Tag Archives: स्कुल

तन्नेरी जुम्लीको पढाउने रहर

यो भौगोलिकतामा जागिरको सानो अवसरका लागि ठूला पहाडहरु नाघ्दै दौडिनु अस्वभाविक होइन । एउटा जुम्ली तन्नेरीको कथा ।

दिनेश वाग्ले

लालबहादुर चौथा गाउको त्यही विद्यालयमा जहा उनी शिक्षक भएर पढाउने आशा गर्छन् ।

हालैको एक विहानी तातिदो घाममा जुम्ला मास्तिरको डाफें लेक उक्लिदै गर्दा ब्राजीली फुटबल टिमको जर्सी घुडामुनीसम्म सारिएको निलो जिन्स लगाएका एक तन्नेरी फेला परे । मलाई डाडासम्म छाड्न हिडेका रेकर्डधारी जुम्ली म्याराथुन धावक हरिबहादुर रोकाया र मैले लगाइरहेको ‘पल्पसा क्याफे’ टी-र्सटले लालबहादुर डागी र मलाई तत्कालै नजिक्याएका थिए । (चर्चित उपन्यासका प्रशंसकले रोकायाकाबारेमा क्याम्पस परिक्षाका लागि एउटा ‘केस स्टडी’ गर्न चाहेका रहेछन् ।) त्यसबाहेक हामी दुबैको त्यो साझको लक्ष्य एउटै थियो- बुम्रमाणी चौर गाविसको चौथा जसलाई ‘जुम्लाकै विकट’ गाउ भनिन्छ । भोलीपल्ट त्यहाबाट रारा हानिने मेरो योजना थियो भने लालबहादुर ‘विशेष काम’मा त्यता गइरहेका थिए जसको वरीपरी यो लेख घुम्ने छ । Continue reading