लेखक: DW
-
फागुन २१ गते भोट हाल्न आतुर छु
आज नेपालको लागि ऐतिहासिक दिन हो । २१९ बर्ष पछि हामीले पहिलो पटक महिला प्रधानमन्त्री पाएका छौँ । वितेका दुइ दशकमा सत्तामा महिला प्रतिनिधित्व नबढेको होइन । कानुनमै कोटा किटिएका छन् । “मुख्य चार” मध्ये तीनवटा पदमा जसोतसो महिला पुगिसकेका थिए र बाँकी थियो ‘प्रधानमन्त्री’ । तर हालैका कयौँ उपलब्धी र विकासका बाबजुत प्रधानमन्त्री पदमा…
Written by

-
जनताले निर्वाध कुरा गर्न पाउनु पर्छ
सामान्य नागरिकले आपसमा कुरा गर्ने, कारोबार गर्ने र आफ्ना विचार अभिव्यक्त गर्ने स्वतन्त्रता निर्वाध हुनुपर्छ । यो अधिकार जुनसुकै माध्यममार्फत प्रयोग गर्न सकिने हुनुपर्छ । संविधानले स्पष्ट तोकेका अपवाद बाहेक कुनै पनि बहानामा सञ्चार वा कारोबारमा अवरोध सिर्जना गर्न मिल्दैन । आजको समयमा इन्टरनेटमा आधारित सञ्चार र कारोबार नेपाली समाजका अपरिहार्य धमनी बनेका छन् ।…
Written by

-
आशा र ह्यारिएट
आशा विक अक्टोबर १९८१ मा जन्मिइन्। ह्यारिएट हार्मन अक्टोबर १९८२ मा ब्रिटिश संसदमा चुनिइन्। हुर्किंदै गर्दा आशाले नेपाली समाजमा व्यापक विभेदको सामना गरिन्, र २०१० सम्ममा आइपुग्दा उनी महिला र दलित अधिकारका लागि लड्ने, समानताको पक्ष र विभेदको विपक्षमा आवाज उठाउने अभियन्ता भैसकेकी थिइन् । त्यो वर्ष ह्यारियट बेलायत सरकारको महिला तथा समानता मन्त्री थिइन्,…
Written by
-
Monument to the Unknown Woman Worker/ अज्ञात महिला श्रमिक स्मारक
अज्ञात महिला श्रमिक स्मारक Monument to the Unknown Woman Worker हालैका महिनाहरूमा देखेका मूर्तिहरूमध्ये मेरो ध्यान सबैभन्दा बढी खिच्नेमा बेल्फास्टका यी दुई बहिनी पनि परे जसलाई ‘अ मोनुमेन्ट टु द अन्नोन उमन ओर्कर’ अर्थात् ‘अज्ञात महिला श्रमिक स्मारक’ भनिदोरहेछ। १९९२ मा लुइज वाल्शले यो कृति बनाएकी रहिछन्। त्यो प्रयास पछाडिको विवरण पनि कम्ति रोचक रहेनछ।…
Written by
-
अमेरिकाकाे हिन्द-प्रशान्त रणनीति र चीनकाे बीआरआई
कसैले एमसी भन्छन्, कसैले सीसी । अनि ‘हिन्द-प्रशान्त रणनीति’ रे । बीआरआईको कुरै छैन ! अत्ति भए पछि हालैको एक बिहान मैले परिस्थितिलाई आफनै हातमा लिने निर्णय गरेँ। डेढ घण्टा कम्प्युटरमा घोत्लेर केही अमेरिकी सरकारी दस्तावेज र भाषण हेरेपछि अनि हालै ग्लोबल डिप्लोम्यासी पढ्दा चीन र दक्षिण एसिया तथा चीनको ‘ओबर’’bout आफैले लेखेका केही निबन्धलाई…
Written by
-
Humla Karnali: तीरैतीर
हुम्ला जिल्लाको सदरमुकाम र सबैभन्दा ठुलो जस्तो देखिने बस्ती सिमकोटदेखि त्यो अडिएको अक्करे भीर हुँदै तल कर्णाली नदीसम्म ८ किलोमीटर लामो सडक बनेको छ। यो सडक खण्डमा गुड्ने भारतमा एसेम्बल गरिएका केही फोर व्हिल ड्राइभ गाडी यहाँ कि हेलिकप्टरबाट झारिएका हुन् कि काठमान्डूबाट (ट्रकमा राखेर) तिब्बत हुँदै ल्याइएका हुन् । यी गाडीलाई चाहिने डिजेल खच्चरहरूले…
Written by

-
A Westminster Reception. एउटा वेस्टमिन्स्टर जमघट
म परिचय दिँदै थिएँ, मेरो हत्केलो झन् कस्दै माननीय रिचर्ड ग्राहम चिच्याइहाले – “आयो गोर्खाली !” अनि बताउन थाले, थुप्रै वर्षअघि अन्नपूर्ण क्षेत्रमा गरेको पदयात्रा’bout। यी ब्रिटिश सांसद वेस्टमिन्स्टर फाउन्डेसनका अध्यक्ष हुन्। गए साँझ बेलायती संसद भवनको माथिल्लो तल्लामा रहेको सभामुखको निवासमा आयोजित फाउन्डेसनको वार्षिक जमघटमा उनीसँग भेट भयो। त्यहाँ नेपाल पुगेका ग्राहम मात्रै थिएनन्।…
Written by
-
भेटिन्च: It Will Be Found
हालैको एक दिन म धुँइपत्ता खोज्दै थिएँ एउटा कार्यथलो (अफिस स्पेस) । त्यस्तैमा म पुगेँ एउटा घर जहाँ फेलापार्न हामीलाई सघाउँने उद्देश्यले खोलिएको भेटिन्छ.कम आफैँ बिलाउँदो अवस्थामा भेटियो । ‘केही गरौँ न’ भन्ने उत्साही तन्नेरीहरू जम्मा भएर आफ्नै लगानीमा थालिएको व्यवसायिक प्रयास (स्टार्ट अप) शुरुमा त सफलोन्मुख भएछ । तर के भन्नु र खै, त्यै…
Written by
-
रिङ्ग रोडको रिँगटा
अघिल्लो महिना चिनियाँ अखबार ग्लोबल टाइम्स मा तिब्बत राजमार्गको शिगात्से विमानस्थलदेखि शिगात्से मध्य शहरसम्मको बहुलेन सडकखण्ड सर्वसाधारणकालागि अौपचारिकरूपमा खुला भएको जानकारी दिने एउटा विवरणिका अायो । राष्ट्रिय राजमार्गलाई नेपालको सीमासम्म जोड्ने भएकाले त्यो छोटो सडक भागले आर्थिक र रक्षाका हिसाबले पनि दक्षिण एसियासम्म पुग्ने बाटो खुलाउन चीनलाई सजिलो हुने विशेषज्ञहरूको भनाई रहेको रिपोर्टले जनायो । चिनियाँ राष्ट्रवादी धारणाको प्रतिनिधित्व गर्ने भनि…
Written by
-
भलिराम र मनबहादुर
हालैको एक दिन म कपिलवस्तुको राजमार्ग बस्ती चन्द्रौटा पुगेको थिएँ । शिवराज नगरपालिकामा पर्ने त्यो सानो बजार त्यसदिन अबिरमा रंगिएको थियो । बिहानै स्थानीय चुनावको नतिजा घोषणा भएको थियो । जित्नेमा एक थिइन् २३ वर्षे शिवकुमारी थारू । शिवकुमारीलाई त्यो बिहानैदेखि सञ्चार माध्यमहरूले कान्छी उपमेयरको उपमा दिइसकेका थिए । परम्परागत थारू पहिरनमा सजिएकी उनको तस्बिर…
Written by