दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो
झनक्क रिस उठ्छ, यो सहरको ताल देखेर । काठमान्डूका राम्रा कुरा गर्ने मनै छैन अहिले ।
‘ह्वाट्स अप ड्युड ?’ गुगल टकमा कसैले क्यालिफोर्नियाबाट सन्देश पठाइरहेको छ । स्क्रिनको दायाँपट्टी कुनामा निकैबेर बेसारे रङमा त्यसले पिलिकपिलिक गरेपछि मैले त्यसमा क्लिक गरेको थिएँ । मेरो नामसँगैको सांकेतिक थोप्लो ‘हरियो’ छ, अर्थात म च्याटका लागि उपलब्ध छु । मैले त्यसको रिप्लाई नगर्ने हो भने त्यो थोप्लाको रङ रातोमा बदल्नुपर्छ । तर म व्यस्त भए पो । व्यस्तै छु भने पनि त्यो इन्स्ट्यान्ट मेसेन्जरमै सीमित छ- थोप्लो मुनि ‘स्ट्याटस’ वर्णनरू लगातार बदलिइरहेका छन् । पछिल्लोले म ‘फ्रिक्ड आउट’ भएको जनाएको छ । क्यालिफोर्नियाले बितेका सात मिनेटदेखि त्यसको निरीक्षण गरिरहे जस्तो छ ।
‘दिस सिटी सक्स,’ मेरो पछिल्लो स्ट्याटसले भन्यो । मैले क्यालिफोर्नियालाई अझै रिप्लाई गरिनँ । वास्तविक जीवनमा त्यसो हुँदो हो त अघिल्तिरको मान्छेले ‘ए, मसँग नबोलेर ठूलो पल्टेको ?’ भन्दै के मात्र गर्ने थिएन ।
‘अल सिटिज आर लाइक द्याट (सबै सहरहरू त्यस्तै हुन्, झ्याउलाग्दा),’ क्यालिफोर्नियाले भन्यो र हलिउड जस्तो ख्यातिपुर्ण सहर भैकन पनि राम्रो र्सार्वजनिक यातायातको व्यवस्था नहुँदा लस एन्जलस कति रुखो भएको उसले जनायो ।
‘मेरो एउटा गुनासो ट्राफिक नेर्टवर्कसँगै हो,’ मैले भने- ‘अर्को चाहिँ सेलुलर नेर्टवर्कसँग ।’
‘क्यालिफोर्निया इज टाइपिङ’ भन्ने सन्देश पृष्ठभूमिमा देखिइरहेको थियो तर त्यसलाई नपर्खी मैले आफ्नो कुरा सिध्याउन चाहें ।
‘सडकको ट्राफिकमा फस्दा आफू चढेको गाडीबाट ओर्लेर, त्यसलाई जुरुक्क उचालेर अगाडिको खाली ठाउँमा फुत्त फालेर फेरि छिरेर अघि बढौं जस्तो हुन्छ,’ मैले लेखें ।
टाइप छाडेर क्यालिफोर्नियाले ‘हा हा हा’ पठायो जो, मैले अनुमान गरें, पूरै याङ्की शैलीको हुनुपर्छ ।
‘मोबाइल ट्राफिक छिचोल्न नसक्दा त्यही सेटले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारको निधारमै हान्दिऊँ जस्तो लाग्छ,’ मैले टाइप गरे ।
………..
त्यतिबेला म शिवपुरीको त्यो घना जंगलको बीचतिरको एउटा खिरिलो तर अग्लो काफलको रूखको लगभग टुप्पैमा थिएँ । राताभन्दा हरिया गेडा बढी, त्यो पनि झनै टुप्पामा । अचानक एउटा एसएमएस आयो जसले पाँच गेडा रातै काफल टिपे बराबरको खुसी दियो । टेलिकमले नेर्टवर्क अप्टिमाइज गरेको र अर्को दिन सेट स्विच अफ/अन गरेमा सेवामा सुधार मिल्ने आशा एसएमएमा देखाइएको थियो । तर त्यसो भए पो, आज चार दिन बिते, अहँ । हेल्लो, हेल्लो, हेल्लो । सुगतरत्न, तिम्रो निधार खै ?
बरु जंगलकै कुरा गर्दा केही शान्ति मिल्ला । तीन तामाङ मित्रहरू वीरबहादुर, ४९, रामसिंह, ३५, र सुनबहादुर, १५, मास्तिर उक्लिरहेका थिए । तिनका अगाडि दुइ बाछी र छ बाछा थिए, जसले जो कसैको ध्यान तानिहाल्थ्यो । थुप्रै घन्टा हिँडेर शिवपुरी छिचोलेपछि गोठमा ती बस्तु पुर्याउने उनीहरूको लक्ष्य थियो ।
‘अनि कताबाट हो यो बथान ?’ मैले सोधें । रिपोर्टर साथी सुरज कुँवर आफ्नो नयाँ हिरोहोन्डा साइन (किनेको तीन महिनासम्म नयाँ भन्न मिलिहाल्छ नि, मिल्दैन र ?) सडकको किनारमा रोकेर डेटिङ्मा रहेको जोडीलाई नियालिरहेका छन् ।
‘कपनबाट,’ वीरले भने- ‘छाडा छाडेका रैछन्, मकै खाइदिने । बटुलेर ल्यायौं । हामीलाई मल हुन्छ ।’
‘मम बनाएर चपाउने त हैन ?’ पछाडिबाट कसैले सोध्यो । ती प्रश्नकर्ता सैनिकजस्ता देखिन्थे, जो केही मास्तिरको ब्यारेकतिर जाँदै थिए ।
‘होइन, होइन,’ वीरले भने- ‘हामीलाई मल चाहिएको छ । बाछी ब्याउँछन्, दूध पनि हुन्छ ।’
‘काठमान्डूमा छाडा छाडिएका थुप्रै गाई/गोरु होलान्,’ मैले अड्कल काटें ।
‘सबै लगेर के साध्ये ?’ वीरले भने- ‘स्याहार पुग्नुपर्यो नि ।’
‘पाल्न सक्नुपर्यो नि,’ रामले थपे ।
‘आज के खुवाउनुहुन्छ नि ?’ मैले भनें- ‘निकुञ्जमा चराउन पाइन्न क्यारे ।’
‘उता वनमा पुगेपछि चराउँदै चराउँदै लाने क्या,’ रामले भने ।
कपनमा साहूको खेत खनेपछि घर फर्किने बेला उनीहरूले थप ‘साथी’ बटुलेका रहेछन् । तिनलाई निकुञ्ज हुदै घरसम्म पुर्याउनु उनीहरूको लक्ष्य थियो । निकुञ्ज प्रवेशद्वारमा पुगेपछि उनीहरूले थप प्रश्नको सामना गर्नुपर्यो । त्यहाँबाट उकालो लाग्नुअघि रामले काउन्टरका सुब्बा साहेबसँग केही कुरा गरेका थिए ।
उनी सुब्बासँग गफिँदै गर्दा हामी एकजना सैनिकसँग बातमार्दै थियौं ।
‘अब गणतन्त्र आयो, तपाईंहरूलाई कस्तो लागिरहेको छ ?’ सुरजले सोधे ।
‘हामीलाई के हुनु ?’ सैनिकले भने- ‘अर्काको आदेश मान्ने हौं । जो आए पनि के भयो ? जागिर जाने होइन ।’
‘त्यो त हो,’ मैले भनें ।
‘अब त्यही माओवादीसँग लडियो,’ आफ्ना दुवै हातले बन्दुक हानेको संकेत गर्दै उनले भने- ‘तिनैका मन्त्रीलाई सलाम पनि ठोकियो । अब के बाँकी छ र हुन ?’
झट्ट सुन्दा मलाई उनको मोर्याल डाउन भएको जस्तो लाग्यो तर उनको बडी ल्यांग्वेज हेर्दा त्यसको कुनै संकेत मिल्दैनथ्यो । खासमा उनको त्यो उक्तिमा सैनिक जीवनका विरोधाभास र आदेशका पालनाप्रतिको उनको प्रतिबद्धता झल्किन्थ्यो ।
……
गणतन्त्र घोषणाले (या कार्यान्वयनले) तपाईंलाई के असर पार्छ ? त्यो प्रश्न हामीले सोनम तामाङलाई सोधेका थियौं ।
जेठ १४ को राति पौने ११ बजे हामीले उनलाई वसन्तपुरमा आफ्नै रिक्सामाथि उपरखुट्टी लगाइरहेको अवस्थामा भेट्टाएका थियौं । दिनभरि रिक्सा चलाएर थाकेका हेटौंडाका २५ वर्षो उनी सधैंझैं त्यो रात रिक्सामा बिताउने तयारीमा थिए ।
‘खै, त्यस्तै भन्छ क्यारे,’ रिक्सा चालकले ‘गणतन्त्र’ को प्रश्नमा भने- ‘थाहा छैन । हामीलाई त्यत्रो चासो छैन ।’
चासो नभएको कुरै नगरौं । उनी किन रिक्सैमा सुत्छन् भन्नेमा चाहिँ मेरो चासो छ ।
‘कोठा हुँदैन हाम्रो,’ उनले भने- ‘यतिकै हो । दिउँसो चलाउने, राति १२/१ बजेपछि यसैगरी सुत्ने । कहिले यहीँ, कहिले विशालबजार अगाडि इन्द्रचोक । खाना होटलमा । सामान सिटमुनि हाल्यो, सुत्यो ।’
‘किन नहुनु डिस्टर्ब ?’ उनले अर्को प्रश्नमा भने- ‘कहिले पाकेटमार आउँछन् । पैसा भए सिटमुनि राख्नुपर्छ । जुत्ताचाहिँ लाएरै सुत्नुपर्छ । फुकाल्यो भने बिहान खुट्टा रित्तै हुन्छ ।’
बितेका पाँच वर्षेखिको दैनिकी हो त्यो सोनमको । जाडामो उनी लजमा जान्छन्, ४० रुपैयाँको कोठामा, गर्मीमा रिक्सा जिन्दावाद ।
‘मलाई त ठीकै लाग्छ,’ रिक्साको रात कटाइ’bout उनले भने- ‘सजिलै लाग्छ । बानी भएर होला ।’
हेटौंडामा उनका आमा, बा, दाइ, दुइ भाइ, दुइ दिदी र दुइ बहिनी छन् । काठमान्डूमा ‘बच्चैदेखि’ आएँ, ‘गलैंचासलैचा’ बुनें । ‘कमाउनै भनेर हिँडेको हो क्यारे,’ उनको निष्कर्षछ- ‘तर सकेन । यस्तै हो ।’ (‘कोठै छैन के बिहा गर्नु ?’ उनले एउटा प्रसंगमा भने ।)
भरिएको रिक्सा तान्नु मधुरो बत्तीमुनिको खाली वसन्तपुरमा उपरखुट्टी लगाएर वरिवरिका सडक बालकहरूको चर्तिकला नियाल्नुजति आनन्ददायी कहाँ हुन्छ ? तर रिक्सामा को चढेको छ भन्नेले पनि सोनमको उत्साहमा ठूलो असर पार्छ । ‘खैरे पर्यो भने सजिलो,’ उनले भने- ‘अलि धेरै पैसा दिन्छ । अलि राम्री केटीहरू परे भने रमाएर लैजान्छु ।’
उनी मुस्काए ।
राम्री केटीको कुरा गर्दा सोनमको ‘आवश्यकता’ उल्लेख गर्नैपर्छ । ‘त्यस्तो त धेरैपटक सोचिसकियो नि,’ एउटा प्रश्नमा उनले भने- ‘कोठा लिम्ला, आनन्दले बसौंला परिवार राखेर भनेको । सोच्यो, सोच्यो यस्तै हुन्छ ।’
एकैछिनमा उनले थपे- ‘सहरमा मेरा लागि एउटा राम्रो आफ्नै रिक्सा होस् । दिनभरि चलाएपछि बेलुका कोठामा बस्न पाइयोस् परिवारसँग ।’
……..
मलाई अचानक सोनमको इच्छा’bout क्यालिफोर्नियामा ‘आइएम’ गर्न मन लाग्यो ।
hi, dinesh dai,
i like all of the your articels.I m also try to write that article.I want to try wagle style in my writing always.I impressed very much by your articels.when i read shankar Lamichhne books and read your article that gives me power to write something.
I have alot of materials to write but where i write? I have no place.nobody give me space in media as soon as i think. what should i do ? tell me dines dai.
uhi,
wagele ko
Raule
LikeLike
Hi Dinesh Ji,
Article is very good, I like it. But One thing as you wrote “Google, Gai (I mean Cow) and Riksa” what is the connection between these three elements.
The theme of this article shows that “How People Surviving their Life” and “How you are surviving?” but doesn’t shows the real connection.
Before reading this article, According to your Title of Article-I was thinking that you have made criticized about Google and compared to GAI (Gives Milk) and finally popularized to Google through Riksa Driver”
But there is no any connection with Google, GAI and RIKSA.
Thank You.
But the story (Article) is very good.
LikeLike
मम बनाएर चपाउने त हैन ?’ पछाडिबाट कसैले सोध्यो ।
MO MO banayer chapaune ta hoina??
its really unbeliable & hoted line…????
in nepali contects …Gai or Goru lai may be kasai le pani mo mo banaune kura garla jasto lagdaina..
anyway if u cut this line by another senteces ,,
i feel really tortured>>?? hav u falso eel anyone other ??
anyway wagle ji, congratulation for regular posting on kantipur koseli,,,
l like yourt style,,,
plz comming artical may be about fasaion for abroad study in details ma ,, specially focus on AUS.
deepak
LikeLike
त्यसरी काँठतिर लगिने बहरहरू पहिला देखि नै काटेर खान्थे रे बूढापाकाले भनेको सुनेको छु मैले पनि।
btw didn’t you take part in the voyerism? 🙂
LikeLike
**voyeurism…..
LikeLike
narendra ji, wagle lai fakayara blog ma jagir magya ho ki ka ho ?? kahana muk lai juga le chekdaina bhana ghai , ramro lekna janna lai kunai thau mili nai halcha ? wagle ko chakari garnu pardaina .
ramesh thapa
R.R collage
LikeLike
Dinesh Dai,
I like that. google, gai ra rickaw comparison ta dami chha ni ta ho….
Kantipur ma aaune wagle street journal chhani almost interesting ……….
******BYE*****
LikeLike
awesome
LikeLike