Tag Archives: cycle

एउटा साइकले ठिटो

Saurab Dahal World Cyclist

सौरभ दाहाल । विश्व साइकल यात्री । भारतको नयाँ दिल्लीमा । ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

‘बुझ्नुभो दाइ’, उनले फोनमा भने- ‘नेपाली दूतावासले मलाई सहयोग गरेन भनेर मैले ‘हिन्दुस्तान टाइम्स’लाई इन्टभ्र्यु दिएँ ।’

‘दूतावासले बडो ठीक गरेछ’, मैले भनेँ- ‘तिमीजस्तो घुमन्तेलाई सिङ्गापुर जान दूतावासले किन प्लेन टिकट किनिदिनुपर्ने ?’

‘हैन, एकरात पनि राखेन मलाई’, उनले भने ।

‘एकरात पनि राख्न हुँदैन तिमीलाई’, मैले भनेँ- ‘तिमी आफ्नै रहरले साइकल चढेर विश्वयात्रामा निस्केको । फेरि तिमीले नै भन्यौ, तिमीलाई थुप्रैले चन्दा दिएका छन् । बस्न होटलमा आफ्नै पैसा खर्चेर ।’

‘नेपालीलाई सहयोग नगर्ने दूतावासको के काम ?’ उनले भने ।

‘दिल्लीका बस्तीमा रातभरि लड्ठी ठट्टाउँदै र सिठ्ठी बजाउँदै मजदुरी गर्ने गरिब नेपालीलाई सहयोग गर्नसकेको छैन नेपाल सरकारले’, मैले भनेँ- ‘त्यसैले तिमीलाई दूतावासले सहयोग नगरेकोमा मेरो कुनै सहानुभूति छैन ।’

‘तर म त विश्वभरि सन्देश फैलाउन हिँडेको’, उनले भने ।

आठ वर्षअघि साइकल यात्रा थाल्दा सौरभ दाहाल १४ वर्षका थिए । कोटेश्वर, काठमाडौंको स्कुल जाँदा ‘बाटोमा ग्लु सुँघ्दै माग्ने बच्चा देखेपछि’ विरक्तिएका उनले त्यस्ता बच्चाले स्कुल जानुपर्ने सन्देश दिन साइकलबाट विश्व भ्रमण गर्ने निधो गरे । नौ कक्षाको पढाइ स्कुलमै छाडेर उनले एउटा साइकल समाते र नेपालका विभिन्न जिल्लाको यात्रा थाले । उनले आफ्नो यात्रालाई थप उद्देश्यमूलक तुल्याउन त्यसमा केही बिकाउ सन्देश पनि जोडेका छन्- वातावरण बचाउँ र विश्व शान्ति । नेपाल र भारतसहित २१ देश घुमिसकेका सौरभले मान्छेलाई कसरी प्रभाव पार्नुपर्छ सिकेका छन् । ‘म पत्रिकालाई इन्टभ्र्यु दिँदा खारिइसकेको छु’, उनले मेरा प्रतिकूल प्रश्नहरूमा भने । मैले सोधेको थिएँ- नौ कक्षा पास नगरी स्कुल छाडेको डुलुवाले बच्चालाई स्कुल पठाउनुपर्‍यो भन्नु हास्यास्पद होइन ? पसिना बगाएर काम गर्नु र समाजमा योगदान दिनुको साटो पैसा माग्दै विदेशमा हिँड्दा नेपालका ‘बाटोमा ग्लु सुँघ्दै माग्ने बच्चा’को हित कसरी हुन्छ ? स्कुल जाँदैमा शिक्षा पाइन्छ भन्नु गलत भएको सौरभले बताए । ‘नेपालको शिक्षा प्रणाली गलत छ, धनीले मात्र पढ्न सक्छन्’, उनले भने- ‘यात्रामा मैले स्कुलमा पाउनेभन्दा बढी कुरा सिकेको छु ।’ उनले बितेका केही वर्षमा आफूले जम्मा गरेको सात लाख पैसा नेपालका मध्य र सुदूर पश्चिमका स्कुललाई चन्दा दिएको दाबी गरे । ‘त्यसैले म डुलेको मात्र छैन, सहयोग पनि गरिरहेको छु’, उनले भने । Continue reading