एसएलसी फेल, बिहे पास

लाई लैजाउ मेल्टरी जुत्ता
माथि लेक हिउ छ
नफाल्नु दियाको चिठ्ठी
त्यसमा मेरो जिउ छ

दिनेश वाग्ले

एसएलसी पासहुने आस मारेका १८ बर्षो पदमबहादुर रावलले पाउलो कोहेल्लोको अल्काईमिस्टको भेडा गोठालोले भन्दा फरक अबको जिन्दगी तिनै जनावरका पछाडी लगाउने सोचेका छन् ।

रारा (मुगु)- सिमसिमे पानीले खुम्चिएका चार सय भेडा मुख चलाउदै सुस्ताइरहदा पदमबहादुर रावल नजिकैको गोठभित्र धुवाको मुस्लोसँग संघर्ष गरिरहेका थिए । झ्यारी गाउ मस्तिर रारा ताल नजिकैको त्यो गोठ बर्षा छल्न पसेका केही ग्वाला पानी रोकिनासाथ जंगल पस्ने सुरमा छन् । अगेनोको फलामे भाडोमा उम्लिरहेको सीमी बाहा (साँझ) को खान्की हो ।

दाईने पाखुरामा केरमेटसँगै अंग्रेजी क्यापिटल अक्षरमा ‘मेक द टेम्पल’ र दाईने पिडुलामा कोरिएको ‘ह्याप्पी’को अर्थ आउने भए पदम किन तीनपटक एसएलसी फेल हुन्थ्ये ? ‘कितावको साटो भेडा पढ्ने,’ टोप्ला गाउको कर्णाली सेकेन्डरी स्कुलका पूर्व विद्यार्थीले भने- ‘कहाँको पास हुनु ?’ बाहिर उग्राइरहेका मध्ये पाच दर्जनजति भेडा उनका हुन् र पासहुने आस मारेका १८ बर्षोले पाउलो कोहेल्लोको अल्काईमिस्टको भेडा गोठालोले भन्दा फरक अबको जिन्दगी तिनकै पछाडी लगाउने सोचेका छन् । अंग्रेजी शब्दको अर्थ सुनेपछि उनी स्वर नलिकाली हासे । त्यही मौकामा एउटा झिगो उनको दातमा एक सेकेन्डजति बस्यो । हरे, गोठभित्र भन्किएका झिगा-संख्याको एक चौथाईमात्र भेडा भइदिए, एसएलसी गर्नै पर्ने थिएन, पदम लखपती बन्ने थिए ।

भेडाचराउन जंगल जाने तयारीमा रहेका पदम

भेडालाई चराउन लैजादै पदम । ‘माओवादीले पनि पढ्न दिएनन्,’ पदमले स्कुले दिन सम्झिए- ‘कार्यक्रम भन्दै कहा कहा लगे । मास्टर पनि नआउने । आएका माओवादीको डरले भाग्ने ।’

‘केटी फकाउन एकदम गाह्रो,’ पदमले भने- ‘हैरान हुन्छ । केटी बरिष्ठ, निकै घमन्डी । मान खोज्ने ।’ एउटी केटीको मन उनले गत बर्ष जिते ।

दुई साढ भेडा अठ्याउने प्रयास गर्दा पदम जिब्रो निकालिरहेका छन् । ‘यहाको चलन बच्चा धेरै पाउनुपर्ने । आधा गोरु चराउने, आधा भेडा,’ उनले भने ।

भैरबहादुर रावल,२२ , सुल्फा तान्दै । ‘३० बर्षमा गर्छु,’ उनले भने- ‘तल (शहर) झर्छु, भेडा बेच्छु । ओठमा लाली लगाएकी एउटी खोज्नु पर्ला । (शहरका केटी) पैसा देखेभने मर्छन्, बुढो सुढो भन्दैनन् ।’

भेडा यो क्षेत्रका बासिन्दाका प्राण हुन् । प्रत्येक घरमा केही दर्जनदेखि केही सयसम्म हुन्छन् जसलाई समुहमा बाडेर जंगल डुलाइन्छ । यो गोठमा पाच परिवारका भेडा छन् जो जेठमा मिर्साईएका हुन् । असोजमा छुट्याइन्छन् । मिसाउदा भेडा हेर्न घरको एकजना पठाए पुग्छ, छुट्टेपछि दुइजना चाहिन्छ ।

दुख देख्दा भेडा चराउनु सोख नहुन सक्छ तर वेरोजगारीको समश्या छ । गाउका १०५ घरमा दुइजना रोजगार छन्- रारा निकुन्जमा गार्ड । ‘दुइहजारको जागिर पाए सबै भेडा सरकारलाई दिने थिए,’ सुल्फा तानेर गोठमा झन बढी धुवा फैलाईरहेका २२ बर्षो भैर रावलले घोषणा गरे । दुबै ठिटाले पढेका छैनन् र दोष उनीहरुको मात्र छैन ।

पुमा क्याप लगाउने यो अध्यनशील केटोको नाम क्षेत्र रावल हो जो स्थानीय प्राविमा पाच कक्षामा पढ्छ । उसको भाइ पदम (यो कथाको मुख्य पात्र होइन) २ मा पढ्छ । पर्याप्त शिक्षक नहुदा स्कुल बन्द छ र उनीहरु रारा ताल नजिकैको मिलि भनिने खुला चौरमा गाइ गोरु चराउन आएका हुन् । यो तस्बिर लिदा क्षेत्र हिसाव पढिरहेको थियो ।

स्माइल!

रारा नजिकैको मिलि चौरमा भेडाहरु

भेडा गोठका कुकुर घाममा खेल्दै

पृषठभूमीमा भेडा चरिरहदा दिनेश वाग्ले

एउटा सानो गोठभित्र भेडा गोठालाहरु

भेडा ग्वालाहरुसँग गोठभित्र वाग्ले

‘माओवादीले पनि पढ्न दिएनन्,’ पदमले स्कुले दिन सम्झिए- ‘कार्यक्रम भन्दै कहा कहा लगे । मास्टर पनि नआउने । आएका माओवादीको डरले भाग्ने ।’ माओवादीले पदम १० कक्षामा हुदा दुइ पटक घन्टौ टाढाको रोवा गाउ लगेका थिए । अघिल्लो दिन एसएलसी नतिजा निस्केको छ तर पदम निराश छन् । ‘अरु विषय चोरचार गर्दै पास गरिन्छ । अग्रेजी र गणित नसकिने ।’

टेस्ट परिक्षामा माओवादीले मास्टरलाई अफिस भित्र लगेर विद्यार्थीलाई ‘लौ केटा हो लेख, चोर’ भनेका थिए तर एसएलसीमा उनीहरु थिएनन् । ‘फस्टबाटै राम्रो शिक्षक पाइएन,’ पदमले भने- ‘गाउमा कोही छैनन् । सबै बाहिरका । असारमा विदामा गएपछि मंसीरमा आउने । रिजल्ट निलै निल । एक्जाम्टेड हुदै, दुइ/चार बर्षदिने । धेरै पटक फेल भएपछि हापिदिने ।’

एसएलसी हापेपनि विहे टिनएज नकट्दै ‘पास’ गर्नु पर्छ । नभए केटी नपाइन सक्छ । जिन्दगी एक्लै कसरी विताउनु ! सकेसम्म पट्याउने, नभए माग्ने । गत साल आफू भन्दा एकबर्षकान्छीसँग मागी विहे गरेका पदमसँग केटी फकाउने (लपाक्ने) अनुभव नभएको होइन । राती घन्टौ हिडेर गोठ चाहर्दै त्यहा सुतेका केटीलाई गीत गाएर जिस्काएको उनी अझै सम्झिन्छन् ।

बादल किन घेरिदो, मेघ किन आउदो
हेरि डिट नपुग्ने ठौर यो मुन किन धाउदो

(हेरेर धित नमर्ने यो ठाउ/गोठ जहा केटी सुतेकी छे/मा मन किन धाई रहन्छ?)

प्रशंग पिरतीको भएकाले पत्रको कुरा हुने नै भो । कोही छ, बाबुको छोरा ?

बाट ती पानीको नाउलो तिर्खा लाग्या पिने
को होला बाबुको छोरो चिठ्ठी पत्र दिने ?

त्यस्तो चुनौती आएपछि कुन केटा पछि हट्ला ?

लाई लैजाउ मेल्टरी जुत्ता
माथि लेक हिउ छ
नफाल्नु दियाको चिठ्ठी
त्यसमा मेरो जिउ छ

यो लेख कुनबेला पढिरहनु भा’छ कुन्नी तर केटी लपाक्ने काम रातीमात्रै हुन्छ- दिउसो लाजले भुतुक्कै । ‘शरम हुन्छ,’ पदमले भने- ‘राती जाने, राती आउने ।’ केटाहरु समुहमा जान्छन् र लपाकेको ठूलाले देख्नु हुदैन । (‘यहा लाज लाग्छ,’ लपाक्ने गीत सुनाउन आग्रह गर्दा पदमले छेवैमा रहेका पाकाहरुतिर लक्षित गर्दै भने ।) बच्चाका बाबु विरलै जान्छन् तर अविवाहित र नवविवाहितको ताती लाग्छ । ‘शहरभए मोटरसाइकलमा र्घर जानुहुन्थ्यो,’ भैरले भने- ‘यहा राती खुट्टा मर्काउदै, आखा घोचाउदै हिड्नु पर्छ ।’

एक बोल्द माल्या जाल्या
एक बोल्द पाट्या
दईका गोठ खेल्न आउला
झरो चिरी राख्या

(एउटा बहर-पुरुष- झिल्के मिल्के/ अर्को बहर पाटे/तिम्रा गोठमा दोहोरी खेल्न आउला/ सल्लाको राको चिरी राख)

भैरको कुरैमात्र, २२ बर्षसम्म केटी लपाक्या होइन । ‘उमेरमै नलपाके केटी पाइदैनन्,’ पदमले भने- ‘बर्षभन्ने हुदैन, अलि ठूलो भयो झप्पा झप गर्यो, नभए केटीले आखै नहेर्ने ।’

मैले हासो थाम्न सकिन । ‘तपाई हास्नु हुन्छ,’ पदमले भने र भैरतिर हेरे- ‘उसको त्यही भइगयो । पाएन केटी । अब पाउदैन । तपाईले विहे गर्नुभयो ?’

‘छैन,’ मैले २८ बर्षो भएको बताउदै पदम (र आफैलाई) आश्वस्त पार्न खोजे- ‘तर पाउछु ।’

‘तलतिर पाउने हुन,’ पदमले भने- ‘यहातिर पाउन्नन् ।’ त्यस्तो अवस्थामा केटी ताक्नेको भीड नलाग्ने कुरै भएन । ‘रजश्वला भएपछि (केटीलाई) घरमा राख्दैनन्,’ पदमले भने- ‘एकसाता सम्म । थाहा पाउनेवित्तिकै केटाहरु यत्तिकै जान्छन् ।’ त्यसो भन्दा पदमका दुबै हत्केला भुइतिर फर्केका र औला फैलिएका थिए जसले ‘ओहिरो’ शब्दको अर्थ दिन्थ्यो ।

चुल्ठीहारा रावत, ८, लजाएर अनुहार छोप्दै गर्दा मुस्काइरहेकी । उनी अघिल्लो दिनेदेखि नफर्केको गोरु खोज्न निस्केकी थिइन् ।

चुल्ठीहारा भाइ रतन, ६, सँग ।

चुल्ठीहारा स्कुल जान्नन् र शायद कहिल्यै जान्नन् । रतन झ्यारी गाउको एउटा प्राविमा २ कक्षामा पढ्छन् ।

मुस्काईरहेका भैरले बोल्ने निर्णय गरे । ‘३० बर्षमा गर्छु,’ उनले भने- ‘तल (शहर) झर्छु, भेडा बेच्छु । ओठमा लाली लगाएकी एउटी खोज्नु पर्ला । (शहरका केटी) पैसा देखेभने मर्छन्, बुढो सुढो भन्दैनन् ।’

‘उताका के गर्नु,’ पदमले प्रतिवाद गरे- ‘भातै भात खाएका । हाम्रोमा भात सपना । काम पनि गर्न सक्दैनन् ।’

स्कुलमा छोरीलाई विरलै पठाइन्छ, त्यसैले त्यहा लभ पर्ने कुरै भएन । ‘आजभोली कक्षामा पाच/छ जना हुन्छन्,’ पदमले भने- ‘मेरो पालामा थिएनन् । छ कक्षाबाट १० सम्म हामीले एउटै केटी भेट्टाएनौं । नरमाइलो भो ।’

‘हा, हा,’ भैरलाई घत लाग्यो ।

केही फेलापरेपनि पट्टिने ग्यारेन्टी छैन । केटीहरु कम भाउ खोज्छन् ? ‘लपाक्न एकदम गाह्रो,’ पदमले भने- ‘हैरान हुन्छ । केटी बरिष्ठ, निकै घमन्डी । मान खोज्ने ।’

केटीले मन पराएपछि दुइबीच सम्बन्ध बढ्छ जसलाई साथीहरुले सहयोग गर्छन् । यदाकदा एउटैलाई लिएर केटाबीच मारामार पर्न सक्छ । पट्टीएकी केटी राती भाग्छे र बाबुआमा छोरीलाई भेटेर ‘मुन मिलेर भागेकी होस्?’ भनेर सोध्छन् । ‘केटा मन नपरे केटीलाई तानेर लान्छन्,’ पदमले भने ।

१७ बर्षै विहे गर्ने विचार थिएन तर पदमलाई ‘घरको काम र समश्याले’ बाध्य पार्यो । छिटो विहेगर्दा ‘बच्चा छिटो हुने, कपडा दिन नसकिने’ थाहा भएका तन्नेरीले भने- ‘यहाको चलन बच्चा धेरै पाउनुपर्ने । आधा गोरु चराउने, आधा भेडा ।’ तत्कालै बाबु बन्ने उनको योजना छैन तर परिवार नियोजना पनि गरेका छैनन् । ‘अस्थाई साधन प्रयोग गर्ने,’ उनले भने र लजाउदै भित्तामा अडेस लागे । पदमको घरमा बाबु, आमा, बाजे, १ कक्षामा पढ्ने भाई र स्कुल नजाने १२ र १४ बर्षा दुइ बहिनी छन् ।

गीतको रमाइलो सधै चल्दैन, जीवनको कठिन वास्तविकतामा फर्किनै पर्छ । पानी रोकिएको छ, भेडा दौडाउने बेला भयो । केही महिना अगाडी दुइ साथीले दौडिदा हागाले आखा घोच्दा कानो हुनुपरेको पदमले विर्सिएका छैनन् । उनलाई यो पनि थाहा, भेडाले त्यो बुझ्दैनन् ।

सुल्फाको धुवा: “धुवा निल्नु अप्ठेरो थियो तर मैले राम्रोसँग तान्नै सकिन ।”- दिनेश वाग्ले । अर्को तस्विरमा एकजना स्थानीय केटा वाग्लेको छेउमा बसेका छन् र अइते रावल वाग्लेको डिजिटल क्यामेरासँग खेलीरहेका छन् ।

उनको नाम सर्प रावल, ६५ । पिना गाविस-४, भ्यारीका सर्प म भेडा गोठ खोज्नेक्रममा हराउदा फेला परे । उनी १४ गाई र भैसी चराइरहेका थिए । उनी पुइनेथोबाट कोट बनाइरहेका थिए । “यहाँ सबै ठिकै छ,” कस्तो छ यहाँको जिन्दगी भनि सोध्दा उनले बताए । “पार्कले हामीलाई केही दुख दिएको छ, बाकी ठिकै । उनले मलाई भेडा गोठजाने बाटो देखाइदिए ।

पक्कै हो यहाँको जिन्दगी खासै झकिझकाउ छैन । यो मान्छेको सुरुवाल मात्रै हेरौं न कतिठाउ टालिएको छ ।

अइते रावल,७४, मलाई भेडा र बाख्राको उनबाट बनेको कोट देखाउदै । “१२ बर्षाको हुदादेखि भेडा चराउन थालेको,” उनले भने । “मेरा बाबु, बाजे र बराजू पनि भेडा गोठाला थिए । यो काममा केही राम्रो छैन । सधै दुख र सास्ती । तर त्याग्न पनि सकिन्न किनकी यो बिना बाच्न सकिन्न । बाच्ने एकैमात्र उपाय जनावर पाल्ने हो ।” कुनै जमानामा अइते गाउका प्रधानपन्च थिए र भ्यारि गाउलाई नेपालगन्ज सार्न राजालाई अनुरोध गर्न काठमाडौ गएका थिए । तत्कालीन राजा महेन्द्रले ताल नजिकैका रारा र छप्रालाई बर्दिया सारेर त्यो क्षेत्रलाई रारा राष्ट्रिय निकुन्ज घोषणा गरेका थिए । “हामी यहा बस्न चाहदैनौं,” बृद्धले भने । “पार्कले हामीलाई यहाँ भेडा चराउन दिदैन । हामीसँग पर्याप्प चरन छैन ।” सन् १९९० मा बहुदलीय प्रजातन्त्र आएपछि तल सर्ने योजना पुरा नभएको उनले बताए ।

United We Blog!: A Different Alchemist: Himalayan Yarns of Nepali Shepherds

Advertisements

25 thoughts on “एसएलसी फेल, बिहे पास

  1. हा हा हा । गजव रमाइलो । एउटा दुरदराजको भैडागोठालाको ’boutमा यति रमाइलो लेखिदिनु भएकोमा धन्यवाद । दुर्गमका आवाजले राष्ट्रिय मिडियामा स्थान पाउनु राम्रो कुरा हो । उनीहरुको जीवन भित्र छिरेर लेख लेख्न सकन् भएकोमा धन्यवाद । मैले त्यही रारा छेउको भेडागोठमा पुगेर पद्मबहादुर र अरु गोठालासँग कुरा गरेको जस्तो अनुभव गरे ।

    Like

  2. Its realistic. Whatever you show in a short trak and interacted with may be insuffient to explore the latent life of Karnali people. I enjoyed it a lot. Wish u be there again with some planned schedule and not just for entertain yourself. Your profession deserves the task of ‘exploring the hidden’. Waiting for another episode of Mugu explored.
    With thanks
    Bodh

    Like

  3. wow! wounderful! i mean i could hardly believe my eyes Mugu could be this picturesque! thanks to Dinesh Wagle that he took pain to travel to these beautiful areas and collect the stories around there. All those sheep, the dogs and the shepherds,the greenery and the mountains on the backdrop all create an impeccable images!

    i read the ‘ Ran Bahadur ‘ story first in nepali, then in english and yet again for the third time in nepali! the story is simply so evoking! you just can’t resist the idea of going through it for the fourth time if it appears before you.

    Like

  4. I see the real life of Karnali people. they stil spent their life in animal husbandry and agriculture.The main touching things is that when a girl become means at that time they have to stay in barn by leaving their home about a week.In that period they are mostly raped by the people.So please we most have to eradicate this culture.

    Like

  5. thank you so much Mr. Dinesh,
    I am very glad to see your documantary film of our nepalese people, grazing their sheeps in mugu district. from every part of the world (nepali) people can think and take some step to manage this situation with the help of this .
    I am a nepali boy from delhi(lalbahadur53@yahoo.com)
    best wishes for you and go ahead to find more things about nepal.

    Like

  6. it is a really gr8. i appereciate the effort to bring them out. here in malaysia we have also try to focus out the things with is not been focus from manythings. as we know here in malaysia more than 4 hundred thousand nepali are working as a labour or anything. loads of things are happening here through this our small blog we try to point out the things with easy effort.hope u all will try to comment us plz do visit this

    http://weorg.blogspot.com

    Like

  7. दिनेश जी! बधाइ छ,यति राम्रो सचित्र बर्णनकोलागि् । दोह-याएर रारा हेरे जस्तो लाग्यो । बास्तबमा त्यहाको जिबन निर्दोष छ, निश्छल छ् । भेडीगोठ,उकालि ओरालि र लेक बेसी नै यिनिहरुको अनिवार्य नियति हो । जिल्ला प्रसाशन कार्यालयमा खाद्यको कुप्पनको भिड लाग्दा मुगुको आन्तरिक चित्र देखिन्छ र मन भित्र उकुसमुकुस हुन्छ।
    सुन्दर प्रस्तुतिकोलागि धेरै साधुबाद ्

    Like

  8. Good job done by you guys and keep it up.Try to teach something to the conservative people and try to change their mind if that happen they can live this terrible life and also try to become modern.One thing i wont mean modern means we have leave agriculture what i mean is it can be done by modern technology.For example parents should not stop their child to study after study also they can support their parents.If this happen slowly but ofcourse we can change the living style and the litteriate percentage can go up in our country.

    Like

  9. Reblogged this on Wagle Street Journal and commented:
    Amrit Gurung posted a link to a YouTube video on his Facebook page today that showed a group of men from a Gurung family singing one of the first songs of the band Nepathya. I found that very very interesting. Very nicely done– over a dining table. I was so impressed that I watched it twice and showed the video to a cousin who was visiting me at my home. That video prompted me to look for more Nepathya songs on YouTube. I like many songs of the band.

    As I typed the word “nepathya”, the video sharing site suggested several possible combinations that the site thought I could be interested in. I chose “nepathya songs collection“. Seventh video in the list had a familiar cover photo. The one I took near the Rara lake in Mugu district. Padam Bahadur Rawal is smiling at my camera as he tended his sheep.

    As I played the video (the song “Binti chha hai“) I saw many more photos that I had taken during my trips to Karnali region used in the slide show. Those photos made me nostalgic. My trips to Karnali region, first in 2007, were great in the sense that they taught me a lot about Nepali society and what it means to be a Nepali in the remotest and neglected corners of Nepal. Last time I checked, Rara wasn’t in the Lonely Planet guide book on Nepal. I have recommended this place to many foreigner friends who aske me where they should go in Nepal. I recommend it to everyone. If you prefer reading this story in English, here it is: A Different Alchemist: Himalayan Yarns of Nepali Shepherds (Also, don’t forget to watch the Gurung family video).

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )