Tag Archives: युवा

पुस्तक मेलाका पार्टी तन्नेरी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख मंगलवारको कान्तिपुर मा प्रकाशित भएको हो ।

काठमाडौं- ‘मैले धेरै ठाउँमा विश्राम खोजें तर एकान्त कुनामा बसेर पुस्तक पढ्नुबाहेक अन्त कहीँ भएन ।’

थमस एकेम्पिसको त्यो भनाइसँग अभिषेक लिम्बू ठ्याक्कै सहमत नहुन सक्छन् । हुन पनि सक्छन् जो यो लेखको मध्यसम्म थाहा हुनेछ तर उनी पक्का छन् राजधानीका ‘लेट नाइट’ डान्स पार्टीमा चाहिँ त्यो पाइँदैन । त्यसैले लामो कपाल पालेका, तन्दुरुस्त शरीर भएका यी लक्का जवान सोमबार व्यस्त दैनिकीबाट समय निकालेर जमलको पुस्तक प्रदर्शनीमा पुगेका थिए । हिपहप संस्कृतिसँग मिल्दोजुल्दो पोसाकमा सजिएका तन्नेरी एकेम्पिसको त्यो भनाइ कोरिएको भित्तामुनि दाइने हातले केही पुस्तक चलाइरहेका थिए- देब्रेमा बाइकको हेलमेट थियो ।
‘किताब हेर्न आएको नि,’ साइपाल एकेडेमीबाट ए लेभल सिध्याएका युवाले भने- ‘समटाइम लाइफमा फिलोसोफिकल हुनुपर्छ ।’ अर्थात्, जीवनमा यदाकदा दर्शनपूर्ण हुनुपर्छ भन्ने उनको मान्यता छ । त्यो भावना जाग्रत हुनुमा कलेजका सिनियर विद्यार्थीहरूको योगदान छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

साथसाथ तन्नेरी

saath nepali youths

दिनेश वाग्ले

“मज्जा छ,” सञ्जीव दाहालले भने- ‘जे गरे पनि मज्जा । पहिला अवसर थिएनन्, अहिले व्यापक छन् ।’ जावलाखेलस्थित सेन्ट जेभियर्स मैदानमा शनिबार पलेँटी कसेर समकालीन नेपाली तन्नेरी हुनुका मज्जा’bout गफिन थालेका ठिटाले भने- ‘सानै किन नहोस्, काम राम्रो गर्नासाथ ह्वात्तै माथि पुगिने अवस्था छ । राम्रो गीत गाउनुस्, चाँडै चर्चित हुनुहुन्छ । सीप भए जिउन सकिन्छ ।’

मैदानमा झकिझकाउ समारोह चलिरहँदा लामा बाहुला भएका सर्ट या हाइनेकमाथि सेता टी-सर्ट लगाएका दुई दर्जन तन्नेरी व्यस्त पारामा यताउता गरिरहेका थिए । चौरको पूर्वपट्टी ठूलो माइकमा एमसी बिंगो सञ्चालन गरिरहँदा पश्चिमपट्टी सल्लाघारीमा पाल टाँगेर तन्नेरीहरू डिस्को नाचिरहेका छन् । बीचका झन्डै ४० स्टलमा दर्शकलाई सूचना दिइराखिएको छ नेपाली समाजका समकालीन विषय’bout । राजधानीका चार निजी कलेजमा अहिलेको फेसनेबल विषय ‘सोसल स्टडिज’ का विद्यार्थीको संगठन ‘साथ’ ले गरेको उक्त कार्यक्रम सकिनै लाग्दा केही सेता टी-सर्टवाला अर्थात् आयोजक समिति सदस्यहरू कान्तिपुरसँग गफिन थालेका छन् ।

‘हामी त्यस्तो समाजका युवा हौं,’ सुन्नुस् है सञ्जीवको गफ सकिएको छैन- ‘जहाँ परिवर्तन चाँडो भइरहेका छन् । राजाको शासन देखियो, पार्टीहरूको देखिएकै थियो, अब माओवादीको देखिँदै छ । हाम्रो बुबाहरूले त्यत्रो कुरा देख्नै भएन या धेरै समय पर्खिनुपरेको थियो ।’

थोरै समयमा धेरै देखेको बताउने तन्नेरीहरू मौका मिल्नेबित्तिकै आफूले जानेका कुरा अरूसँग साझेदारी गर्न चाहन्छन् र त्यही चाहना पूरा गर्न उक्त कार्यक्रम गरिएको हो । ‘युवालाई उनीहरूकै ’bout र एचआईभी, जेन्डरजस्ता विषयमा जानकारी दिनु मुख्य उद्देश्य हो,’ शैलेन्द्र राईले भने- ‘ती विषय’bout संवेदना सिर्जना गराउनु अत्यावश्यक छ ।’ बिदाको मौसम परेकाले सोचेजस्तो सहभागिता नपाउँदा केही निराश देखिएका केटाकेटी आउँदो वर्ष अझ व्यापक कार्यक्रम गर्नेमा दृढ देखिन्थे । ‘धेरै कुरा सिकियो,’ अन्जाम सिंहले कार्यक्रम गर्दाको अनुभव सुनाइन्- ‘सहयोगका लागि कर्पोरेटहरूमा पुग्दा कहीँ अस्वीकृत पनि भइयो ।’ दुई वर्षअघि सेन्ट जेभियर्समा ‘सोसल वक्र्स’ पढ्नेहरूले खोलेको एसएएटीएच (अर्थात् ‘साथ’ जसको पूर्णस्वरूप झन्डै एक किलोमिटर लामो छ) मा अहिले थप तीन कलेजका विद्यार्थी सहभागी छन् । शैलेन्द्रका अनुसार युवाहरूको सबै क्षेत्रसँग सम्बन्ध स्थापित होस् भन्ने एकदिने कार्यक्रमको उद्देश्य हो ।

अघिल्लो दशकको तन्नेरी हुनुहुन्छ भने सुन्नुस् है एक्काइसौं शताब्दीको पहिलो दशकका यी युवा तपाईंलाई अभागी ठान्छन् । ‘महत्त्वपूर्ण कुरा अघिल्लो दशकमा नेपालमा इन्टरनेट (व्यापक) थिएन,’ सञ्जय शर्माले भने- ‘अहिले कम्प्युटर हुने घरहरू बढिरहेका छन् । पहिले कुनै समस्या समाधान गर्न आफ्नै दिमाग लगाउनु या अभिभावकको सहयोग लिनुपथ्र्यो तर अहिले त्यसका लागि इन्टरनेट उपयोगी साधन भएको छ ।’ अचेलका युवा पहिलेका भन्दा जोसिला र जाँगरिला भएको उनको दाबी छ ।

सञ्जयले त्यति साह्रो धाक लगाइहाल्नु हुँदैन थियो कि ? केही साथी असहमत भए । ‘हामीलाई त्यस्तो लागे पनि जोस जाँगरको तुलना गर्न मिल्दैन,’ रेखा खत्रीले भनिन्- ‘तर अहिलेका युवाले व्यापक र खुला वातावरण पाएका छन् ।’ महेश भट्टले तीव्र सामाजिक परिवर्तनसँगै युवा पुस्ताले आफूलाई थप सामयिक बनाउनुपर्ने चुनौती रहेको बताए ।

सामाजिक कार्यलाई पढाइको विषय बनाएका तन्नेरीहरूसँग गफमा कसले सक्ने ? त्यसमाथि उनीहरूले कामै देखाएका छन् । त्यसैले कार्यक्रमतिरै फर्किऔं र सकिनै लागेको संगीततिर लागौं । माइकमा अरू तन्नेरी जमघटमै जस्तो कोलम्बियाली सुन्दरी साकिरा घन्किइरहेकी छन्- ‘ह्वेन इभर, ह्वेर इभर…’ ।