म साँझको पाहुना

“त्यै सरको अोछ्यानमा सुत्नेभए पाइन्छ,” उनले भनिन् । त्यो सुन्दा म साह्रै ढुक्क भएको थिएँ । त्यसअघि थुप्रैबाट मैले निराशाजनक जवाफ पाएको थिएँ । तैपनि झिनो अाशा राखेर मैले उनलाई सोधेको थिएँ, “वास पाइन्छ तपाईकहाँ ?” हालैको एक सप्ताहन्त म जापानले बनाइदिएको बन्दिलो साँघुरी राजमार्गमा केही समय दौडिएर दिन ढल्किनै लाग्दा मास्तिर उक्लिएको थिएँ । […]