Tag Archives: प्रधानमन्त्री

प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

प्रधानमन्त्री भट्टराईको कार्यकालका प्रथम तीन महिनामा शान्ति प्रकृयामा प्रगति भयो, शुसासनको धज्जी उड्यो, कुटनीतिमा उनलाई केही सफलता मिल्यो । नराम्रा कामको अपजस सबै उनैलाई जानु स्वभाविकै भयो तर राम्रोको जस उनलाईमात्र जादैन ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ : (पीडीएफपहिलो पेज र १४  पेज । चित्रकारुपमा हेर्ने भित्र/तल

खोप्लाङ, गोर्खाका बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा यो साता बालुवाटार, काठमान्डुमा सय दिने मधुमास पूरा गर्दैछन् । सामान्य अवस्थामा उनको कार्यावधिको मूल्यांकन आगामी मंगलबार थालिनुपर्ने हो । तर कतिपय रुष्ट नेपालीहरूले आफ्ना ३५ औं प्रधानमन्त्रीको राजीनामा अहिल्यै मागिसकेका छन् ।

‘बाबुराम, पद छाड’ भन्नेहरूको त्यो सूचीमा विपक्षी दलहरूका नेता र आफ्नै पार्टीभित्रका ‘खुट्टा तान्ने कमरेडहरू’ मात्रै भए त्यसलाई राजनीतिक दाउपेचको एउटा अस्वाभाविक उदाहरण भन्दै अस्वीकार गर्न हुन्थ्यो । तर यहाँ दुई महिनाअघिसम्म ५७ वर्षे भट्टराईलाई ‘हृदयका राजा’, ‘आशाका केन्द्र’ र ‘आइडल’ जस्ता प्रेम र प्रशंसाका शब्दहरू बर्साउने कतिपयले नै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको, हत्यारालाई माफी दिन खोजेको, प्रशासनयन्त्रलाई ‘ध्वस्त’ बनाएको भन्दै गाली गरेका छन् । प्रशंसकहरू निराश हुँदै उनलाई आफ्नो अपेक्षाविपरीत, अघिल्ला प्रधानमन्त्रीहरूजस्तै, निष्प्रभावी र ‘उही ड्याङका मूला’ भन्न थालेका छन् भने आलोचक र शंकालुहरू चाहिँ ‘मैले त भनेकै थिएँ नि’ जस्ता शब्दावलीबाट कुरा थाल्छन् ।

‘पहिले घरभित्र पसेर अवस्था के छ भन्ने नबुझी उहाँले बोल्नुभयो, मान्छेहरूले आशा गरे,’ पूर्वप्रशासक तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘अर्थमन्त्रीका रूपमा बनेको उहाँको राम्रो छविमा आधारित भएर जनताले उहाँबाट बढी नै आशा गरे । व्यक्तिगत रूपमा उहाँ अहिले पनि बदनाम हुनुभएको छैन । ‘भट्टराईले यसो गरे, उसो गरे, खाए’ भन्ने सुनिएको छैन । शान्ति प्रक्रिया टुंगिने बाटोमा बढेको छ, त्यसको जस उहाँलाई जाला । तर शासनलाई राम्रो पाटोमा लैजान र नतिजा देखाउने सन्दर्भमा उहाँ असफल हुनुभयो ।’

यो लेखको बाँकी भाग यहाँ छ ।

लोकतन्त्र दिवसको जलपान

nabin kumar biswokarma
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

काठमाडौं, ११ वैशाख- लोकतन्त्र दिवसमा प्रधानमन्त्रीले बुधबार आयोजना गरेको जलपान समारोह नवीनकुमार विश्वकर्माका लागि ‘वर्गीय विभेद’ फेला पार्ने अवसर थियो ।

समाजका ‘शक्तिशाली’, ‘गन्यमान्य’ र विदेशी कूटनीतिज्ञ सामेल समारोहमा यी ३२ वर्षो माओवादी नेता स्थानीय विकास राज्यमन्त्रीका रूपमा सहभागी थिए । ‘वर्गीय दृष्टिकोणबाट हेर्दा यो परिवेश सामान्य जनताको जीवनभन्दा धेरै माथि,’ तीन महिनाअघि मन्त्री भएपछि कालिकोटको साटो काठमाडौंमा बस्न थालेका विश्वकर्माले भने- ‘जनता धेरै तल ।’

महाराजगन्जस्थित परराष्ट्र मन्त्रालयको बगैंचामा भएको समारोहमा आतिथेय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत सत्ता साझेदार दलका चुनाव जितेका केही नेता, समाजका विभिन्न तप्काका अग्रणी र विदेशी कूटनीतिक वृत्तको उपस्थिति थियो । Continue reading