुले समेत सोही अनुरुप तत्काल कार्यान्वयनका निमित्त क्रियाशील रहनु हुने छ भन्नेमा म विश्वस्त छु ।

२४) साथै भइरहेको सुरक्षा व्यवस्था र आन्तरिक सुरक्षा योजनामा समेत पुनरावलोकन गरी ब्यारेक लोकेशनहरुको मात्र सुरक्षा नगरी सदरमुकाम सुरक्षालाई समेत ध्यानमा राखि अवाञ्छित तत्वहरुले संचालन गर्न सक्ने गतिविधिलाई मनन गरी परेको बखतमा प्रभावकारी ढंगबाट कारवाही सम्पादन गर्ने योजना बनाई पर्याप्त अभ्यास गर्राई आफ्नो
मातहतका फौजहरुलाई तयारीका साथ राख्नु आजको आवश्यकता भएको स्मरण गारउन चाहान्छु ।

भाषणको दोस्रो भाग यहाँ छ ।