Tag Archives: मौसम

दिल्लीको मौसम र प्रेसवाला

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख पहिलो पटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।] प्रेस वाला भागको विस्तृत स‌स्करण काठमान्डू पोष्टमा प्रकाशित छ । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।

सुन्नुहोस् मौसमसम्बन्धी समाचार- दुई हजार २५ सय मिटर अग्ला पूर्वी नेपाली पहाडमा जन्मेहुर्केको र साढे १३ सय मिटरमा अवस्थित काठमाडौंमा बढे-पढेको मलाई समुद्री सतहबाट २ सय ३९ मिटरमात्रै अग्लो दिल्लीको गर्मीले आश्चर्यचकित हुनेगरी चेताउनु खासै नौलो कुरो नहुन सक्छ । तर यहाँ चकितपनाले सीमा नाघ्नै लागेको भान हुन्छ । शुक्रबार दिल्लीको तापक्रम अधिकतम ४०/न्यूनतम २८ छ भने, म मेरो आइफोनमा आखाँ ठूला पार्दै हेर्छु, काठमाडौंको २७/१३ छ । दिल्लीको न्यूनतमभन्दा पनि काठमाडौंको अधिकतम कम भएको तथ्य यो चर्को गर्मीमा पिल्सिएको बेला हत्तपत्त पत्याउनै गाह्रो पर्दोरहेछ । सोमबार यहाँ ४४ डिग्री पुग्ने अपेक्षा गरिएको छ भने काठमाडौंमा २९ । Continue reading