Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

आशा र ह्यारिएट

आशा विक अक्टोबर १९८१ मा जन्मिइन्। ह्यारिएट हार्मन अक्टोबर १९८२ मा ब्रिटिश संसदमा चुनिइन्। हुर्किंदै गर्दा आशाले नेपाली समाजमा व्यापक विभेदको सामना गरिन्, र २०१० सम्ममा आइपुग्दा उनी महिला र दलित अधिकारका लागि लड्ने, समानताको पक्ष र विभेदको विपक्षमा आवाज उठाउने अभियन्ता भैसकेकी थिइन् । त्यो वर्ष ह्यारियट बेलायत सरकारको महिला तथा समानता मन्त्री थिइन्, आफ्नै अग्रसरतामा उनले संसदमा “सबैखाले विभेदसँग लड्ने” समानता विधेयक दर्ता गरिन् जो पारित भएपछि समानता ऐन बन्यो ।

२०१७ मा आशा नेपालको संसदमा पहिलो पटक चुनिइन् र अहिले उनी आफ्नो पहिलो कार्यकालको अन्तिम वर्षमा छिन् । १९८२ यता संसदमा रहेकी ह्यारिएट आफ्नो अन्तिम कार्यकालमा छिन्, उनले अब चुनाव नलड्ने घोषणा गरेकी छिन्। संसदहरूकि आमा भनिने वेस्टमिन्स्टर संसदमा हाल सबैभन्दा लामो समय सांसद भएको कारण ह्यारिएटलाई ‘मदर अफ द हाउस’ अर्थात् “सदनकी आमा” पनि भनिन्छ। आशालाई त नेपाली संसदमा पूर्व प्रधानमन्त्री केपी ओली जस्ता पाका नेताले स्नेहपूर्वक छोरी भनि सम्बोधन गर्छन् ।

विश्वका प्रत्येक संसदका एकजना महिला सांसदको अन्तरवार्ता गर्ने आफ्नो अभियानका लागि ह्यारिएटले केही समय अगाडी एकजना नेपाली सांसदसँग भेट्ने इच्छा गरेको थाहा पाएपछि मैले आशाको नाम सिफारिस गरेको थिएँ । आज ह्यारिएटको वेस्टमिन्स्टर अफिसमा उनीहरूको कुराकानी सुनें ।

फरक पुस्ता, फरक संस्कृति र फरक संसदका यी दुई माननीयहरूवीच थुप्रै समानता पनि छन्। गफ सुन्दै गर्दा मलाइ यस्तो लाग्यो म समानता र महिला हीतको लागि चलेको एउटा रिले दौड हेरीरहेको छु जसमा ह्यारिएटले आफ्नो ब्याटन आशाजस्ता नयाँ पुस्ताका सांसद्लाई सुम्पेकी छिन्।

One response to “आशा र ह्यारिएट”

  1. Achyut Ghimire Avatar
    Achyut Ghimire

    Nice one. Among all the best, Last sentence is well written.