दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । यसलाई पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ क्लिक गरेहुन्छ ।
थप तस्बिरहरु फ्लिकरमा छन् ।.
[यो लेख लेख्नु केही दिन अघि मैले चप्पलबारे डब्लुएसजेमा पोष्ट गरेको इन्ट्री यहाँ छ ।] सबै तस्बिर सुरज कुँवर
यो गृष्मयाममा मानिसहरूजत्तिकै अरू कोही व्यस्त छन् भने ती हुन्, तिनका चप्पल । फ्लिप-फ्लप, फ्लिप-फ्लप, फ्लिप-फ्लप । हालैको चुनावमा माओवादीको विजय भएपछि नेपाली राजनीति जति ‘लाल’ भा’छ, गर्मी चढ्दै जाँदा नेपाली खुट्टाहरू त्योभन्दा बढी ‘चप्पलमय’ भा’छन् । चुनावी नतिजाले देशमा दिगो शान्ति र गणतन्त्र संस्थागत गर्ने अपेक्षा छ जो, आशा गरौं, आउने सयौं वर्षम्म कायमै रहनेछन् । तर चप्पलहरूको यो राज छोटो हो, जाडो आओस्, फेरि जुत्ताहरूको राजआउँछ ।
‘समर (गृष्म) का तीन महिना हो दाइ चप्पल बिक्ने’, काठमाडौं मलस्थित ‘बैम्बिनो सुज’का एक पसलेले केही दिनअघि एकजोर ‘स्यान्डल’को पूरै पैसा तिरेपछि अचानक रिपोर्टरमा बदलिएको ग्राहकलाई भने, ‘गर्मीमा सबैले चप्पल लाउन खोज्छन् ।’
‘गर्मीमा चप्पल लाउने’ चाहना र त्यसैबारे लेखको योजना बनाएकाले मेरा बितेका केही दिन चप्पलमय भए । कम्तीमा दुइ दिन म सहरका थुप्रै स्टोरहरू चहार्दै हिँडेको थिएँ- कतै भाउ बुझ्न, कतै अन्तर्वार्ता गर्न, कतै अरूले किनेको हेर्न । एकदिन साथमा थिए रिपोर्टर साथी सुरज कुँवर जसले ‘टेवा’ ब्रान्डका ‘नक्कली’ चप्पल लगाएका थिए । टेवा ? ‘एप्पलको आइपोड भनेजस्तै हो, टेवाको चप्पल भनेको’, न्युरोडको पीपलबोट अगाडिको फुटपाथमा हिँडिरहँदा उनले भुइँमा पल्टिएको मिनिरल वाटरको खाली बोटललाई प्याट्ट किक हानेपछि भने- ‘तर यो डुप्लिकेट । पाँच सयको । ओरिजिनल टेवाको दुइ हजार पर्छ ।’
पशुपति प्लाजा लगायतका केही सपिङ मलहरूमा डुलेपछि त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा पुगेका हामी एडिडासको शोरूममा छिर्यौं । एउटैमात्र मोडलको स्यान्डल भेट्टाइयो, जसको मूल्य २७ सय ।
त्योभन्दा अगाडि सेन्टरकै एउटा पसलमा हामीले ‘एडिडास’कै अर्को मोडलको चप्पल भेटेका थियौं । १० प्रतिशत छुटपछि १४ सय पर्ने त्यसको मोलचाहिँ ठिकै लागेको थियो, तर साइज नमिल्ने- अगाडि/पछाडि तीन-तीन इन्च बढी । ‘स्यान्डल भनेकै ठूलो लाउने हो’, चप्पल भिडाउन लागिपरेका साहूले भने ।
लेख्दै गर्दा एकजना साथीले एउटा हिन्दी भनाइ सम्झाए- दुश्मनका शर झुकाना हो तो बढिया चप्पल पहनों (शत्रुको शिर झुकाउन गतिलो चप्पल लगाउ) । गर्मीमा चप्पलको यत्रो क्रेज छ, तर पुरुषको संसारमा त्यसले उति महत्त्व पाएको छैन । ठूला पार्टीमा प्रायः अफिसमा पुरुषहरू जुत्तामा जान्छन्, चप्पललाई ‘अनौपचारिक’ मानिन्छ । र्’पर्सनालिटी नै अगल देखिन्छ’, ‘बैम्बिनो सुज’का पसलेले भने- ‘जुत्ता लगाउँदा टाइडी देखिन्छ । जुत्ता पनि सबैखाले सबै ठाउँमा लाइँदैन । स्पोर्टस सु र्फमल पार्टीमा लाइँदैन । त्यसका लागि पार्टी शु लाउनुपर्छ । अफिसमा जुत्ता/चप्पल के लगाउने भन्ने अफिसकै नियममा भर्रपर्छ ।’ (धन्न, आफ्नो अफिसमा स्यान्डललाई प्रतिबन्ध गरिएको छैन !)
कुरा यहाँ चप्पलको भइरहेको छ या स्यान्डलको ? ‘स्यान्डल माने चप्पल’ भनेर कतै पढेको भए त्यसमा केही संशोधन गरे हुन्छ । ठूला पसलमा ‘चप्पल छ ?’ भनेर सोध्यो भने ‘स्यान्डल ?’ भन्ने जवाफ पाइन्छ । मानौं चप्पल छैन, स्यान्डल छ । फेरि जावो चप्पलै किन्न को गइरहोस् न्युरोड र त्रिपुरेश्वरका मलहरूमा ? नजिकैको किराना पसलमा ५० रुपैयाँमा आइहाल्छ ।
स्यान्डलबारे मैले इन्टरनेटमा खोज्दा विकिपेडियामा पुगेँ, जहाँ ‘स्यान्डल’को इतिहासदेखि प्रकारसम्म उल्लेख छ । १४ खाले सूचीमध्ये केही यस्ता छन्- क्यालिगा (गह्रौं सोल भएको रोमन सैन्य चप्पल), क्लग (गह्रौं काठको सोल), प्याटेन (माटोमा हिँड्न सजिलो होस् भनेर काठ या धातुले अग्ल्याइएको सोल), एस्प्राड्रिरल (समथर, तन्किने सोल जो प्रायः डोरीको हुन्छ) ।
हामीले चप्पल भनी व्यापक रूपमा चिन्ने वस्तु- सम्झिनुस् त्यो चर्चित ‘उस्तै-उस्तै हो नानु’ विज्ञापन- चाहिँ ‘फ्लिप-फ्लप’ वर्गमा पर्छ, जो प्रायः रबरले बनेको हुन्छ र बूढी र चोरीऔंला बीचको अड्काउने (थङ्ग) मा गाँसिने खुकुलो लोतामार्फ खुट्टामा अडिन्छ । थङ्गको महत्त्वपूर्ण भूमिका हुने भएकाले यस्ता चप्पललाई थङ्ग पनि भनिन्छ । त्यस्तै ख्यास्स खुट्टा छिराए पुग्ने वर्गका यस्ता चप्पललाई ‘स्लिपर’ पनि भनिन्छ, जो प्रायः बाथरुमहरूमा प्रयोग गरिन्छन् ।
अहिलेको ‘समावेशी’ लहरमा हिमालमै बस्नेले बाहेक सबै जाति, क्षेत्र, वर्ग र लिङ्गकाले चप्पललाई उत्तिकै चाहसाथ अपनाएका छन् । उत्तिकै ? महिलाको तुलनामा पुरुष के चप्पल लगाउँछन् र ? मैले यो लेखका लागि देखेजति मान्छेको खुट्टा हेरिहाल्ने तरिका अपनाएर गरेको अनौपचारिक र्सर्वेअनुसार १०० मा ९५ महिलाले चप्पल लगाउँछन् । पुरुषमा त्यो संख्या यो गर्मीमा पनि मुस्किलले आधा हुन्छ ।
‘मानिसले चप्पल धेरै कारणले लगाउँछन्’, विकिपेडियाको एउटा लेखमा भनिएको छ- ‘एउटा आर्थिक पनि हो । जुत्ताको तुलनामा चप्पलमा कम सामान भए पुग्छ । अर्थात् सस्तो पर्छ र त्यो तुलनात्मक रूपमा सस्तो हुन्छ । गर्मी मौसममा आरामदायी । र विशेषगरी महिलाले चप्पल छान्नुमा फेसन र आकर्षा पनि कारण हुन् ।’
कस्तो फेसन भन्ने बुझ्न म आफ्नो चप्पल किन्न छाडेर गएँ न्युरोडकै एउटा महिला चप्पल पसल एस्क्लुसिभ सुजमा, जहाँ बिक्रेता सुवास धिताल मध्यान्नको गर्मीमा सुस्ताइरहेका थिए । ‘फ्ल्याट र फ्यान्सी’ सुवासले प्रायः बिक्ने स्त्री चप्पलका मोडलबारे भने- ‘फ्ल्याट चप्पल प्यान्ट-स्यान्टमा, र्स्कर्टमा लगाउँछन् । फ्यान्सी चप्पलचाहिँ सारीमा ।’
‘कसले कुन चप्पल बढी लगाउँछन् ?’
‘ठिटीहरूले बढी फ्ल्याट लगाउँछन्’, बितेका ८ वर्षेखि चप्पल बेचिरहेका सुवासले फ्याट्ट भने । मैले सोचें, प्यान्ट र र्स्कर्ट पनि प्रायः तिनैले लाउने हुन् । ‘उनीहरू बढी फेसनेबल हुन्छन्’, सुवासले भने- ‘फ्ल्याटमा बढी भेराइटी पनि हुन्छ ।’
फ्ल्याटमा चार सयदेखि पच्चीस सय र फ्यान्सीमा सात सयदेखि पैंसठ्ठी सयसम्मका चप्पल पाइने उनले जानकारी दिए ।
हाम्रो कुरा बीचैमा रोकियो, जब एउटी ग्राहक फ्यान्सी चप्पल किन्न छिरिन् । ‘पार्टर्ीीयर खोजिराँ’, साँझको पार्टीमा लगाउन चप्पल किन्न आएकी उनी सुवाससँग गफिइन्- ‘भरेका लागि रेड चाहिएको छ ।’
‘अस्ति १६ सय भन्नुभएको थियो, अहिले १८ सय भन्ने ?’ उनी बार्गेनिङ गर्ने मुडमा कड्किइन् ।
‘हैन मलाई रेडै चाहिएको छ, अरू म्याच गर्दैन’, उनले भनिन् । सुवासले अर्को चप्पल देखाउँदा उनले भनिन्- ‘छि, त्यो त राम्रो छैन, बूढीहरूले लगाउने जस्तो छ ।’
उनले आफ्नो छनोटको दाहिने चप्पल लगाइन्, ऐना अगाडि उभिइन् र कम्मर मर्काउँदै खुट्टा हेरिन् ।
मेरालागि त्यो सब जरुरी थिएन । ‘द नर्थ फेस’को झल्को दिने ‘द भेन्ट्रो रेस’ ब्रान्डको खप्टिएको लेसवाला चप्पल लगाएपछि फुकाल्न चाहिन । त्यसैले पसलले दिएको १० प्रतिशत छुटपछिको ११ सय ५० खुरुक्क तिरे, खोलेको जुत्ता ब्याकप्याकको तल्लो भागमा हाले, नाम उल्लेख गर्न नचाहने पसलेलाई झिँझो लाग्नेगरी अन्तर्वार्ता गरे र बाहिरिए । मेरा खुट्टाले चिसो हावा पाएपछि मैले गर्मीबाट राहत महसुस गरेँ ।
अफिस आएपछि मैले चप्पल लगाएको तस्वीर खिचाएँ (माथी) र त्यसलाई फोटो साझेदारी वेबसाइट फ्लिकरमा पोस्ट गरेँ- ‘मेरो नयाँ चप्पल’ भन्दै । केही घन्टामा ‘जोन्निस्यान्डल’को प्रतिक्रिया आयो- ‘बडो रिल्याक्स पोज ! यो चप्पल लगाउँदा कस्तो महसुस हुन्छ ?’
उनको पेजमा जाँदा थाहा भयो, उनी चप्पलका खुबै पारखी रहेछन् । भेट्टाएजतिको चप्पल किन्ने या तिनलाई लगाएर फोटो खिच्दै फ्लिकरमा पोस्ट गर्ने । एउटा तस्वीरमा उनले लगाएको चप्पलको तुना बेरिँदै पिँडौलाको माथिल्लो भागसम्म पुगेको । त्यो फोटोमुनि उनले लेखेका थिए- ‘मेरो नयाँ ग्ल्याडिएटर स्यान्डल ।’ केही बेर फ्लिकरमा बरालिएपछि निष्कर्षा पुगेँ- संसारमा चप्पल पारखी कम्ती रहेछन् । चप्पल फोटोग्राफी एउटा करिअर हुनसक्ने रहेछ !
Hi dinesh dai,
your article is good but sandal is not so
good.why do you like that sandal? If anyone
give me that sandal freely i m not interested
to were it.
Narendra Raule,
New Baneswor,Ktm
LikeLike
Raule bro,
but I am not giving you my chappals!!! LOL.
LikeLike
Pingback: The Sandals…that is…Chappal « Wagle Street Journal
Pingback: Acrobatics! « Wagle Street Journal