
नासिर अलि आफ्नो हात्ती जंगबहादुरका दाह्रा समाउदै मख्ख
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल (चितवनमा)
जंगबहादुर नामको हात्तीमा सवार नासिर अली त्यो क्षँण कुनै युद्धमा नयाँ राज्य जितेका नबाबभन्दा कम थिएनन् । ‘मेरो हात्ती सधैं फस्ट भएको छ’, गत सप्ताहान्तमा सौराहा, चितवनको एउटा ठूलो मैदानमा आयोजित हात्ती दौड प्रतियोगितामा प्रथम भएको जनावर चढेर चौरबाट बाहिरिँदै गर्दा भैरहवाका २४ वर्षे फनित (माहुतेभन्दा एक तहमाथि) ले मन खोलेर जंगबहादुरको बखान गरे । अरू प्रतिस्पर्धीका तुलनामा केही सानो उक्त हात्तीले फाइनल जित्नु अगाडिका चरणहरूमा आफूलाई पहिलो स्थानमा राखेको थियो । जंगबहादुर र नासिरको पहिलो सहभागिता भए पनि चितवनमा यसखाले प्रतियोगिता हुनथालेको यो तेस्रोपटक हो ।
धन्यवाद पिप्ले, चितवनका नवराज पन्तलाई जसले दुइ वर्षगाडि कोरियामा देखेका हात्तीको समूहबाट प्रेरित भएपछि स्थानीय होटल सञ्चालकहरूलाई हात्ती दौडको आयोजना गरेर सौराहाको पर्यटन प्रबर्द्धन गर्न सुझाएका थिए । ‘उहाँको कुरा सुनेपछि हामीले छलफल गर्यौं’, हात्ती दौड प्रतियोगिताका संयोजक हरिभक्त घिमिरेले भने- ‘क्रिसमस र नयाँ वर्षो बीचमा पर्यटक निकै कम हुनेहुँदा त्यतिबेलै दौड गर्ने निर्णय गर्यौं ।’ अर्थात् आयोजक क्षेत्रीय होटल संघको मुख्य उद्देश्य दौडका नाममा चितवनका होटलमा पर्यटक, सकेसम्म विदेशी जम्मा गर्नु हो । उद्देश्य पूरा हुँदै गरेको लक्षण होटलका कोठाहरूमा देखिएका छन्- दौडका बेलामा पर्यटक संख्या बढेको छ । दौड नहुँदा, घिमिरेका अनुसार, यही समयमा सौराहाका होटलहरूमा पाहुना संख्या ‘शून्य नै हुन्थ्यो ।’ ‘अहिले तेस्रो मुलुकका विदेशी सयभन्दा बढी छन्’, उनले भने- ‘उनीहरूमध्ये धेरैजसो दौड हेर्नकै लागि बसेका या आएका हुन् ।’ कुराकानी सुनिरहेका अर्का होटल व्यवसायीले दौडकै मौकामा सयौं भारतीयहरू सौराहा आएको बताए ।
विश्वमै पहिलो दाबी गरिएको हात्ती दौडलाई ‘अन्तर्राष्ट्रिय’ भनिए पनि जनावरहरू नै विदेशबाट ल्याइनेचाहिँ होइन । (तर सौराहामा निजी रूपमा पालिएका थुप्रै हात्ती भारतबाट भाडामा ल्याइएका हुन् ।) दौडमा सहभागी हुन चाहनेले आयोजकलाई निश्चित रकम (विदेशीले दुइ सय डलर र नेपालीले १० हजार रुपैयाँ) तिर्नुपर्छ । चितवन राष्ट्रिय निकुञ्जबाट पाँच र अन्य पालनकर्ताहरूबाट मागिएका हात्तीलाई प्रतियोगीले गोलाप्रथा मार्फ छान्छन् । एकजना विदेशी स्टुआर्ट सिन्क्लेयरले आफूलाई ‘नेपालकै सबैभन्दा ढिलो दौडिने हात्ती’ परे पनि दौडमा सहभागिता रोमाञ्चक रहेको बताए । यसपालि २४ वटा हात्ती सामेल थिए, जसमध्ये ८ वटामाथि स्टुआर्टजस्तै विदेशी चढेका थिए । दौडिने हात्तीमाथि माहुते र प्रतिस्पर्धी व्यक्ति गरी दुइजना हुन्छन् । (रोयल स्ट्यागको विज्ञापनयुक्त ब्यानर लगाएर दौडमा उत्रिएको जंगबहादुर माथि नासिरबाहेक हिमालयन डिस्टिलरीका गोपाल पुरी थिए ।)
मानिसहरूको दौडमा जस्तै हात्ती दौडमा पनि केही नियम हुन्छन्, जसलाई हात्ती, माहुते र प्रतियोगीले मान्नर्ुपर्छ । सीधा ३ सय मिटर लामो र १० मिटर चौडा ट्रयाकमा दौडिएका बेला हात्तीलाई लठ्ठीले पिट्न या घोच्न पाइँदैन । ‘आपत्कालीनबाहेक सामान्य अवस्थामा हात्तीलाई नियन्त्रण गर्न अंकुशको प्रयोग गर्न पाइँदैन’, प्रतियोगिताको वेब साइटमा उल्लेख छ । त्यसो भए प्रथम हुने हात्तीमा त्यस्तो खासियत थियो ? यही आउँछ, माहुतेको कला ।
‘सबैकुरा खुट्टामा भर्रपर्छ,’ जंगबहादुरलाई खुट्टा खुम्च्याउन लगाएर चौरमै बसाए पनि आफू भुइमा नओर्लिइ सवाददातासँग कुरा गर्न थालेका नासिरले भने । उनी हात्तीका हैन, आफ्ना खुट्टाका कुरा गरिरहेका थिए । ‘जति छिटो ठेल्यो, त्यति छिटो दौडिन्छ,’ उनले भने । अर्थात, हात्तीका कानपछाडि माहुतेका खुट्टा घच्घच्याउने । जताबाट घचेट्यो, हात्ती त्यसको विपरीततिर लाग्छ । कानमा त्यस्तो के छ माहुतेका खुट्टाले अगाडि धकेल्नासाथ हात्ती दौडियोस् ? त्यो नासिरलाई थाहा छैन तर उनी भन्छन्- ‘तागतले धकेल्नर्ुपर्छ । खुट्टै थाक्छन् ।’
‘साइकल चलाउदाभन्दा बढी जोडले धकेल्नुपर्छ ?’
‘हो, बढी । दुख्न पनि बढी नै दुख्छ ।’ यतिन्जेलसम्ममा हात्तीलाई उठाएर आफू भुइमा ओर्लेका फनितले थपे- ‘सास फेर्न गाह्रो पर्छ । मुख बाउनुपर्छ ।’ उनी हात्तीको हैन, अझै आफ्नै कुरा गरिरहेका थिए ।
जंगबहादुर प्रथम भएबापत नासिरलाई १५ सय रुपैया पुरस्कार मिल्यो भने डिस्टीलरीबाट २५ सय पाएको उनले बताए । छोराको जीत मनाउन नासिरका बाबु चौरमा उपस्थित थिए । नासिरका बाबु र दाजुहरू पनि हात्ती चलाउछन् । १० बर्षगाडि हात्ती चढ्न थालेका नासिरले यसअघि उनले जंगबहादुरकी आमा सुन्दरकली चलाएको बताए ।
यति कुरा गरिसकेपछि नासिरको दिमागमा हात्तीको कानमा हुने रहस्य फुत्त आएजस्तो भयो । ‘मान्नुस हात्तीको कान भनेको गाडीको एक्सिलेटर जस्तै हो,’ क्लोजअप मञ्जनको विज्ञापनमा देखिनेजस्ता सेता दात देखाउदै उनले भने- ‘जति दबायो उति दौडिन्छ ।’
तर कुनै हात्ती कम र कुनै छिटो किन – निश्चिय नै, त्यो हात्तीको शरीर र बलमा भर पर्ने कुरा हो तर नासिरले फट्ट जवाफ दिए- ‘हजुर उसो त (मोटरसाइकलहरू) स्प्लेन्डर र आरएक्समा पनि फरक हुन्छ । स्प्लेन्डर अलि छिटो दौडिन्छ ।’ लौ, कुरैकुरामा जंगबहादुरको रेकर्ड उल्लेख गर्न बिर्सको । उसलाई तीनसय मिटर जान र सोही बाटो फर्किन फाइनलमा एक मिनेट ३७ दशमलव ३३ सेकेन्ड लागेको थियो । उसलाई दोस्रो हुने पवनकली (एक मिनेट ३७ दशमलव ९७ सेकेन्ड) बाट चर्को दबाब परेको थियो ।

छोराको खुशीयालीमा सामेल हुन नासिर अलिका बाबु प्रतियोतितास्थलमा पुगेका थिए ।
दौड हात्तीहरूको भए पनि प्रतियोगितालाई चौरभन्दा पर जंगलमा अबैध सिकारबाट आफूहरूलाई बचाउन संर्घषरत गैडाहरूले छाँयामा पारे । केही समययता चितवनका जंगलमा गैंडाहरू मारिने क्रम बढ्दो छ जसले विश्वका जनावरप्रेमीहरूलाई जस्तै सौराहाबासी र व्यवसायीलाई चिन्तित तुल्याएको छ । त्यसैले उद्घाटनको दिन देखिएका प्लेकार्ड र गरिएका भाषणहरूमा गैंडाले मुख्य स्थान पाए । उद्घाटन र्यालीमा सहभागी स्थानीय माउन्ट भ्यु स्कुलमा चार कक्षाकी पूजा तिवारीले बोकेको प्लेकार्डले ‘उस्तै प्राणी उस्तै पीडा, मिलेर जोगाऊ एक सिंगे गैंडा’ भन्ने अनुरोध गरेको थियो । दौडकै अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा गाउन गएका चितवनका मिलन लामा (जसले ‘माझी दाइ पोखरा फेवाताल’ गीतमार्फ राष्ट्रिय ख्याति पाएका छन्) ले यस्तो गीत बनाएका थिए- ‘गैंडा मार्या समाचारले जिउ भतक्कै गल्ने/गैंडा नै हो मूल आधार जिउ ज्यान पाल्ने ।’
यसोभन्दा मिलन लामाले ठ्याक्कै नासिर अलिको भावना बोलिदिएका छन् । जंगबहादुरलाई चौरमा दौडाउने बर्षमा एक पटक न हो, बाँकी समय उनले सौराहा पुग्ने पर्यटकलाई हात्तीको ढाडमा राखेर चितवन राष्ट्रिय निकुञ्जको जंगलमा गैंडा देखाउनै लैजाने हो ।
दौडबारे थप चित्र र विवरण वाग्ले स्ट्रिट जर्नलमा छन् ।

9 responses to “हात्ती दौडमा गैंडा चिन्ता”
Interesting article. Felt like I was there in the elephant race. I felt like comparing the record set by Janga Bahadur with any human being. Don’t know if they have 600 meters race in olympics. But is it fair to climb two people on an elephant and make him run? Okay, the rider is necessary but why the second person is there? The result will be different if the other person was taken off the elephant. Let elephants give better chance to set impressive record!
वाह नासिर मिया गजव गरिलिएछ हँ ! बधाई छ बधाई । अनि हाम्रो जंगबहादुरलाई पनि बधाई भनिदिनु, बढिया प्रदर्शन भइहालेछ । अर्को बर्ष पनि यसैगरी दौडीहाल्नु हँ ।
[…] By Dinesh Wagle Wagle’s Web Log [Images from International Elephant Race And here is interview with the winning elephant rider] […]
[…] As I have mentioned in this article, the elephant race was overshadowed by the peoples’ concern about the safety of rhinos. Everyone talked about the need to save rhino. (Tourists come to see rhino by riding elephants, they said, and we must the animal.) Hoteliers in Sauraha, tourist district in Chitwan, are seriously concerned about the recent increase in rhino killing because they feel their business will be jeopardized if tourists stopped coming to Chitwan. People are killing rhino for meager Rs. five thousands, some said, and those killers don’t know that what they sell for that amount will be sold in for thousands of dollars in international market. “We should find the poachers and provide them alternative jobs so,” another opined. […]
राष्ट्रिय गान प्रतियोगीता मा मैले लेखेको राष्ट्रिय गान पढ्ने हो ? लौ पढ्नुस् कही हरफ । पुरा पढ्न मन रहर भए mail गर्नुस्
भोका नेपाली नाङगा नेपाली
लुला नेपाली बाङ्गा नेपाली
रित्तो छ पेट रित्तो छ डाली
भरीए बम ले खेत र आली ……………………………………………………………….
हिमाल चिसो तराई तातो
नेपाली को रगत ले देसै रातो
………………………………
मिलन बगाले
क्यामिन्-६, बर्लाची तनहुँ
milanbagale@yahoo.co
a dinesh wagle ji milan bagale ko rastriya gaan ramro bhaya pani kina hatti daud ko news ma rakhnu bhayeko ho?
[…] January 2, 2007 · 6 Comments Blogmandu: My conversation with the winner of the elephant race is here. […]
[…] the man of the moment: Nasir Ali seated at the back of the elephant of the moment (Janga Bahadur). Here is what I wrote for Kantipur based on the interview: यति कुरा गरिसकेपछि […]
[…] was a tough challenge from Pawan Kali that became second finishing the race in 1.37.97 minute. Here is more in Nepali. 28.579873 […]