Tag Archives: animal rights

हलो अड्काएर गोरु कुट्ने

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

कृषिप्रधान मुलुकमा खेतबारीका कुरा राजनीतिक दाउपेचमा प्रशंगवश प्रयोग हुनु के नौलो भयो? त्यसैले केही वर्षअघि एकजना नेताले आफ्नो पार्टीलाई अप्ठेरोमा पारेर पेल्न खोजिएको अवस्था चित्रण गर्न ‘हलो अड्काएर गोरु कुट्ने’ उखान प्रयोग गर्दा सायद कमै मानिसको ध्यान राजनीतिबाट हटेर गोरुमा पुगेको थियो। सोच्दा महसुस गर्न सकिन्छ, जोत्दा थाकेको त्यो गोरु जसले तानेको हलो कुनै एउटा दरिलो ढुंगोमा अड्केको छ र त्यो थाहा नपाएको विचरो हली– जो आफैंमा कम थाकेको छैन र त्यसैले खुबै रिसाएको पनि छ– लगातार गोरु चुटिरहेको छ। त्यो एउटा विडम्बनात्मक अवस्था हो, किनकि हलो अड्केको कुरा हलीले थाहा पाएको छैन, तर जानी–जानी हलो अड्काएर गोरु कुट्ने हलीलाई के भन्ने?

अनि सडक किनारमा सुतिरहेको फुच्चे बाछोको घाँटीमै किल्चेर त्यसलाई रगताम्य अवस्थामा छाडेर भाग्ने ट्याक्सी चालकलाई? तपाईंले आफ्नो छोरालाई म्याग्निफाइङ ग्लास प्रयोग गर्दै कमिला जलाइरहेको देख्नुभयो भने के त्यसले तपाईंलाई उसले फलामे डन्डीले मुसालाई तड्पाइरहेको घटना देख्दाभन्दा कम चिन्तित तुल्याउला? सर्पलाई त्यसैगरी यातना दिएको देख्दा? या उसकी दिदीलाई? Continue reading