छातामुनी पिसकोर

दुबै जना मज्जाले भिजेको चाल पाएर उसले हतारमै आफूलाई सम्हाल्दै छाता ओडाएकी थिइ मलाई । ‘म तिम्रालागि एउटा गीत गाउछु,’ उसले भनि- ‘छाताकै बारे हो । अम्ब्रेला । रिहानालाई तिमीले चिनेका छौं, बार्बाडोसकी त्यो काली कति सुन्दर छे । त्यसको गीत हो ।’

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

under umbrella painting
चित्र स्रोत

पातला तर ठूला थोप्ला सहितको पानी क्या अपर्झ पर्यो भने बानेश्वर पुग्नै पाइएन । जेरी स्वारी खाइहालौन भन्दै तीनकुनेबाट दौडिएको, मीनभवनको त्यो बस विसौनीमा ओत लाग्नैपर्ने भो । छाता प्रायः मेरो व्याकप्याकमै हुन्थ्यो तर आज व्याकप्याकै छैन । क्यामेरा मैले जिन्सको पेटीघरमा झुन्डाएको छु, डायरी व्याकपकेटमा । विसौनीमा म जस्तै छाताविहीनहरु अरुपनि छन् जसमध्ये केही बाईक अगाडी राखेर, हेलमेट हातमा झुन्डाएर ‘कहिले पानी रोकिएला’ भनि पर्खिइरहेका छन् ।

‘बोक्ने चलन छैन,’ हिरो होन्डा सीडी वान हन्ड्रेडका अधबैसे बाईकरले छाताबारेको मेरो प्रश्नमा भने- ‘किन बोक्नु ?’ हुन त बाईक चलाउनेले छाता किन बोकिरहनु, रेनकोट चाहिने हो । तर उनका कुरा सुन्दा लाग्थ्यो, छाता आवश्यक कुरा होइन, झन्झट हो ।

‘पानी परेको बेला ठिकै हो तर नपरेको बेला चाहि बोक्न झन्झट,’ कतिपय तन्नेरीले छाताबारे त्यस्तो भन्नेगरेको मैले सुनेको छु ।

बाइकरको जवाफ लगत्तै मैले सुजानलाई सम्झिए । त्यो अमेरिकी केटीले एकबर्षघि ठमेलबाट कान्तिपथतिर मोडिदैगर्दा मलाई भनेकी थिइ- ‘खै, धेरैजसो नेपालीहरुले छाता बोक्ने गरेको मैले पाइन ।’

फायर एन्ड आइसमा मोजारेल्ला पिज्जा र कर्न सुप खाएर हामी निस्केका थियौं । त्रिदेवी मार्ग आइनपुग्दै कत्रो पानी परेको थियो भने सुजानले आफ्नो रुकस्याकबाट छाता निकाल्दै गर्दा हामी लगभग भिजिसकेका थियौं । मैले त्यो दिन पनि व्याकप्याक बोकेको थिइन । साझ ढल्किइसकेको त्यो क्षण दरवारमार्ग हुदै हामी टहलिने योजनामा थियौं ।

फ्रेन्च पृष्ठभूमीकी त्यो अमेरिकी ठिटी दुइ बर्षो अन्तरालमा नेपाल आएकी थिइ । पहिलो पटक ऊ कलेजसिध्याउने वित्तिकै स्वयंसेवा गर्न यहा आएकी थिइ । लगभग डेढ बर्षविताएपछि ऊ आफ्नो घर न्यूजर्सी फर्केकी थिइ । खासमा उसले सान फ्रान्सिस्कोस्थित यूनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कीलीमा ‘एग्रिकल्चरल एन्ड रिसोर्स इकोनोमिक्स’ विभागमा पढ्नुपर्ने थियो । तर घरबाट उडेर पाचघन्टा लाग्ने अमेरिकाको पश्चिमी तटमा जान पूर्वी तटकी केटीलाई झ्याउ लागेको थियो ।

‘खासमा मलाई वेस्ट कोस्ट कता कता विरानो लाग्छ,’ उसले नेपाली शब्दहरु ‘कता कता विरानो’ प्रयोगगर्दै भनेकी थिइ । ‘जर्सीमा जन्मिए, हडसन तर्दातदै हुर्किए, लिङ्कन टनेल छिर्दा अब डर लाग्न छाडिसकेको छ । कोलम्बियामै इकोनोमिक्स पढ्ने विचार थियो तर कसोकसो बर्कीली पुगे । त्यहाँ जानै सकिन । वेस्ट कोस्ट इज टु फार फ्रम जर्सी यू नो ।’

गफको लहडमा एउटै छातमुनी हिड्दा पानीले भिजेका हाम्रा पाखुराहरु बारम्बार ठोक्किइरहेका थिए । उसले कुनै एउटा प्रगतिशील नारा लेखिएको कालो टर्ीर्सट लगाएकी थिई, मैले आफ्नै वेब र्साईट कुदिएको सेतो । हामी दुबैले आ-आफ्ना जिन्स घुडामुनीसम्म सारेका थियौं । म उसलाई सुनिरहदा हामी हडस्न रिभर तरिरहेको ठान्दैथिए ।

त्यसपछि उसले अलि मस्किदै र मलाई भिजाउने उद्देश्यले छाता पुरै आफूतिर तान्दै उसले थपेकी थिइ- ‘म पूर्वकी मान्छे, किन पश्चिम जान्थे ? त्यसैले बर्किली छाडेर पर्ूव हानिए ।’ पूर्व अर्थात नेपाल जहाँ उसले, संयोग पनि कस्तो, पूर्वी जिल्लाको एउटा गाउमा पिसकोर कार्यकर्ताकारुपमा स्वयंसेवी गरेकी थिइ ।

पानीको अनपेक्षेत चुटाइ खाएको मैले मैले कुनै प्रतिक्रिया जनाउनु अगावै उसले छाता ममाथि ल्याइकन भनेकी थिइ- ‘तर पूवमा मान्छेहरु छाता बोक्दैनन् ।’

‘खासमा सुजन हामीलाई मौसमको त्यतिसाह्रो चासो हुदैन,’ मैले नेपालित्वको बचाउ गरेको थिए- ‘तिम्रोमा जस्तो मौसममै केन्द्रित ‘वेदर’ जस्ता च्यानल हाम्रोमा छैनन् । रेडियो र टीभीले बुलेटिनको अन्त्यमा भन्ने मौसम रिपोर्ट कति हावादारी हुन्छन् भने तिनलाई पत्याए गर्भीमा ज्याकेट लाएर हिड्नुपर्ने हुनसक्छ । तिमीलाई थाहै होला मौसमले नेपालीमा एउटा फलफुल पनि जनाउछ । पोखराको मौसम ३० रुपैया किलो, विरगन्जको २५ रुपैया ।’

मेरो मौसम रिपोर्ट उसले के सुनेकी थिइ, सुजान छाता पुरै फ्यालेर, अगाडी झुक्दै घुडामाथी हात राखेर हास्न थालेकी थिइ ।

दुबै जना मज्जाले भिजेको चाल पाएर उसले हतारमै आफूलाई सम्हाल्दै छाता ओडाएकी थिइ मलाई । ‘म तिम्रालागि एउटा गीत गाउछु,’ उसले भनि- ‘छाताकै बारे हो । अम्ब्रेला । रिहानालाई तिमीले चिनेका छौं, बार्बाडोसकी त्यो काली कति सुन्दर छे । त्यसको गीत हो ।’

‘गाउ,’ मैले भने ।

Rihanna under my umbrella

‘ह्विन द सन र्साईन्स, वि विल र्साईन टुगेदर
टोल्ड यू आई विल वि हियर फरेभर
नाउ द्याट इट्स रेनिङ् मोर देन इभर
नो द्याट वि विल स्टिल ह्याभ इच अदर
यू क्यान स्ट्यान्ड अन्डर माई अम्ब्रेला
यू क्यान स्ट्यान्ड अन्डर माई अम्ब्रेला
एला, एला, इएह, इएह’

(जव सूर्य चम्किनेछ, हामीसाथै चम्किनेछौं
तिम्लाई भने नि म सधैका लागि यही हुने छु
अहिले अब झन बढी पानी परिरहेछ
हामीले एकअर्कालाई पाउने छौ भन्ने थाहा पाइराख
तिमी मेरो छाता मुनी उभिन सक्छौं

गीतमा अर्न्तनिहित सन्देशले मलाई पुरै पगाल्न खोजेको थियो । तर म ध्यान अन्तै मोड्न प्रतिवद्ध थिए । ‘यति राम्रो गाउदिरैछौं,’ मैले भने- ‘रिहानालाई माथ गर्ने सिंगल निकाल न तिमी ।’

‘गाउने हैन, मलाई रेडियो सो होस्ट गर्ने खुवै सोख थियो,’ उसले भनि र न्यूयोर्कको एउटा रेडियो स्टेशनको नाम लिदै थपि- ‘डब्लूएनवाईसीमा मैले एप्लाई पनि गरेको थिए, एउटा शो होस्ट गर्न । तिनीहरुले समयमा बोलाएनन्, शायद म अस्विकृत भए । उनीहरुलाई नै वेफाइदा हो । मेरो नेपाल आउने टाइम भइसकेको थियो ।’

‘धन्यवाद पिसकोरलाई,’ मैले भने- ‘जसले तिमीलाई यहा ल्यायो ।’

‘मेरो पनि धन्यवाद,’ उसले भनि- ‘तर दुर्भाग्य अहिले पिसकोरले नेपालमा सेवा बन्द गरेको तीन बर्षहुनलागिसक्यो । म त्यो सेवा पुन थालिएको देख्न चाहन्छु ।’

ओ, हो, सुजानका कुरा सम्झिदैगर्दा मीनभवनमा पानी रोकिइसकेछ । अब छाताको आवश्यकता थिएन तर मनमा कताकता रिहानाको धुन बजिरहेको थियो । वास्तविकतामा चाहि म एकजना फोकटिया तन्नेरीसँग खै के विषयमा विवाद गरिरहेको थिए । त्यही क्षण मैले यो लेख लेख्ने विचार गरेको थिए । मैले सुजानलाई इमेल गरे । ‘मेरो खास नाम चाहि नलेख्नु है,’ त्यो साझबारे लेख्न स्विकृती दिदै उसले भनेकी थिइ । उसको त्यो चाहनाको मैले सम्मान गरेको छु ।

छाता भन्दा पनि मलाई सुजानको पिसकोर सेवाको पुनथालनी चाहनाले बढी घच्घच्यायो । अमेरिकामा नेपालको प्रवर्द्धन गर्न पनि त्यो कार्यक्रम उपयोगी थियो । पर्यटनमा निक्कै भरपर्ने मुलुकले नेपालमा सेवा गरेर फर्केका पिसकोर कार्यकर्तामार्फ अमेरिकाजस्तो ठूलो बजारमा निशुल्क प्रचार पाउथ्यो । नेपालमा सेवा गरेर अमेरिका फर्किने त्यस्ता कार्यकर्ता पछि ठूलो पदमा पुग्ने गरेका हुन्छन् र उनीहरुले कुनै न कुनैरुपमा नेपालको पक्षमा आवज उर्ठाईरहेका हुन्छन् । न्यूयोर्कबाट निर्वाचित कंग्रेसम्यान जेम्स वाल्स सन् ‘७० को दशकतिर नेपालमा पिसकोर स्वयंसेवक थिए । ज्ञानेन्द्रको शाही कालमा उनले नेपाली लोकतान्त्रिक आन्दोलनको पक्षमा अमेरिकामा आवज बुलन्द गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । एक दशकअघि स्वयंसेवा गरेर फर्केका म्याथ्यू ह्यान्डलीले इराकमा मारिएका नेपाली परिवारको पक्षमा मुद्धा लडेर उनीहरुलाई क्षतीपुर्ति दिलाए । पिसकोर मार्फ विश्वभरी स्वयंसेवा गरेर अमेरिका फर्केकाहरु कुनै न कुनै विन्दुमा फेरी सेवा गरेको मुलुक फर्किन्छन् । त्यसरी फर्किनेमा नेपालमा सेवागरेकाहरुको संख्या उल्लेख हुनेगर्छ ।

२००४ मा अमेरिकन सेन्टर नजिकै माओवादीले विस्फोट गराएको पृष्ठभूमीमा सूरक्षा चासो देखाउदै अमेरिकाले नेपालमा ४२ बर्षचलेको पिसकोर सेवा निलम्बन गरेको थियो । त्यो अवधीमा चार हजार भन्दा बढी अमेरिकीले नेपालमा आएर सेवा गरेका थिए ।

मैले गत साता अमेरिकी दूतावासमा फोन गरे, सेवा थाल्नेबारे केही प्रयास भएको छ कि भनि बुझ्न । ‘(एकपटक बन्द भइसकेको या नयाँ) पिसकोर सेवा थाल्नु बडो अप्ठेरो काम हो,’ प्रवक्ताले भने- ‘नेपालमा फेरी सेवा थाल्नेबारे कुनै प्रयास भइरहेको मलाई थाहा छैन ।’

अमेरिकीहरुलाई विशेषगरी तेस्रो विश्वमा पठाएर त्यहाको जीवनशैली बुझाउने उद्देश्यअनुरुप जोन एफ केनेडीले पिस कोर अवधारणा ल्याएका थिए । उतिबेला केनेडीका रिपब्लिकन प्रतिस्पर्धी रिचर्ड निक्सन त्यसको विरोधी थिए । रिपब्लिकनहरुको तुलनामा डेमोक्रेटहरु यो कार्यक्रमप्रति प्रतिबद्ध देखिन्छन् । डेमोक्रेट राष्ट्रपती जिम्मी कार्टर आफ्नी आमाले पिस कोर मार्फ स्वयंसेवा गरेको गौरवमान्दै सम्झिन्छन् । खै, रिपबिलकन जर्ज डब्लु बुशका पालमा बन्द भएको पिसकोर नेपालमा केनेडीकै झल्को दिने बराक ओबामाले ह्वाईट हाउस जितेपछि पो पुनथालनी हुने हो कि ?

अमेरिकाजस्तो शक्तिशाली र पर्यटकीय दृष्टिले महत्वपूर्ण देशमा नेपालको प्रवर्द्धन गर्न पिसकोर बढी उपयोगी र प्रभावी हुने देखेको छ । नेपालमा पिसकोर स्वयंसेवा गरेकाले जिन्दगीभर यो देशलाई विर्सदैनन् । अन्यदेशमा भन्दानेपालमा सेवा गरेका पिसकोर कार्यकर्ता सेवा गरेको मुलुक फर्किन्छन् बढी ।

jimi sir

अमेरिकामा नेपाल प्रवर्द्धन गर्ने प्रशंगमा जिमी सरको प्रशंग उल्लेख गर्नै पर्छ । इन्टरनेटमा रुमल्लिदै गर्दा गत साता जिमीसर.कममा पुगे जहा पूर्व पिसकोर स्वयंसेवक जेम्स पार्क्सले १९८२-८४ मा दोलखाको मेलुङ् गाउमा पढाएको बृत्तचित्र र विवरण राखिएको छ । कनेक्सन उतिसारो राम्रा नभएपनि मैले एक धन्टाको त्यो भिडियो हेरेर जसले पुरानो गाउले परिवेशबारे जानकारी दियो नै, अंग्रेजी सुधार्न, प्राविधिक कुरा सिक्न र सांस्कृतिक/सामाजिक आदान प्रदान गर्न स्वयंसेवीको बर्साई कति उपयोगी हुन्छ भन्ने पनि बुझ्न सकिन्छ । मेलुङको स्कुलमा विज्ञान, गणित र अंग्रेजी पढाउने जेम्सलाई विद्यार्थीहरु जिमी सर भन्छन् । मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा पढेपछि सुविधा सम्पन्न आफ्नो संसार छाडेर दुखले भरिएको, अभावले ग्रस्त तेस्रो विश्वको पिछडिएको गाउमा पुगेको गोरो केटो कसरी स्वयंसेवामा रमाएको छ भन्नेपनि बृत्तचित्रमा देखिन्छ ।

जिमीका साथी क्लाउडेले ‘८४ मा खिचेको उक्त बृत्तचित्र २० बर्षछि र्सार्वजनिक गरेका थिए । त्यस यता नेपाल आएका र नआएका थुप्रै दर्शकले उनलाई प्रतिक्रिया दिइरहेका छन् ।

‘नेपाल गएकाले फिल्मले त्यो देश र जनताको भावना अठ्याएको बताएका छन्,’ क्लाउडेले मेरो इमेलको जवाफ दिदै भने- ‘नगएकाले चाहि विश्वमा अमेरिकी भावनाको प्रदर्शन इराकमा सेनाको संख्या बृद्धी गरेर भन्दा पिस कोरमार्फ स्वयंसेवक पठाएर हुने बताएका छन् ।’

8 thoughts on “छातामुनी पिसकोर

  1. दिनेश, धेरै दिनपछि तिम्रो ब्लग हेरें । माफ गर साथी । इन्टरनेटका लागि धेरै समय छुट्टाउन सकेको थिइन । यद्यपी, यो आलेख कान्तिपुरमा पनि पढ्‍न भ्याएको थिइन । गजव लाग्यो । तिम्रो प्रस्तुति, शैली र आलेखको गति र त्यो सँगैको रिदम लोभलाग्दो । साँच्ची त्यो खैरीनी केटी कहाँ छे अहिले ? हाहाहा । ]

    Like

  2. तपाईको अमेरिकीमुखी लेख तुक न ताकको छ । तपाईलाई राम्रोसँग थाहा होला, अमेरिकाले पिसकोर संचालन गर्नुको भित्रि उदेश्य, कि थाहा छैन? वा हुनसक्छ, तपाई आफ्नी खैरी फेरी फर्केर आओस् भन्ने चाहनुहुन्छ! खैरीका लागि हो भने केहि हदसम्म बुझ्न सकिन्छ हैन भने अर्कै अर्थ लाग्छ र तपाईलाई झुर वाग्ले स्ट्रिट जर्नल को ७सय वा त्यो भन्दा घटी र बढी शब्द कम्तिमा कोशेलीमा नथोपार्न अनुरोध ! हिरो बन्नका लागि तपाईको ब्लगछ, कान्तिपुरका पाठक तपाईको निद्राको बारेमा जान्न चाहदैनन् र कम्तिमा पनि ति नामै नसुनेका किताबका उद्हरण त चाहदैनन् । कोशेलीमा तपाईमात्रलाई पढ्नु तपाईलाई नै पनि दिक्क लाग्दैन?

    Like

  3. Well, I don’t think Dinesh ji needs to give any attention to the pathetic, ignorant and ill-informed comment above. When this fellow asks if the writer knows ‘the inside intention of America to operate Peace Corps in Nepal’ s/he her/himself appears to be ignorant about the answer.

    As for Dinesh ji’s articles, I very much like them. I have been closely following his pieces for the past couple of years. He has a distinct style and his style has broken the traditional ways of writing newspaper articles and introduced new forms. His personalized approach makes his articles easy for readers to identify with. This is also an international trend that great columnists write in that style.

    I am sure the above commentator is not really a reader of Kantipur. I can claim, at least, that s/he never buys the paper. Either s/he asks from the genuine buyer or steals it. So Dinesh ji should not be worried about responses like this that appears to have come more as envy of his articles and style than any constructive criticism. Otherwise, this fellow wouldn’t have dismissed the sleep article as ‘readers of Kantipur don’t want to learn about your sleeping’ habit. That was a very very important article and all the research and quotes from experts that you have attributed in the article makes it a must-read piece. After all, sleep is the topic that touches all humans in the world. Plus, you have made the article readable by putting your own example and that of the fictional character of Grisham.

    If you don’t like these sorts of article, may I suggest you to read papers like Sandhyakalin that fit your mental standard?

    I am a subscriber of Kantipur. I live outside Kathmandu because of work though I am from Kathmandu which means I always get to read the paper by the end of the day- occasionally next day. Every Saturday evening or the next morning I enjoy your articles. Please continue writing. All three articles on your new series are exceptionally informative about the general trend of our society and they are easy to read and understand.

    And thanks to Dinesh ji for showing your greatness by publishing criticism, even the nonsense like the one above. I think there is a saying: Dogs keep barking while elephant keeps on moving. Please keep moving ahead.

    Like

  4. If you don’t like these sorts of article, may I suggest you to read papers like Sandhyakalin that fit your mental standard?

    Hello outsider, As you are free to comment, not a comment sounds like Chakadi, I am free to comment what I feel, got it? You better got it!
    And Yes, you showed your mental standrad! Anyway Nothing to do with that! I appriciate good piece, I have appreciated many times but yes, I cant say Dineshji your every pieces are good because I dont do Chakadi.
    you better comment on his article not on my comment, if you do, i dont mind. You know I love reaction. And I welcome, over-reaction too 😉
    One more than thanks for reading my comment and making it worthy for recommet 😆 You seem to be free as I am.
    AND I AM STILL STICK TO MY WORD.

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s