Tag Archives: bill gates

बाई बाई बिल गेट्स

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

नेपाल र अमेरिकामा गत सप्ताहन्त अवकाशका दुइवटा प्रख्यात घोषणा भए । काठमाडौंमा बिहीबार संविधानसभाको खचाखच बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामाको घोषणा गरेर हलुका महसुस गरे भने एक दिनपछि रेडमन्ड, वासिङटनमा विश्वको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले अफिसको दैनिक कामकाजबाट विदा लिएको घोषणा गरे ।
लामो राजनीतिक करिअर भएका ८५ वर्षो नेपाली नेता र विश्वचकित तुल्याउने व्यापारिक सफलता हासिल गरेका ५२ वर्षो अमेरिकी ढनाढ्य दुवै अब आ-आफ्नो क्षेत्रमा लगभग ‘सेरेमोनियल’ भूमिकामा हुनेछन् । कोइराला नेपालको पहिलो राष्ट्रपति हुने सम्भावना टरिसकेको छैन । उता गेट्स घोषित रूपमै कम्पनीको ‘सेरेमोनियल’ अध्यक्ष रहिरहनेछन् । Continue reading