Tag Archives: मेट्रो

दिल्लीको मेट्रोमा सरर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌स्करण यहाँ छ

Metro rail of new delhi

यसै महिनाको सुरुतिर मैले नयाँदिल्लीको मेट्रो रेल चढ्नु पछाडि दुई कारण थिए । पहिलो, द्वारकाबाट सेन्ट्रल सेक्रेटेरियट पुग्न सबैभन्दा सजिलो यातायात माध्यम त्यही थियो । मेट्रोको अन्तिम स्टेसन सेक्रेटेरियटबाट म बसमा जंगपुरा एक्स्टेन्सनको फल्याटमा पुग्न सक्थेँ । दोस्रो, संसारकै उत्कृष्ट मध्येको एक सहरी यातायात प्रणाली भनि व्यापक रूपमा वर्णन गरिएको प्रख्यात मेट्रो हेर्न चाहन्थेँ म । शंकै छैन, दिल्लीको गज्जवको रेल प्रणाली भारतीय राजधानीका शीर्ष पर्यटकीय गतव्य मध्येको एक भएको छ । बेला-बेला अाइफोनमा इन्टरनेट ब्राउज गर्दै ३० किलोमिटर जतिको दूरी यात्रा गर्दा मैले सुविधासम्पन्न टे्रन डिब्बाभित्रको जीवन्त वातावरणको मात्रै मजा लिइन, तीन तले घरको उचाइबाट सहरको अवलोकन पनि गरेँ । अग्ला र मोटा खम्बामा अडिएको रेल ट्रयाक सडक माथिबाट जान्छ । तल सडकमा ठाउँ र गतिका लागि तँछाड-मछाड गर्ने गाडीहरू तिनका चालक र यात्रुलाई थकाई लागुन्जेल रातो बत्तीमा अड्किन्छन् । माथि वातानुकूलित डिब्बाका यात्रुलाई ट्राफिक जामसँग मतलवै भएन । Continue reading