Tag Archives: मा‍ओवादी

स‌ंविधान सभा म्याद थप्ने चटारो: काङ्ग्रेसका सुशीलदा र भारतीय प्रभाव

congress vs maoist. game of talks

कसले जित्ला खेल ?

राजाराम गौतम/दिनेश वाग्ले

आज कान्तिपुरमा प्रकाशित एउटा लामो लेखका दुई अंश

आफूले सारेको १० बुँदे प्रस्तावमा उभिएको कांग्रेसले बितेका साता भएका हरेक बैठकमा हतियार बुझाउनैपर्ने र्सतलाई प्राथमिकतामा राखेको छ । ‘घेराबन्दीमा पार्दै आत्मर्समर्पण गराउन खोजेको आरोप लगाउँदै माओवादी सहमतिबाट भाग्न मात्रै खोजिरहेको छ,’ बिहीबार साँझ आफ्ना सभापति सुशील कोइरालालाई वार्ताहरूबारे जानकारी (ब्रिफ) दिन महाराजगन्जस्थित कोइराला निवास पुगेका कांग्रेस नेता रामशरण महतले त्यहीँ कान्तिपुरसँग भने, ‘बारम्बार कबुलेर पछि हट्ने माओवादीलाई हामी अब अरू विश्वास गर्न सक्दैनौं । हतियार बुझाएपछि मात्रै विश्वासको आधार बन्छ र नयाँ ढंगले अघि बढ्न सकिन्छ ।’ यति भनेर महत सरासर भित्र छिरे जहाँ महामन्त्री कृष्ण सिटौला, मिनेन्द्र रिजाल र प्रकाशमान सिंह कोइरालालाई ‘ब्रिफिङ्’ गरिरहेका थिए ।

सुशीलको अडान

धेरै कांग्रेसीहरूका अनुसार यो सुशील कोइरालाले पार्टी  नेतृत्व गरेको पहिलो अवसर हो जहाँ सम्पूर्ण पार्टी संरचना उनको पछाडि एक ढिक्का उभिएको छ । गिरिजाप्रसाद कोइरालाबाट पार्टी कार्यबाहक नेतृत्व पाएका सुशील गए असोजमा कांग्रेस महाधिवेशनबाट शेरबहादुर देउवालाई पराजित गर्दै सभापतिमा चुनिए पनि पार्टीका सबै तप्काबाट स्वीकृति, र्समर्थन र सहयोग पाउन सकेका थिएनन् । विशेषगरी पार्टीका पदाधिकारी समयमै नियुक्त गर्न नसक्नुले सुशीलको नेतृत्व पार्टी र्सवस्वीकार्य नरहेको प्रस्टिएको थियो । तर ‘अनपेक्षित’ तथा ‘विवादहीन’ रूपमा पदाधिकारी नियुक्ति र त्यसपछिका देशव्यापी एकता आमसभाहरू (जसमा नेतात्रयलाई एउटै मञ्चमा राखेर कार्यकर्तामा पार्टी एक भएको सन्देश दिइएको थियो) मा देखिएको उत्साहबर्द्धक उपस्थितिले कांग्रेसमा सुशीलको विरोध गर्नेहरूको आवाज मधुर या हराएको छ । (विवाद साम्य हुनुपछाडिका केही कारणबारे यसै लेखको अर्को भागमा हेर्नुहोला ।) Continue reading