Tag Archives: राजमार्ग

रोसी खोला तिरैतिर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।


कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो ।

कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा ऊ लमतन्न पल्टेको थियो अन्डरवेयरको सानदार विज्ञापन गर्दै। ढोकैमा उभिएको र हावासँग संघर्ष गरिरहेको धिपधिपे मैनको उज्यालोमा कट्टुको ब्रान्ड ठम्याउन माइनस वान प्वाईन्ट टु फाइभको चस्मा लगाउने मेरा आखालाई अप्ठेरो हुनु स्वभाविकै थियो। केही क्ष्ँणकै लागि सही मैले विश्वास गर्न चाहे ऊ केल्भिन क्लाईनको स्तरीय उत्पादन लगाइरहेको एउटा मोडल हो जो स्टाइल या त्यस्तै कुनै उत्कृष्ट म्यागेजिनमा छापिने विज्ञापनमा प्रयोग हुने फोटो खिचाउन कुनै एउटा डिजाइनर सेटमा उत्तानो परेर सुतिरहेको छ।

तर सुखद चाहनाहरु कटु वास्तविकता भन्दा प्रायः अलि फरक हुन्छन्। हामी इटालीको नेपल्समा होइन सिन्धुलीको नेपालथोकमा थियौं। ऊ दिनभरी गाडी चलाएर थाकेको ड्राइभर थियो जो, म पक्का थिए, त्यतिबेला मोडलिङ्भन्दा बढी निद्राबारे सोचिरहेको थियो। दिनभरी काभ्रेको पाचखाल–रवीओपी हिले कच्चीबाटोमा र साँझ चिल्लो बीपी राजमार्गमा गरी दर्जनौ किलोमिटर बाइकमा हुइकिएर त्यहाँ पुगेका दुई थकित रिपोर्टर प्रश्नको मुडमा खासै थिएनन् तर एउटाको दिमागमा अघिल्लो साता जय नेपालमा हेरेको बलिउड सिनेमा ‘रक अन’को त्यो रमाइलो गीत गुन्जिरहेको थियो–

आसमा हे निला क्यू, पानी गिला गिला क्यू, गोल क्यु हे जमीन?
सिल्क मे हे नर्मी क्यु, आगमे हे गर्मी क्यु, दो ओर दो पाच क्यु नही?

किन त्यस्तो हुन्छ, कसैले सोचेको छ? सन्नाटा किन सुनिदैन? हावा किन देखिदैन? थाकेर सुत्दा पनि किन निद्रा लाग्दैन? नजिकैको रोसी र अलिपरको सुनकोशीबाट विहानीपख आउने हावालाई यो सिरकविहीन खोलले थेग्छ थेग्दैन?

‘हेएएए, थेग्छ,’ केल्भिन क्लाईन मोडलले मेरो शंका निवारण गर्न भन्यो जो मैले अपेक्षा गरेको थिइन। ‘यस्तो गर्मीमा खोल काफी छ,’ उसले थप्यो– ‘जाडो हुदैन यहाँ।’

उसले हाम्रो ओछ्यानमा भएजस्तै एउटा सेतो खोल तान्यो र कम्मरदेखि तिघ्रासम्म छोप्यो। उत्तानो परेको उसको छाती फराकिलो र खुला छ। मान्छे आफैमा चाहि ऊ लिखुरे छ। Continue reading

कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै

उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा

दिनेश वाग्ले


कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु

‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा उनका भाई गोविन्द र अरु पाचजना अनौठो सोचाई लिएर बसेका छन् । ‘कच्ची बाटोहरुकी आमा’मा उफ्रिएको गाडीभित्र ठोक्किनबाट बच्न सबै डन्डीमा झुन्डेका छन्- एउटा हागोबाट अर्कोमा उफिन लागेको बादरजस्तै ।

उद्देश्य फरक भएपनि सडक यात्रा छनोटमा सबैको कारण एउटै थियो- जुम्लामा प्लेन ओर्लेन, मौसम विग्य्रा छ, टिकटको आश छैन । लक्ष्यमा पुग्न हतारो, बसिरहदा बेखर्ची होइने डर । एसएसली पास भएपछि क्याम्पस पढ्न नेपालगन्ज हानिएका, पत्रिकामा सिम्बोल नम्बर नदेखेपछि बुझ्न सानो ठिमी दौडिएका, आइएड परिक्षामा पहिलो विषय छुटेपछि दोस्रो भ्याउन सुर्खेत ओर्लिएका, दाजू भेट्न दार्जिलिङ् हिडेका र विदामा घर र्फकेएका प्रहरी जवानले जीवनकै अविस्मरणीय यात्रा थालेका छन् । अगाडीपट्टी दाङ्का गुरुजीले स्टेरिङ्मा छन् भने तीनका वायापट्टी एकजोडी केटाकेटी चुपचाप छन् । Continue reading