अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल

गणेश र्राई

नेपालबाट राजतन्त्रलाई फ्याक्ने अभियानले तिब्रता पाउदै जादा नेपाली जनताले राजाको व्यक्ति पूजा गरिएको गीतबाट अब औपचारिकरुपमै छुटकारा पाउदै छन् । “प्रचन्ड प्रतापी भूपती”को भजन अर्थात “श्रीमान गम्भीर” अहिले निलम्बित अवस्थामा छ र जनताको गीतलाई राष्ट्रिय गाथामा बदल्ने अभियान अर्न्तगत आजै मात्र एउटा नयाँ सिर्जनाको चयन भएको छ ।

सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
र्सार्वभौम भई फैलिएका मेची महाकाली…

मन्त्रीपरिषद्ले पारित गर्यो भने अब केही दिनपछि यिनै हरफबाट नेपाली राष्ट्रियगान सुरु हुनेछ । लोकतन्त्र प्राप्तिपछि संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा गठित राष्ट्रियगान चयन कर्यदलले यो गीत छानेको हो जसलाई व्याकुल माइला अर्थात् प्रदीप कुमार र्राईले रचेका हुन् । आठ हरफको राष्ट्रियगान मा ४७ शब्दमा छन् । कार्यदललाई विभिन्न व्यक्तिबाट करिब १ हजार २ सय ७२ रचना मिलेका थिए । रचनाकारको नाम नहेरी गीत छानिएको जोशीले बताए । कार्यदलले राष्ट्रियगीतबारे सुझाव संकलनका निम्ति पश्चिम धनगढीदेखि पूर्वमा इटहरीसम्म अन्तक्रिर्या कार्यक्रम गरेको थियो ।

ओखलढुंगाको हिलेपानी गाउँमा जन्मिएका ३४ वर्ष गीतकार र्राई डेढ दशकदेखि साहित्यमा लागेका हुन् । कानुनमा स्नातक (बीएल) र जनप्रशासनमा एमपीए सम्म पढेका र्राई अधिवक्ता हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले भने- ‘जनजाति र दुर्गम क्षेत्रका स्रष्टाको रचना राष्ट्रियगानकारुपमा चयन भएको छ त्यसले अझ ओझ थपेको छ ।’ पचासको दशकयता राजधानीमै रहेर सिर्जनारत व्याकुल माइलाले लोकतान्त्रिक आन्दोलनमा सशक्त सहभागीता जनाएका थिए । ‘जुन गीत मेरो भनेर चयन गरियो’, भावविभोर हुँदै उनले भने- ‘त्यो मेरो होइन । लोकतान्त्रि जनआन्दोलन भाग दुईमा उर्लिएको जनसागरको भावना हो । मैले त्यही भावनालाई समेटेको मात्र हुँ ।’ दर्जनौं गीत, कविता, हाइकूका स्रष्टा व्याकुल माइलाले यसअघि ‘नेपाली गीत संग्रह’, ‘बरभञ्ज्याङ्ग’ नामक साहित्यिक गोजिकालगायतका पत्रिका सम्पादन गरेका थिए ।

गीतको पूरा अंश:

सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली
र्सार्वभौम भई फैलिएका, मेची महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
बीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तर्राई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

Advertisements

17 thoughts on “अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल

  1. देशमा लोकतन्त्र आएको जस्तो लाग्यो । हाम्रा गाउ ठाउकाले पनि मौका पाए हो गरेर देखाउने । Even as I am sure Mr Rai’s peom wasn’t selected becuause he is a janajati, I hope this trend of recognizing talents without any prejudice continues. Now I am reading and reading these lines so that I can memorize forever.

    Like

  2. मलाई यो गीत मन पर्यो । तर रगत शब्न नराखेको भए हुन्थ्यो कि जस्तो लाग्या छ । तैपनि ठिकै छ । Wish I was in School!

    Like

  3. प्रस्तावित राष्ट्रिय गान सार्वजनिक भएपछि कान्तपुरका पाठकहरुले दैनिकलाई पाठाएका पत्रहरु । यी पत्र यहाँ ब्लगमान्डुले प्रकाशित गरेको हो ।

    थरी थरी फूलका हामी

    जनजातिका युवाको गीत राष्ट्रियगानका लागि छनोट भएकामा स्वागत छ । तर यसमा धेरै कुरा मिलेजस्तो लागेन । केही जिज्ञासा गीतकार र राष्ट्रिय गान चयन कार्यदललाई राख्न चाहन्छु- नेपालमा करिब ६० जनजाति छन् । सयौं थुङ्गा भनेर कसलाई भनिएको हो ? एउटा मालामा सामान्यतया २५ वटाजति फूल हुन्छन् । सय फूलको थुङ्गा माला बनाउन प्रयोग हुँदैन । र्सार्वभौम, कोटी, सम्पदा, आँचल, अखण्ड, बहुल, अग्रगामीजस्ता शब्द त्यति मीठा छैनन्, ती कुनै संस्कृत, कुनै हिन्दी शब्द हुन् । तिनमा पनि कतिपय राजनीतिक शब्दकोशबाट झिकिएका छन् ।

    पहिलो श्लोकको दोस्रो हरफमा रहेको ‘र्सार्वभौम भई फैलिएका मेची-महाकाली’ अंश सरल छैन । मेची र महाकालीलाई मात्र विम्वको रूपमा प्रयोग गर्ने जमाना गएन र – गण्डकी, कर्णाली, भेरी, राप्ती, कोसीले कहिल्यै मौका नपाउने – दोस्रो श्लोकमा रहेको भावले नेपालको विशेषता जनाउँदैन । पहिलो स्थायी अन्तरामा नेपालीलाई बुझाएपछि दोस्रो श्लोकका ‘स्वतन्त्र’ र ‘अटल’ शब्दले नेपाल र नेपालीलाई बुझाउनुपर्ने हो तर त्यहाँ नेपाल, जन्मभूमि, वीरभूमि, मातृभूमिजस्ता शब्द छैनन्, न नेपाली बुझाउने कुनै शब्द छ । यसको अर्थ दोस्रो हरफ स्वतन्त्र छ, त्यसले पहिलोको व्याख्या पो गर्नुपर्थ्यो । ‘सम्पदाको आँचल, वीरहरूको रगतले स्वतन्त्र र अटल’ भनेर केलाई बुझाउन खोजिएको हो ? पहिलो स्थायी अन्तरामा नेपालीलाई बुझाए पनि दोस्रोमा नेपाल र नेपाली भन्ने भाव कही“ नआएकाले व्याकरणका दृष्टिले यो अशुद्ध र भावले अपुर्ण छ ।

    अन्तिम श्लोकमा रहेको बहुल शब्दले बहुलवादलाई जनाउँछ, बहुसंख्यालाई बुझाउँदैन । बहुजाति, बहुभाषा भनिन्छ, बहुल जाति, बहुलभाषा भनिएको थाहा छैन । अन्तिम हरफमा रहेको ‘हाम्रो’ भन्ने सम्बन्धकारक शब्दपछि ‘नेपाल’ आउनुपर्थ्यो, जय जय होइन । ‘जय जय नेपाल’ अंशअगाडि चाहिँ ‘सबैले गाऔं, बोलौ’भन्ने यस्तै आह्वानका अंश हुनुपर्थ्यो ।

    तेस्रो हरफमा रहेका तर्राई, पहाड र हिमाल परम्परागत हुन् । भूगोललाई तीन भागमा मात्र राखेर संघीय शासन इकाई विभाजन गर्न सकिदैन, कम्तीमा नौ र बढीमा पन्ध्र-सोह्र हुनुपर्छ भन्ने आवाज उठिरहेको छ । त्यस्तै जनान्दोलनका मुख्य माग पनि गीतले प्रतिविम्वित गरेजस्तो लागेन ।

    – श्याम कर्ण
    धुमबाराही, काठमाडौं

    ……………
    राष्ट्रिय गान राष्ट्रको मन्त्र हो । हामी राष्ट्र मात्र होइनौ, त्योभन्दा बढी धर्म, संस्कृति, आदर्श र सभ्यता पनि हौं । सभ्यताको लर्डाईंमा हामी पछाडि परेका थिएनौं र पर्ने पनि छैनौं । अग्रगमन त्यही हो । मानव जातिलाई महान आदर्शले डोर्याउ“छ । त्यो निरन्तर कायम छ । आजको आणविक युगमा हाम्रो धर्मले मानवीयताको सन्देश दिइरहेको छ । अत्याधुनिक महान वैचारिक चिन्तक र वैज्ञानिकसमेत त्यसबाट प्रेरित छन् ।

    राष्ट्रिय गानमा राष्ट्रिय धरोहरको नाम लिइएको छैन । त्यो खेदको विषय हो । सम्प्रदाय र जाति विशेषको मामिला धर्म होइन । त्यो मानवीयता राष्ट्रियतामा अभिव्यक्त दर्शन हो । सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ हाम्रा राष्ट्रिय धरोहर हुन् । नेपाल निर्माताको सम्झना पनि हुनु पथ्र्यो । हामीले प्राचीन युगदेखिको आदर्शलाई तिलाञ्जली दियौं कि ?

    – नोर्बु जिम्बा
    माझीफेदा, काभ्रे

    ……….
    जी. शाहका भक्त
    चिरप्रतिक्षित नयाँ राष्ट्रिय गानको एक हदसम्म टुंगो भएको खबर पढ्न पाउँदा मलगायत केही साथीमा यसका लेखकबारे प्रश्न उठ्यो । ‘नेपाली गीत संग्रह’ नामक पुस्तकका सम्पादक पनि कोही ‘व्याकुल माहिला’ नामका व्यक्ति नै रहेछन् । उनले ०५९ वैशाखमा त्यो पुस्तकको भूमिकामा राजा ज्ञानेन्द्रको चाकरीमा अन्तिम अनुच्छेद खर्चेका छन् । पुस्तक प्रकाशनमा सहयोगी सबैलाई धन्यवाद दिइसकेपछि यो अनुच्छेद यसरी प्रस्तुत भएको छ- ‘यसभन्दा अझ नेपाली गीति साहित्यमा जी. शाह नामले सुस्थापित स्रष्टा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको रचनासमेत यसमा समावेश गर्ने अवसर प्राप्त भएकोमा हामी अत्यन्त गौरवान्वित भएका छौं । मौसुफ सरकारको यस सदाशयतापूर्ण निगाहप्रति सभक्ति कृतज्ञता ज्ञापन गर्दछौं ।’

    राजाको चाकरीमा यसरी प्रस्तुत भएका तिनै स्रष्टाले तिनै राजाको निरंकुशताविरुद्ध लडेका महान जनताका लागि राष्ट्रियगान लेखे होलान् र त्यो छानियो होला भनेर हामीले विश्वास गर्न सकेनौं । त्यसैले उक्त पुस्तकका सम्पादक व्याकुल माहिला उनै हुन् कि अर्कै कोही स्रष्टा ? प्रस्ट पारिदिन सम्बन्धित क्षेत्रसँग अनुरोध गर्छु ।

    -हरिगोविन्द लुइँटेल, काठमाडौं
    hgluintel@yahoo.com

    ……….
    सुधार आवश्यक

    खारिएका साहित्यकारलाई पछि पार्दै आफ्नो गीत राष्ट्रियगानका रूपमा छनोट गराउन सफल प्रदीपकुमार र्राईको प्रयास प्रशंसनीय छ । र्राईको गीतमा केही शब्द सुधार गर्नुपर्ने देखेको छु ।

    थोरै शब्दमा सिंगो देशलाई उतार्ने काम पक्कै पनि गाह्रो छ । केही विषयबाहेक र्राईले नछुर्टाई सिंगो राष्ट्रलाई गीतमा व्यक्त गरेका छन् । राष्ट्रियगान भनेको युगौं युगसम्म चल्ने, मसिना नानीदेखि प्रधानमन्त्रीसम्मले गाउने, आम नेपालीले सम्मानपूर्वक मुटुमा राख्ने र देशको अन्तर्राष्ट्रिय परिचय पनि दिने भएकाले त्यो सबै दृष्टिले सशक्त हुनुपर्छ । यसका शब्द दार्शनिक, मर्मस्पर्शी एवं मीठासयुक्त हुनुपर्छ । यस हिसाबले र्राईको गीत पूर्ण छैन ।

    गीतका केही शब्द वितृष्णा जगाउने खालका छन् । जस्तै- रगत । विगत ११ वर्षेखि हामीले रगतलाई सुन्दै, पढ्दै र हेदै आइरहेका छौं । हामीमा रगतको अत्यन्तै नकारात्मक प्रभाव छ । त्यसकारण रगतको ठाउँमा ‘उत्सर्ग’ राखे कसो होला ? त्यसैगरी नेताले सधैँ बोल्ने शब्द ‘अग्रगामी’ पनि दिक्कलाग्दो बनेको छ । यसको सट्टा ‘प्रगतिशील’ भने कसो होला ? मेरो हेराइ र बुझाइका आधारमा मैले र्राईको गीतलाई परिमार्जित गरेको छु-

    थरीथरी फूलका हामी, एउटै माला नेपाली
    र्सार्वभौम शक्तिशाली हाम्रो मेची महाकाली
    प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
    वीरहरूको उर्त्र्सगले स्वतन्त्र र अटल
    पौरखी महिला पुरुष तर्राई पहाड हिमाल
    अखण्ड यो प्यारो हाम्रो शान्तिभूमि नेपाल
    बहुल जाति, भाषा धर्म संस्कृति छ विशाल
    प्रगतिशील राष्ट्र हाम्रो जय जय नेपाल

    गीतको पहिलो र अन्तिमको दोस्रो वाक्यांशले उही अर्थ दिने हुँदा त्यसलाई परिवर्तन गरी अझ सशक्त बनाउन सकिन्छ । सम्भव भए गीतबारे जनमत बुझे राम्रो हुने थियो कि ?

    – विवेक विनयी
    समालबुङ-४, इलाम

    ……….
    महिलाको अपमान

    जनआन्दोलन भाग-२ को भावनाअनुरूप प्रतिनिधिसभा घोषणा-०६३ ले पुरानो राष्ट्रियगान खारेज गर्यो । त्यसपछि सरकारद्वारा गठित समितिले सिफारिस गरेको राष्ट्रियगानमा प्रयोग गरिएको ‘वीर’ शब्दले आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाको अपमान गरेको छ ।

    गीतको दोस्रो हरफमा रहेको ‘वीर’ शब्दले नेपाली शब्दकोशमा पुरुषलाई मात्र जनाएको भेटियो । लोकतान्त्रिक जनआन्दोलनको भावनाअनुसार महिलालाई यो गानले समेट्न नसकेको हु“दा ‘वीर-वीरङ्गना’ अथवा अन्य समान आदरार्थी शब्द हुनु आवश्यक छ । वसन्तकुमार शर्माले लेखेको ‘नेपाली शब्द सागर’ मा ‘वीर’ को अर्थ पुरुषार्थी, बहादुर मान्छे, योद्धा व्यक्ति भनिएको छ । साझा प्रकाशनले छापेको ‘बृहत् नेपाली शब्दकोश’ मा ‘वीर’ भन्नाले सुरो, आँटिलो, बहादुर व्यक्ति उल्लेख छ । र ‘वीर माता’ भन्नाले वीर छोरा जन्माउने स्त्री भनेर लेखिएको छ । यसरी हर्ेदा व्याकुल माइलाको राष्ट्रियगान लैंगिक दृष्टिकोणले संवेदनशील हुन नसकेको आभास हुन्छ । त्यसैले उक्त गानलाई सम्मान गर्दै सम्बन्धित कार्यदलले ‘वीर’ शब्दको विकल्प खोज्नु जरुरी छ । संसद्को घोषणा, जनताको भावना, मानव अधिकार र महिला अधिकारको उच्च मूल्यांकन होस् भनेर राष्ट्रियगान कार्यदलसमक्ष अनुरोध गर्छु ।

    निर्मला शर्मा
    सचिव
    दक्षिण एसियाली स्वतन्त्र सञ्चार संगठन
    nirmalajee@yahoo.com

    …………………..
    एक हजार दुइ सय बहत्तर जनालाई पर्छार्दै पहिलो भएकामा व्याकुल माहिलालाई बधाई । तर गीतमा ‘रगत’ शब्दको प्रयोग भएकाले मनमा च्वास्स बिझ्यो । वीरहरूका पौरखले राष्ट्र स्वतन्त्र र अटल भएको इतिहास छैन र ? ‘रगत’ शब्दको उच्चारणले मनमा हिंसाको सम्झना गराउने भएको छ हामीलाई ।

    न्याय, हक, अधिकारका लागि रगत बगाई क्रान्ति गरिन्छ । शान्तिका लागि भने रगत होइन बुद्धि र विवेकको पौरखले मसी प्रयोग गरिएको छ । जुन अहिले सरकार र माओवादीले गरेको शान्ति सम्झौतालाई हामी देखिरहेका छौं, भोगिरहेका छौं ।

    अबको सुन्दर शान्त नेपालको राष्ट्रिय गानमा रक्तिम गाथा गाउनुभन्दा पौरख र गौरवको महिमा गाउन ‘रगत’ को सट्टा ‘पौरख’ शब्द प्रयोग भए सुनमा सुगन्ध हुने थियो कि ?

    – ब्रह्मदेव ‘प्रदीप’
    ओकुवहाल, ललितपुर

    ……………..
    नेपाल र नेपालीको र्सार्वभौम स्वाधीनता, अखण्डता र प्रतिष्ठाको मर्म बोकेको व्याकुल माहिलाको गानमा कुशल संगीतले प्राण भरिदिएपछि निश्चय त्यो जीवन्त हुनेछ । सुरुमा केही शब्दको अनुप्रास अलि नमिलझैं लागे पनि पटक-पटक दोहोर्याएर विचार गर्दा मिलेकै महसुस भयो । सातौं हरफको पहिलो शब्दलाई केही सच्याउन पाए राम्रो हुन्थ्यो । ‘बहुल’ शब्द नेपाली जनजीब्रोले सजिलै उच्चारण गर्न अन्कनाउला कि ? कतै मात्रामा अपभ्रंस भई ‘आकार’ लागिदियो भने अनर्थ हुन्छ ।

    त्यस्तो अवस्थामा जति नै राम्रो संगीतले सजाए पनि अनर्थको ‘अर्थ’ बन्दैन । यसमा ‘बहु’ मात्र राख्न सकिन्छ । ‘बहुजन’ भन्न सकिन्छ । ‘बहु’ शब्दको सट्टा ‘विभिन्न’ पनि भन्न सकिन्छ । यसमा विज्ञ संगीतकारको विचार आउनेछ । जे होस् ‘व्याकुल’ को कलमले राष्ट्रिय गानसम्बन्धी व्याकुलता सुखदरूपले अन्त्य गर्ने विश्वास लिन सकिन्छ ।

    -चिरञ्जीवी काफ्ले
    उपप्राध्यापक
    अंग्रेजी विभाग,
    नेपाल मानविकी क्याम्पस, त्रिविवि
    काठमाडौं

    ………
    राष्ट्रिय गान भनेको युगपर्यन्त सन्तान दरसन्तानले मनमस्तिष्कमा सजाउने खजाना हो । अहिलेको राष्ट्रिय गानमा हल्का साहित्यिक शब्द प्रयोग भएको छ । यसमा भएका ‘आ“चल’ ‘अग्रगामी’ जस्ता शब्द कम महत्त्वका देखिन्छन् । नेपाल अहिलेसम्म कसैको दास भएको छैन र यही देशमा सगरमाथा छ । गौतम बुद्ध यहीँका हुन् । त्यस्ता महत्त्वपूर्ण विषय गानमा समेटिएको छैन । ‘अग्रगामी’ जस्ता राजनीतिक शब्दले राष्ट्रिय गानको मर्म र भावनालाई बेवास्ता गरेको देखिन्छ ।
    – अवल भण्डारी
    किउल-३, सिन्धुपाल्चोक

    ………..
    वीरको कदर
    गीतमा जनआन्दोलन-२ को मर्म र भावनाअनुरूप वीर सहिदको कदर गरिएको छ । मेचीदेखि महाकालीसम्म फैलिएका नेपालीलाई एकताको मालामा उन्दै सबै जाति, भाषा, धर्म, संस्कृति समेटिएको छ । दुर्गम पहाड ओखलढुंगामा जन्मेका र्राईले लेख्नुभएको राष्ट्रियगानले जिल्लाकै गौरव बढाएको छ ।
    – तीर्थ कार्की
    तलुवा-५, ओखलढुँगा
    हाल : धरान
    ……………..

    राष्ट्रिय गान राष्ट्र, राष्ट्रियता, अखण्डता, र्सार्वभौमकताका साथ सबै कुरालाई समेटी जोशिलो र गहकिलो हुनुपर्छ । सिफारिस गरिएको गानको चौथो हरफको अन्तिम पंक्ति ‘अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल’ को सट्टा ‘अग्रगामी राष्ट्र हाम्रो जय जय जय नेपाल’ भएमा बढी जोशिलो हुने थियो ।
    – शिवराज पाठक
    महेन्द्रनगर-१७, महाकाली अञ्चल
    हाल : कामनपा-३४, शंखमूल

    ………..
    ‘राष्ट्रियगान सिफारिस’ (१५ मंसिर) समाचार पढ्दा खुसी लाग्यो । टेलिभिजनमा व्याकुल माइलाको अन्तर्वार्ता र गीतको दुइ हरफ मात्र सुन्न पाएको थिएँ । तर पत्रिकामा पूरै गीत पढ्न पाइयो ।

    यो गीतले नेपालको अस्तित्व झल्काउनुका साथै सबै नेपालीलाई समेटेको छ । जनजाति तथा दुर्गम क्षेत्रका स्रष्टा राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित हुनुभएकामा र जनताले राष्ट्रियगान पाएकामा सबै हषिर्त छौं । कान्तिपुरमा ८ हरफको यो गीतमा ४७ शब्द भएको उल्लेख छ तर मैले गन्दा ४५ मात्रै पाएँ । यो प्राविधिक त्रुटि होइन ?

    – क्षितिज आचार्य
    कपिलवस्तु, तौलिहवा-१०

    ……….
    शुरुआत राष्ट्रिय भावना जगाउने, मन छुने र चित्त बुझ्दो लाग्यो ।

    दोस्रो हरफमा आँचल भन्ने शब्द नेपाली हो ? धेरैलाई सोधें, थाहा रहेनछ । शायद आगन्तुक होला, भारतबाट आएको । त्यसैमा ‘वीरहरूका रगतले’ लेखिएको छ । ‘वीरहरूका’ होइन, ‘वीरहरूको’ हुनुपर्ने ।

    साथै ‘रगत’ शब्दले मलाई हत्या, हिंसा, लर्डाईंको झझल्को आयो । हामीले यी सबै त्यागेको बाचा गरिसक्यौं र सही पनि धस्क्याइसक्यौं । राष्ट्रियगान बजी रहने, गाइ रहने हुनाले मेरो चित्त र दिमागले आराम नपाउने भयो युगौंसम्म । राष्ट्रियगान मेरो लागि मात्र होइन, मेरो सन्तान-दरसन्तानलाई पनि होस् । म चाहन्छु मैले देखेभोगेका कुरा उनिहरूले इतिहासका किताबमा पढुन्, इच्छा लागेका बेला न कि दिनदिनै गाउनु परोस् ।
    तेस्रो हरफ राम्रो लाग्यो । चौथोमा ‘अग्रगामी’ शब्द रहेछ, जसले हालैको राजनीतिमा व्यापकता पाएको हो । यसलाई म बेठिक त भन्दिन तर राजनीतिक र क्षणिक भन्न रुचाउँछु ।

    मैले १६ बर्षअगाडि देशव्यापी पोस्टर डिजाइन प्रतियोगितामा भाग लिएको थिएँ । डेढ सयमध्ये म दोश्रो भएँ र सात हजारको पुरस्कार पाएँ । पहिलोलाई दश हजार थियो, तर पहिलो कोहिपनि भएन । अचम्म लाग्यो । आयोजकलाई सोधें र जवाफ आयो- ‘हामीले खोजेजस्तो कुनै रचना आएन त्यसैले पहिलो कोही भएन ।’ मलाई चित्त बुझ्यो, उत्कृष्ट नभए जबरजस्ती चयन नगरौं । राष्ट्रियगानमा पनि यस्तै नियम लागू होस् । कि परिमार्जन गरिनुपर्यो कि पुन आह्वान गरिनु पर्यो । जबरजस्ती सिफारिस नगरौं, हतार छैन ।

    – राजेश के.सी.
    हात्तिवन

    Like

  4. Good starting for the new structure of nepal.

    comments by arpita,shyam karna,bibek binayi,nirmala sharma & rajesh kc are notable and to be takens into consideration before approving the new national anthem. Hatarinu parne kehi chaaina, yetro kaal katiyo ta ek dui mahina aru sahi.

    thanks.

    Like

  5. प्रस्तावित राष्ट्रिय गान सार्वजनिक भएपछि कान्तपुरका पाठकहरुले दैनिकलाई पाठाएका पत्रहरु । पत्रिकाको १८ मंसिर अंकमा छापिएका यी पत्र यहाँ ब्लगमान्डुले प्रकाशित गरेको हो ।

    बधाई व्याकुलजी

    संस्कृतिविद् सत्यमोहन जोशीको कार्यदलले तरुण कवि व्याकुल माइला (प्रदीपकुमार राई) द्वारा रचित गीतलाई राष्ट्रियगानका लागि सिफारिस गरेपछि विविध प्रतिक्रिया आएको छ ।

    संसारका स्वनामधन्य व्यक्तित्वद्वारा रचना गरिएको त्यस्तो कुनै गीत, कथा, कविता, समालोचना, निबन्ध छैन होला- जसको पक्ष-विपक्षमा बहस नभएको होस् । समग्रमा भन्नुपर्दा व्याकुलजीद्वारा रचित राष्ट्रियगानले नेपाल बहुजाति, भाषा, धर्म, संस्कृतिको देशका रूपमा चित्रण गरेको छ । यो गानले सार्वभौम नेपालीको वीर गाथाको वर्णन गर्नुका साथै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाको बखान गरेको छ । शान्तिको सन्देश फैलाउँदै नैतिकता, ज्ञान र अग्रगामी दृष्टिकोणका साथ नेपाल र नेपाली अगाडि बढ्छन् भन्ने सन्देश दिन खोजेको छ । निरंकुशतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय भई लागेका, साहित्य सिर्जनाका साथ-साथ नेपाल तरुणदल ओखलढुंगाका उपाध्यक्षको समेत जिम्मेवारी सम्हालिरहेका राईको गीतलाई ‘राष्ट्रियगान’ का लागि सिफारिस गरिएकामा केन्द्रीय समितिका तर्फबाट हार्दिक बधाई दिन चाहन्छौं ।

    समावेशी लोकतन्त्र र राज्यको पुनर्संरचनासम्बन्धी विषय गम्भीर ढंगबाट उठिरहेको छ । यो बेलामा जनजातिबाट रचना गरिएको भनेर त्यसबारे आग्रही, पूर्वाग्रही दृष्टिकोण राख्नु ठीक होइन । कुनै व्यक्तिको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक पृष्ठभूमि जे-जस्तो भए पनि उसको कामले समग्र समाज, जनता र देशलाई सकारात्मक योगदान पुर्‍याउन सक्यो कि सकेन ? यस आधारमा मूल्यांकन हुन जरुरी छ ।

    हामी विश्वास गरौं, प्रस्तावित राष्ट्रियगानलाई नेपाल सरकारले अविलम्ब अनुमोदन गर्नेछ ।

    -विनोद कायस्थ
    अध्यक्ष, नेपाल तरुणदल केन्द्रीय समिति

    खोट नलगाउँ

    राष्ट्रियगानमा मैले खोट लगाउने ठाउँ पाइन । अरूलाई होच्याउने, आलोचनाका लागि आलोचना गर्ने हाम्रो बानी छ । राष्ट्रले सबैलाई राष्ट्रियगान रच्ने मौका दिएकै थियो । राष्ट्रियगान छनोट समितिले आफ्नो काममा निष्पक्षता अपनाएकै पाइयो । धन्य छन् व्याकुल माइला । यो गानले कसैको विभेद गरेको छैन । ४५ सरल शब्दमा, सहज भाकामा रचिएको गानप्रति मलाई ईष्र्या छैन । मेची र महाकालीलाई मात्र विम्व मानेको, शब्द आयातित भए, वीर मात्र भयो, वीरङ्गना भएन, महिलाको अपमान, जी. शाहका भक्त, हतार किन ?, सुधार आवश्यकजस्ता अनेक दृष्टिकोण आएका छन् । यी सबै पढ्दा गीतकारप्रतिको डाहाले पेट पोलेको त होइन भन्ने लाग्यो ।

    मेची र महाकालीको विम्व मात्र भयो भन्ने भनाइ गलत छ । गानमा मेचीदेखि महाकाली अर्थात् सिंगो राष्ट्र समेटिएको छ । सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, स्वयम्भूनाथ हुनुपर्ने भन्नेमा मुक्तिनाथ, जामे मस्जिद, माछापुच्छ्रे, बूढासुब्बा, राराताल, फेवाताल, जनकपुरधाम किन नहुने ? कतिलाई समेट्ने ? के त्यहाँ महाभारत बाचन गर्ने हो ? जी. शाहको भक्तका सम्बन्धमा हामी सबै नेपालीले त्यो कालखण्डलाई मानिआएकै थियौं हाम्रा क्रान्तिकारी नेता कामरेड सबैले दाम राखेर वा नराखी राजाको पाउमा साष्टाङ्ग दण्डवत् गरेकै थिए ।

    सिंगो देशलाई गीतकारले पितृभूमि भनेका छैनन्, मातृभूमि भनेका छन् आमाको दर्जा दिएका छन् । आधा आकाश ढाकेका महिलाको अपमान कसरी भयो ? वीरले सबैलाई अटाएको छ- वीर बलभद्र, भक्ति थापा, बहादुर शाह, विश्वयुद्घमा लड्ने योद्घाहरू होस् या ०७ सालअघि र पटक-पटकका आन्दोलनमा भाग लिने नेपाली अपांग, पुरुष, महिला सबैलाई जनाएको छ । सबै वीर हुन् । वीरङ्गना होइनन् भन्न खोजिएको छैन । वीरहरूको रगतले स्वतन्त्र र अटल । अहिलेसम्म हाम्रो देश कसैको पराधीन बनेको छैन, स्वतन्त्र छ, अटल छ । नेपाली जति शान्तिपि्रय छन् त्यतिकै राष्ट्रलाई अप्ठ्यारो पर्दा वीरहरू रगत बगाउन चुक्दैनन् भन्ने आशय देखिन्छ । समग्रमा खोट लगाउने ठाउँ छैन । ज्ञानभूमि, शान्तिभूमिले बुद्घ, जनक, सीता, भृकुटी, शंखधर, यलम्बर, विश्वामित्र, सबैलाई छोएको छ, महिलालाई पनि । यिनीहरूले कर्म नगरी यो ज्ञानभूमि, शान्तिभूमि भएन ।

    – डी.के.
    जोरपाटी

    सम्पादन आवश्यक

    सत्यमोहन जोशीको संयोजकत्वमा बनेको राष्ट्रियगान छनोट समितिले व्याकुल माइलाको गीत रोजेको छ । समितिलाई १ हजार २ सय ७२ वटा गीत प्राप्त भएको थियो ।

    के माइला निरंकुश राजा ज्ञानेन्द्रका भक्त थिए त ? उनले राजाको गुनगान गाएको प्रमाण फेला परिसक्यो तर यसमा दोषी को हो ? माइला या छनोट समिति वा समितिलाई निर्देशन दिनेहरू ? एउटा लेखकले स्वतन्त्रतापूर्वक कलम चलाउन पाउँदैन र ? उनले सम्पादन गरेको पुस्तक प्रकाशन समयको स्थिति कस्तो थियो ? यो नबुझी हामी किन उनीविरुद्ध लागेका छौं ?

    राजा ज्ञानेन्द्रको जय-जय गरेको भन्दैमा उनी किन अछुत हुने ? त्यसो हो भने राजाले पूर्वदेखि पश्चिमसम्म घुम्दा जय-जयकार मनाउनेहरू सबै जनता अछुत भए ? उनीहरूले खुला प्रतिस्पर्धा गरेर केही पाए भने तिनको पृष्ठभूमि हेरेर त्यसबाट विमुख गरिदिने ?

    गीतकारले राजाको जय-जयकारका शब्द लेख्दा कतिवटा तक्मा पाए ? कुन-कुन सभामा उनले राजाको गुनगान गाए ? यसको लेखाजोखा कोसँग छ ? यसको प्रमाण यथेष्ट भए रायमाझी आयोगको प्रतिवेदनमा उनको नाम उल्लेख छ कि छैन ? छ भने उनले सजाय पाउनैपर्छ । नभए माइलालाई शाही शासनकालको पृष्ठपोषकका रूपमा कठघरामा उभ्याइँदा कत्तिको न्यायोचित हुन्छ ?

    लोकतन्त्र प्राप्तिपछि माइलाले आत्मआलोचना गर्न पाउँदैनन् ? माइलाको गीतमा उठाइएका प्रतिक्रिया समाधान गर्न र राष्ट्रियगानलाई उचित सम्मान दिन प्रशस्त अभ्यास जरुरी छ । गीतका केही शब्द सम्पादन गर्ने जिम्मेवारी गीतकारलाई नै दिएर समाधान खोज्न सकिन्छ । मैले केटाकेटी हुँदा वा किशोर उमेरमा बोलेका विषयलाई लिएर अहिले मूल्यांकन गर्दा मेरै अस्तित्व कति रहला ? उनले जानेर या नजानेर राजाको जय-जयकारमा शब्द खर्चे होलान्, तर आफू जनआन्दोलन-२ मा सहभागी भएको बताइसकेका छन् ।

    – धनबहादुर राई
    सचिव, आठपहरिया किराँत राई समाज

    बाल गीत

    नेपाल र नेपाली, मेची र महाकाली फलाक्दैमा राष्ट्रिय गीत हुन सक्दैन । इतिहास भेटिएको, भूगोल खोसिएको राष्ट्रियगीत नभएर राष्ट्रघात भएको छर्लंग हुन्छ । ‘सयथरी पाइला एउटै चाल, सयथरी बाजा एउटै ताल’ जस्तो गीत हुँदाहुँदै अर्को राष्ट्रिय गीत आवश्यक थिएन ।

    राष्ट्रिय गीतको मागमा ‘पूर्वमा टिस्टा पुगेथ्यौं, पश्चिम किल्ला काँगडा’ किन अमान्य भयो ?

    यो राष्ट्रिय गीत शंकाको घेराभित्र पर्छ । हामीले महाकाली छाड्नु परेको छ । नेपाली भावनामा बृहत् नेपाल जिउँदो नखोजिएको गीत बाल गीत हो कि राष्ट्रिय ? राष्ट्रिय गीत कुनै नागरिकले रचना गरे पनि त्यसमा नेपाली माटोको शब्द आत्मभाव हुनुपर्छ । मान्छेले स्वर दिए पनि नेपालको भूमिले गाएको हुनुपर्छ । ‘आँचल’ नेपाली शब्द होइन ।

    बाह्र सय जम्माजम्मी गीत जम्मा हुनुले गीत संकलनमा गरिएको व्यवस्थित प्रक्रियामाथि शंका गर्न सकिने प्रशस्त ठाउँ छ । शान्ति सम्झौता र हतियार व्यवस्थापनमा लामो समय लिने सरकार र माओवादी राष्ट्रिय गीतको विषयमा किन हतारिए ? प्रसंगबस यो पंक्ति हेरौं न एकपटक-

    ‘ने’ रचित, उच्च अवस्थित, पृथ्वी एकीकृत
    सगरमाथा, टिस्टा, काँगडा, गंगा जडित
    अनवरत उन्नत, प्रगत स्वतन्त्र विशाल नेपाल
    बुद्ध, पशुपति, सीता भृकुटी स्वाभिमानी नेपाली संगठित
    अविरल गुञ्जित जय गीत जय, जय हे जय नेपाल !

    – विजय श्रेष्ठ
    इनरुवा-९, सुनसरी

    विगत नकोट्याऔं

    ४५ शब्दको गीतमा सबै विषय समेट्न कठीन हुन्छ । कसैको विगत कोट्याउनुभन्दा उसले अहिले के दियो भन्ने बढी महत्त्वपूर्ण हुन्छजस्तो लाग्छ । विगतमा कसले के गर्‍यो भनेर हेर्ने हो भने खै हामी रूपान्तरित भएको ? पूर्वाग्रही भएर नयाँ नेपाल बनाउने काममा कसरी अघि बढ्न सकिन्छ ? चयन गरिएको गीत परिमार्जन गर्नु ठीकै हुनेछ तर पुनः आह्वान गर्दै जाने हो भने कहिले बन्छ सर्वसम्मत राष्ट्रियगान ?

    – सुरेन्द्रकुमार श्रेष्ठ
    घट्टेकुलो, डिल्लीबजार

    =======
    जनजाति, आदिवासी र दुर्गमको नाम चम्काउने गरी व्याकुल माइलाको राष्ट्रियगान चयन भएकोमा धेरै हर्ष लागेको छ । उहाँको सिर्जनालाई केही व्यक्तिले विवादमा तान्न खोजेकाप्रति म दुःखी छु । सबैभन्दा बढ्ता दुःख रामेशको अभिव्यक्तिप्रति लागेको छ । उहाँ राष्ट्रियगान चयन कार्यदलको सदस्य भएर पनि शुक्रबार बेलुका सगरमाथा एफएम रेडियोमार्फत आपै+mले गरेको निर्णयलाई उपहास गनर्ेे किसिमको प्रतिक्रिया दिनुभयो । यो सुनेपछि मलाई लाग्यो- सडकमा जनताको गीत गाउन सिपालु रामेशले पदीय मर्यादा बुझ्न बाँकी रहेछ ।

    गीतकारलाई जी. शाहका भक्त भनिएको छ । ‘……. मौसुफ सरकारको यस सदासयतापूर्ण निगाहप्रति सभक्ति कृतज्ञता ज्ञापन गर्छौं ।’ भन्ने वाक्यांशको विरोध गर्ने हो भने मलाई लाग्छ हिजोका दिनमा राजाको गुनगान नगाउने कमै थिए होलान् । साहित्य सिर्जना गर्नेहरूमात्र होइन, आज गणतन्त्रको चर्को नारा लगाउने नेताले पनि हिजो राजाको जय जयकार गरेका थिए । शेरबहादुर देउवा राजाबाट प्रधानमन्त्री नियुक्त हुँदा उहाँले व्यक्त गर्नुभएका विचार सम्झेर आज अस्वीकार गर्न मिल्छ ? सिर्जनासँग व्यक्तिको पृष्टभूमिको कम सम्बन्ध हुन्छ, राजनीतिकर्मीको भन्दा । त्यसमाथि व्याकुल माइलाले त लोकतान्त्रिक आन्दोलनमा सरिक भएको फोटो पेस गर्नुभएको राष्ट्रियगान चयन कार्यदलकै सदस्यबाट प्रस्ट भएको छ ।

    राज्यले बनाएको कार्यदलले सम्पूर्ण नेपालीमा खुला आह्वान गरेर प्रतियोगितामार्फत गीत चयन गरिसकेपछि कुनै वहानामा त्यसलाई अस्वीकार गर्ने खेल खेलिनु हुँदैन । कसैको गुनासोलाई आधार मानेर निर्णय बदल्दै जाने हो भने यहाँ कुनै पनि राष्ट्रियगान छानिन असम्भव छ । कारण सर्वस्वीकार्य राष्ट्रियगान लेख्ने व्यक्ति वा समूह सायदै होलान् ।

    – केशर राई
    सोलुखुम्बु, हाल: हरिसिद्घ

    ==========
    राष्ट्रियगान छनोट प्रक्रियामा प्रशस्तै अन्तक्रिर्या भएजस्तो लागेन । कार्यदलले अन्तरिम संसद् वा मन्त्रिपरिषद्मा उत्कृष्ट १० वटा गीत सिफारिस गरेको भए उपयुक्त हुने थियो । ती गीतमा जनमत बुझेर सरकारले निर्णय गर्नुपथ्र्यो ।

    माइलाको गीतमा प्रयोग भएका सार्वभौम, सम्पदा, आँचल, रगत, अखण्ड, बहुल र अग्रगामीजस्ता शब्द गीति विधाका लागि सहज छैनन् । शिल्पकै दृष्टिले पनि गीतमा मौलिकता वा कलात्मकता छैन । राष्ट्र निर्माणमा योगदान दिएका वीर पुर्खाको स्मरण कतै छैन । बुद्धलाई किन बिर्सिएको ? राष्ट्रियगानमा एकताको आह्वान चाहिन्न । जलस्राेतको दोस्राे धनी राष्ट्रमा कुनै नदी छैनन् ? गीत चयनको आधार जनजाति वा दुर्गम क्षेत्र हो भने पनि १२ सय ७२ स्रष्टामध्ये दलित, महिला, मधेसी वा ओखलढुंगाभन्दा दुर्गम कर्णालीकै रचनाकार थिएनन् ?

    राष्ट्रिय महत्त्वको रचना कालजयी पो हुनुपर्छ । यसलाई जाति, वर्ण, धर्म, लिङ्ग, क्षेत्र वा राजनीतिक आस्थाका आधारमा हेर्न मिल्छ र ? त्योभन्दा माथि उठेर वस्तुगत आधारमा मूल्यांकन गरिनुपर्छ ।

    – विवेक, प्रज्ञा, नवीन र उज्वल
    महाराजगन्ज, काठमाडौं

    =========
    युगौंसम्म गाइरहनुपर्ने गीतलाई सीमित घेरामा सार्वजनिक गरिनु हुन्नथ्यो, सबै सञ्चारमाध्यम त्यहाँ उपस्थित हुनुपथ्र्यो । १० उत्कृष्ट गान छनोट गरी जनमत बुझ्नु उपयुक्त हुने थियो । गानको संगीत र गायकसमेत सिफारिस गरी जनमत बुझ्नुपर्छ ।

    – जंग पहाडी
    जिरी-खिम्ती, तेह्रथुम, हाल: कुलेश्वर, काठमाडौं

    हुनैपर्छ बहस

    अहिले व्याकुल माइला चर्चामा छन् । राष्ट्रिय गीत चयन क्रममा उनको गीत सबैलाई पछि पार्दै पहिलो भयो । छनोट भएको राष्ट्रियगान कस्तो छ । यसमा क्रिया प्रतिक्रिया आइनैरहेछ । राष्ट्रियगान कस्तो हुनुपर्छ त ?

    जसले-

    राष्ट्रको परिचयको शंखघोष गर्छ
    राष्ट्रको गौरवमय इतिहास झक्झक्याउँछ
    राष्ट्रको अनमोल विभूतिको सम्झना गर्छ
    राष्ट्रको राष्ट्रियता र सम्पदाको चयन गर्छ
    राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउँछ ।

    यी बुँदाका साथै सरल, मीठास र सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा आबद्ध गर्न सक्ने हुनुपर्छ ।

    राष्ट्रियगान छनोट गर्दा हतार गरिनु मानसिब देखिँदैन । वर्तमानमा छनोट भएको गीत कस्तो छ ? सम्पूर्ण नेपालीबीच बहस गरिनुपर्छ, अनि मात्रै ठोस निष्कर्षमा पुग्न सकिन्छ ।

    – सुन्दर तिवारी
    वालिङ- ३, स्याङ्जा

    बाल कविता

    यो गीत वजनदार छ । यो मीठो बाल कविताजस्तो छ । यही गीतलाई मान्यता दिने हो भने केही संशोधन जरुरी छ ।

    गीतको पहिलो हरफ ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ ले राष्ट्रिय तथा जातीय एकताको संकेत गरेको छ । उक्त हरफको लाक्ष्ाणिक अर्थबाट मात्र विविध जातिको एकीकृत स्वरूप नेपाली भन्ने बुझ्नुपर्ने भएको छ । अशिक्षित सर्वसाधारण र बालबालिकामा सहजै भावार्थ खुल्दैन । जसले गर्दा उनीहरूमा जातीय तथा राष्ट्रिय एकताको भावना विकास प्रभावकारी रूपमा हुन सक्दैन । पहिलो हरफमा ‘हिमाली, पहाडी र मधेसी एउटै हामी’ वाक्य राख्नुपर्छ कि ? यो वाक्य जुनसुकै व्यक्तिले प्रस्टसँग बुझ्नसक्ने भएकाले उनीहरूमा जातीय तथा भौगोलिक एकताको भावना प्रभावकारी रूपमा विकास हुनसक्छ । लय विधानमा पनि खासै अन्तर छैन । सयौं थुङ्गा फूलको एउटै मालाको भाव पनि यसैमा अन्तरनिहित हुन्छ ।

    – बाबुराम घिमिरे
    सुनसरी

    अलिनो

    यो गीतले वीर, पुर्खाको रगतले सिञ्चित नेपाललाई बखान गर्न सकेको छैन । राष्ट्रियगानजस्तो विषयलाई कविता महोत्सवजस्तो पाराले रचना माग्नु आफैंमा हास्यास्पद हो । राष्ट्रियगान लेख्नु चानचुने कुरा होइन । साहित्यिक क्षेत्रका स्थापित प्राज्ञलाई लेख्न दिनुपर्थ्यो । त्यसो नगरेर केटाकेटी पाराले कुनै विद्यालयमा कविता प्रतियोगिता गरेजस्तो कार्यदलबाट विज्ञापन गरियो ।

    राष्ट्रियगानमा राष्ट्रको संस्कृति, अतीतको गौरव र पुर्खाका देनलाई सशब्द लेखेको हुनुपर्छ । भारत स्वतन्त्र हुनुअघि नै रवीन्द्रनाथ ठाकुरले लेखेको राष्ट्रियगान चल्तीमा छ । त्यसमा पुर्खाको गाथा, सबै समुदायको संस्कृति, नदी र पर्वतको गान गाइएको छ । शब्द-शब्दमा राष्ट्रको भावना गुञ्जिएको छ । हाम्रो राष्ट्रिगानमा त्यस्तो भावना समेटिएको देखिएन । तराईका रमाइला भूमि, अन्न भण्डारका खानी जनक र बुद्ध, कोसी, कमला, बागमती र नारायणीद्वारा सिञ्चित हिमाल र सगरमाथा लालीगुराँस, डाँफे मयूरका नाचजस्ता कुरा समेटिनुपथ्र्याे ।

    – रामनारायण देव
    अधिवक्ता, राजविराज

    ==========
    प्रस्तावित राष्ट्रियगानबारे तर्क-वितर्क भइरहेको छ । गीतबारे आइतबार धेरै पाठकको अभिमत पढ्न पाइयो । खुसी लाग्यो कि राष्ट्रियगानबारे सचेत नागरिक जागरुक रहेछन् । उत्कृष्ट ठहरिएका केही गीत पत्रिकामा प्रकाशित गरेमा जनमत बुझ्न सकिने थियो । मेरो विचारमा राष्ट्रियगानमा हाम्रा गौतम बुद्ध र सगरमाथा छुटाउनै हुन्न । प्रत्येक श्लोकमा नेपाल र नेपाली झल्किए बेस हुने थियो ।

    – नारायणप्रसाद बराल
    अमरसिंह चोक, पोखरा

    संगीतमा पनि प्रतिस्पर्धा

    जनआन्दोलन-२ को भावना आत्मसात गर्न आयोजना गरिएको राष्ट्र व्यापी प्रतिस्पर्धाबाट उत्कृष्ट राष्ट्रिय गान छनोट भएकामा हामी खुसी छौं । व्याकुल माईलाको यो गीतलाई संगीतबद्ध गर्न धेरै मिहिनेत गर्नु पर्ने देखिन्छ । संगीतका लागि पनि राष्ट्र व्यापी खुला प्रतिस्पर्धा गराएमा त्यो बढी कर्णप्रिय हुन्थ्यो कि ? यसमा सरकारले ध्यान पुर्‍याओस् ।

    – डिल्लीराम बराल
    भगवान लामिछाने, पोखरा

    अपूरो

    राष्ट्रियगानले सबैलाई समेट्न सकेको छैन । यसमा सर्वोच्च शिखर सगरमाथा छैन । शान्तिका अग्रदूत बुद्ध छैनन् । चन्द्र र सूर्य अंकित विश्वमै अनौठो मानिने हाम्रो राष्ट्रिय झन्डाको विषयमा उल्लेख छैन ।

    राष्ट्रियगान सात दल-माओवादी सम्मिलित अन्तरिम मन्त्रिमण्डल बनिसकेपश्चात् छानिएको भए राम्रो हुने थियो । जनजाति र दुर्गम क्षेत्रमा जन्मिएका स्रष्टाको रचना पर्नु खुसीको विषय हो ।

    – पर्वत सञ्जेल
    धरान- १७, सुनसरी

    पहाड खनेर छुचुन्द्राको सिकार

    राष्ट्रियगान चयन कार्यदलले झन्डै ६ महिनाको कुदाकुदपछि व्याकुल माइलाको गान रोजेछ । राष्ट्रिय पहिचानको केन्द्रदेखि पर कतै कुनामा अदृश्य रहेका राई जातिका यी माइलाको रचना पुरस्कृत भएको चाल पाउँदा म हर्षले गद्गद् भएँ । तर दुर्भाग्यबस एक दिन बित्न नपाई मेरो हर्षको त्रासद् मृत्यु भयो । यी माइलाले ०५९ वैशाखमा सम्पादन गरेको ‘नेपाली गीतसंग्रह’ मेरा हातमा पर्‍यो जसमा यिनको सानो भूमिका छ । भूमिकाको पुछारमा यिनले जी. शाहको यसरी महिमा मण्डन गरेका रहेछन्, ‘यसभन्दा अझ नेपाली गीति साहित्यमा जी. शाह नामले सुस्थापित स्रष्टा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको रचनासमेत यसमा समावेश गर्ने अवसर प्राप्त भएकोमा हामी अत्यन्त गौरवान्वित भएका छौं । मौसुफ सरकारको यस सदासयतापूर्ण निगाहप्रति सभक्ति कृतज्ञता ज्ञापन गर्दछौं ।’

    जी. शाह आफ्ना गीतहरूको गुणवत्ताले होइन, सामन्ती शासक खलकको सदस्यका नाताले गीतकार गनिएका हुन् । यिनको यो कृत्रिम गन्तीमा शब्द संसारका शाही चाटुकारको योगदान छ । यस्ता जी. शाहका चरणमा यी माइला दासवत् मुद्रामा गड्यौलो सरी लत्रिएका रहेछन् । त्यो पनि धेरै वर्षअघि होइन, चारै वर्षअघि । भूमिकामा प्रयोग गरिएका ‘अत्यन्त गौरवान्वित,’ ‘निगाह’ र ‘सभक्ति कृतज्ञता’ जस्ता शब्द-शब्दवालीमा झर्रो चाकरीको कडा गन्ध आउँछ । यी आफ्ना मालिकलाई मण्डलेहरूले प्रयोग गर्ने चलनचल्तीका शब्द-शब्दावली हुन् । उसोभए आस्था र निष्ठाले यी व्याकुल माइला के हुन् ? के राष्ट्रियगान चयन गर्दा त्यसका स्रष्टाको पृष्ठभूमि नियाल्नु पर्दैन ? मूल फोहोर छ भने त्यसबाट बगेर आउने पानी कसरी पिउन सकिएला र ?

    अब माइलाको गानबारे केही कुरा । रोजिएको यो गान राजनीतिक चल्तीमा रहेका ढ्याके शब्दहरूलाई तुकबन्दीमा उनेर बुनिएको एउटा सपाट संरचना हो । झट्ट हेर्दा यसमा सबैथोक पुगेजस्तो लाग्छ । तर धारणागत तत्त्वहरूको प्राविधिक संग्रह भन्न मिल्ने यो निरश संरचना मिहिन भावना र तीक्ष्ण अनुभूतिशून्य छ । यसले हाम्रा हृदयका कोमल तारलाई लेसमात्र पनि झङ्कृत गर्दैन ।

    गानहरूको त्यत्रो चाङबाट छानिएको सर्वोत्तम गान यही हो भने हामीले भन्नुपर्छ, आह्वान गरेर र होडबाजी गराएर उत्तम कलाको सिर्जना कदापि हुँदैन । त्यस्तो कलाको सिर्जन प्रक्रिया त स्वतःस्फूर्त हुन्छ । विशिष्ट वातावरण, विशिष्ट मनोदशा र विशिष्ट क्षणमा मात्र त्यस्तो रचना जन्मिन्छ । तर कार्यदलमा कलाको सिर्जन प्रक्रियाको मर्म बुझ्ने थुप्रै पण्डित भएर पनि तिनले यो वास्तविकता पर्वाह गरेको देखिएन ।

    राष्ट्रियगानमा समेटिनुपर्ने विषय, सिर्जन प्रक्रिया र गानको कलात्मक स्वरूपबारे छापामा केही सार्थक विमर्श भएको मलाई सम्झना छ । दृष्टि र सीपसम्पन्न केही विशिष्ट स्रष्टाको टोली बीचबाट राष्ट्रियगानको रचना गरिनु र व्यक्ति स्रष्टाको नाम नखुलाई त्यसलाई लोकसामु परीक्षणमा राखिनु उचित होला भन्ने मेरो सुझाव थियो ।

    तर राजनीतिक दलहरूका केही मान्छे र बाना मिलाउन बाहिरका केही मान्छे राखेर बनाइएको कार्यदलले यी विमर्श र सुझावलाई एकरत्ति वास्ता गरेन । अतिशय प्रजातन्त्रवादी वा जनवादी हुने अभिनय गर्दै सार्वजनिक प्रतिस्पर्धा गराउन लागिपर्दा राष्ट्रियगान पहाड खनेर निकालेको छुचुन्द्रो ठहरियो । रोजिएको यो गान कार्यदलले आफैं आफ्ना गलामा झुन्ड्याएको एउटा त्यस्तो गाँड हो जसले न शोभा दिन्छ, जसलाई न सजिलै काटेर फाल्न मिल्छ ।

    – खगेन्द्र संग्रौला
    चाबहिल, काठमाडौं

    Like

  6. प्रस्तावित राष्ट्रिय गान सार्वजनिक भएपछि कान्तपुरका पाठकहरुले दैनिकलाई पाठाएका पत्रहरु । पत्रिकाको १९ मंसिर अंकमा छापिएका यी पत्र यहाँ ब्लगमान्डुले प्रकाशित गरेको हो ।

    बेतुकको आक्षेप

    राष्ट्रियगान चयन कार्यदलले व्याकुल माइला (प्रदीप कुमार राई) को रचना छनोट गरेकोमा स्रष्टालाई बधाई । राष्ट्रियगानमाथि बहस हुनु स्वाभाविक हो । लोकतन्त्र एउटा व्यक्तिले ल्याएको विधि होइन र नेपाल सरकार त्यसै बनेको पनि होइन । लोकतान्त्रिक भावना उजागर हुने रचना आम नेपालीका निम्ति सर्वस्वीकार्य हुनसक्छ । जनतालाई चित्त नबुझेमा माइलाको त्यो रचनालाई कार्यदललगायत विशिष्ट स्रष्टाको कमिटीले परिमार्जन गर्नसक्छ ।

    राष्ट्रियगानमाथि क्रिया- प्रतिक्रियाभन्दा पनि केही व्यक्ति रचनाकारको व्यक्तिगत छवि धमिल्याउने काम गर्दैछन् । ‘नेपाली गीतसङ्ग्रह- २०५९’ को भूमिकाको अन्तिम दुई वाक्यलाई लिएर ‘जी शाहका भक्त’ भनेर हरिगोविन्द लुइँटेलले र ‘पहाड खनेर छुचुन्द्राको सिकार’ भनेर खगेन्द्र संग्रौलाले माइलाको व्यक्तित्वमाथि आँच पुर्‍याउने काम गरेका छन् ।

    यो गीतसङ्ग्रहका सम्पादक व्याकुल भए पनि सम्पादनमा सहयोगीको भूमिका हामीले पनि निर्वाह गरेका थियौं । त्यस हिसाबले केही बोल्नैपर्ने बाध्यता भएको छ । यो कृति ०५९ मा प्रकाशित गरिएको हो । कृति प्रकाशनको प्रयास ०५७ देखिको हो भन्ने सङ्ग्रहको भूमिका पढे थाहा हुन्छ । उतिखेर न दरबार हत्याकाण्ड भएकै थियो न ०५८ जेठ १९ पछि कुनै दलले राजालाई कत्लेआम गर्ने विषय नै उठाएका थिए । त्यसो त मुलुकमा अहिले पनि राजा छन् ।

    तीन वर्षको प्रयासपछि प्रकाशित कृतिभित्र दुई सय स्रष्टाका रचना सङ्ग्रहित छन् । गीत सम्पादनका क्रममा एउटा तीतो नपोखी नहुने भएको छ । त्यो के हो भने लोकतान्त्रिक आन्दोलनका कवि अर्जुन पराजुलीलगायतका रचना हाम्रो (सम्पादक समूहको) मापदण्डमा पर्न नसकेको साँचो हो । त्यस कृतिभित्र आफ्ना रचना नपर्दैमा पराजुलीजी यतिखेर कृतिका सम्पादकमाथि आक्षेप लगाउन भरमग्दुर प्रयास गर्दैछन् । निश्चित हो कि कृतिको भूमिकाको अन्तिम वाक्यमा सबै सहयोगीलाई धन्यवाद दिँदै गीतकार जी शाहलाई विशेष आभार प्रकट गरिएको छ । यो वाक्य फेरि दोहोर्‍याउँ- ‘यसभन्दा अझ नेपाली गीति साहित्यमा जी शाह नामले सुस्थापित स्रष्टा, श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहदेव सरकारको रचनासमेत यसमा समावेश गर्ने अवसर प्राप्त भएकोमा हामी अत्यन्त गौरवान्वित भएका छौं । मौसुफ सरकारको यस सदाशयतापूर्ण निगाहप्रति सभक्ति कृतज्ञता ज्ञापन गर्दछौं ।’ यो वाक्यमा व्याकुल एक्ला छैनन् । उनी सम्पादक हुन् तर कार्य सम्पादनमा हामी सबै जुटेका थियौं । र, यही दलिल पेस गरिरहने हो भने चार वर्ष होइन सात वर्षअघिको यो सत्प्रयासमा सहयोग पुर्‍याउने कृतिभित्रै धन्यवाद ज्ञापन गरिएका अग्रज स्रष्टा अनिल पौडेल, मञ्जुल, यज्ञनिधि दाहाल, बालकृष्ण सजीव, जीवनाथ धमला, भूमिका लेखक ढुण्डिराज पहाडी, मधुसूदन गिरी, कृष्णहरि बराल, माधवप्रसाद घिमिरे, प्रा.डा.दयाराम श्रेष्ठ ‘सम्भव’लगायत माथि दोष थुपार्न मिल्छ ।

    लोकतान्त्रिक जनआन्दोलन भाग-२ मा व्याकुल माइलाको भूमिका कस्तो थियो भन्नेबारे तत्क्षण र मितिमा खिचिएका, पत्रपत्रिकामा छापिएका फोटा, टेलिभिजन च्यानलमा प्रसारण भएका दृश्य खोज्ो प्रस्ट हुनेछ । पेसागत रूपमा अधिवक्तासमेत भएकाले उनी संलग्न नेपाल बार एसोसिएसनलगायतले प्रदीपजीबारे थप प्रस्ट पार्लान् नै । कृतिभित्रका दुई वाक्यलाई लिएर अनावश्यक आक्षेप लगाउने र कार्यदलले छनोट गरेको उनको रचनालाई अमान्य बनाउने दुष्प्रयास नगरियोस् ।

    – लोकेन्द्र जेरो, ‘रजन’, चन्द्र राई, दुर्लभ मगर
    काठमाडौं ।

    आमाको स्थान

    प्रस्तावित राष्ट्रियगानले नारी जातिलाई आमाको स्थान दिई सम्मानित गरेकोमा खुसी लाग्यो । यहाँ मातृभूमि शब्दलाई मूलतः दुई किसिमले समास गरी अर्थ लगाउन सकिन्छ : माताका रूपमा पूज्य छन् जुन भूमि (बहुब्रीहि) र माता (वीरमाता) को भूमि-तत्पुरुष । दुवै समासले नारी जातिको गौरव बढाएकाले लैङ्गकि दृष्टिले यो गीत पूर्ण छ । साथै भाषा, धर्म, जाति, संस्कृति र क्षेत्रीयतालाई यसले समेटेको देखिन्छ । यति भएर पनि यसले विश्वसामु नेपालआमाको हाड छालायुक्त कङ्कालमय शरीरमात्र प्रस्तुत गर्ने भएकाले प्राण भर्न आंशिक संशोधन उपयुक्त ठान्छु । यसभित्र निम्न दुर्बलपक्ष देखिन्छन्: पहिलो कविताको दोस्रो हरफमा प्रयुक्त ‘भई’ पदले कवितात्मक मीठासमा बाधा पुर्‍याएको छ ।

    त्यस्तै दोस्रो कविताको पहिलो पङ्क्तिअन्तर्गतको आँचल (सप्को, छेउ : संस्कृत-अञ्चल) ले न पूर्वपद, न उत्तरपदसँग नै अर्थगत सम्बन्ध राख्छ । दुई अन्तराका अर्थबीच परस्पर मेल पनि छैन । आँचल-अटल पदबीच आनुप्रासिक मीठास पनि झल्किँदैन । तेस्रो कविताका ज्ञानभूमि र शान्तिभूमिले बुद्धसँग नाता जोडेर न बुद्धलाई स्पष्ट झल्काएका छन्, न यिनीहरूको अर्थमा तात्विक भिन्नता देखिन्छ । यो अन्तराको पूर्वापर पदबीच स्वाभाविक मेल नभएकाले कवितात्मक आस्वाद पाइँदैन । समग्र कवितामा भाषिक मीठास, काव्यात्मक प्रवाह, भावगाम्भीर्य, अनुप्रासगत मेल र अर्थगत सामञ्जस्य नदेखिएकाले गीतकारको आशय नबिगारी र महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा पदावली समावेश गरी निम्नानुसार कायम गर्न सुझाव प्रस्तुत गर्छु-

    रङ्गीचङ्गी फूलबारीका हामी माली नेपाली ।
    सार्वभौम, अखण्ड छौं मेची-महाकाली ।
    उचाइ हाम्रो सगरमाथा बुद्ध हाम्रो मन ।
    हिमाल, पहाड, तराई छन् प्रकृतिका धन ।।
    जाति-धर्म-संस्कृतिबीच अखण्ड छ नाता ।
    वीरताको बलिदानले लेखिएको गाथा ।
    प्यारो हाम्रो मातृभूमि, सुन्दर, शान्त, विशाल ।
    हाम्रो पौरख, हाम्रो गौरव, जय जय, नेपाल ।।

    – भवानीशङ्कर भट्टराई
    पिण्डेश्वर क्याम्पस, धरान ।

    रोबोटजस्तो

    राई कविले लेखेको गीत छनोटमा पर्नु सराहनीय हो तर त्यो आत्माविहीन छ । हेर्दा मान्छे देखिने तर रोबोटजस्तो । यो गीत नारामुखी छ । त्यो पढेपछि लाग्यो- नेपालमा हृदय भएका सीप भएका कविको खडेरी नै रहेछ ।

    -कुमार श्रेष्ठ
    काठमाडौं

    वीर शब्दको विकल्प

    राष्ट्रको प्राण र मन्त्र बोक्ने, युगपर्यन्त गाइने यो राष्ट्रियगानले अझ खारिएका शब्द र कुशल सङ्गीत पाए जीवन्त हुनेछ । पाठक मञ्चमा निर्मला शर्माले भन्नुभएजस्तै यो गीतले लोकतान्त्रिक आन्दोलनको भावनाअनुरूप महिलालाई समेट्न सकेको छैन । नेपाली वीराङ्गनाको अपमान भएको छ किनकि नेपाली शब्दकोशअनुसार यहाँ प्रयोग गरिएको ‘वीर’ शब्दले पुरुषलाई मात्र जनाउँछ । त्यसकारण सम्बन्धित कार्यदलले ‘वीर’ शब्दको विकल्प खोज्नुहोला अथवा ‘वीरहरूको रगतले …’ भन्ने हरफमा ‘वीर वीराङ्गनाका रगतले स्वतन्त्र र अटल’ राख्नुहोला भन्ने अनुरोध गर्छु ।
    – विजया केसी
    ललितपुर

    हतारको फल

    ‘बच्चा पाउनु कहिले कहिले भोटो सिउनु अहिले’ भनेझैं भएको छ व्याकुल माइलाको राष्ट्रियगान । संविधानसभा र नयाँ नेपालको निर्माणपूर्व नै लेखिएको गानले भोलिको नेपालको प्रतिविम्ब उतार्न सक्दैन । सुनियो, राष्ट्रियगान लेख्न हतार भो रे ! कसैलाई हतारो हुँदैमा श्रद्धाले शिर झुकाउँदै पुस्तौंपुस्ताले गाउनुपर्ने गरिमामय गान जबर्जस्ती लाद्न पाइँदैन । श्रवण मुकारुङ, रामेश, बैरागी काइँला, नन्दकृष्ण जोशीहरूले छानेको राष्ट्रिय गानका लेखक जी शाहका भक्त हुन् र गान पनि अपूर्ण छ । व्याकुल राजाका पुजारी भएको उनीद्वारा सम्पादित पुस्तकले पुष्टि गरेको छ । कथित लोकतन्त्रपे्रमी मुकारुङ, काइँला र जोशीहरूले एक राजभक्तको राष्ट्रिय गान चयन गरेर बिसे नगर्ची, महान् जनआन्दोलन, वीर सहिद, घाइते, नेपाली र सिंगो नेपालकै अपमान गरेका छन् । राष्ट्रियगान सबैलाई चित्त बुझ्ने हुनुपर्छ । जनजातिले लेखेकै राष्ट्रियगान चाहिने भए मुकारुङ र काइँलाहरू आफैंले लेखुन् । त्यो स्वीकार्य हुन्छ ।

    -कञ्चन थापा
    कालिमाटी काठमाडौं

    रद्द गरौं

    उदीयमान सर्जकले लेखेको यो गीतलाई नराम्रो भन्न मिल्दैन । त्यसमाथि यसमा अझै परिमार्जन र थपघट गर्न बाँकी होला । यो सामान्य गीत होइन । परिमार्जन गर्न गीतकार तयार हुनेछन् भन्ने मलाई लाग्छ । परिमार्जन गरेर संगीत हालेपछि यो उत्कृष्ट बन्ला । यसलाई अब बन्ने समावेशी अन्तरिम संसद्मा प्रस्तुत गरेर पारित गरियो भने सुनमा सुगन्ध थपिनेछ । समावेशी लोकतान्त्रिक नेपालको परिकल्पना गरिरहेका बेला एउटा जनजातिका मध्यमवर्गीय ग्रामीण युवकले लेखेको गीत चयन हुनुलाई संयोगमात्र होइन शुभसङ्केतका रूपमा लिनुपर्छ ।

    सबै कुरा ठीक भए पनि हरिगोविन्द लुइँटेलले गीतकार व्याकुल जी शाहका भक्त भएको प्रश्न उठाएका छन् । लुइँटेलले औंल्याएझैं राजाको पाउमा पर्ने व्याकुल र राष्ट्रियगानका रचनाकार व्याकुल एकै हुन् भने यो जनताको दुर्भाग्य हो । मेरो विचारमा अब एउटै उपाय छ, हेल्चेक्र्याइँपूर्वक गीत सिफारिस गर्ने राष्ट्रियगान छनोट समितिले माफ मागी, रचनाकारलाई उचित क्षतिपूर्ति दिई यो गीत रद्द गर्नुपर्छ । बाँकी उत्कृष्ट १० वा ९ गीतलाई सार्वजनिक बहसमा ल्याई छनोट गर्नुपर्छ । राष्ट्रियगानको छनोट गर्ने विषय दिगो शान्ति स्थापनाको मुद्दा, हतियार व्यवस्थापनको मुद्दा वा संविधानसभाको निर्वाचनभन्दा हतार गर्नुपर्ने विषय होइन । अन्तरिम राष्ट्रियगानको रूपमा ‘रातो र चन्द्र सूर्य………’ लाई उपयोग गर्दै गरे हुँदैन र ?

    -रश्मि भट्टराई
    सिनामङ्गल काठमाडौं ।

    सुधारको पक्षमा

    राष्ट्रियगान खोज्न विद्वान्लाई ६/६ महिना लाग्यो । बल्ल-बल्ल पाएकोमा यतिका विवाद । जे भए पनि व्याकुल माइलालाई बधाई उहाँको रचना छनोट भएकामा । माइलाले एकदमै गम्भीर भएर यो गान लेखेजस्तो लागेन ।

    सुरुका दुई लाइन जति राम्रा छन् दोस्रा दुई लाइन पटक्कै मिलेका छैनन् । एकले अर्कोलाई ‘जस्टिफाई’ गर्नुपर्नेमा कताकता बाटो बिराएजस्ता छन् श्लोकहरू । शब्द चयनमा ध्यान नदिएर चलन चल्तीका राजनीतिक शब्द (जसलाई नेपाली जनताले यति धेरै सुने कि अब ती शब्ददेखि घृणा हुन थाल्यो) प्रयोग गरेको पाइयो । प्रतियोगितामा दुई प्रकारको मनसायले सहभागिता जनाइन्छ । पहिलो प्रथम, द्वितीय वा तृतीय हुन, दोस्रो के छ र सहभागिता जनाउन, केही अनुभव त भइहाल्छ नि ! भनेर । यहाँ व्याकुलले दोस्रो बाटो रोजेजस्तो लाग्यो । जे भए पनि उहाँको प्रयासलाई अन्यथा लिनु हुँदैन । तर राष्ट्रियगानको स्तर जुन हुनुपर्ने हो त्यो उहाँको रचनामा पाइएन । तसर्थ हतार गरेर फुर्सदमा पछुताउनुभन्दा हतार नगर्नु राम्रो हुन्छ ।
    -कुमार पौडेल
    बागलुङ

    ==========
    सीमित शब्दले देशका सम्पूर्ण विषयलाई व्यक्त गर्न गाह्रो छ । धेरै साथीका गुनासा र सल्लाहअनुसार मेरो टीकाटिप्पणी केही थप शब्द- वीरहरूका रगतले को ठाउँमा- वीरहरूको पौरखले, बहुलको ठाउँमा- बहु राख्नु उपयुक्त होला । ‘अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल’ को ठाउँमा ‘सगरमाथा र चन्द्र-सूर्य झन्डाको हाम्राे ॐ जय जय नेपाल’ राख्दा राम्रो हुन्छ कि ?
    – गोपालबहादुर राई
    माम्खा-७, ओखलढुङ्गा

    ============
    व्याकुलको गान छनोट हुँदा छटपटी हुने मित्रहरूलाई संयम अपनाउन आग्रह गर्छु । छनोट भएर सिफारिस भइसकेको राष्ट्रियगानमाथि टीकाटिप्पणी र गाली गरिरहनुभन्दा सुझावका मीठा शब्द नै उपयोगी हुनेछन् ।
    संस्कृतिविद् सत्यमोहन जोशीहरूको उच्च बौद्धिक टोलीले यतिका समय लगाएर छनोट गरेको गानलाई ‘पहाड खनेर छुचुन्द्राको सिकार’ भनेर आफ्नो विभाजित मानसिकताको परिचय दिन खोज्ने खगेन्द्र संग्राैलको लेखको आशय के हो बुझ्नलायकको छ । ‘राष्ट्रिय पहिचानको केन्द्रदेखि पर कतै कुनामा अदृश्य रहेका राई जाति’ भनेर संग्राैलाले आफ्नो डाहपनको घुमाउरो झटारो कतातिर हान्न खोज्नुभएको हो ? त्यो विचार गर्न योग्य छ । व्याकुल यहीँका ठेट आदिवासी नेपालीभन्दा अरू कोही हुनै सक्दैनन् भन्ने बुझ्न यही राष्ट्रियगान र उनको यही व्याकुल माइला नाम नै पर्याप्त छ ।
    – सुरेन्द्र मुखिया
    चावहिल, काठमाडौं

    बहस आवश्यक

    हामी सबैलाई पछारेर व्याकुल माइला पहिलो भएका छन् । ‘दसजनाभित्र पर्छु कि भन्ने लागेको थियो’ उनले पहिलो भएपछि भने ‘यो लोकतान्त्रिक आन्दोलनमा उर्लिएको जनसागरको भावना हो ।’ १२ सय ७२ जना मध्येको एक प्रतियोगीका नाताले पनि म उनलाई बधाई दिन कन्जुस्याई गर्दिन । बधाई छ माइला, तिमी यो लेखकसहितका १२ सय ७२ कलमजीवीका जेठा दाइ बनेकामा ।

    व्याकुल कानुनविद् पनि रहेछन् । खुसी लाग्यो । कानुनको विद्यार्थीबाटै राष्ट्रको सम्मानमा दैनिक गाइने राष्ट्रगानको कानुन कोरियो । यस्तैयस्तै लागिरहेको थियो- अब राष्ट्रमा थिति बस्ने भयो । अब जाति-जनजातिबीच समानताको रीति बस्ने भयो । तर मनमा चस्का पस्यो जब व्याकुलले जी शाहको स्तुति गाएको सन्दर्भ बाहिर आयो ।

    साँच्चै हो, सामन्तवादका चाकर र पृष्ठपोषकले सामन्तवादविरुद्ध जुरुक्क उठेको नेपाली जनसागरको सम्मानमा भित्रैदेखिबाट शब्द कोर्न सक्दैन । नुनको पछि लागेर गुनमात्र तिर्ने वा शक्तिको पूजक बनेर आत्मा बेच्ने हातले सहिदका सपनाको साँचो गन्तव्य लेख्न सक्दैन । तर अर्को अर्थबाट खुसी पनि लाग्यो । यतिबेला सिर्जनामा सर्जकको जीवन र जगतप्रति हेर्ने चिन्तनको महत्त्वबोध भएको छ । चिन्तन एउटा, व्यवहार अर्को हुनु हुँदैन भन्ने पाठ सबैले सिक्नुपर्ने गरी एउटा सन्दर्भको उठान भएको छ ।

    त्यो विगत साँचो हो भने, व्याकुलले राष्ट्रवासीको चाहना र सम्मानमा त्यो पुरानो चिन्तन र व्यवहारले परेको चोटका लागि आत्मआलोचना गर्नुपर्छ । र, अबका दिनमा सच्चिएर लोकतन्त्रका पक्षमा वकालत गर्ने वाचा गर्नुपर्छ ।

    उनको गानतिर लागौं । सबैभन्दा राम्रो रहेछ उनको माला, त्यसलाई अझ सुन्दर र बास्नादार बनाउनुपर्छ । सम्बन्धित समितिले व्याकुललाई यथारूपमा सम्मान गर्दै, आएका सुझाव मनन गरेर पुनर्लेखन गर्न सक्नुपर्छ । उसले सकेन भने सरकारले अर्को समितिलाई यसैमा पाइन लगाउन लगाएर स्वीकृति प्रदान गर्नुपर्छ । ढिलो नगरौं, महिनौ भयो, देशमा राष्ट्रिय धुन बज्न नपाएको ।
    – डिल्लीराज आचार्य
    सुर्खेत

    =========
    ‘सयौं थुङ्गा फूलका हामी’ अब्बल दर्जाको गीत हो । यसले राष्ट्रिय एकतालाई झल्काएको छ । यसमा सगरमाथा र नेपालको झन्डा नपरेकोमा भने दुःख लागेको छ । गीतमा प्रयुक्त ‘अग्रगामी’ शब्द क्लिष्ट छ । कार्यदलले पचास शब्दलाई छनोटको आधार बनाउनुलाई सच्चा सष्ट्राप्रति न्याय भएको मान्न सकिन्न । शब्द केही बढी भए पनि गीतले नेपाल र नेपाली चिनाउन सक्नुपर्छ । गान छनोटमा सरकार हतारिनु हुन्न । संविधानसभाले नै यसको निर्णय गर्नुपर्छ ।

    – दिलीपकुमार सडौला
    चितवन, हाल काठमाडौं

    चिन्ता र अपिल

    राष्ट्रियगान चयन कार्यदलले सिफारिस गरेको गान र स्रष्टाको दरबार भक्तिबारे मैले भिन्न मत राखेको कुरालाई आधार बनाई केही संदिग्ध व्यक्तिले आइतबार बिहान र बेलुका सार्वजनिक टेलिफोनमार्फत भिन्नमत नत्यागेमा मलाई भौतिक प्रहारसमेत गर्ने धम्की दिएका छन् । यसलाई मैले अत्यन्त गम्भीर चिन्ताको रूपमा लिएको छु । यस घटनाबाट मैले दरबारिया षड्यन्त्रकारीले लोकतन्त्रप्रतिको निष्ठाको सवाललाई ओझेलमा पार्न जातीय कोणबाट उत्तेजना फैलाउन खोजेको अर्थमा बुझेको छु । यस्तो प्रतिगामी षड्यन्त्रप्रति सजग रहन म लोकतन्त्रप्रति प्रतिबद्ध समस्त जनतामा अपिल गर्छु । मेरो भिन्नमत स्रष्टाको जातीय पृष्ठभूमिसँग सम्बन्धित नभएको पनि प्रस्ट पार्न चाहन्छु ।

    -हरिगोविन्द लुइँटेल
    -लेखक तथा पत्रकार
    काठमाडौं

    Like

  7. प्रस्तावित राष्ट्रिय गान सार्वजनिक भएपछि कान्तपुरका पाठकहरुले दैनिकलाई पाठाएका पत्रहरु । पत्रिकाको २० मंसिर अंकमा छापिएका यी पत्र यहाँ ब्लगमान्डूले प्रकाशित गरेको हो ।

    बहसलाई विश्राम

    बहस चलेको छ राष्ट्रियगानको, राम्रो हो । यो बहसमा भाग लिन स्वनामधन्य लेखक पनि लाममा उभिन पुगेका छन् । बहसका सहभागीमध्ये कसैले केही शब्द बदल्नुपर्ने सुझाव दिनु उचित ठानेका छन् भने कसैले रचना ठीक भएको अब त्यसको संगीत पक्ष राम्रो हुनुपर्ने विचार पोखेका छन् । खुला बहसमा उत्रिने धेरैजसोले आफ्ना संशोधनसम्बन्धी सुझाव राख्दै रचनाकार व्याकुल माइलालाई बधाई ज्ञापन गरेका छन् । तर केही चर्चित लेखकको ढर्रा अर्कै छ । उनीहरू व्याकुललाई जी शाहको भक्त प्रमाणित गरेर महाभियोग लगाउने कसरत गरिरहेका छन् र भीष्म प्रमाणस्वरूप ०५९ वैशाखमा प्रकाशित ‘नेपाल गीतसंग्रह’ नामक किताबमा केही वाक्यांश बडो जोडबलका साथ उधिनिरहेका छन् । यो सब केका लागि गरेको हो ? भनेर सोध्ने हो भने त्यसको जवाफ यस्तो आउन सक्छ- राजा एक नम्बरका प्रतिगमनकारी हुन् र राजाप्रति राजकीय शब्दावली प्रयोग गरी कृतज्ञता प्रकट गर्ने मान्छे पनि प्रतिगमनकारी ठहर्छ । के साँच्चै यस्तै हो त ?

    आरोपमा जुन साल र महिना उल्लेख छ त्यतिबेला संवैधानिक राजतन्त्र थियो । त्यसकालमा जनताको फाँटबाट राजासित माग गरेको कविता प्राप्त हुँदा त्यस्तो पुस्तक सम्पादन गर्ने जोसुकै सम्पादकले पनि त्यो भाषा र शैली प्रयोग गर्नुपथ्र्यो, गथ्र्यो । लौ मानिलिउँ कि चार वर्षअघि व्याकुल राजभक्त नै थिए । के मान्छेको विचार परिवर्तन हुँदैन ? विचार परिवर्तन हुन धेरै समय लाग्दैन । भर्खरको भर्खर विचार परिवर्तन हुनसक्छ । जिन्दगीभरि वामपन्थी राजनीति गरी वर्षौंवर्ष जेलयातना भोगेकाहरू कोही दरबारका खास मान्छे र कसैले रामनामी भिरेर हिँडेकाहरू हाम्रा वरिपरि छैनन् र ? राजाले कु गरेपश्चात् कति राजभक्त जनताका फाँटमा आए र कति दरबारभित्र छिरे यो जम्मै देखेका युगद्रष्टा लेखकका निम्ति यी शब्द खर्चिनुपर्दा बेकारमा समय खेर फाल्नुपरेको जस्तो लागेको छ ।

    छ महिना होइन मुस्किलले साढे तीन महिना (२०६३ साउन २७ गते गठित कार्यदलले २०६३ मंसिर १४ गते राष्ट्रियगान स्थानीय विकासमन्त्रीलाई हस्तान्तरण गरेको हो) लगाएर यस अवधिमा लेखकहरूलाई पटकपटक रचना आह्वान गरी देशका पूर्व-पश्चिमस्थित पाँचवटा प्रमुख सहरहरूमा र राजधानीमै पनि अन्तरक्रिया गराएर राष्ट्रियगान छनोट कार्यबाट ‘छुचुन्द्रो’ प्राप्त भएको भन्ने टिप्पणी गरिएको पढ्न पाइयो । छुचुन्द्रोको उपमा दिनेले आकारको अर्थमा छुचुन्द्रो कि दुर्गन्धको अर्थमा छुचुन्द्रो ? कुन अर्थमा भन्नुभएको हो ? थाहा लागेन । आकारको अर्थमा भन्ने हो भने पनि त्यति चिन्ताको विषय भएन किनकि छुचुन्द्रो गनाउने ठाउँमा घर फोर्ने मुसा र विषालु सर्प बस्न सक्दैनन् भन्ने गाउँघरे मान्यता छ, राम्रै भएन र ?

    अन्त्यमा, हामी कार्यदलभित्रका १३ जनालाई मुछ्ने गरी राजनीतिक दलबाट मनोनीत व्यक्ति भनेर छुचुन्द्रो जन्माउने यिनीहरू नै हुन् भन्न खोजिएको पनि छ । ती को-को हुन् ? लेख्न छुटाएको हुँदा नाम उल्लेख गर्न उचित लाग्यो । कार्यदलका संयोजक सत्यमोहन जोशी, सदस्यहरूमा दुर्गालाल श्रेष्ठ, बैरागी काइला, मोदनाथ प्रश्रति, अम्बर गुरुङ, डा. बेन्जु शर्मा, रामेश श्रेष्ठ, अमर गिरी, नन्दकृष्ण जोशी, गोपाल ठाकुर, आहुति, बूँद राना र श्रवण मुकारुङ थियौं । सात दल सम्मिलित नेपाल सरकारद्वारा गठित कार्यदलमा प्रतिगमनकारी कोही छन् भने नङ्ग्याउनुपर्छ । तर निरपेक्ष रूपमा राजनीति र राजनीतिक पार्टीप्रति पूर्वाग्रह राख्नु उचित हुँदैन कि ?

    म कार्यदलभित्रको एउटा सदस्यका हैसियतले सबैमा विनम्र अनुरोध गर्छु:-

    (क) यो बहसलाई यही नै विश्राम दिउँ ।
    (ख) छानिएको राष्ट्रियगान अद्वितीय छ, म त्यसो भन्दिन । जति रचना प्राप्त भए तीमध्येको राम्रो छानिएको हो ।
    (ग) कार्यदलको निर्णय अन्तिम हुँदैन । कार्यदलमाथि मन्त्रिपरिषद् छ । मन्त्रिपरिषद्ले यतिबेलासम्मको बहसमा आएका कुराहरूलाई ध्यानमा राखी रचना संश्लेषण गरी अन्तिम टुंगो छिट्टै लगाओस् ।

    – बूँद राना
    सदस्य, राष्ट्रियगान चयन कार्यदल

    अनावश्यक विवाद

    व्याकुल माइलाको रचना राष्ट्रियगानका रूपमा सिफारिस भएको सुन्दा मलाई जति खुसी लागेको छ । तर गीतको भन्दा माइलाप्रति केही व्यक्तिको कडा विरोध र टीकाटिप्पणी आएको देख्दा एकदमै दुःख लागेको छ । म व्याकुलको शुभचिन्तक हुँ । ग्रामीण परिवेशमा हुर्किएर हदसम्मको संघर्षका बाबजुद साहित्यलाई त्यत्तिकै माया गर्ने एउटा स्रष्टा, नेविसंघको छातामुनि बसेर विद्यार्थी राजनीतिमा होमिएका युवा, पिछडिएका जनजाति र आदिवासीको मानव अधिकार सुनिश्चित गर्न कानुनीलगायत जनचेतना र दबाबमूलक कार्यमा संलग्न आदिवासी मानव अधिकारवादी उनका परिचय हुन् ।

    हरेक टीकाटिप्पणीमा ‘नेपाली गीतसंग्रह २०५९’ जोडिएको छ । चाँदनी प्रकाशन उक्त पुस्तकको प्रकाशक हो । त्यसैले यसबारे केही लेख्नु जरुरी लाग्यो । पुस्तकमा समाविष्ट जी शाहका गीत र राजा ज्ञानेन्द्रप्रति सम्पादकीयमा उल्लिखित व्याकुल माइलाका अभिव्यक्तिलाई लिएर उनको राजनीतिक चरित्रमाथि औंला उठाइएको छ । पुस्तकमा क कसका गीत समावेश छन् भन्नेतिर लाग्नु उपयुक्त होला । पुस्तक २ वर्षभन्दा बढी समय खर्चेर प्रकाशित गरिएको थियो जस्ामा म प्रकाशक मात्र नभएर अन्य हरेक क्षेत्रमा संलग्न थिएँ । जसरी अहिले राष्ट्रिय गीत छनोट गर्न विद्वत्वर्गसहितको समिति तर्जुमा भएको छ त्यसैगरी उतिबेला त्यो पुस्तकमा गीत छनोट गर्न नेपाली साहित्य, भाषा र खासगरी गीत विधाका अग्रज संलग्न समिति गठन भएको थियो ।

    म वाम राजनीति र प्रगतिशील साहित्यमा सरोकार राख्ने व्यक्ति हुँ । र उक्त पुस्तकमा मेरो एउटा रचना समावेश छ । तत्कालीन परिस्थितिमा उक्त पुस्तकको सम्पादकीयमा राजा ज्ञानेन्द्रप्रति जुन शब्द प्रयोग गरी व्याकुलले धन्यवाद व्यक्त गरेका छन् त्यस्तै शब्द प्रयोग गर्थे हाम्रा प्रधानमन्त्री तथा नेताहरू । अथवा अहिले यस किसिमले प्रश्न उठाउनुहुने महोदय त्यहाँ हुनुभएको भए के भन्नुहुन्थ्यो होला ? के प्रगतिशील या भनौ प्रजातान्त्रिक साहित्य लेखनमा लागेकाको विचार यति पनि खुला नहोस् कि राष्ट्रको एउटा जिम्मेवार पदमा रहेका व्यक्तिलाई मर्यादित तवरले सम्बोधन गर्न पनि नसकियोस् ? त्यही वाक्यका आधारमा हामीले व्याकुल माइलाप्रति प्रश्न उठाउने हो भने हामीबीच चोखो मान्छे कोही रहला र?

    – ओम थपलिया
    अध्यक्ष, चाँदनी प्रकाशन
    बागबजार, काठमाडौं ।

    व्याकुलप्रति षड्यन्त्र

    व्याकुल माइलाप्रति आक्रामक भएका छन् प्रगतिशील लेखक खगेन्द्र संग्रौला, लोकतान्त्रिक कवि अर्जुन पराजुली र पत्रकार हरिगोविन्द लुइँटेल । उहाँहरूलाई मेरो अनुरोध- सबैभन्दा पहिला व्याकुल को हुन् ? के गर्छन् ? कसरी जिउँछन् ? कसरी लेख्छन् ? कस्ता मानिससँग उठबस गर्छन् भन्ने अध्ययन गर्नुपर्छ । त्यसो नगरी ‘नेपाली गीतसंग्रह’ को सम्पादकीयमा दिइएको धन्यवादलाई लिएर उहाँहरूले माइलालाई आरोप लगाएजस्तो लाग्यो ? उहाँहरूजस्ता स्थापित लेखकले युवा स्रष्टाको रचना छनोट भएको यथार्थ नबुझी धमिलो पानीमा माछा मार्नेहरूका लागि वातावरण सिर्जना गर्न खोज्नुभएको छ ।

    माइलाको ०५९ वैशाखमा प्रकाशित संग्रहलाई कृष्णहरि बरालले ‘नेपाली गीतको : नेपाली गीतसंग्रह’ भन्दै लेखेका छन् ‘२०० गीतकार, विभिन्न प्रकारका विषयवस्तु र लय विधाले युक्त २०० गीत संग्रह गरिएको यो नेपाली गीति साहित्यको इतिहासमा पहिलो हो ।’ संग्रहमा सबै पक्ष-विपक्षका गीत छन् । त्यहाँ मोदनाथ प्रश्रति, रायन, रामेश, मञ्जुल, युद्धप्रसाद मिश्र, श्याम तमोट, धीरेन्द्र प्रेमषिर् र श्रवण मुकारुङ्गदेखि लिएर गोपाल योञ्जन, लक्ष्मीप्रसाद देवकोटा र यज्ञनिधि दाहालसम्मका गीत समावेश गरिएको छ । ती गीतमा कस्ता शब्द खर्चिएका छन् भन्ने आरोप लगाउनेहरूले पढ्दा हुन्छ ।

    सम्पादकीयको चार पंक्तिका आधारमै यति ठूलो षड्यन्त्र गर्ने हो भने ०५९ असोज १८ पछि अप्रत्यक्ष रूपमा राजाको शासनलाई स्वीकार गर्दै तत्कालीन अवस्थामा सहयोग गर्ने सात दलमध्येका दुई घटक नेका प्रजातन्त्रिक र नेकपा एमालेलाई के भन्ने ? त्यस पार्टीका सदस्य नैतिक रूपमा अहिलेको संसद्मा अट्ने कि नअट्ने ? दाम चढाएर ढोग गर्नेहरू लोकतन्त्रका हकदार हुन्छन् भने गीतकारको आधारमा जी शाहको गीत राख्नु गलत हो ? उहाँ दरबारिया नै हो भने आफैले रचेर पारस, कोमल र हिमानीका गीत किन बनाएनन् र किन राखिएन संग्रहमा ? त्यसो हो भने जी शाह, मविवि शाह र चाँदनी शाहलाई राजा, रानीका रूपमा नहेरी
    गीतकार, कवि मान्ने कि नमान्ने ? नमान्ने हो भने उनीहरूका रचनामाथि प्रतिबन्ध लगाउनुपर्‍यो ।

    साहित्यमा वामे सर्दै गरेका रचनाकारका गीत राष्ट्रियगानमा चयन हुँदा धेरैलाई टाउको दुखाइ भएको छ । स्नातक तह पढ्ने सिलसिलामा ०५२ मा उहाँसँग मेरो नेपाल ल कलेजमा पहिलो भेट भएको थियो । त्यतिबेलादेखि नै उहाँ विभिन्न संघ संगठनमा आबद्ध हुनुहुन्छ । मानव अधिकारीवादी युवा कानुन व्यवसायीको संस्थापक सदस्यसमेत भएकाले उहाँले समयमा ‘मानव अधिकारी आवाज’ मुखपत्र सम्पादन गर्नुभयो । ०५२ देखि नै उपप्राध्यापक सुरेश आलेमगर संस्थापक सल्लाहकार रहेको आदिवासी विद्यार्थी समाजसँग आबद्ध हुनुहुन्थ्यो । त्यस समयमा उहाँले आदिवासी आवाज भन्ने बुलेटिन सम्पादन गर्नुभएको छ । उहाँ आदिवासी मानव अधिकार सरोकार केन्द्रको केन्द्रीय तथा संस्थापक सदस्य हुनुहुन्छ ।

    – अधिवक्ता राजु गुरुङ
    महासचिव
    आदिवासी मानव अधिकार सरोकार केन्द्र,काठमाडौं

    राष्ट्रियगानमा खोट लगाउनेमा नाम चलेका स्तम्भकारको नाम पनि देख्न पाइयो- खगेन्द्र संग्रौला, हरिगोविन्द लुइँटेल आदि । सरकारले राष्ट्रियगान छनोटका लागि कार्यदल बनायो । त्यसले खुला प्रतियोगिता गरायो । झन्डै १३ सय रचना प्राप्त भए तीमध्ये अक्षर-अक्षर भित्र पसेर विज्ञ कार्यदलबाट केलाइयो । अनि दुर्गम गाउँको ठिटोले त्यो स्थान पायो । अब संग्रौलाहरूलाई के आपत्ति ? रचनाको बारेमा किन टिप्पणी ? के अभाव छ रचनामा ? सगरमाथा, के हिमालमा पर्दैन ? लुम्बिनी के तराईमा पर्दैन ? पशुपतिनाथ स्वयम्भू के पहाडमा पर्दैनन् ? प्रकृतिको बयान छ । वीरताको बयान छ । ज्ञान, शान्ति, भाषा, धर्म, जाति संस्कृति केको कमी छ ? संग्रौलाजी कुनचाहिँ शब्दलाई राजनीतिक ढ्याके भन्नुभएको ? माइलाले कुनै कालको कुनै संग्रहमा राजाको भजन गाए होलान् ? समयको परिवर्तनलाई बुझेर जनआन्दोलनको भावना कदर गरेर अहिले नयाँ रचना गरे र त्यो छानियो भने केको आपत्ति ? संग्रौला महाशय आँट छ भने राष्ट्रियगान यस्तो हुनुपथ्र्यो भनेर कान्तिपुरमा एउटा उदाहरण पेस गर्नुस् । अनि अर्को दिनको पत्रिका हेर्नुस् त्यहाँ तपाईंलाई हेर्दाहेर्दै थकाइ लाग्ने जति टिप्पणी छापिनेछन् । र ९९ प्रतिशतले तपाईंलाई खोट लगाउनेछन् र त्यो लाइनमा स्वभावतः म पनि हुनेछु । यसको मतलब हो कि टिप्पणी गर्न पाइन्छ तर अस्वाभाविक ढङ्गले होइन । रचना छानिएको छ आवश्यकअनुसार केही संशोधन हुनसक्छ । सुझावको दिन सकिन्छ ।

    – विष्णुकुमार गिरी
    प्रबन्ध निर्देशक
    अफेक्ट नेपाल प्रालि पुल्चोक

    व्याकुलजीले कुनै समयमा कवि जी शाह अर्थात् राजा ज्ञानेन्द्रको प्रशंसामा दुई हरफ लेखेकाले उनका रचनाले राष्ट्रियगानमा स्थान पाउनु हुँदैन भन्ने मान्यता संग्रौलाजीको रहेछ । त्यति कारणले उदीयमान कविलाई साहित्यिक फाँटमा अछूत मान्न उचित होला ? त्यसो हो भने नेपालका थुप्रै कवि र लेखकको पानी बार्नुपर्ने हुन आउँछ ।

    – रामप्रसाद पन्त
    पोखरा-४,चिप्लेढुङ्गा ।

    संग्रौलाजीले ढ्याके शब्द प्रयोग गरेर व्याकुल माइलाको सृजनाको अपमान गर्नु भएको रहेछ । त्यतिले मात्र नपुगेर राजाको गुनगान गायो भनेर लाञ्छनासमेत लाउनु भएको छ । संग्रौलाजी किन नकारात्मक चस्माले मात्रै हेर्नुहुन्छ ? यो राष्ट्रिय गानमा सकेसम्म सबैकुरा समेट्ने प्रयास भएको छ । यसमा केही सुधार भने आवश्यक छ ।

    – राकेश गुरुङ
    संखुवासभा ।

    हरिगोविन्दको सुरक्षा

    राष्ट्रियगानका स्रष्टाको दरबारभक्तिबारे गरेको टिप्पणीका कारण लेखक हरिगोविन्द लुइँटेलमाथि भौतिक आक्रमणको धम्की आएको थाहा पाएर हामी चिन्तित भएका छांै । उनको आस्थाप्रति हाम्रो कुनै लेनदेन छैन तर हामीलाई थाहा छ कि उनी दार्शनिक आस्थाअनुसार चल्ने मान्छे हुन् । ०४६ को आन्दोलनमा उनको भूमिका रह्यो र जनआन्दोलन २ मा पनि । त्यसैले हामीलाई उनको सुरक्षाप्रति चिन्ता छ । उनलाई चिनेका जो कोहीलाई थाहा छ, उनी जनजाति आन्दोलनका पक्षधर हुन् । यस अर्थमा उनी सम्पूर्ण राईबन्धुका मित्र हुन् ।

    – जगदीश वैद्य
    काठमाडौं

    रातो र चन्द्र सूर्य

    राष्ट्रियगानबारे अहिले चलिरहेको वादविवाद र चर्चा-परिचर्चा मलाई धेरै चित्त बुझ्यो । यस्तै हुनुपर्छ सच्चा लोकतन्त्रमा । स्विट्जरल्यान्ड लगायतका प्रजातान्त्रिक मुलुकमा राष्ट्रिय महत्त्वका मुद्दा जनमतसंग्रहबाट निर्णय गरिन्छ । हामीकहाँ अब यस्तो अभ्यास थाल्नुपर्छ ।

    राष्ट्रियगान सम्पूर्ण नेपाली मनको ढुकढुकी हो । ‘गीत कसले लेख्यो, हिजो त्यो को थियो र आज त्यो को भयो’ भन्ने अँध्यारोमा बोक्सी खोज्ने प्रश्न गरेर मूल आशय धमिल्याउनु हुँदैन । होइन भने लहरो तान्दा पहरो जान्छ । इतिहासका केही क्षण र पलमात्र परिवर्तित हुन्छन् । नयाँ परिस्थितिले नयाँ मनस्थिति जन्माउँछ । मनस्थिति सधैं त्यही रहिरहनुपर्छ भन्ने छैन । भौतिक वातावरणले मनस्थितिलाई सधैं निर्देशित गरिरहेको हुन्छ ।

    राष्ट्रियगानजस्तो युग युगान्तरसम्म गाइने अमर गीतका रचनाकार रवीन्द्रनाथ टेगोरजस्तै असाधारण व्यक्तित्व्ा भइदिएको भए सुनमाथि सुगन्ध हुन्थ्यो । हाम्रो साहित्यमा पनि त्यस्ता व्यक्तित्व होलान् । छैनन् भने उत्कृष्ट कवि र कवयित्रीको समूहलाई दस-पन्ध्र दिनका लागि मनोरम प्राकृतिकस्थलमा लगेर सामूहिक रूपले राष्ट्रियगान रच्न दिने हो कि ? यसरी रचना गर्दा वादविवाद हुँदैन ।

    व्यक्तिगत रोजाइ सोध्ने हो भने म भन्छु- ‘रातो र चन्द्र सूर्य’ जस्तै हुनुपर्छ राष्ट्रियगान । ‘रातो र चन्द्र सूर्य’ मात्र एउटा यस्तो गीत हो जसको स्मरण मात्रले मेरो मन गुन्गुनाउन थाल्छ र राष्ट्रियताको भावनाले ओतप्रोत भई सम्पूर्ण आङ नै सिरिङ्ग भएर आउँछ । के यस्तो भावुक र मार्मिक गान अब रचना गर्न सकिँदैन ? सकिँदैन भने आभासज्यूले प्रस्ताव गरेजस्तै केही शब्द फेरबदल गरेर ‘रातो र चन्द्र सूर्य’ लाई नै राष्ट्रियगान बनाउने हो कि ?

    – कर्ण शाक्य
    हात्तीसार, नक्साल

    ‘यस्तो होस् राष्ट्रगान’ शीर्षक लेखमा व्यक्त विचारमा मेरो सहमति छ । गोपालप्रसाद रिमालको रचनालाई अम्बर गुरुङले दिएको संगीतको गुञ्जन प्रत्येकपटक यो गीत -रातो र चन्द्र सूर्जे) रेडियोमा सुन्दा मन भाव र जोसले पुलकित हुन्छ । आभासजीले भनेजस्तै केही शब्द परिवर्तन गरेर यसैलाई राष्ट्रगान बनाउनुपर्छ ।

    – कृष्णमान श्रेष्ठ
    घट्टेकुलो, काठमाडौं

    संविधानसभाले छान्छ

    व्याकुल माइलाको गीतले भाव र कला दुवै दृष्टिले उत्कृष्टता प्राप्त गर्न सकेको छैन । काम चलाउ हुनु एउटा कुरा हो । मेरो खास आपत्ति गीतसितभन्दा पनि गीत चयनको प्रक्रियासित छ ।

    जब कार्यदलले राष्ट्रियगीतका लागि विज्ञापन गर्‍यो त्यतिबेलै मैले कान्तिपुरमा अभिमत जाहेर गरेको थिएँ- स्थायी राष्ट्रियगान चयन गर्ने निकाय यो सरकार होइन । ऐतिहासिक जनआन्दोलन-२ को प्रतिनिधित्व गर्न पनि माओवादी र नागरिक समाजका प्रतिनिधिसहितको सात दलको अन्तरिम सरकार बन्नुपर्छ । यसले व्यापक छलफल र सहमतिमार्फत चयन गरेको राष्ट्रियगीत तुलनात्मक रूपमा कम विवादित हुन्छ । स्थायी राष्ट्रियगान चुन्ने अन्तिम निकाय संविधानसभा हो । त्यो जिम्मा हामीले उसैलाई दिनुपर्छ ।

    तर छोटो समयका लागि बनेको सरकारले झन्डै एउटा अन्तरिम कार्यकाल खायो । तर यसले मुलुकलाई अस्थायी प्रकृतिको राष्ट्रियगान चयन गरेर भए पनि मुलुकलाई राष्ट्रियगीतविहीन अवस्थामा रहनुपर्ने बाध्यताबाट बचाउन सकेन । मलाई सन्देह छ सरकारले आफूले बिदा हुनभन्दाअघि सायद एकपल्ट यो गीत गाउन भ्याउला । अर्को अन्तरिम सरकार आएपछि यसबारे उसले के नीति लेला हेर्न बाँकी छ । मलाई थाहा छैन कुन सिद्धान्त र मान्यताका आधारमा राष्ट्रियगानका लागि पचास शब्दको सीमारेखा कोरियो । मात्र के अपेक्षा गर्न ठीक हुन्थ्यो भने यो छोटो होस् ।

    राष्ट्रियगान विश्वविख्यात कविले लेखेको पनि हुनसक्छ र एउटा सामान्य मजदुरले पनि । भारतको राष्ट्रियगीत विश्वविख्यात कवि रवीन्द्रनाथ टैगोरले लेखेका थिए भने सारा संसारकै कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय गीत फ्रान्सका मजदुर युजिन पोतरले । युजिनले लेखेको गीत विश्वका धेरै भाषामा अनुवाद गरिएको छ र अमेरिकादेखि चीन, जापानसम्म एउटै धुनमा गाइन्छ । राष्ट्रियगान हतारमा छानेर फुर्सदमा पछुताउनु हुन्न । यस्तो गान छानियोस् जुन गाउँदा हाम्रो छाती गर्वले फुलोस् र शिर सगरमाथाजस्तै विश्वमै उँचो रहन सकोस् ।

    राष्ट्रियगान लेख्नलाई वैचारिक स्पष्टता र कलाको उत्कृष्टता आवश्यक पर्छ । भूपि शेरचन् र हरिभक्त कटुवालजस्तै शब्द चयन र लय विधामा माधवप्रसाद घिमिरे, क्षेत्रप्रताप अधिकारी र कालीप्रसाद रिजालहरू निकै अघि होलान् । तर जनता चाहन्छन् सामन्ती दरबारको स्तुतिमा बदनाम कलमहरू राष्ट्रियगानका सर्जक नबनून् ।

    – दिल साहनी
    बुटबल

    संगीत भरौं
    छनोट भएको राष्ट्रियगानमा विवाद गरेर अल्झनुभन्दा त्यसलाई संगीत भरेर पूर्ण पार्नेतिर सबैले सोच्नुपर्छ । देशलाई राष्ट्रिय गीतविहीन बनाई राख्नु हुँदैन । यो गीत देश सुहाउँदो छ ।

    – राजेश तिवारी
    चण्डोल, काठमाडौं

    Like

  8. गीत र अझ राष्ट्रिय गीतकै सन्दर्भमा ‘एक जुगमा एकदिन एकचोटी आउँछ’ का उद्घोषकर्ता गोपालप्रसाद रिमाललाई चटक्कै बिर्सेर अघि बढ्नु कतिको ठीक हो ? ००३ सालमा सिर्जना भएको यो गीतले धेरैखेपका परिवर्तनको भावलाई बोकिरह्यो । रिमाल संसारमा छैनन्, उनका गीतमा रहेका हृदय भने धड्किरहेकै छन् । यिनका गीतमा रहेका अद्भुत लयात्मकता, हृदय झङ्कृत गर्ने भावभूमि, मस्तिष्कभन्दा हृदयकेन्दि्रत रचनात्मकताजस्ता गुणले ती शब्द जीवित रहिरहेका हुन् । राम्रा गीतकारको प्राविधिक खडेरी परेको -यद्यपि राम्रा गीतकारको अभाव छैन) योबखत रिमाल झनै सान्दर्भिक भएका छन् । यिनलाई वर्तमान अनुकुल बनाएर सम्मान दिँदा हामी नयाँ पुस्ताका कोही पनि पुड्का हुँदैनौं ।

    कवि रिमालको यस गीतको स्थाई र दुई मध्ये कुनै एक अन्तराले पुरै नेपाल र संसारभरिका नेपालीको शान उचाल्न सक्छमात्र होइन युगौं युगसम्म थेग्न पनि सक्छ । बग्रेल्ती शब्दहरू थुपार्दैमा गीतले सम्पूर्णता पाउँछ र सबैको भावना बोक्छ भन्ने होइन रहेछ । त्यो त सावित भयो नि ! त्यसैले आदरणीय कवि रिमाललाई यसरी प्रस्तुत गरेर सम्मानित गरे कसो होला ?

    रातो र चन्द्र-सूर्य नेपाली शान हाम्रो
    जिउँदो रगतसरि यो बल्दो निसान हाम्रो
    हिमालझैं अटल यो झुकेन यो कहिल्यै
    लत्रेन यो कहिल्यै नेपाली शान हाम्रो
    यो जन्मँदै जगतमा कैयौं प्रहार आए
    साम्राज्य झुकी हारे, हारेन शान हाम्रो
    जबसम्म चन्द्र-सूर्य आकाशमा रहन्छ
    तबसम्म हुन्छ, आफ्नै रातो रगत यो हाम्रो
    थरी-थरी छन् जाति जो-जो यहाँ जगतमा
    सबको शरण बलियो नेपाली शान हाम्रो

    (परिवर्तित केही शब्द- जंगी निसान नेपाली शान, साम्राज्य दुई, साम्राज्य झुकी, गाईसरि छन्, साधु थरी-थरी छन् जाति आदि ।)

    बाकी लेख

    Like

  9. When I HAD CHANCE TO read the New Nepali Anthem, I felt that’s what new Nepal really needed. If I had to suggest on it, I would say SAYAU RANGKA PHUL HAU HAMI YAUTAI MALA BANAU NEPALI. Insted of saying Sayaun Thunga Phulka Hami Yautai mala Nepali but it is just my thought do not take it seriously. Overall every word is beutiful and meaningfull and relates to all Nepalese people. I personnally would like honor to Mr Pradeep Rai for writing a great new National Anthem. Once again from bottom of my heart Mr Pradeep did a great job.More wisely that he did not include the particular religion in National Anthem if he would include the one of the religion name then it would not relate to all nepalese. In Nepal there are so many religion like Christain Hindu, Muslim and so many others. I ask everyone in Neplaese community to recognize Mr pradeep Rai’s wisdom and knowledge in new Nepal History.
    Finally Congratulation to Mr Rai

    Like

  10. के तपाईँले प्रस्तवित राष्ट्रगान वा त्यसका केही पङ्क्तिहरू सम्झनु भएको छ? तपाईँका विचारमा त्यस गीतको सबभन्दा मिठो हरफ कुन हो? सबभन्दा धेरै कुन कुराले तपाईँको मन छोयो?

    राष्ट्रगानका बारेमा

    प्रस्तावित राष्ट्रियगानका बारेमा निकै छलफल भयो। कान्तिपुरलाई धन्यवाद। सबैले भने, अब व्याकुल माइलाको पृष्ठभूमिका बारेमा बहस गर्न छाडौँ। गैरजनजातिहरूले बैरागी काईँलालाई आदर गरेको, श्रवण मुकारुङलाई मन पराएको, इन्द्रबहादुर राईलाई पूजा गर्नमात्र बाँकी राखेको, भूपिलाई मन मनमा स्थापना गरेको, नवीन सुब्बाका नयाँ फिल्म कहिले आउला भनेर पर्खेर बसेको जस्ता सयौँ उदाहरणहरूबाट समुदाय निरपेक्षताको निष्कर्ष कसैले निकालेको छैन तर व्याकुल माइलाका बारेमा प्रश्न उठाउनेहरूलाई जनजाति विरोधीसम्म भनियो। त्यसैले हलेदो नकोट्याउँ। अब त्यो छाडौँ।

    गीतकारको इन्करेक्ट पोलिटिक्सका बारेमा बोल्नु पोलिटिकल्ली इन्करेक्ट भए पनि गीत राम्रो छ कि छैन भनेर बहस गर्नसम्म त पक्कै पाइएला। खासगरी राष्ट्रगानको प्रतिष्पर्धामा दोस्रो र तेस्रो स्थानमा आएका गीत पनि छापिए पछि मैले यी पङ्‌क्ति कोर्न अलि सजिलो भएको अनुभव गरेको छु।

    व्याकुल माइलाको गीत कान्तिपुरमा धेरै पटक छापियो। मेरो एउटा प्रश्न पाठकलाई, के तपाईँले त्यो गीत वा त्यसका केही पङ्क्तिहरू सम्झनु भएको छ? तपाईँका विचारमा त्यस गीतको सबभन्दा मिठो हरफ कुन हो? सबभन्दा धेरै कुन कुराले तपाईँको मन छोयो?

    यो प्रश्नको जवाफ अर्कालाई दिने होइन। हामी आफैँ विचार गरौँ। गीतले, खासगरी राष्ट्रगानले मनलाई छुनु पर्छ। यो गीतले मेरो मनलाई त पटक्क छोएन; गीत मन परेपछि स्वतः गुन्गुनाइनु पर्ने हो तर अँह, त्यसको त लक्षणसम्म आएको छैन। यो गीत यान्त्रिक छ, प्राण नै नभए जस्तो। तपाईँलाई गीत याद नहुनु भनेको त्यसकै प्रमाण हो।

    मैले दोस्रो र तेस्रो स्थानमा आएका गीत पनि पढेँ। हरिहर तिमिल्सिनाको गीतमा न विचारमा नवीनता छ, न मिठास छ। केही छ भने सरलता छ, त्यत्ति हो। यो त बालगीत मात्र हो। रामप्रसाद ज्ञवालीको गीतमा पनि नयाँपन छैन। जोश त छ तर विचारमा होइन, शब्द र छन्दमा मात्र। तीनवटामा सबभन्दा गेयात्मक यही भएपनि संस्कृतमय भएकाले व्यावहारिक र राजनीतिक दुवै हिसाबले यो उपयुक्त छैन।

    भनेपछि के त? राष्ट्रगान खोजी अभियान असफल भएको हो? मैले प्रयोग गरेको ‘असफल’ शब्द धेरैलाई चित्त नबुझ्ला। सरकारले राष्ट्रगान घोषणा गरे पछि अभियान सफल भएको प्रमाणित पनि होला। तर नेपालीहरूको मन छुने राष्ट्रगान आएन भने त्यस अभियानलाई केहीले पनि सफल बनाउन सक्दैन।

    मलाई अझै पनि के चाहिँ भन्न मन छ भने सरकार र अरु मिलेर अहिलेसम्म राष्ट्रगान बिना बाँचेका नेपालीहरूलाई बाँकी समय एउटा निष्प्राण शब्दसमूहसित बिताउन वाध्य नपारे हुन्थ्यो। भोलिका समीक्षकहरूले अहिलेको नेपाली साहित्यिक राजनीतिको विश्लेषण गरेर कुन कुन कारणले को को फालिए र कुन कारणले कसको गीत राष्ट्रगानका रूपमा छानियो भनेर विश्लेषण गर्दा आलोचित हुने मेलो सरकार र कार्यदलले नगरे हुन्थ्यो। हामीले त यसो भए हुन्थ्यो, उसो भए हुन्थ्यो सम्म त भन्ने हो नि, बाँकी उहाँहरूको मर्जी। कसै न कसैको मर्जी त चल्नै पर्‍यो नि!

    अहिले विचार गर्दा कार्यदल बनेकै दिन ठूलो गल्ती भएछ। दुर्गालाल श्रेष्ठ, बूँद राना र श्रवण मुकारुङलाई जाँचकी राखेर अरुलाई गीत लेख्‍न लगाउनु भनेको गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल र माधव नेपाललाई निर्वाचन आयोगमा राखेर अरुलाई चुनाउ लड भने जस्तै भएछ। मैले गीत लेख्‍न जान्ने उनीहरू मात्र हुन्, अरूले जान्दैनन् भनेको होइन; परिस्थितिले त्यस्तो सावित गरिदिएको मात्र हो।

    गल्ती भयो, भइगो; महागल्ती नभए हुन्थ्यो।
    (यो कान्तिपुरमा प्रकाशित पत्र हो। मिति थाहा छैन। यो ब्लग हेर्दा सान्दर्भिक हुने सोचेर पठाएको छु।)

    Like

  11. तेरी मातोक्ने बौन बजे का कुपुत्रहरु।।।।तेर बजे त्यो गीत लेख्या भए कुकुरले जस्ताइ पुछर हल्लाउदै ठीक छ भन्थिस्।।अर्कले लेखेको भएर दुस थरी खोत निकल्त्दै बस्न त जस्ता छोरा हरुलाई लाज लाग्दैन बजिया
    देशै बौन्ले खैसक्यो ।।।त मुला हरु हल्ला गरेर क् गर्छस्।।।।।।सबै बौन लाई एउटै खल्दो म गादेपची यो देश अगाडि बध्छ

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s