Tag Archives: साहित्य

अडिगाको अँध्यारो भारत

अडिगाको ह्वाइट टाइगर

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

अडिगा

अग्रणी भारतीय समाजशास्त्री एन्ड्रे बेटेलीले गत साताको ‘तहल्का’ म्यागेजिनसँगको अन्तर्वार्तामा हालैको मुम्बई आतंकवादी हमला परेको एउटा होटलको नाम लिँदै भनेका छन्, ‘ताजमहल होटल पक्कै एक प्रतीक हो तर कसको ?’

धनाढ्यहरूको । गत साताकै ‘आउटलुक’ म्यागेजिनको ‘चिठी’ स् तम्भमा दिल्लीका पाठक एन कुन्जुले त्यसलाई यसरी प्रस्ट्याएका छन् ।

‘बम्बे आक्रमणबारेको यो सबै असमानुपातिक होहल्लाका कारण त्यसमा प्रभावितहरूमा मुख्यतः ठूलाठालूहरू पर्नु नै हो,’ कुन्जु लेख्छन्, ‘-तिनीहरू) जसले कोठाको १० हजार तिर्न र एक छाकमै केही हजार खर्चिन सक्थे । बनारस र अजमेरजस्ता धार्मिक स्थलमा धेरै मान्छे मर्ने आतंकवादी हमला भएको भए त्यो पूरै घटनालाई (अहिले कोकोहोलो मच्चाउने मिडियाले) एक/दुई कोलममै सिध्याइदिने थियो ।’

फरक पत्रिकाका फरक पन्नामा छापिएका ती टिप्पणीमा एउटा गम्भीर विवाद र विभेदको झल्को पाइन्छ जसलाई उजिल्याएका छन् अरविन्द अडिगाले आफ्नो उपन्यास ‘द ह्वाईट टाइगर’ मा । भारत अझै विपन्न र पिछडिएको छ । हालैका वर्षहरूमा केहीले दाबी गर्ने गरेजस्तो पूरै चम्किएको छैन र जति चम्किएको छ, त्यसको प्रकाश गरबिहरूसम्म पुगेको छैन । सन्तोषजनक आर्थिक वृद्धि र सूचना प्रविधिको क्षेत्र मा केही हदसम्मको सफलताका कारण सहरी मानिसहरूको क्रय क्षमतामा सुधार आउँदा मिडिया र राजनीतिको एउटा पक्षले त्यसलाई भारतीय उदयको संज्ञा दिँदै आएको छ । तर त्यो उदयमा सहरकै थुप्रै र गाउँका प्रायः सबै समेटिन सकेका छैनन् । उनीहरू अझै अडिगाको किताबमा व्यापक रूपमा प्रयोग भएको शब्द ‘अन्धकार’ मा छन् । Continue reading