Tag Archives: us elections

अघि-अघि ओबामा

Barack Obama

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

[यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । अमेरिकी चुनावबारे युनाइटेड वी ब्लग ।]

अमेरिकामा इतिहास बनाउने दौडमा हिलारी क्लिन्टनलाई बराक ओबामाले पछि पार्दै डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारी उम्काउने अन्तिम अवस्थामा पुगेका छन् । अर्को मुख्य पार्टीरिपब्लिकन’बाट जोन मक्केन उम्मेदवार घोषित हुने अवस्थामा छन् ।

मंगलबारको प्राइमरीमा ओरेगन राज्यमा जितेपछि ओबामासँग उम्मेदवारीका लागि आवश्यक २०२६ मध्ये १९५९ प्रतिनिधि संख्या छन् । समाचार संस्था एपीअनुसार क्लिन्टनले १७७८ प्रतिनिधि जितेकी छिन् । तीनवटा राज्य पुर्टो रिको, मोन्टाना र साउथ डेकोटाले दुइ साताभित्र प्रतिनिधि चुनेपछि प्रतिस्पर्धा सकिनेछ । तर उम्मेदवारीको अन्तिम टुङ्गो लगाउन सुपर डेलिगेट्स भनिने पार्टी तर्फाट सिनेट/कंग्रेसमा चुनिएका अधिकारी तथा पार्टीदवालाहरूको भूमिका रहने निश्चित भएको छ । ७९५ सुपर डेलिगेट्समध्ये ३०६ ले ओबामालाई र्समर्थन गर्ने बताएका छन् भने २७९ ले हिलारीलाई । बाँकीले र्समर्थन र्सार्वजनिक गरेका छैनन् । Continue reading