दिनेश वाग्ले/सुरज कुँवर
हालैको एउटा विवादास्पद सौर्न्दर्य प्रतियोगितामा उत्साहका साथ सहभागी भएका १८ मध्येकी एउटी युवती हुन् ममता प्रधान । आफूलाई व्यवसायिक मोडलकारुपमा परिचय गराउने यी २२ बर्षोले ‘मिस नेपाल’का नामले बढी चिनिने उक्त प्रतियोगितामा सामेल हुदा ‘धेरैकुरा सिकेको’ बताइन् । ‘विनिङ् इज नट एभ्रिथिङ्,’ विरोधका नारा र प्रशंसाका तालीमाझ अघिल्लो साता राजधानीमा आयोजित प्रतियोगितामा कुनैपनि टाइटल नजितेकी युवतीले भनिन्- ‘सिकेको सबैभन्दा ठूलो कुरा त्यही हो (जित्नु नै सबै होइन ।) । त्यसबाहेक बढी आत्मविश्वासी भएकी ठान्छु । पहिले तपाईहरुसँग राम्रोसँग बोल्न डराउथे, अहिले यी यस्तरी बोलीरहेकी छु ।’
निश्चियै, मोडलले सिकेका कुरा धेरै छन् तर के उनलाई देशमा अहिले सबैभन्दा बढी गफ गरिने विषय ‘सम्विधान सभाको चुनाव’बारे जानकारी छ ? देशका हरेक क्षेत्रलाई प्रभाव पार्ने राजनीतिबारे सौर्न्दर्य प्रतियोगिताका सहभागीहरु कत्तिको ज्ञान राख्छन् ? ताज जित्नेहरु त्यसैमा रमाइरहदा प्रतियोगितामा केही नजितेका पाच र एक-एकवटा साना टाइटल जितेका तीन युवतीसँग हामीले राजनीतिका कुरा गर्ने निर्णय गर्यौं । (अरे, मेकअपका टिप्स र कुर्ताको डिजाइनका कुरा छाडेर सुन्दरीहरुसँग सम्विधान सभा र राजनीतिका गफ गर्ने ? हो, पट्यार लागे पढ्न छाडे हुन्छ, आज हामी ‘राम्री’हरुसँग ‘रुखा’ कुरा गर्दैछौं ।)
आयोजकले सुन्दरीहरुलाई पत्रकारको सामना गर्न या आफूलाई अभिव्यक्त गर्न सिकाएपनि अभिव्यक्तिको सबैभन्दा प्रभावशाली माध्यम र अहिले सबैभन्दा बढी कुरा गरिने विषय- चुनाव- का बारेमा केही जानकारी दिएका रहेनछन् भन्ने थाहा पाउन समय लागेन । उसो त, मिस नेपालका प्रतियोगीहरुलाई सम्विधान सभा र शान्ती प्रकृयाबारे सिकाइएको होला भन्ने हाम्रो अपेक्षा पनि थिएन । ‘मलाई यसबारेमा केही थाहा छैन,’ ‘व्युटी विथ ब्रेन’हरुको प्रतियोगितामा सामेल काठमाडौंकी चाहविलकी लक्ष्मी लामाले जवाफ दिइन् । ‘अहिलेसम्म थाहा थिएन,’ सुदुरपश्चिमकी ‘मिस व्युटीफुल स्माइल’ रिचा शर्माले सम्बाददातासँग भनिन्- ‘तपाईले भनेपछि थाहा भयो । तर भोट हाल्न धनगढी नै जानुपर्छ र ? त्यो चाहि मन परेन । काठमाडौंमै हाल्ने व्यवस्था भए हुन्थ्यो । धनगढीबाट थुप्रै मान्छे काठमाडौं आएर बसेका छन् नि ।’ ममताले चाहि त्यसमा खासै टाउको दुखाउनुपर्ने ठानिनन् । ‘म भोटै हाल्दिन,’ चुनावप्रति विश्वास नभएको बताउदै उनले भनिन्- ‘केही हुदैन ।’ बाँकीले भोट हाल्ने बताउदै संविधानसभाका बारेमा जानेको कुरा साझेदारी गरे । ‘पुरै नेपाली सहभागी भएर संविधान बन्ने हुदा ‘यो सम्विधान मेरो बुवाले पनि बनाएको हो, मैले पनि बनाएको हो’ भन्ने सोचाई आउछ,’ ‘मिस व्युटिफुल हेयर’ नानीमाया खड्काले भनिन् ।
सौर्न्दर्य प्रतियोगिताका आयोजकहरुले सहभागी युवतीहरुलाई राजनीतिक र सामाजिक कुरामा पनि सचेत तुल्याउने उद्देश्य राखे अर्को बर्षनानीमायाको सहयोग लिए हुन्छ । प्रष्ट र प्रगतीशील विचार राख्ने यी २५ बर्षोले देशको अहिलेको अवस्थालाई यसरी प्रस्तुत संक्षेपीकृत गरिन्- ‘शान्तीतर्फविस्तारै अग्रसर भइरहेका छौ जो खुशीको कुरा हो । तर -संक्रमणकाल) लाई बाहाना बनाएर मौकामा छक्का हान्ने प्रयास भइरहको छ ।’ हालैका दिनहरुमा तर्राईमा भइरहेका नकारात्मक गतिविधिप्रति असहमती जनाउदै इटहरीकी युवतीले भनिन्- ‘कर्णालीमा मान्छेलाई खान पुगिरहेको छैन । तर्राई जस्तो सुविधासम्पन्न र (थुप्रै) जग्गा भएको ठाउमा भन्दा खान नपुग्ने ठाउका मान्छेको चिन्ता गर्नुपर्यो ।’ २३ बर्षो विभा प्रजापतीको टिप्पणी सुनौं- ‘पहिलेभन्दा राम्रो छ । माओवादीले पनि सिट पाएकै छ । पर्यटन फस्टाउदै छ । जनजातीहरुले केही मागिरहेका छन्, दिनै पर्छ ।’ काठमाडौंकी बबिता मानन्धर खासै खुशी देखिन्नन् । ‘लोकतन्त्र आएको एक बर्षहुनलागिसक्यो,’ अनपेक्षितरुपमा बैशाख ११ को उल्लेख गर्दै २२ बर्षोले भनिन्- ‘बल्लतल्ल सरकार बन्यो । शान्ती व्यवस्था राम्रो हुनुपर्ने हो । विरोधले नकारात्मक क्रियाकलाप जन्माएको छ ।’ २० बर्षे निलिमा रन्जितलाई चाहि डीभी पिडितहरुप्रति निकै सहानुभूति रहेछ र उनले त्यो समश्या तत्कालै समाधान हुनुपर्ने बताइन् । २० बर्षो ‘मिस ट्यालेन्ट’ सावित्रा श्रेष्ठले पहिले सुनिआएको ‘सुन्दर शान्त विशाल’ को ‘शान्त’ नेपालमा आइनसकेको बताइन् । रिचाले राजनीतिप्रतिको रोस यसरी प्रकट गरिन्- ‘नेपालमा सबैभन्दा रुखो खेल, खराव खेल ।’ शायद, ग्ल्यामर विहिन !
ग्ल्यामर राजतन्त्रमा पनि कहा छ ? दुइ तिहाई बहुमतबाट राजतन्त्रलाई हटाउनसक्ने प्रावधानसहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको र देश लोकतान्त्रिक गणतन्त्र तर्फबढीरहेको अवस्थामा युवतीहरुलाई त्यो एउटा प्रश्न छुटाउने कुरै भएन । सामन्ती संस्कारको प्रतिककारुपमा लिइने राजतन्त्रबारे केटीहरुले मिश्रति र कतिपय सर्न्दर्भमा विरोधाभासपूर्ण टिप्पणी गरे । ‘कागलाई वेल पाक्यो हर्षन विस्मात,’ नानिमायाले भनिन्- ‘नारायणहिटीमा ज्ञानेन्द्र बसुन् या विरेन्द्रका भूत । कुनैबेला दरवारमा काम गरेका मेरा हजुरबुबा मैले राजाबारे केही टिप्पणी गर्दा ‘चुपलाग, त्यसो भन्नु हुदैन । हामीले राजाको नुन खाएका छौं’ भन्नुहुन्थ्यो । अहिले मैले थाहा पाएकी छु, राजाले चाहि हाम्रो नुन खाएका रहेछन, खादैछन् । त्यसैले म भन्छु, राजा हटाउनु पर्छ, हटाउन तयार छु ।’ राजाका अवगुणहरुबारे जानकार उनका केही साथीले एकातिर ज्ञानेन्द्रका खरावी केलाए भने अर्कातिर सेरेमोनियलको तर्क गरे । ‘ज्ञानेन्द्रले गल्ती गर्यो,’ विभाले भनिन्- ‘उसले सजाय पाउनै पर्छ । उसलाई सेरेमोनियल बनाइनुपर्छ ।’ शायद अहिलेको अवस्थामा राजालाई सेरेमोनियल बनाउनु सजाय हैन पुरस्कार दिनु हो भन्ने चाहि युवतीहरुले नबुझेको प्रष्टै देखिन्थ्यो । ‘हो, राजा माफ गर्न लायकको छैन,’ ममताले भनिन्- ‘तर एकपटक मौका दिनुपर्छ ।’ रिचाले थपिन्- ‘राजा चुपलागेर बसेको छैन । मेधश आन्दोलनमा पनि राजाको हात छ भनिन्छ । उसले केही न केही गरिरहेको छ ।’ त्यति भनेपछि ‘मिस व्युटिफुल स्माइल’ले सेरेमोनियलको तर्क गरिन् ।
नेपालका लागि ‘सेरेमोनियल मोनार्की’ मिस नेपालको स्टेजमा क्याटवाक गरेजस्तो सजिलो नभएको तीतो अनुभव युवतीहरुले बुझ्दै गर्लान्, अहिलेलाई सपनाका कुरा गरौं । वितेका केही साता सबै केटीहरुको एउटै लक्ष्य थियो- मिस नेपालको ताज पहिरिने । शायद त्यो नै उनीहरुको त्यतिबेलाको सबैभन्दा ठूलो सपना । ‘टेल मी योर ड्रिम’मा सिड्नी सेल्डनले र ‘द अल्काइमिस्ट’मा पाउलो कोहिल्लोले सपनाहरु र तिनलाई पच्छ्याउने कुराबारे घतलाग्दा टिप्पणी गरेका छन् । अनि तिनै सिर्जनालाई मनपर्दा किताव बताउने २३ बर्षो सिताश्मा चन्द यसपालीकी मिस नेपाल भइन् । सिताश्माको सपना पुरा भयो भन्दैमा ताज नजित्नेहरुको सपनाबारे कुरा नगर्नु कहा उचित हुन्छ ?
‘शान्ती,’ मिस व्युटिफुल स्माइलले भनिन् । त्यसपछि उनले आफ्नो उत्तरलाई अझ केन्द्रिकृत गरिन्- ‘नेपाली फिल्म उद्योगमा गुणात्मक परिवर्तन ल्याउने सपना छ ।’ मिस ट्यालेन्टको सपना ‘सुशिक्षित र आत्मनिर्भर’ हुने र डिप्लोमा डिग्रि हासिल गर्ने छ । बुद्ध एअरमा विमान परिचारिका बबिताले भनिन्- ‘विहे गरेपछि नीजि विमान कम्पनीहरुमा एअर होस्टेज काम पाइदैन । त्यसैले विहे गरेपछि पनि उड्न पाइयोस् । पाइलट बन्न निकै मन छ । धेरै छन् सपना ।’ बबिताका धेरै सपना भएपनि उनकी साथी विभाका चाहि ‘खास कुनै सपना छैनन्’ । उनले भनिन्- ‘इन्टरनेशनल रिलेसन्स -आइर) पढेर यूएनमा जागिर खाने ।’ आम सञ्चार पढ्न डेनमार्क जाने तयारीमा रहेकी नानीमायाले र्’अर्थविद बनेर देशको अर्थतन्त्रमा सहयोग पुर्याउने’ सपना रहेको सुनाइन् भने लक्ष्मी लामाले महिलाहरु शिक्षित भएको देख्न चाहेको बताइन् । उमेर छ, जागर छ र सपना छन् । एउटा मिस नेपालमा सफलता नपाएर के भयो, युवतीहरुले निर्णय गरेका छन्, हामी हाम्रो सपना पुरा गर्न लागिरहने छौं !