KFC को लाईन

kfc ko line kantipur hello friday
ठुलो पार्न क्लिक गरे हुन्छ ।

दिनेश वाग्ले

काठमान्डूको दरवारमार्गमा अचेल कुखुराप्रेमीहरुको लाईन देख्न छाडिएको छ। तीन महिना अघि राजधानीका कतिपय मानिहरुमा उत्साह भर्दै खुलेका केन्टकी फ्राइड चिकेन (केफएसी) र पिज्जा हटका कक्षहरुमा अहिले पनि भिड कायमै छ तर, धन्य भगवान, छिर्नैका लागि मानिसहरु आधाघन्टासम्म लाईनमा उभिएको चाहि देख्नु पदैन।

शायद त्यो खुशीको कुरो हो तर त्यो लाईनले त्यहाँ उभीनेहरु भोेका छन् मात्रै भन्दैनथ्यो। उनीहरुका लागि त्यो इज्जतको सवाल थियो। त्यहाँ त्यसरी उभिनु या भित्र गएर चिकेन या पिज्जा खानु उनीहरुका लागि ‘वाह्, हामीले पनि विदेशीकै जस्तो गर्‍यौं’ भन्नु जस्तै थियो। यहाँ विदेशी भन्नाले अमेरिकी, युरोपेली र अन्य अतिविकशित मुलुक भन्ने बुझ्नु पर्छ। लाईनमा उभिने या अहिले पनि केएफसीमै भिड सिर्जना गर्दै खान चाहने नेपालीले मात्रै त्यस्तो सोच्दैनन्। भारतमा पनि कुरा त्यस्तै हो।

दिल्लीमा केएफसी र पिज्जा हटका थुप्रै रेष्टुरेन्ट छन्। त्यस्तै अर्को बहुराष्ट्रिय अमेरिकी सञ्जाल म्याक्डोनाल्ड्सका हाँगाहरु पनि प्रसस्तै छन्। यी सबै ठाउमा जानेहरु मुख्यत तन्नेरी र युवा व्यवसायी हुन्छन्। ती दुबैबीच एउटा मुख्य समानता हुन्छ- सम्पन्नता । खर्चगर्ने पैसा तिनीहरुसँग टन्न हुन्छ र ती खानेठाउँका बर्गर, पिज्जा जस्ता खान्कीको मुल्य अरु पसल या विक्रिस्थलमा भन्दा महगै हुन्छ।

केएफसी र भारतका शहरी तन्नेरीहरुले छोटकरीमा म्याक्डी भन्ने म्याक्डोनल्डस् ख्यातिप्राप्त पश्चिमा चिन्ह हुन् जसले त्यताको सम्पन्नता र विपन्नताको एकैपटक प्रतिनिधित्व गर्छन्। ती संसारभरी फैलिएको अमेरिकी (सामान्यत पश्चिमा) सांस्कृतिक, आर्थिक र राजनीतक प्रभावका प्रमाण हुन्। कोक र पेप्सी पनि त्यही प्रमाणको अर्को पाटो हुन्। लिभाईज र एडिडास पनि त्यस्तै हुन्। तर अमेरिकामै चाहि केएफसी र म्याक्डीको छवि नेपाल र भारतमा भन्दा उल्टो छ। त्यहाँ यी खान्की कम्पनीलाई गरिवहरुका अखडा ठानिन्छ। कम शिक्षित, कम सम्पन्न र कामदार बर्गले मुख्यत तिनका पसलमा गएर सस्ता खानेकुरा खान्छन्। जङ्क भनिने त्यस्ता खानेकुराले थोरैपैसामा पेट टन्न हुन्छ तर स्वास्थ्यलाई उति राम्राे गर्दैन। त्यसबारे सचेत र पैसा हुनेहरुले अमेरिका जस्ता विकशित मुलुकमा तुलनात्मकरुपमा अलि महगो पर्ने तर स्वस्थ जैविक खान्की खान्छन्। हो, बर्गरले आमरुपमा अमेरिकी जीवनशैलीको प्रतिनिधित्व गर्छ तर त्यहा केफसी र म्याक्डीमा जानुलाई ‘वाह्, क्या कुल’कारुपमा लिइदैन। कतिपय मानिसका लागि त्यहा जानु बाध्यता हो किनकी जैविक खानाका लागि उनीहरुसँग पर्याप्त पैसा हुदैन या पकाएर खाने राम्रो व्यवस्था हुदैन।

अब हाम्रो जस्तो गरिव र पछिडिएको समाजमा अमेरिकी या पश्चिमा जे पनि ‘कुल’ र ‘फेसनेवल’ हुन्छ। त्यसैले केएफसी र म्याक्डी नेपाली र भारतीय समाजमा ‘कुल’ भएका हुन्, सम्पन्नताको प्रतिक भएका हुन्। त्यहा जानु थुप्रै नेपाली या भारतीय तन्नेरीका लागि बाध्यता नहुन तर जानु फेसनेवल भएको छ। के कुखुरा नेपालमा नपाइने हो र त्यो ब्रजिलदेखि ल्याएको चिकेन खान लाइन लाग्नुपर्ने? अझ जनावरहरुको अधिकारका लागि सक्रिय संस्था पिटा र त्यसकी सद्भावना दूत पामेला एन्डरसनलाई विश्वास गर्ने हो भने केएफसीले पकाउने चिकेन त्यस्ता कुखुराबाट ल्याइको हुन्छ जसलाई बडो नराम्रो अवस्थामा हुर्काइन्छ, जन्मिनेवित्तिकै तिनको मुखमा क्षती पुर्‍यान्छ र पिडादिदै मारिन्छ। त्यसो त बहुराष्ट्रिय कम्पनीको विश्वभरी नै व्यापक विरोध र त्यति नै समर्थन पनि भइरहेको हुन्छ। मैले केएफसी या म्याक्डी नजानु भनको पनि होइन। काठमान्डूको केएफसी/पिज्जा हटमा त गएको छैन (लाईन निकै लामो थियो!) तर केही बर्षअघि अमेरिका जादा मेरोलागि म्याक्डीमा जानु पनि एउटा लक्ष्य भएको थियो। दिल्ली, मुम्बई र कलकत्ताका थुप्रै म्याक्डी र पिज्जाहटमा म कयौैपटक गएको छु र प्रत्येकपटक ‘यति धेरै पैसा हालेर यस्तो झारे बर्गर/पिज्जा खानु बेकार’ भन्दै नजाने प्रण पनि गरेको छुँ।

थुप्रै भयो, नगएको र यो लेखका लागि गएसाता दिल्लीको कन्नट प्लेसस्थित म्याक्डीमा झन्डै छिरेको। खानाबाहेक तन्नेरीहरुका हाउभाउ, कुराकानी हेर्न र सुन्न पनि मजै हुन्छ त्यस्ता ठाउमा। अनि विछट्टै गर्मीको बेला पूर्ण वातानुकुलित यस्ता ठाउमा महगै भएपनि आनन्दको सान फेर्न पनि पाइन्छ। डेटिङ्मा जाने जोडिहरुका लागि त त्यस्ता ठाउँ एक नम्बर प्राथमिकतामा पर्ने रहेछन्। बल्ल बल्ल प्रेमी या प्रमिकालाई भेट्टाएको छ, कहाँ गर्मीमा पसिना निकाल्ने। चल भाई म्याक्डी या त्यस्तो अर्कै ठाउँ सीसीडी (क्याफे कफी डे)। भुटेको मकैको साटो पपकर्न मज्जा, फापरको रोटीको साटो पिज्जा गज्जव, ममको साटो बर्गर राम्रो तन्नेरीहरुलाई लाग्नु अस्वभाविक भएन।

डिसेम्बर महिनातिर दरवारमार्गका केएफसी र पिज्जा हट अगाडी देखिएको लाईनले केही नेपाली ठिटा/ठिटीहरुलाई चाहि खुबै ताज्जुव तुल्याएछ। कृतज्ञन श्रेष्ठले फेसबुकमा ‘तिमीले मलाई त्यो लाईनमा देख्दैनौं’ नामको समुह (जसबारे गताङ्कको हेल्लो शुक्रबारमा हेरे हुन्छ) खोलेछन् र भनेछन्( ‘ल ठिकै छ, केएफसी काठमाडौंमा खोल्यो। तर खानै नपाएजस्तो लाईनमा बसीबसी खानुपर्ने???’

अनि अर्का लेख्छन्- ‘एन्थ्य्राक्स नेपालीहरुलाई आफ्नो इज्जतको मतलव छैन। पेट्रोलको लागि लाइन बस्यो ठिकै छ तर त्यो केएफसी खानलाई लाईन बस्ने त अति नै हुन्छ।’ अँ साची, एन्थ्थ्राक्स चाहि अलि अस्तिनै चर्चामा आएको हानिकारक ग्यास हो जसलाई उनले बेकामेको सन्दर्भमा त्यहा प्रयोग गरेका छन् !

यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्यबिरमा क्लिक गरे हुन्छ ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s