A lorry headed to China. An Airtruck or a roadplane?

An ‘AirTruck’. Headed to China.

One recent afternoon I spotted a few beautifully decorated trucks not very far from the China border north of Kathmandu. They were stuck there. Mudslides had blocked a long stretch of the narrow road, or what we in Nepal unashamedly call a highway. I asked a driver why his truck along with others had images of envelopes and the Nepal Airlines planes painted on their bodies. … Continue reading An ‘AirTruck’. Headed to China.

सूर्यास्त

अाैला छिनमै सकिन्छन् काठमान्डूका खरावी गन्न थाल्ने हो भने ।

जस्तो कि, अचेल काठमान्डूमा वर्षा थामिएपछिकाे घमाइलोमा सकडहरू धुलाम्ये हुन्छन् । कार्यालय समय सकिएलगत्तैको हतारोमा तिनै सडकमा गाडी र बाईकहरू अटेसमटेस गर्दै घिस्रिरहेका हुन्छन् । मानिसहरू पनि दिनैभरी जस्तो कम्युटरमा अाँखा गाडेर निस्केका हुन्छन् । धुवा र धुलोबाट बच्न बटुवाहरूले मास्क लगाएका हुन् कि मुखुन्डो छुट्याउन कठिन हुन्छ । अत: त्यस्तो प्रतिकुल परिस्थितिमा धेरैलाई एकछिन अडिएर सूर्यास्त हेर्ने फुर्सद कसरी होस् । कतिलाई त रहर पनि हुन्न होला ।

साँझ छ बजेदेखि पौने सातसम्मको क्षण काठमान्डूको पश्चिमी अाकासमा, डाँडाहरूको टुप्मैमा कमजोर घाम अस्ताउनै लागेको हुन्छ । कमजोर तर बेजोड सुन्दर । मनमोहक । नाङ्गा अाँखाले सिधै हेर्न सकिने कमजोर । अाखाँ जुधाइरहन पनि हुने र त्यसै गर्न मनलाग्ने । राअाअाअातो । रातो? पहेहेहेलो । ल ल थुप्रै रंगहरूको मिस्रण जस्तो । त्यसले फालेका किरणहरूमार्फत गर्मी हैन शितलता फैलेको जस्तो हुने के । हात लम्काएर मुठ्ठीमा बाधौं जस्तो । छाम्न सकिने भए ‘नरम रैछ’ भनिने खालको ।

होअोअोअो त्यो डुब्नलागेको घाम मलाई अौधी मनपर्छ । कतिसम्म भने यो ऋतुमा धेरैजसो दिन म त्यही क्षण पर्खेर बस्छु । सकेसम्म नछुटाउने प्रयास गर्छु । उपत्यकामा सबैभन्दा राम्रोसँग त्यो दृश्य कहाँबाट देखिएला भन्ने पत्ता लगाउन खुवै चासो दिन्छु । (थाहा भए प्रतिकृयामा उल्लेख गर्दिनुस् ।) तर समयलाई रोक्न कहाँ सकिन्छ ? केही मिनेटमै त्यो घाम अाकाशमै विलाईहाल्छ । जे होस्, सूर्य अन्धकारमा डुब्नुअघि वा भनौं मलाई अधेरोमा डुवाउनुअघि सूर्यास्तले यो शहरका सारा कमजोरी र यहाँको बसाइका सबै चुनौतीहरूलाई विर्साइदिन्छ है । त्यति चैं गर्छ ।

त्यो रोमान्चक क्षण अवेर साँझसम्मै र धेरैजसो अवसरमा त ननिदाउँन्जेलसम्म मनमै रहन्छ ।

अस्ताउदै गर्दाको पलको कुरागरी साध्य छैन । एकैछिन त मन यति फुरूंग हुन्छ उभिईरहेको थुम्कोबाट स्पाईडर म्यान झैं उफ्रिउँ अनि हत्केलाबाट सूर्य लक्षित एउटा लामो जालो फ्याँकू । सके त्यसलाई त्यही रोकूँ नभए जालोमा झुन्डिदै त्यही पुगूँ । चाहनाहरू त्यसले असीमित सिर्जना गरिदिन्छ ।

वितेका थुप्रै दशकयता कुरूप बन्दै गरेको शहरमा सूर्यास्त चै किन सुन्दर रहिरहेको होला ? के यो संसारकै मनोरम सूर्यास्त हो ? काठमान्डूको भ्यागुतोले त त्यही निस्कर्ष निकालिसकेको होला ।

सूर्यास्त
सूर्यास्त

साना डाँडाले घेरिएको उपत्यकामा माैका मिले सूर्योदय र सूर्यास्त दुबै हेर्न पाइन्छ । नेपालका कतिपय पहाडी भिरालोमा बस्नेहरूकालागि चाँहि ती दुई मध्ये एउटा छनोट गर्नु बाध्यतै हुन्छ । म हुर्किएका ठाउँहरूमध्येको एउटामा बस्तीमा सूर्यकिरण ढिला अाउने र छिटै जाने हुन्थ्यो । पूर्व र पश्चिम दुबैतिर अजंगका डाँडाहरू थिए । घाम अाफूसम्म अाइपुग्दा अाघा विहान कटिसकेको हुन्थ्यो । त्यो अाफूबाट छुट्टीदा अाघा दिन बाँकी नै हुन्थ्यो । तर घाम उदाउदै गर्दाको भान जो अनुभव गरिन्थ्यो पश्चिमतिरतको पहरोलाई हेरेर त्यो सहजै कहाँ विर्सिइदोरहेछ र । त्यो अनुभव एउटा रूचिपूर्ण कथा पढेजस्तै हुन्थो । कथा कतिबेला सकिएला भन्ने हतारमा पान्ना पल्टाएजस्तै घाम कतिबेला पहरो अनि पहाडको भिरालोमा चिप्लिदै अाफूसम्म अाईपुग्ला भन्ने काैतुहल हुन्थ्यो । कतिपय विहान पहरामा घाम त्यसरी सरेको हेरेरै वित्थे । धेरै बर्षपछि थाहा भयो झन अग्ला र चम्किला डाँडाहरूको बीचमा उभिदा सूर्योदय र सूर्यास्तको नियमित प्रकृया झन बढी नाटकिय, रंगीन र रौनकपूर्ण हुदोरहेछ भन्ने ।

सम्झिन्छु अन्नपूर्ण अाधार शिविरको त्यो साँझ । हामी सबै पूर्व फर्केर घाम अस्ताएको हेरिरहेका थियौं । नाजुक सूर्यकिरण माछापुछ्रेको गर्धनमा ठोक्किएका थिए । त्यो विशिष्ट पहाडको अरूबेला अप्रेरणादायी अनि हिउँ अडिन नसक्ने पहरो भाग समेत अाखै नहटाई हेरिरहुँ जस्तो राम्रो भएको थियो । माछापुच्छ्रेको सुन्दर मुहार हेरेर बानीपरेकाहरू त्यो हिमालको अाधार शिविरबाट उसको विनाकुनै व्यक्तित्वको ढाड हेर्दा म जस्तै निराशाले पिरोलिन सक्छन् । तर अस्ताउदो सूर्यका किरण ठोक्किएको त्यो क्षण त्यो ढाड समेत नयनप्रिय भएको थियो । भोलिपल्ट विहान सबैका मुन्टा सूर्योदय हेर्न पश्चिम फर्केका थिए । ताजा किरणहरू भव्य अन्नपूर्णको पूर्वी टुप्पोेमा ठोक्किदै विस्तारै तलतल सर्दै थिए । हरेक सेकेन्ड कौतुहलपूर्ण थिए । Continue reading “सूर्यास्त”

बारीको पाटामा

A helicopter ride is not an everyday event. Rarer is when you fly several times in a matter of days in different whirlybirds. Add hill-hopping to that. And these details: walk in a national park looking for tigers in the afternoon and wake up in the morning atop a hill to find the mighty Manaslu staring at you. Hike in the Himalayan foothills, sort of, with … Continue reading बारीको पाटामा

सोह्रखुट्टे पाटीमा बसेर घडी मर्मत गर्ने उनी

‘सोह्रखुट्टे’मुनीको मान्छे

त्यो दिउसो म त्यहाँ पुग्दा सोह्रखुट्टे पाटी ढलिसकेको थिएन । तर त्यसको छानो उडिसकेको थियो । काठमान्डू सहरका सर्वाधिक ख्यातिप्राप्त ल्यान्डमार्करूमध्येको त्यो सत्तल छिट्टै नजिकै स्थानान्तरण हुनेवाला थियो । सडकलाई फराकिलो हुनबाट रोकेको हुनाले तुलनात्मकरुपमा एेतिहासिक त्यो संरचनालाई सार्न लागिएको थियो । त्यो प्रकृया निर्विवाद थिएन । तर मेरो ध्यान त्यसलाई खोतल्नु थिएन । म त यत्तिकै, बरालिँदै, त्यहाँ पुगेको थिएँ ।

सोह्रखुट्टे पाटीको नाङ्गो छानोमुनी केही मानिसहरू केही गर्दैथिए । एउटी महिला केही कपडाहरू अोल्टाईपल्टाई गर्दैथिइन् । शायद त्यो उनको बिछ्यौना थियो । दुइ पुरुषहरू एउटा भाँडोबाट अर्कोमा केही खन्याईरहेका थिए । शायद त्यो कुनै पेय पदार्थ थियो । अनि एकजना अधवैंशे सज्जन पाटीको एउटा कुनामा बसेर घडी मर्मत गरिरहेका थिए । उनी अगाडीको बाकसमा झुन्डेको पातोमा लेखिएको थियो-

“घडी, लाईटर मर्मत सेन्टर ।
यहाँ घडीको ब्याट्री, फित्ता पाईन्छ । साथै लाईटरमा ग्यास भरिन्छ ।”

sorha khutte the 16-legged thing 3
काठमान्डूको सुपरिचित संरचना सोह्रखुट्टे पाटी पूर्णत भत्काइनुभन्दा केही अधि

उनी एउटा घडीमा व्यस्त हुँदा उनी अघिल्तिर दुइ महिलाहरू बडो चासोपूर्वक उनको काम नियालिरहेका थिए । ती दुइ मध्ये अलि कम उमेरकी जस्ती देखिनेले अाफ्नो देब्रे कुहिनो सोकेसमा अड्याएर हत्केलामा मुन्टो अड्याएकी थिइन् । यो सबै दृश्य केहीबेर अवलोकन गरिसकेपछि मलाई ती घडी मर्मतगर्ने मान्छे नजिककै जान मन लाग्यो । विना कुनै कारण । खोटाङतिरका ती दुबै महिला त्यहाँ अा-अाफ्ना घडीहरू मर्मत गराउन पुगेका रहेछन् ।

“यहाँ यो पसल खोल्नुअघि मैले खुबै सोचे,” वरीपरीका ग्राहकहरू गएपछि फुर्सदिला बनेका घडी मर्मत गर्ने भलाद्मीले मेरो एक प्रश्नमा भने, “एक मनले सोचेको थियो, अब म बाँच्न सक्दिन । मरौं जस्तो लाग्यो । साच्चै । मरौं नै जस्तो लाग्यो मलाई । तर फेरी अर्को मनले भन्यो, म त झन्डै मरेको मान्छे । अब झन बाच्नु पर्छ । हरेस चैं खानु हुन्न । अनि मैले यो पसल थापे । अब यहाँ त ग्राहक मकहाँ अाउछन् । मैले उनीहरूकहाँ जान पर्दैन ।”
Continue reading “‘सोह्रखुट्टे’मुनीको मान्छे”

कानको सफाई

[This post details my recent encounter with an ear cleaner in Koteshor, Kathmandu which reminded me of an incident that involved an ear cleaner in Old Delhi a few years ago.]

ear cleaner 20151127_141222झन्डै पाँच वर्षअघि पुरानो दिल्लीको जामा मस्जिदका सिंढीमा बसेर भव्य लाल किला हेरिरहँदा मैले एउटा अनपेक्षित दृश्य देखेको थिएँ । एउटा अपरिचित ठिटोले मसँगै त्यहाँ पुगेका मेरा एकजना साथीको दाईने कान तान्न खोजिरहेको थियो । केटोको हातमा सियो जस्तो लाग्ने बस्तु थियो । तर्सिएकै त नभनौं तर अचम्मित मेरा मित्र अाफ्नो कान र अाफैलाई पनि जोगाउन प्रयासरत थिए । मलाई एक मन त लाग्यो हन के हुदैछ यहाँ । त्यही अन्योलको क्षण केटोले मेरा साथिलाई भन्यो- “अापके कान बहुत गन्धा है भैया । मै साफ करूँगा ।”

कान सफा गर्ने उसको पेसा रैछ । (त्यो दिनको घट्नानाबारे मैले यहाँ लेखेको छु ।)

केही साताअघि कोटेश्वरबाट दक्षिणपूर्व लम्किदैगर्दा मैले अर्को अनपेक्षित तर चाखलाग्लो दृश्य देखें जसले मलाई जामा मस्जिदको त्यो घट्नाना झलझली सम्झायो । ट्राफिक कार्यलय अगाडी अरनिको राजमार्गको पैदलपथमा टुसुक्क बसेका एकजना व्यक्ति मुन्टो बंग्याएर दाह्रा किटिरहेका थिए । अर्का व्यक्ति निहुरिएर उनको कान खोतलीरहेका थिए । त्यहाँ के भइरहेको थियो भनि खुट्याउन मलाई कत्तिपनि सोच्न परेन । केहीबेर त्यहीँ उभिएर घट्नाना नियाँलें ।

ear cleaner 20151127_141130

दाहिने कान खोतलिदै गर्दा ती दाजुको हातमा रहेको फोन बज्यो । शायद महत्वपूर्ण कल थियो त्यो त्यसैले उनले कुरा गर्न चाहे फोनलाई देव्रेकानमा टासेर । उनले त्यसो गरिरहदाको त्यो क्षण कान सफा गर्ने दाजु फुर्सदिला बने । त्यही मौका छोपेर मैले उनीसँग केही बात मारे । शुरूमा त मलाई उनको बोलीको लवज सुन्दा जुम्ला या मुगुतिरका हुन् कि जस्तो लाग्यो तर हैन रहेछ । Continue reading “कानको सफाई”

The tree men

Jatra [जात्रा]

Security

[This post was written on 21st March.]

The Nepali word jatra means a festive atmosphere. Ghode Jatra is the festive atmosphere that involves ghodas (horses) and men, of course. Don’t know if horses too enjoy the moment but that’s a topic for another entry.

The word jatra also means a mess. Things are not in order. Out of control, sort of. Like the traffic of Kathmandu. Continue reading “Jatra [जात्रा]”