तस्बिर श्रुती श्रेष्ट मार्फत कान्तिपुर
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
काठमाडौं, वैशाख १२ – माओवादी अध्यक्ष प्रचण्डले शान्ति, बहुदल तथा आर्थिक विकासबारे आफ्नो पार्टीको प्रतिबद्धतामा शंका नगर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
संविधानसभाबाट निर्वाचनबाट ठूलो दलमा स्थापित माओवादी नेतृत्वसँग बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आयोजित छलफलमा प्रचण्डले विदेशी मित्रहरूलाई ‘आफ्नै नीतिमा पुनर्विचार गर्न’ आग्रहसमेत गरे ।
‘विश्वव्यापीकरण, निजीकरण प्रक्रिया हामी बुझ्छौं,’ छलफलपछि प्रचण्डले भने- ‘हामीले चाहेको मिश्रति र संक्रमणकालीन अर्थतन्त्र कस्तो हुनुपर्छ, स्वदेशी/विदेशी लगानी कसरी प्रवर्द्धन गर्न चाहन्छौं भन्ने स्पष्ट पार्ने कोसिस गर्यौं ।’
कूटनीतिक नियोगका अधिकारी, दातृ निकाय र राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग प्रचण्डको यो पहिलो संयुक्त भेट थियो । त्यहाँ अमेरिकी राजदूत न्यान्सी पावेल पनि उपस्थित थिइन् । कतिपयले आफूहरूलाई ‘यान्त्रिक र अलि जड’ ठान्ने उल्लेख गर्दै प्रचण्डले त्यो सोच गलत भएको र आफूहरू २१ औ शताब्दी अनुकूल चल्ने बताए ।
उनले पश्चिमी देशमा माओवादी पार्टीबारे भएका ‘थुप्रै अस्पष्टता’ छलफलमा प्रस्ट्याएको बताए ।
विदेशी मित्रहरूले संविधानसभामा बहुमत नपाएको पृष्ठभूमीमा सरकारको नेतृत्व गर्दा माओवादीले आफ्ना एजेन्डा कसरी कार्यान्वयन गर्नेछ भन्ने जान्न चाहेका थिए । ‘प्रचण्डले सहमतिअनुसार काम गछौं भने,’ बैठकमा सहभागी संस्थाका एक प्रतिनिधिले कान्तिपुरसँग भने । ‘माओवादीले गर्ने भनेको ‘वैज्ञानिक’ भूमि सुधार र स्थानीय निकायकाबारे पनि प्रश्न उठेका थिए,’ ती सहभागीले भने- ‘राजनीतिक सहमतिमा निर्णय गरिने उनीहरूले बताए ।’ Continue reading