Tag Archives: पहाडगन्ज

पीडितगन्ज, पहाडगन्ज

piditganj paharganj

ठूलो पार्न यसमा क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

हिन्दीमा कुरा गर्छ पहाडगन्जले
बोल्छ उर्दू, पञ्जावी र नेपाली पनि
अंग्रेजी त राम्रैसँग बुझ्छ
जापानी र जर्मनको ज्ञान राख्छ भने
फ्रेन्च र इटालियनमा दखल छैन भन्न मिल्दैन
नत्र कसरी चलाउँछ रेष्टुराँ र होटलहरू
लज, क्याफे र साइबरक्याफेहरू
खुद्रा पसल र क्युरियो पसलहरू

दिल्ली आउनुभएको छ भने तपाईँ पहाडगन्ज नपुगेको पत्याउँदै नसकिने कुरा हो । नेपालीको कुरै छाडौ‌, भारतीय राजधानी आउने कुन विदेशी त्यहाँ पुगेको हुँदैन ? यता नआएका नेपालीलाई पहाडगन्ज चिनाउन कतिपयले ठमेलको सहयोग लिन्छन् । काठमाडौंको त्यो पर्यटकीय जमघटस्थलको दिल्लीस्थित समकक्षी हो, पहाडगन्ज । तुलनात्मक रूपमा कम पैसा लिएर घुम्न निस्कने ‘बजेट टुरिष्ट’हरूलाई ठमेलले जस्तै अनेकौं अन्तर्राष्ट्रिय खाना र सस्ता कोठाको प्रस्ताव गर्छ, पहाडगन्जले । फरक यत्ति हो, ठमेलमा १० हजार भारतीय काम गर्दैनन्, पहाडगन्जमा झन्डै १० हजार नेपाली काम गर्छन् । लगभग ७ सय होटल छन् यहाँ जसमध्ये- यो त्यति गौरवपूर्ण कुरा होइन, तैपनि- १० वटाजति नेपालीले सञ्चालन गरेका छन् । सञ्चालन भन्नाले मालिकै भएर चलाएको । भान्से, वेटर, रिसेप्सनिस्ट, भाडा माझ्ने र चौकिदार भएर पहाडगन्जका होटल चलाउने नेपालीको संख्या त अघि उल्लेख भइहाल्यो । Continue reading