नक्कली प्रचन्डले सक्कलीलाई हसाउदा

सबै स्तरहरु अनुसार, माने, त्यो उत्कृष्ट प्रस्तुती थियो । माने, दर्शक बारम्बार हासोका फोहोरा छाड्दै कुर्सीबाट उठ्न बाध्य भए । सम्बाददातको सोचाई पनि माने त्यस्तै रहेको विचार छ !

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

काठमाडौं- राजधानीको कमलादीस्थित नेपाल एकेडेमीको हलमा शुक्रबार (हिजो) साँझ देखिएको दृश्यलाई सम्भवत माओवादी अध्यक्ष प्रचन्डले कहिल्यै विर्सने छैनन् । लोकतान्त्रिक आन्दोलनकर्ता नागरिक समाजले आयोजना गरेको ‘गणतान्त्रिक साँस्कृतिक साँझ’ हर्ने दर्शक दीर्घाको अघिल्लो लहरमा बसेका जनयुद्धकारी नेताको हाउ भाउ केही फिट परको स्टेजमा ‘अर्का प्रचन्ड’ले दुरुस्तै उतारिरहेका थिए । केही महिना अगाडी एकेडेमीमै भएको एउटा सांस्कृतिक कार्यक्रममा गएका प्रचन्डलाई कान्तिपुर टीभीकी ‘पवनकली’ले अर्न्तवार्ता गरेकी थिइन् जसलाई शुक्रबार मनोज गजुरेल र मन्जु श्रेष्ठले उत्कृष्ट ढंगमा प्यारोडीमा उतारेका थिए । टीभीको वास्तविक कार्यक्रमकै झल्को दिने गरी सजाइएको सेटलाई ‘द हवनकली शो’ नामाकरण गरेर व्यग्यात्मक झल्को दिइएको थियो । मन्जुको शुरुवाती उद्घोषणसँगै प्रचन्डलाई विर्साउने शैलीमा दर्शकमाझबाट मुठ्ठी कसिएको हात हल्लाउदै र हल्का फुलेका ट्रेडमार्क जुँगा लगाएका स्टेजतिर आउदा दर्शकको चिच्याहटपूर्ण हासोलाई साथ दिएका थिए माओवादी अध्यक्षले । कार्यक्रमहेर्न उनको साथ उपस्थित थिए नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, माओवादीका डा. बाबुराम भट्टर्राई र अन्य नेताहरु ।

‘तपाई त कस्तो राम्रो, त्यो अंग्रेजीमा भन्छन् नि, ह्यान्डसम,’ प्यारोडी अर्न्तवार्ताको मध्यतिर मन्जुले पवनकली लवजमा मनोजलाई सोधिन । हल्का ‘हा.. हा’बाट प्रश्नलाई स्वागत गरेपछि दोषरहित लवजमा मनोजले दुबै कम्मर एकैसाथ उचाल्दै यसरी हासो फ्याक्दा प्यारोडीको एउटा विलक्षण प्रस्तुती स्टेजमा देखियो । अब पालो मनोजको नक्कल सक्कली प्रचन्डले गर्ने थियो । माओवादी अध्यक्ष त्यसैगरी दुबै कम्मर उचाल्दै उन्मुक्त हासो हासिरहेका थिए । त्यो बेला पनि हासोलाई थाम्नेमा रातो कपडाले टाउको बाधेर ‘पवनकली’ र ‘नक्कली प्रचन्ड’को छेउमा ‘सुरक्षार्थ’ उभिएका ‘नक्कली माओवादी बडीगार्ड’ थिए ।

‘लोभलाग्दो जुंगाका धनी’कारुपमा परिचय गराउदै ‘प्रचन्डलाई उनको ‘भुडी’का बारेमा प्रश्न गरियो । ‘जनयुद्ध हाक्ने विचार र बन्दुकले,’ जवाफ आयो- ‘भुडीले होइन ।’ हलमा हासो छायो । ‘पवनकली’ले ‘प्रचन्ड’लाई नामको बारेमा प्रश्न गर्न चाहिन् । किन त्यस्तो डरलाग्दो नाम राखेको, उनले भनिन्, जसलाई सुन्दा मान्छे सिङ् भएको पो होला कि भन्ने भान हुन्थ्यो । राजतन्त्र फ्याल्न पुष्पलाल, मोहनविक्रम सिंह र मदन भन्डारीले गरेका ‘असफल प्रयास’को उल्लेख गर्दै स्टेजका ‘प्रचन्ड’ले जवाफ दिए- रातजन्त्र फाल्न नसक्नु पछाडी नेताको नाम नरम भएर पो हो कि – नाम सुनेरै निरंकुश राजतन्त्र आफै ढलोस भनेर राखेको ।’ उल्लेखै गर्न पर्दैन, दर्शकदिर्घर्ाा उपस्थित प्रचन्डसहित सबै हासोले उरालिए । त्यो एउटा त्यस्तो अवसर थियो, हालैका दिनमा अन्यकुराका अलावा सम्भावित सत्तासाझेदारीको तनावमा रहेका प्रचन्ड र अन्य उच्चस्तरका नेताका लागि त्यो मन फुकाएर हास्ने मौका थियो । उपस्थित दर्शककालागि पनि ठ्याक्कै त्यस्तै क्षण । उनीहरु स्टेजका प्रचन्डको अभिनयपछि त्यसको प्रतिक्रिया वास्तविक प्रचन्डले कसरी दिइरहेका छन् भन्ने उत्सुकता शान्तपार्न बारम्बार कुर्सीबाट उठेर माओवादी अध्यक्षतिर आँखा डुलाईरहेका थिए ।

सम्भवत सबैभन्दा बढी हासो त्यो ‘अन्तिम’ प्रश्न (र त्यसको उत्तर) ले गर्यो जो माओवादी नेता र उनकी पत्नी सिताका बारेमा थियो ।

‘अन्तिम प्रश्न भनिहाले फेरी अर्को अन्तिम प्रश्न सोधौं ?’

‘निश्चित रुपमा’ मुन्टो लतलगेर तत्कालै माथि लैजादै ‘प्रचन्ड’ले जवाफ दिए ।

त्यसपछि ‘पवनकली’ले र्सार्वजनिक समारोहहरुमा उपस्थित हुदा पत्नीलाई साथ लिएर हिड्ने प्रचन्डको बानीबारे प्रश्न गरिन् ।

‘कतिपय अवस्थामा श्रीमतीलाई लिएर हिड्यो भन्ने आरोप पनि आएको अवस्था छ,’ प्रचन्ड ट्रेडमार्कमा जवाफ आयो- ‘हामी क्रान्तिकारीले आफ्नै श्रीमती लिएर हिड्ने त हो नि । अर्काकी श्रीमती लिएर हिडे त बुर्जुवा भइहालियो नि ।’ अबचाहि हासोले उत्कर्षा लियो । नक्कली प्रचन्ड वास्तविक प्रचन्डकै अगाडीबाट मुठ्ठी कसिएको हात उचाल्दै दर्शकविचमा हराए । अब माओवादी अध्यक्षसँग मनोज गजुरेलको प्रस्तुतीबारे अर्न्तवर्ता गर्ने पालो सम्बाददाताको । ‘म चाहि कान्तिपुर दैनिकबाट,’ निरन्तरको हासोबाट थाकेका जस्ता देखिने माओवादी नेतालाई परिचय दिदै प्रश्न गरियो- ‘कार्यक्रम कस्तो लाग्यो ?’

‘कला, विषयबस्तु र प्रस्ततीका हिसावले उत्कृष्ट,’ गत बर्षम्म हिंसात्मक आन्दोलनको नेतृत्व गरेका र ‘डरलाग्दो’ नाम भएका नेताले मुस्काउदै भने- ‘जनतको निम्ति काम गर्ने र जिम्मेवारी लिने हिसावले हेर्दा धेरै जान्न पाइयो ।’

‘मनोज गजुरेलले गरेको तपाइको प्यारोडी नि ?’

प्रचन्ड फेरी मुस्काए । उनीसँग जवाफ तयार थियो । ‘आफ्नैबारेमा आत्म समिक्षा गर्न र अरुको आफूप्रतिको दृष्टिकोण थाहा पाउन निकै महत्वपूर्ण,’ उनले भने । निश्चयै, त्यसो भन्दा उनी मनोजले प्यारोडी गरै जस्तै काध र हात हल्लाइरहेका थिए, ट्रेडमार्क ‘माने’ थेगो प्रयोग गरिरहेका थिए । उनले आफू मनोजका सिर्जनशीलताबाट अचम्भित भएको बताए । प्यारोडीमार्फ खवरदारी गरेकोमा उनले ध्यान पुर्याउने बताए ।

‘नया नेपालको समावेशी रेडियो’ नेपाल एफएमको व्यवस्थापनमा भएको नागरिक समाजको कार्यक्रममा त्यो दुर्लभ ‘सक्कली-नक्कली प्रचन्ड’ प्रस्तुतीबाहेक थुप्रै गीत प्रस्तुत गरिए जसमा गणतन्त्र नेपालको पक्षमा तर्कहरु गरिए, जनजातीका लागि अधिकार र स्वायत्तता मागिए अनि ‘आधा आकाश’लाई अझै लोकतन्त्र नआएको गुनासो गर्दै महिला अधिकारका लागि आवाज उठाइयो । व्यवसायिक र सामाजिक सस्थाहरुले ‘स्पोन्सर’ गरेको नागरिक आन्दोलनको शुक्रबारको ‘कमर्शियल’ संस्करणमा दर्शक ताली बटुल्ने अर्का थिए गायक रामजी नेपाली । कम्ब्याट प्यान्ट, हाफ ज्याकेट, सेतो स्पोर्टस् जुत्ता लगाएका छोटो कपालवाला नेपालीले झ्याउने नृत्यकासाथ यिनै शब्दमा दर्शक उचाले-

जनताको शिर भयो माथि
संविधानसभामा जाउ साथी