Tag Archives: election campaign

आदरणीय जनसमुदायहरु…

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । काठमान्डू पोष्टमा प्रकाशित अंग्रेजी संस्करण यहाँ छ : Respected Lawabiding People….]

‘सभापती कमरेड,’ माइक नजिक पुगेपछि उनले भने- ‘मन्चमा उपस्थित हुनुभएका नेकपा एमालेका स्थायी समिती तथा केन्द्रिय कमिटीका सदश्य कमरेडहरु । काठमाडौं क्षेत्र नं. १ का नेकपा एमालेका र्सूय ध्वजावाहक उम्मेदवार कमरेड प्रदीप नेपाल र यस कार्यक्रममा यस जनसभामा उपस्थित हुनुभएका सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुलाई म नेकपा एमालेको तर्फाट क्रान्तिकारी लाल सलामको अविवादन व्यक्त गर्न चाहन्छु ।’

लाल सलाम ! उनी हुन् माधवकुमार नेपाल, एमालेका महासचिव, जो गत आइतबार नयाँ बानेश्वरको चुनावी सभालाई सम्बोधन गर्दै थिए । करिव २५ मिनेटको त्यो भाषणमा घुमाईफिर्राई माओवादीलाई गालिगर्नु र आफ्नो पार्टीको घोषणापत्रका केही कुरा उल्लेख गर्नु अघि नेपालले केही कुरा प्रष्ट्याउन चाहे ।

‘साथीहरु,’ लाल सलाम गरेपछिको पहिलो वाक्यमा उनले भने- ‘चुनावी अभियान अगाडी बढ्दै जादा नेताहरुको र चुनावमा लाग्ने अभिनेताहरुको स्वर सुक्ने स्थिती बन्न सक्छ ।’ ‘अभिनेता’ अर्थात कलाकार जसले चुनावी सभामा गाउदै र ठट्यौली गर्दै सहभागीलाई मनोरन्जन दिन्छन् । नेपालले बोल्नु अघि गायक भगवान भन्डारीले आफू स्वतन्त्र भएपनि सूर्यमा भोट हाल्दा राम्रो हुने मनसाय प्रकट गरेपछि एउटा लोकधुन सुनाएका थिए ।

‘त्यसो हुनाले घाटीहरुलाई बढ्ता ख्याल गर्नुपर्छ,’ भाषणको दोस्रो वाक्यमा हल्का मुस्काउदै नेपालले भने- ‘चीसो पानी खुवाउने नगर्नु होला । तातो पानी…’ Continue reading