Tag Archives: पुस्तक

कितावी मेलामा डोरबहादुर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

[पुस्तक मेला डायरी । यो डायरीको पहिलो भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

म आइसक्रिम खाँदै मानिसको भीड नियालिरहेको थिए (जस’boutमा पृष्ठ एकमा पढ्नुहोस्)। साथीको फोन आयो ।

‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ को कुरा निस्क्यो । डोरबहादुर लगभग ‘मिथ’ भइसकेका छन् । हराएका मानवशास्त्री । अतिचर्चित पुस्तक ‘फ्याटालिजम…’ का लेखक । खै कहाँ गए, यकिन कसैलाई छैन र त्यस्तोमा प्रायः अनेकौं कोणबाट अनुमानहरू गरिन्छन् जो स्वभावतः एकनाशे हुँदैनन् । कोही उनलाई कुम्भमेलामा देखेको कुरा गर्छन् कोही कहाँ । नौ महिनाअघि पहिलोपटक जुम्ला पुग्दा सदरमुकामको एउटा स्टेसनरी पसलमा संयोगले भेटिएका एक वृद्धले हराउनु केही घन्टाअघि डोरबहादुरलाई जुम्ला एयरपोर्टबाट बिदा गरेको सम्झिएका थिए ।

‘पुस १४ गते हो,’ पटमारा-९, उर्थुचौताराका ६३ वर्षो रतिमान विष्टले भनेका थिए- ‘कुन वर्षहो । ठ्याक्कै चाहिँ सम्झना भएन । एअरपोर्ट छाडेर नेपालगन्ज पुगेका थिए, एक घन्टा त्यहाँ बसेका थिए ।’ (डोबरहादुर ०५२ तिर हराएका हुन् ।) त्यसपछि उनलाई नदेखेको बताउने रतिमानले डोरबहादुरले खोलेको झन्डै एक दिन टाढाको एउटा अध्ययन केन्द्रसम्म जान मलाई उक्साएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पुस्तक मेला क्या माहोल

राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

kathmandu book fair
पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया । उनीहरुको झोलामा शंकर लामिछानेका किताब र ‘मार्क्सवादको रुपरेखा’ थिए । सबै तस्बिर दिनेश वाग्ले

त्यो क्षण म चकलेट आइसक्रिम खाँदै एउटा पिल्लरसँगै उभिएर भीड नियालिरहेको थिएँ । भृकुटीमण्डपको ठूलो प्रदर्शनी हलको पुस्तक-स्टलमा मानिसहरू चलायमान थिए । ‘शैक्षिक’ स्टलबाट ह्वारह्वार्ती निस्केका तन्नेरी, पौढ र बच्चाहरू झन्डै-झन्डै ठेलामठेल गर्दै ‘किताब’ स्टलतिर बढिरहेका थिए । साथीको फोन आयो (जस’bout पेज दुइमा पढ्नुहोला) ।

भीड के, खासमा म मानिसहरू नियालिरहको थिएँ । किताब एउटा बहाना मात्र हो, म यहाँ आज मान्छे हेर्न आएको हुँ । यी मान्छेलाई हटाइदिनुस, यहाँका पुस्तक स्टलमा तिनका पसलेमात्र राखिदिनुस् । के उस्तै मजा पाइन्छ ? पढ्नेक्रम जारी राख्नुहोस्

जिन्दगीलाई जिताउने किताबी कुरा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिएको स्वरुपमा हेर्नेभए यहाँ क्लिक गर्नुस् ।

१६ औं शताब्दीका अंग्रेज लेखक तथा दार्शनिक सर फ्रान्सिस वेकनको ‘अफ स्टडिज’ निबन्धको एउटा वाक्य चाखेर या निलेर मात्र पुग्दैन चपाएर पचाउनुपर्ने खालको छ । ‘कुनै किताब चाख्नका लागि हुन्, अरू निल्नका लागि र थोरै केही चपाएर पचाउनका लागि,’ वेकन लेख्छन्- ‘अर्थात् केही किताब आंशिक मात्र पढे पुग्छ, अरू पढे हुन्छ तर चाखपूर्वक होइन र थोरै केहीचाहिँ पूरै तथा लगाव र ध्यानपूर्वक पढ्नुपर्छ ।’

वेकनको वर्गीकरणको तेस्रो बुँदाको झल्को दिनेगरी शिव खेराले आफ्नो बेस्ट सेलिङ पुस्तक ‘यू क्यान विन’ को सुरुमै ‘यो किताब कसरी पढ्ने’ शीर्षकमा पाठकलाई यस्तो सल्लाह दिएका छन्- ‘सरर पल्टाउँदै पढेर या एकै बसाइमा पूरै किताब निलेर यो किताबका अवधारणा बुझ्न सकिँदैन । यसलाई बिस्तारै र होसियारीपूर्वक पढिनुपर्छ, एकपटकमा एउटा पाठ । …यसलाई कार्य पुस्तकका रूपमा प्रयोग गर्नुस् । मार्जिनमा नोट लेख्नुस् । पढ्दै जाँदा हाइलाइटर प्रयोग गर्दै महत्त्वपूर्ण र विशेषगरी आफूलाई उपयोगी हुने शब्दहरू वा वाक्यहरू वा अनुच्छेदहरू चिन्ह लगाउनुस् । पढ्दै जाँदा प्रत्येक पाठकको अवधारणा आफ्नो पति/पत्नी वा पार्टनर वा नजिकको साथीसँग छलफल गर्नुस् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली चेली’bout अमेरिकी उपन्यास

patricia mccormick is the writer of book SOLD that talks about women trafficking in Nepal and India

दिनेश वाग्ले
बाग्ले स्ट्रिट जर्नल

काठमाडौं- ‘वेश्यालयमा के हुँदैछ भन्ने बुझ्न सबैले यो किताब पढ्नुपर्छ,’ विश्वको प्रमुख पुस्तक विक्रेता वेबसाइट ‘अम्याजन डट कम’ मा एक किशोरीले लेखेकी छिन्- ‘धेरै बालबालिकाका लागि पराइ लाग्ने विषय समेटेको भए पनि यो आँखा खुलाउने खालको छ र पढ्नबाट नानीहरूलाई रोक्नु हुँदैन ।’

बेचिएकी एउटी नेपाली किशोरीको कथामा आधारित उपन्यास ‘सोल्ड‘ को समीक्षा हो त्यो । चार महिनाअघि प्रकाशित पुस्तकमा अमेरिकी लेखिका प्याट्रिसिया मक्कोर्मिक (तस्बिरमा)ले आफ्ना सौतेला बाबुबाट भारतको कोलकाताको वेश्यालय पुर्‍याइएकी लक्ष्मीको कथा उतारेकी छन् । प्याट्रिसियाले त्यो लेख्नुअघि नेपाल आएर महिला बेचबिखन’bout अनुसन्धान गरेकी थिइन् ।

भेष बदलेर वेश्यालयका गतिविधि क्यामेरामा कैद गरिरहेका एक फोटोग्राफरसँगको पाँच वर्षअघिको जम्काभेटपछि प्याट्रिसियाले एक जना केटीको दृष्टिकोणबाट त्यो हृदयविदारक कथा भन्ने निर्णय गरेकी थिइन् । ‘(अमेरिकी) युवाले अन्ततिरका उनीहरूकै समवयीहरूलाई के भइरहेछ भन्ने थाहा पाउनुपर्छ,’ न्युयोर्क टाइम्स र रिडर्स डाइजेस्टमा लेख्ने पत्रकार प्याट्रिसियाले एउटा अन्तर्वार्तामा भनेकी छन्- ‘गत वर्ष महिला बेचबिखन’bout मिडियामा केही रिपोर्ट आए तर तिनमा गहिरो चित्रण थिएन । मेरा लागि एउटा पुस्तकजति शक्तिशाली र स्थायी प्रभाव अरू केहीको हुँदैन ।’

न्युयोर्कमा पति, छोरा र दुई बिरालासँग बस्ने आफ्नो वेबसाइटमा उल्लेख गरेकी प्याट्रिसिया सम्भवतः अमेरिकामा नेपाली समस्या चिनाउने अभियानमा सफलोन्मुख छन् । केही साताअघि ‘नेसनल बुक अवार्डस’ को अन्तिम सूचीमा मनोनीत भएको पुस्तक अहिलले निकै चर्चित भएको छ । ‘लक्ष्मी बेचिएको कोलकाते वेश्यालय (ह्याप्पिनेस हाउस) ‘मसला, खाने तेल, अत्तर र चुरोटको धूवाँ’ मा रुमल्लिएजस्तै प्याट्रिसियाको उपन्यासले पनि थुप्रै बासना बोकेको छ,’ टाइम म्यागेजिनले यसपालि लेखेको छ- ‘कुनै प्रेमयुक्त छन् त कुनै हृदयविदारक । उपन्यास पाठकहरूले समय खर्चिनयोग्य छ ।’

अनि ‘अम्याजन डट कम’ को समीक्षा पृष्ठमा ती किशोरी लेख्छिन्- ‘पुस्तक पढेपछि लक्ष्मी (१३ वर्षे) लाई के भयो होला भन्ने कल्पनाले मेरो मथिंगल उडाइदियो र म चिच्याएँ । किताबले मलाई बदल्यो र मेरो उमेर पनि लक्ष्मीकै जस्तो छ ।’

SOLD is the story by patricia mccormick of 13 year old Laxmi, a Nepali girl, who was trafficked to an Indian brothel

आख्यान भए पनि आफ्नो पुस्तकलाई आधिकारिक तुल्याउन वास्तविक घटना अनुसन्धान गर्ने प्याट्रिसियाको बानी हो । ‘सोल्ड’ की मुख्य पात्र लक्ष्मीलाई पछ्याउँदै को लकाताको रेडलाइट क्षेत्र पुग्नुअघि काठमाडौंमा रहँदा प्याट्रिसियाले चेलिबेटी बेच्ने अपराधीहरूलाई जेलभित्र अन्तर्वार्ता गरेकी थिइन् । ‘अनुसन्धानका क्रममा निराश हुनबाट आफैंलाई बचाउनु चुनौती भयो,’ निजी वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा उनले भनेकी छन्- ‘वेश्यालयमा केटीहरूले भोगेको पीडा कस्तो थियो भने अमेरिका फर्केका कयौं दिनसम्म म निराश भइरहें । ती केटीहरूको कथालाई न्याय गर्न सक्दिनँ कि भन्ने सोच्थें । वेश्यालयका केटीहरू बिरामी या मरेपछि नयाँ केटी त्यहाँ पुर्‍याइन्छ भन्ने सोच्दा जतिसक्दो चाँडो उनीहरूको कथा विश्वसामु पुर्‍याउने आवश्यकता महसुस गरें । अनि किताब लेख्न थालें ।’

उनले बेचबिखन रोक्न आफ्नोतर्फबाट योगदान पुर्‍याउन पाठकसँग आह्वान पनि गरेकी छन् । ‘स्कुलमा समूह बनाउनुस्, बेचबिखन’bout फिल्म देखाउनुस्, पैसा उठाउनुस्,’ अर्को अन्तर्वार्तामा लेखिकाले भनेकी छन्- ‘बेचबिखन हुने देशहरूको जीवनस्तर निम्न छ र तपाईंहरूको एक साताको खर्चले वेश्यालयमा रहेका केटीहरूको ठूलै आवश्यकता पूर्ति गर्न सक्छ ।’

पुस्तक ‘एउटा दृश्य एकपटक’ वर्णन गर्ने कवितात्मक शैलीमा मुख्य पात्र लक्ष्मीको दृष्टिकोणबाट लेखिएको छ । एउटा दृश्यलाई ‘हिसाबकिताब’ नाम दिइएको छ, जसमा लक्ष्मी वेश्यालयमा आम्दानीको हिसाबकिताब गर्दै आफू फुत्किने सपना साँचिरहेकी हुन्छिन् । बिछ्यौनामुनि लुकाएको नोटबुकमा उनले गरेको गणितप्रति संगीनी साहन्ना आशावादी छैनन् । आम्दानी कति न्यून छ भने खान्की, बिछ्यौना र गर्भ रोक्ने सुईका लागि तिरेपछि बाँकी केही रहँदैन ।

‘यो हिसाबकिताबदेखि भने वेश्यालयकी बाई मुम्ताजले तँलाई जिउँदै गाड्छे,’ साहन्नाले उनलाई सतर्क तुल्याउँछिन् । फेरि केहीछिन जोडघटाउ गरेपछि लक्ष्मी आफैंसँग भन्छिन्- ‘म अहिल्यै जिउँदै गाडिइसकेकी छु ।’